नेपाल समाचार

प्रकाशित मिति:- 2014-05-14 05:08:29
नेपाल व्युरो- बैशाख ३१, काठमाडौ । एकीकृत माओवादीका नेता अग्नि सापकोटाले नेता डा.बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाउनुभएको छ । भक्तपुरमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै सापकोटाले नेता भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेर कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।
प्रकाशित मिति:- 2014-05-14 04:50:17
नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । आज २५५८ औं बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बुद्धजयन्तीका उपलक्ष्यमा विभिन्न बौद्धविहार, मठ र गुम्बाहरूमा धार्मिक समारोहहरूको आयोजना गरिदै छ । विशेष गरेर बौद्ध तीर्थका रूपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीमा आज विश्वका बौद्ध मतालम्बी भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरू बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गरिरहेका छन् ।
प्रकाशित मिति:- 2014-05-14 04:45:55
नेपाल व्युरो- वैशाख ३१ ,काठमाडौ । नयाँ संविधानसभामा रहने विषयवस्तुबारे संविधानसभामा भोलिदेखि छलफल सुरु हुने भएको छ । हिजोको बैठकमा संविधान अभिलेख तथा निक्र्यौल समितिका सभापति विष्णुप्रसाद पौडेलले समितिका दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएपछि संविधान निर्माणको नयाँ यात्रा सुरु भएको हो । हिजो तत्कालिन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन २०७१” र “तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा भएको असहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन २०७१” प्रस्तुत गरिएको छ ।
प्रकाशित मिति:- 2014-05-14 04:41:15
नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । संयुक्त राष्ट्र सङघका सहायक महासचिव हाओलियाङ झु चारदिने भ्रमणका क्रममा आज नेपाल आउँदैहुनुहुन्छ । संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक समेत रहनुभएका हाओलियाङले भ्रमणका क्रममा उहाँले आफैँ उपस्थित भएर नेपालको विकासको वर्तमान अवस्थाको जानकारी लिनुहुनेछ भने नेपाललाई संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रमको निरन्तर सहयोग रहने अवगत गराउनुहुनेछ ।
प्रकाशित मिति:- 2014-05-14 04:36:17
नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । मापदण्डविपरीत विद्यार्थीबाट आफूखुशी शुल्क लिने निजी (संस्थागत) विद्यालयबारे आजदेखि सरकारले अध्यन सुरु गर्ने भएको छ । आवश्यक छानविन गरी कारवाही गर्न शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन भएको छ । समितिले आजदेखि काम थाल्ने जनाएको छ ।
प्रकाशित मिति:- 2014-05-13 22:18:45
नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । चुरे क्षेत्रको विनाश उत्कर्षमा पुगेर तराई मरुभूमीकरण हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणमा सेना खटाउने तयारी गरेको छ। राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको संरक्षण गर्दै आएको सेनालाई चुरे क्षेत्रको जिम्मेवारी दिन विभिन्न चरणमा छलफल भइरहेको उच्च सरकारी स्रोतले जानकारी दियो। सरकारले नीतिगत निर्णय भने गरिसकेको छैन। सरकारी तहबाट ‘ग्रिन सिग्नलु पाएपछि सेनाले चुरे क्षेत्रको अध्ययन सुरु गरेको हो।
प्रकाशित मिति:- 2014-05-13 22:14:56
नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । भारतीय योगगुरु रामदेव संरक्षक रहेको पतञ्जली योगपीठले एक दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना चलाउन सरकारसमक्ष औपचारिक प्रस्ताव गरेको छ। करिब दस वर्षअघि खारेजीमा लैजाने निर्णय भएको उक्त चिनी कारखाना (मिल) सार्वजनिक–निजी साझेदारी अवधारणामा चलाउन योगपीठको नेपाल इकाइ पतञ्जली योगपीठ ट्रस्टले एक महिनाअघि प्रस्ताव ल्याएको उद्योगमन्त्री कर्णबहादुर थापाले जानकारी दिएको छ ।
प्रकाशित मिति:- 2014-05-13 22:01:25
नेपाल व्युरो- वैशाख ३१,काठमाडौ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) ले प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार (रोटरी जर्नो अवार्ड) २०१४ का लागि पाँच पत्रकार छनोट गरेको छ । रोटरीले गठन गरेको विज्ञ सम्मिलित समितिको बैठकले छनौट गरेको हो । जसअनुसार, शिक्षा क्षेत्रबाट बाबुराम विश्वकर्मा, स्वास्थ्य क्षेत्रबाट लक्ष्मण अधिकारी, वातावरण क्षेत्रबाट प्रमिला मानन्धर, महिला तथा सामाजिक विकासबाट निर्मला शर्मा र युवा तथा आर्थिक विकास क्षेत्रबाट प्रदीप चापागार्इं पुरस्कृत हुने तय भएको रोटरीका प्रवक्ता नुगल वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशि जनही २५ हजार छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing