नेपाल समाचार

प्रकाशित मिति:- 2014-06-21 21:23:39
। भारतीय टेलिभिजन च्यानल जी टिभीको रियालिटी शोमामा नेपाली बालिका तेरिया फौजा मगरले ऐतिहासिक जित हासिल गरेकी छिन् ।रियालिटी शो डीआइडी लिटिल मास्टर्स ३ को ग्रान्ड फिनालेको शनिबार राति भएको फाइनलमा तेरिया प्रथम भएकी हुन् । भोटिङका आधारमा दर्शकबाट उनले सबैभन्दा धेरै मत पाएकी थिइन् । उपाधिसँगै तेरियाले ५० लाख भारुका साथै एउटा कार पनि पाएकी छिन् । अन्य तीन जनाले पनि नगदसहित उपहारहरू प्राप्त गरेका छन् ।
प्रकाशित मिति:- 2014-06-21 04:36:08
काठमाडौं– राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक कृष्ण थापाले एन्फाको प्राविधिक निर्देशक पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले प्रशिक्षकहरूलाई बेवास्ता गर्दै मनोमानी ढंगले काम गरेको आरोप लगाउँदै कारण पदमा बसिरहनुको अर्थ नभएको बताए।
प्रकाशित मिति:- 2014-06-21 03:58:01
काठमाडौं, असार ७ – सन् २०१४ को ग्लोबल पिस इन्डेक्समा नेपालले आफ्नो स्थानमा सुधार गर्दै १६२ देशहरु मध्ये ७६ औं स्थानमा पर्न सफल भएको छ । नेपाल सन् २०१३ र २०१२ भन्दा क्रमशः ४ र ६ स्थानमाथि उक्लन सफल भएको हो ।
प्रकाशित मिति:- 2014-06-21 03:39:31
संयुक्त राष्ट्र संघका महामसचिव वान कि मुनले विश्वका विभिन्न देशको शान्ति मिसनमा खटिँदै आएका नेपाली सैनिकहरुको टोलीलाई लैंगिक हिसाबले सन्तुलित बनाउन प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका छन् ।
प्रकाशित मिति:- 2014-06-20 03:08:25
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु एकल जातीय राज्यको पक्षमा रहेको बताएका छन् ।पार्टीको सेती-महाकाली राज्य स्तरीय प्रशिक्षणका लागि डडेल्धुराका लागि आएका प्रचण्डले आयोजित पत्रकार सम्मेलनमा भने-’एकल जातीय राज्यका पक्षमा हामी कहिल्यै छैनौं । हामीले पहिचानसहितको सङ्घीयताको कुरा गरेका हौं ।’
प्रकाशित मिति:- 2014-06-18 08:26:12
नेपाल ब्युरो–असार ४, काठमाडौँ । राष्ट्रिय मुक्त हलिया समाज महासंघले अघि सारेका आफ्ना ११ बुँदे माँग सरकारले आगामी १५ दिनभित्र कार्यन्वयन नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । राजधानीमा महासंघले आज पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम र मध्यपश्चिमका १२ वटा जिल्लाका मुक्त हलिया अगुवा, हलिया अधिकार कर्मीको भेलाले आफूहरुले सरकारसंग सारेका माँगहरु पटक–पटक ध्यानाकार्षण गराउँदा पनि कार्यन्वयन नभएको भन्दै आगामी १५ दिनभित्र कार्यन्वयन गर्न विशेष पहल कदम नचाले देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।
प्रकाशित मिति:- 2014-06-18 03:55:16
नेपाल ब्युरो–असार ४, काठमाण्डौं । नेपाल प्रहरीमा डिआइजीलाई एआईजीमा बढुवा गर्ने बाटो खुलेको छ । बढुवा कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश पुनरावेदन अदालत पाटनका न्यायाधीश द्धारीकामान जोशी र डम्बर शाहीको संयुक्त ईजलाशले खारेज गरेपछि बढुवाको बाटो खुलेको हो ।
प्रकाशित मिति:- 2014-06-18 03:37:59
नेपाल ब्युरो–असार ४, काठमाडौँ । व्यवस्थापिका संसदको बैठकमा एकसाता अघिदेखि चलिरहेको नयाँ आर्थिक बर्षको बजेट बारेको छलफल आज पनि जारी रहने भएको छ । बैठक दिउँसो ३ बजेका लागि बोलाईएको छ । नयाँ बजेटमा समेट्नुपर्ने विषयवस्तु र त्यसको प्राथमिकता बारे सभासद्हरुले धारणा राखिरहेका छन् । कृषि, उर्जा, पर्यटन जस्ता क्षेत्रको पुर्वाधार विकाश गरि आर्थिक बृद्धि तर्फ अग्रसर हुने खालको कार्यक्रम नयाँ बजेटमा समेट्नुपर्ने अधिकांश सभासद्हरुको धारणा छ ।
प्रकाशित मिति:- 2014-06-18 02:45:08
नेपाल ब्युरो–असार ४, काठमाडौँ । राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि संविधानसभाको आजको बैठकमा छलफल जारी रहेको छ । आजको बैठकमा बाँकी सभासद्हरुले तत्कालिन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । अघिल्लो संविधानसभामा पनि सबैभन्दा बढी विवादित देखिएको शासकीय स्वरुपबारे सभासद्हरुले पार्टीको पुरानै अडान अनुसार शासकीय स्वरुप हुनुपर्ने बताईरहेका छन् ।
प्रकाशित मिति:- 2014-06-17 08:25:50
नेपाल ब्युरो–असार ३,काठमाडौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमै संविधान जारी हुने बताउनुभएको छ । संविधान जारी नभए मुलुक ठुलो दुर्घटनामा जाने भन्दै दाहालले एक वर्षभित्र सबैलाई मान्य हुने संविधान जारी हुने बताउनुभयो । सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले शासकीय स्वरुप र राज्यको पुनसंर्रचनाको विषयमा दलहरुबीच मतभिन्नता रहेपनि सबैलाई मान्य हुने गरी हल निकालिने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति:- 2014-06-17 04:41:07
नेपाल ब्युरो–असार ३,काठमाडौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले साम्यवादी र अधिनायकवादीहरुले सधैँ समस्या जन्माउने गरेको टिप्पणी गर्नुभएको छ । चितवनको भरतपुरमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै सबैखाले गतिरोध साम्यवादी र अधिनायकवादीहरुबाटै उत्पन्न भएको र समाधान गर्न नदिएको आरोप लगाउनुभएको हो ।
प्रकाशित मिति:- 2014-06-17 03:53:19
नेपाल ब्युरो–असार ३, काठमाडौँ । जहाज अभावमा झेलिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न एउटा ट्विनअटर जहाज थप्न लागेको छ । निगमसँग अहिले आन्तरिक उडान गर्न एउटामात्र ट्विनअटर बाँकी छ ।
प्रकाशित मिति:- 2014-06-17 03:29:48
नेपाल ब्युरो–असार ३, काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेटका विषयवस्तु बारे आज पनि व्यवस्थापिका संसद बैठकमा छलफल हुने भएको छ । छलफलका लागि व्यवस्थापिका संसदको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति:- 2014-06-16 04:38:18
नेपाल ब्युरो–असार २,काठमाडौ । थानकोटमा भएको सवारी दुर्घटनामा परि एक बालकको मृत्यु भएको छ । ना ४ ख १२ ४२ नम्बरको ट्रकको ठक्करबाट नुवाकोट महाकालीका ८ वर्Èका बालक साहिल तामाङको घटनास्थलमै मृत्यु भएको हो । विद्यालय जाँदै गरेका बालकलाई ट्रकले ठक्कर दिएको थियो ।
प्रकाशित मिति:- 2014-06-16 04:25:52
नेपाल ब्युरो–असार २, काठमाडौँ । नेपालको चारदिने भ्रमण पूरा गरी बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुची आज स्वदेश फकिंर्दै हुनुहुन्छ । स्वदेश फर्कनुअघि उहाँ आफु ४० वर्षअघि नेपालमा रहदा दीक्षा लिएको काठमाडौँमा रहेको धर्मकीर्ति बिहारमा जाने कार्यक्रम छ ।
प्रकाशित मिति:- 2014-06-16 03:51:26
नेपाल ब्युरो–असार २, काठमाडौँ । नेकपा एमालेले सरकारका मन्त्री, सभासद लगायतले पदीय हैसियत दुरुपयोग गरी आसन्न नवौं महाधिवेशनको प्रतिनिधी छनौट प्रभावित गर्न नपाउने आचारसंहिता बनाएको छ । एमालेले हिजो अन्तरपार्टी निर्देशन जारी गरी आगामी असार ७ गते हुने प्रतिनिधी छनौटमा कडाइका साथ लागू गर्न निर्देशन दिएको हो ।
प्रकाशित मिति:- 2014-06-16 03:13:16
नेपाल ब्युरो–असार २, काठमाडौ । संविधानसभामा भावी संविधानमा राज्यको शासकीय स्वरुपको संरचनाको बारेमा आजपनि छलफल जारी छ । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा सभासदहरुले संविधानमा राज्यको शासकीय स्वरुपको संरचनाको विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको तर्फबाट संविधानसभामा प्रस्तुत तत्कालीन शासकीय स्वस्वरुप निर्धारण समितिको प्रतिवेदनमा भएका सहमति र असहमतिका विषयको निक्र्यौल सम्बन्धी प्रतिवेदनको बारेमा संविधानसभामा हिजोबाट छलफल सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-06-16 03:13:15
नेपाल ब्युरो–असार २, काठमाडौ । संविधानसभामा भावी संविधानमा राज्यको शासकीय स्वरुपको संरचनाको बारेमा आजपनि छलफल जारी छ । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा सभासदहरुले संविधानमा राज्यको शासकीय स्वरुपको संरचनाको विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको तर्फबाट संविधानसभामा प्रस्तुत तत्कालीन शासकीय स्वस्वरुप निर्धारण समितिको प्रतिवेदनमा भएका सहमति र असहमतिका विषयको निक्र्यौल सम्बन्धी प्रतिवेदनको बारेमा संविधानसभामा हिजोबाट छलफल सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-06-16 03:00:16
नेपाल ब्युरो–असार २,काठमाडौ । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि आज अमेरिका जाने हुनुभएको छ । जिब्रोको क्यान्सरबाट पीडित प्रधानमन्त्री कोइरालाको फोक्सोमा पनि शंकास्पद कालो दाग देखिएपछि सुविधासम्पन्न अस्पतालमा उपचार गराउन चिकित्सकहरुकै सल्लाहअनुसार उहाँ अमेरिका जान लाग्नुभएको हो ।
प्रकाशित मिति:- 2014-06-15 08:38:08
काठमाडौँ, १ असार । यस वर्षको प्रवेशिका परीक्षामा देशभरका तीन सय ३१ विद्यालयले एक जना पनि विद्यार्थी उत्रिर्ण गराउन सकेनन् । निजी विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको अवस्थामा सरकारी र सामुदायिक विद्यालयले भने सोचे जस्तो परिणाम ल्याउन नसकेका हुन् । परीक्षा नियन्त्रक विष्णुृबहादुर द्वारेका अनुसार सबभन्दा बढी पाँचथरमा २३ विद्यालयको नतिजा शून्य देखिएको छ ।
प्रकाशित मिति:- 2014-06-15 05:35:48
नेपाल ब्युरो–असार १,काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामि साउन तेस्रो साता नेपाल आउने भएका छन् । नेपालसँगको सम्बन्ध विस्तार र वृहत् छलफलका लागि मोदी अगस्ट पहिलो साता नेपालं आउने तय भएको भारतीय पत्रीका दी टेलिग्राफले जनाएको छ । भूटानबाट विदेश भ्रमण सुरु गर्ने तयारी गरेका मोदीको नेपाल तेस्रो विदेश भ्रमण हुनेछ ।
प्रकाशित मिति:- 2014-06-15 04:43:19
नेपाल ब्युरो–असार १, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । उदयपुरमा आज बिहान आयोजित एक कार्यक्रममा बोल्नुहुँदै नेता नेपालले सविंधानसभाका विभिन्न समितिमा पद बाँडफाँड र राजनीतिक नियुक्तिमा नै सरकार अलमलिएको आरोप समेत लगाउनुभयो ।
प्रकाशित मिति:- 2014-06-15 03:54:41
नेपाल ब्युरो–असार १, काठमाडौँ । पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणको पहिलो चरणको काम शुरु हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गर्न लागेको पूर्व पश्चिम रेलमार्गको पहिलो खण्ड अन्तरगतको सिमरा बर्दिवास खण्डको काम आजदेखि शुरु हुने भएको हो । मन्त्रालय मातहतको रेल विभागले निर्माण गर्ने रेलमार्गको सिमरा वर्दिवास खण्डको कुल १ सय ५ किलोमिटर खण्डमध्ये पहिलो ५ किलोमिटर खण्डको निर्माण कार्य शुरु हुन लागेको हो ।
प्रकाशित मिति:- 2014-06-15 03:38:44
नेपाल ब्युरो–असार १,काठमाडौ । फुटेर छिन्नभिन्न भएका नेपालका माओवादी पार्टीहरुले पुनः पार्टी एकीकरणको प्रयास थालेका छन् । एकीकरणका बारेमा छलफल गर्न एकीकृत माओवादी,वैद्य माओवादी,क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल र नेकपा माओवादी,नेकपा एकीकृतको संयुक्त बैठक आज सम्पन्न भएको छ । नेकपा माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा विहान बसकेको बैठकमा सबै माओवादी दलका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति:- 2014-06-15 03:24:47
नेपाल ब्युरो–असार १,काठमाडौ । तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेमा छलफल गर्न संविधानसभाको बैठकमा आज पनि छलफल हुँदै छ । बैठकमा तत्कालिन मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरुको निक्र्याेलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ को बारेमा सभासदहरुले आ–आफ्नो धारणा राख्नेछन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing