नेपाल समाचार

प्रकाशित मिति:- 2014-09-19 02:51:35
नेपाल ब्युरो–असोज ३, काठमाडौ प्रधानमन्त्री सुशील कोइराला आज न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन आज न्यूयोर्क प्रस्थान गर्न लाग्नुभएको भएको हो ।
प्रकाशित मिति:- 2014-09-19 02:48:24
व्यवस्थापिका संसदको बैठक आज पनि नेपाल ब्युरो–असोज ३, काठमाडौ । लगातार अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । पटकपटक स्थगित हुँदै आएकोे सो बैठक दिउँसो १ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।
प्रकाशित मिति:- 2014-09-18 08:35:36
नेपाल ब्युरो–असोज २, काठमाडौ । संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको म्याद असोज १४ गतेसम्म थपिएको छ । आजको संविधान सभा बैठकले असोज १४ सम्म सहमति नभएका विवादित विषयमा प्रश्नावली बनाएर २१ गतेसम्म संविधान सभामा पेश गर्ने समय सीमा तोकेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-09-18 04:44:19
नेपाल ब्युरो–असोज २, काठमाडौ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेकपा–माओवादीले राजनीतिक सभामा भाग नलिएर सहमतिको अवसर गुमाएको बताउनुभएको छ । उहाँले राजधानीको शोभाभगवतीमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै माओवादीले सर्वदलीय राजनीतिक सभामा भाग नलिएर संविधान निर्माणमा सहमति जुटाउन महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-18 04:11:30
नेपाल ब्युरो–असोज २, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा पुन समस्या देखिएको छ । आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि उहाँले ग्राण्डी अस्पतालमा जाँच गराउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-18 03:13:00
प्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिवालयले मन्त्रिपरिषदमा फेरबदल नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्रीका सञ्चार संयोजक प्रकाश अधिकारीले विज्ञप्तीमार्फत मौजूदा मन्त्रिपरिषदमा कुनै फेरबदल नभएको जनाएका छन्।
प्रकाशित मिति:- 2014-09-18 03:08:09
इटहरी, आश्विन २ - अरुण गेष्ट हाउसको कोठा नम्बर ९ मा एक यूवतीको लाश फेला परेको छ । भदौं २९ गते बेलुका एक युवासंग उनी आएको प्रहरीले जनाएको छ । होटलको रजिष्टरमा विनोद शाही भोजपुरको ठेगाना उल्लेख गरि कोठा गरिएको छ ।
प्रकाशित मिति:- 2014-09-18 02:59:50
नेपाल ब्युरो– भदौ २, काठमाडौ । सार्कका सदस्य राष्ट्रको गृह सचिवस्तरीय बैठक आज बसीरहेको छ । हिजोबाट जारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रको गृह सचिवस्तरीय बैठक राजधानिको बौद्ध स्थीत ह्यात होटलमा जारी रहेको छ ।
प्रकाशित मिति:- 2014-09-18 02:50:25
नेपाल ब्युरो– असोज २, काठमाडौ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलले आज अन्तिम रुप पाउँने भएको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा जारी बैठकमा संवैधानिक राजनीतिक संवाद समितिको प्रतिवेदनमाथिको छलफल टुङ्गाइने भएको हो ।
प्रकाशित मिति:- 2014-09-16 08:30:29
नेपाल ब्युरो– भदौ ३१, काठमाडौ । उद्योग मन्त्री महेश बस्नेतले केही काम गरेर देखाउन आफूलाई तीन महिनाको समय दिन आग्रह गर्नुभएको छ । उहाँले राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्नुहुँदै आफूले तत्काल रुग्ण उद्योग सञ्चालन गर्न प्रयास थाल्ने र त्यसको लािग तत्काल कार्य योजना ल्याउने तयारीमा आफू लागेको भन्दै तीन महिना समय दिन आग्रह गर्नुभएको हो ।
प्रकाशित मिति:- 2014-09-16 05:03:49
नेपाल ब्युरो– भदौ ३१, काठमाडौ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीले छापा मारी अस्पतालका कागजात नियत्रणमा लिएको छ ।
प्रकाशित मिति:- 2014-09-16 04:28:13
नेपाल ब्युरो– भदौ ३१, काठमाडौ । अबरुद्ध बनेको अरनिको राजमार्ग आजबाट सञ्चालनमा आउने भएको छ । गत साउन १७ गते राती सिन्धुपाल्चोकको जुरे मांखामा आएको पहिरोका कारण अवरुद्ध भएको सो राजमार्ग आजबाट सञ्चालनमा आउने भएको हो ।
प्रकाशित मिति:- 2014-09-16 03:18:52
नेपाल ब्युरो– भदौ ३१, काठमाडौ । तराईमा आज थारु समुदायका महिलाहरुले जितिया पर्व मानउँदैछन् । तराईका विभिन्न जिल्लाहरुमा थारु समुदायका महिलाहरुले यो पर्व मनाउँदैछन ।
प्रकाशित मिति:- 2014-09-16 03:10:29
नेपाल ब्युरो– भदौ ३१,काठमाडौ । पश्चिमी रोल्पाको जुगारमा पहिरो जाँदा एकै घरका तीन जनाका मृत्यु भएको छ । लगातार वर्षाका कारण पहिरो आउँदा पुरिएर तीन जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-09-16 02:59:19
नेपाल ब्युरो– भदौ ३१, काठमाडौ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आज माल्दिभ्स जादै हुनुहुन्छ । उहाँ १८ औं सार्क शिखर सम्मेलनको पहिलो औपचारिक निमन्त्रणा लिएर माल्दिभ्स जान लाग्नुभएको हो ।
प्रकाशित मिति:- 2014-09-16 02:53:22
नेपाल ब्युरो– भदौ ३१,काठमाडौ । नेकपा माओवादीसहित र्सविधानसभामा नभएका दलसहित हुने भनिएको सर्वपक्षीय राजनीतिकसभा अनिश्चित बनेको छ । एजेण्डा र प्रक्रियाको बारेमा विवाद भएपछि आज हुने भनिएको सर्वपक्षीय राजनीतिकसभा अनिश्चित बनेको हो ।
प्रकाशित मिति:- 2014-09-15 08:38:57
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । सरकारले विभिन्न जिल्लाबाट जारी भएका १२ जनाको नागरिकता खारेज गरेको छ । झुट्टा विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै सरकारले १२ जनाको नागरिकता खारेज गरेको हो ।
प्रकाशित मिति:- 2014-09-15 07:43:21
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रौतहटको सरमुजवा–५ बस्ने विश्वनाथ दास तात्माको १२ वर्र्षीय छोरा दीपक कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गौरले जनाएको छ ।
प्रकाशित मिति:- 2014-09-15 03:34:33
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । संविधानसभा र व्यवस्थापिका संसद्को बैठक स्थगित गरिएको छ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व सभासद् पोष्टबहादुर बोगटीको निधनका कारण सो बैठक स्थगित गरिएको हो ।
प्रकाशित मिति:- 2014-09-15 03:08:37
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । एकीकृत माओवदी नेता पोष्टबहादुर बेगटीको आज निधन भएको छ । उहाँको उपचारको क्रममा आज निधन भएको हो ।
प्रकाशित मिति:- 2014-09-15 02:58:37
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । साँझ ५ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-09-15 02:52:28
नेपाल ब्युरो– भदौ ३०, काठमाडौ । सविंधानसभा बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलाई आज पनि निरन्तरता दिइने भएको छ । संविधानसभाको ५५ औ बैठकमा अघिल्लो संविधानसभाका सहमति र असहमतिका बुँदामा सभासदहरुले आआफ्नो धारणा राख्ने भएका हुन् ।
प्रकाशित मिति:- 2014-09-15 02:41:02
नेपाल ब्युरो– भदौ ३०, विराटनगर । खाना पकाउने ग्यास सिलिण्डर चुहिएर मोरङको मधुमल्लामा आगलागी भएको छ । ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा लाखौँको सम्पत्ति जलेर नष्ट भएको छ । आगलागीबाट कुनै मानविय तथा चौपायाका क्षेति नभएको बताइएको छ ।
प्रकाशित मिति:- 2014-09-14 07:28:14
नेपाल ब्युरो– भदौ २९, काठमाडौ । मानव अधिकार आयोगमा पदाधिकारी नियुक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनमा भएको प्रगतिबारे संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले सरकारसंग जवाफ मागेको छ । समितिको आज बसेको बैठकले लामो समयदेखि रिक्त रहेको मानव अधिकार आयोगको पदाधिकारी नियुक्ती र संसदमा पुगेर अड्किएको आयोग गठनको प्रक्रियाबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो ।
प्रकाशित मिति:- 2014-09-14 05:42:13
नेपाल ब्युरो– भदौ २९, काठमाडौ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले संविधानसभाबाटै संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहेको स्पष्ट पार्नुभएको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing