नेपाल समाचार

प्रकाशित मिति:- 2014-09-08 02:29:36
नेपाल ब्युरो– भदौ २३, काठमाडौ । राष्ट्रपति डा. रामवरण यादवले शिक्षा क्षेत्रको विकास अनिवार्य भएको बताउनुभएको छ । ३५औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा बोल्नुहुदै उहाँले शिक्षा नै देशको मेरुदन्ड भएकाले यस क्षेत्रको विकास अनिवार्य भएको बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-07 08:06:43
नेपाल ब्युरो– भदौ २२ । अमेरिकी र नेपाली सैनिकहरुको संयुक्त अभ्यास नेपालमा शुरु हुँदैछ । भोलिदेखि नेपालमा सुरु हुने उक्त अभ्यासमा अमेरिकी र नेपाली सेनासहित अष्ट्रेलिया ,बंगलादेश र मंगोलिया लगायतका देशबाट समेत केही सेनाहरु नेपाल आइसकेका छन्
प्रकाशित मिति:- 2014-09-07 05:49:19
नेपाल ब्युरो– भदौ २२,काठमाडौ । प्रधानमन्त्री शुसील कोईरालाले प्राज्ञिक स्थल भ्रष्ट्राचारमा डुबेका समाचारले सबै नेपाली लज्जित हुनु पर्ने अवस्था आएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्तप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउन आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै कोईरालाले विश्वविद्यालयहरु जस्ता प्राज्ञिक स्थल भ्रष्ट्राचारमा डुबेका समाचारले सबै नेपाली लज्जित हुनु पर्ने अवस्था आएको बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-07 04:55:46
नेपाल ब्युरो– भदौ २२, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले किसानहरुको विषयमा मन्त्रिपरिषदको बैठकमा उठाउने बताउनुभएको छ । उहाँले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल क्रान्तिकारी किसान संघको ज्ञापन पत्र बुझ्दै किसानहरुको समस्या मन्त्रिपरिषद्को बैठकमा नै उठाउने बताउनु भएको हो ।
प्रकाशित मिति:- 2014-09-07 02:54:07
नेपाल ब्युरो– भदौ २२, काठमाडौ । नेपाल प्रेस युनियनको महाधिवेशन पोखरामा जारी रहेको छ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशनले आज ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
प्रकाशित मिति:- 2014-09-07 02:46:10
नेपाल ब्युरो– भदौ २२, काठमाडौ । भारतले सर्तसहितको पाइपलाइन अनुदानमा बनाइदिने प्रस्ताव गरेको छ । अनुदानमा सैद्धान्तिक सहमति जनाइसकेका भारतीय आयाल कर्पोरेसन आईओसीबाट २५ वर्षसम्म पेट्रोलियम पदार्थ किन्नुपर्ने सर्त राखेको हो ।
प्रकाशित मिति:- 2014-09-06 21:29:42
सिन्धुपाल्चोकको कान्ले चट्टानी पहिरोले थुनेर बनेको कृतिम सुनकोसी ताल आज विहान अकस्मात फुटेको छ। ३७ दिन अघि तीन गाउँ सुनकोसीमा विलय गराउँदै १ सय ५७ जनाको ज्यान जाने गरी गएको पहिरोले सुनकोसी थुन्दा ताल बनेको थियो
प्रकाशित मिति:- 2014-09-06 09:16:32
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । नेपालीहरु वैदेशिक रोजगारीका लागि अब युरोप, अमेरिका लगायतका मुलुकमा सरकारले रोजगारीका लागि कामदार पठाउन तयारी सुरु गरेको छ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक पहिचान गर्ने जिम्मा पाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकसित मुलुकमा नेपालीलाई रोजगारीका लागि पठाउन आवश्यक कार्ययोजना तयार गरिसकेको छ ।
प्रकाशित मिति:- 2014-09-06 07:02:49
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । पहिचानसहितको संघीयता र अधिकारसहितको संघीय संविधानका लागि दबाव दिन एकीकृत नेकपा माओवादी नेतृत्वको विभिन्न जातीय तथा क्षेत्रीय संगठनले संयुक्त रुपमा संघर्षका कार्यक्रमको घोषणा गरेका छन् ।
प्रकाशित मिति:- 2014-09-06 03:56:32
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । ईन्द्रजात्रा पर्व विधिवत रूपमा आजबाट सुरु भएको छ । परम्परा रुपमा विशेष महत्व बोकेका उपत्यकाको ठूलो चाड इन्द्रजात्रा आजबाट सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-09-06 03:45:22
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । कार्यतालिका अनुसार संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरु फेरी असफल भएका छन् । पूर्वनिर्धारित कार्यतालिकाभित्र संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि प्रमुख तीन दलबीच सहमति र असहमतिका बिषयहरु उल्लेख गरेर संविधानसभालाई प्रतिवेदन बुझाउन सहमती भएको छ ।
प्रकाशित मिति:- 2014-09-06 02:58:40
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । संयुक्त राष्ट्रसंघले शान्ति सेनामा गएकाहरुलाई तत्काल स्वदेश फर्कन नदिने भएको छ । सघंले पश्चिम अफ्रिकामा खटिएका नेपाली लगायत अन्य देशका शान्ति सैनिकलाई कार्यकाल सकिए पनि तत्काल स्वदेश फर्कन नदिने भएको हो ।
प्रकाशित मिति:- 2014-09-06 02:52:12
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । नेपाल प्रेस युनियनको आठौँ राष्ट्रिय महाधिवेसन आजदेखि सुरु हुँदैछ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको उक्त महाधिवेशन आजदेखि पोखरामा सुरु हुने भएको हो ।
प्रकाशित मिति:- 2014-09-06 02:40:03
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शिक्षा क्षेत्रलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । काठमाडौमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ नेता खनालले अब बन्ने नयाँ संविधानमा हरेक समुदायका मुद्धालाइ समेटिने बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-09-06 02:29:07
नेपाल ब्युरो– भदौ २१, काठमाडौ । शिर्ष दलहरु संविधानसभाको कार्यतालिका संसोधान गर्ने विषयमा आजपनि बिहानदेखि छलफलमा जुटेका छन् । आज शनिवार सम्मको समय पाएका दलहरुले संविधानका विवादित विषयमा सहमति जुटाउन कार्यतालिका परिवर्तन गरेर समय थप्ने विषयमा छलफल गर्ने भएका हुन् ।
प्रकाशित मिति:- 2014-09-05 07:33:13
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । राष्ट्रपति डा. रामवरण यादवले दलहरुले मानवअधिकारको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । उहाँले अब बन्ने संविधानमा मानवअधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-05 07:20:04
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । बाघको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ । अर्घाखाँचीमा हिजोराति बाघको आक्रमणमा परी बालिकाको मृत्य भएको हो ।
प्रकाशित मिति:- 2014-09-05 06:57:25
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न निर्देशन दिएको छ । उचित समयमा उचित निर्णय नगरेको तथा अख्तियारले दिएको निर्देशन पालना नगरेको आरोप सहित उनीमाथि कारवाही गर्न आज अख्तियारले चेतावनी दिएको हो ।
प्रकाशित मिति:- 2014-09-05 06:43:23
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्र बिना विकास सम्भव नहुने बताउनुभएको छ । उहाँले प्रजातन्त्र, शान्ति, स्थायित्व, पद्धतिका अभावमा नेपाल र नेपालीको ६० बर्ष खेर गएको बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-09-05 04:25:38
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । राजधानिमा आजबाट विश्व प्रजातान्त्रिक युवा संघको एशिया प्रशान्त क्षेत्रको बैठक सुरु हुँदैछ । बैठकमा एशिया प्रशासन्त क्षेत्रका ३० भन्दा बढि देशका युवा नेताहरु आज राजधानीमा भेला भएका छन् ।
प्रकाशित मिति:- 2014-09-05 04:11:08
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । बेरुजु विवरण तत्काल समितिमा बुझाउन सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । सरकारका २६ वटै मन्त्रालयमा भएको बेरुजु विवरण तत्काल समितिमा बुझाउन लेखा समितिले निर्देशन दिएको हो ।
प्रकाशित मिति:- 2014-09-05 03:05:38
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । विश्वमा हरेक वर्ष भ्रष्टाचारका कारण दशौँ लाख मानिसको ज्यान जाने गरेको एक प्रतिवेदन सार्वजनिक भएको छ । भ्रष्टाचार विरोधी संगठन वनले सो प्रतिवेदन सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा गरीब देशहरुबाट १० खर्ब अमेरिकी डलर बाहिरिने गरेको प्रतिवेदनले देखाएको छ ।
प्रकाशित मिति:- 2014-09-05 02:53:32
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । काठमाडौमा आजदेखि इन्टरनेशनल ल एसोसियसनको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । अन्तर्राष्ट्रिय कानुनका विविध पक्षमा अध्ययन अनुसन्धानमा क्रियाशिल संस्था इन्टरनेशनल ल एसोसियसन र आइएलएको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको हो ।
प्रकाशित मिति:- 2014-09-05 02:49:54
२० भदौ, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा मनोनित सभासदसमेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापामाथि भइरहेको छानविनले राजनीतिक रंग लिन थालेको छ । लगातारको छलफलपछि पनि लेखाले एन्फामा भएको भनिएको अनियमिताबारे छलफल गर्ने बाहेक केही गर्न सकेको छैन ।
प्रकाशित मिति:- 2014-09-05 02:43:08
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । मानव बेचबिखन विरुद्धको आठौ राष्ट्रिय दिवस आज मनाईदै छ । उक्त दिवस आज विभिन्न कार्यक्रम गरेर मनाउन लागीएको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing