नेपाल समाचार

प्रकाशित मिति:- 2014-06-15 03:14:04
नेपाल ब्युरो–असार १,काठमाडौ । आज बस्ने व्यवस्थापिका–संसदको बैठकमा पूर्व बजेटमाथि छलफल हुने भएको छ । दिउँसो ३ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पुर्व बजेटमाथि आ–आफ्नो भनाई राख्नेछन् । आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व त्यसको तयारीका क्रममा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री रामशरण महतले राख्नुभएको प्रस्तावमामाथि छलफल सुरु भइसकेकाले आज यस विषयमा थप छलफल हुन लागेको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-13 05:49:45
नेपाल ब्युरो– जेठ ३०, काठमाडौँ । देशको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । महोत्तरी जिल्लाको सिमरदही गाविसमा हिजो साँझ घरको आँगनमै रहेको खाल्टोको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमरदही गाविस–५ बस्ने नरिस अन्सारीका दुई वर्षका छोरा दिलसन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-13 05:41:00
नेपाल ब्युरो–जेठ ३०, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०७० सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । तयारी लगभग सकिएको र अन्तिम चरणमा केही प्राविधिक समस्या नपरे आज साँझसम्ममा परीक्षाफल प्रकाशित हुने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-13 05:17:58
नेपाल ब्युरो–जेठ ३०,काठमाडौ । प्रधानमन्त्री सुशील कोइराला आउने असार ३ गते उपचारका लागि अमेरिका जाने हुनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा परीक्षण गर्दा फोक्सोमा कालो दाग देखिएपछि चिकित्सकहरुले उहाँलाई अमेरिका जान सिफारिस गरेका थिए । उहाँ लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित हुनुहुन्छ ।
प्रकाशित मिति:- 2014-06-12 08:48:28
नेपाल ब्युरो–जेठ २९, काठमाण्डौँ । उपप्रधानमन्त्री वामदेव गौतमले सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस सहमति भाँड्ने खेलमा लागे सरकार ढल्ने बताउँनुभएको छ । आज दाङको सदरमुकाम तुलसीपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले वर्तमान सरकारको मूख्य घटक एमाले भएकाले भएका सहमति भाँड्ने दुस्प्रयास नर्गन चेतावनी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-12 06:13:36
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ । सरकारले आफ्ना माँगहरु अविलम्ब कार्यन्वयन नगरे उच्च माध्यमिक शिक्षक एशोसिएशन नेपाल (हिस्टान्) ले देशभरका उमाविहरु अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिएको छ । उच्च माध्यमिक शिक्षक एशोसिएशन नेपाल (हिस्टान्) ले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो संगठनद्धारा विगतमा सरकारसंग प्रस्तुत गरेका जायज माँगहरु अविलम्ब कार्यन्वयन नगरे आगामी असार १ गतेदेखि देशव्यापी रुपमा उच्च माविहरु अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति:- 2014-06-12 05:27:54
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र जारी बहसले नयाँ शक्ति दिने दावी गर्नुभएको छ । बिगतदेखि नै पार्टीभित्रको बहसले समय अनुसार पाटी परिवर्तन हुँदै आएको भन्दै उहाँले अहिलेको बहस विवाद नभई बहस मात्र भएको जिकीर गर्नुभयो ।
प्रकाशित मिति:- 2014-06-12 05:03:50
नेपाल ब्युरो–जेठ २९, कञ्चनपुर । गर्मी धेरै बढेका कारण कञ्चनपुरमा दुइको मृत्यु भएको छ । गर्मी बढेकाले काम गर्दैगर्दा बेहोस भएपछि अस्पताल लैजाँदै गर्दा दुवैजनाको मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति:- 2014-06-12 03:33:50
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाईंदैछ । अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि पारित गरिएको दिनको अवसरमा प्रत्येक वर्ष १२ जुनमा विश्वभर यो दिवस मनाउने गरिन्छ । सरकारी निकाय तथा बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुले दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् ।
प्रकाशित मिति:- 2014-06-12 03:21:48
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ । आउदो असार १९ गतेदेखि काठमाडौंमा हुने महाधिवेसनका लागि नेकपा एमालेले विभिन्न विषयको छलफल र तयारी तिब्र पारेको छ । त्यसक्रममा पार्टीको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन बनाईएको कार्यदलको बैठक आज बस्दैछ ।
प्रकाशित मिति:- 2014-06-12 03:10:27
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ । तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेको छलफल आज पनि जारी रहेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा यसअघि नै पेस गरिएको मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ र असहमतिको विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ मा छलफल जारी रहेको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-12 03:10:23
सन् १९३० मा उरुग्वेबाट फुटबलको महासंग्राम सुरु भएको ठीक ८४ वर्षपछि ब्राजिलमा फुटबलको महासंग्राम चल्दै छ। आज बिहीबारको मध्यरातदेखि महासंग्रामले विश्वको ध्यान खिच्ने छ।
प्रकाशित मिति:- 2014-06-11 04:13:47
नेपाल ब्युरो–जेठ २८, काठमाडौँ । १५ औं राष्ट्रिय सरसफाइ सप्ताह आज समापन हुँदैछ। विश्व वातावरण दिवसको अवसर पारेर जुन पाँच तारिखमा सरसफाई सप्ताह शुरु गरिएको थियो । ‘खुला दिसामुक्त गर्दै अघि बढ्यो नेपाल, सफा सुन्दर गाउँ शहर तराई पहाड हिमाल’ भन्ने मूल नाराका साथ सरसफाइ सप्ताहका अवसरमा पानीका स्रोत तथा गाउँ टोल सरसफाइ, खुला दिसामुक्त घोषणा, फोहोरको वर्गीकरण र व्यवस्थापन, संस्थागत निकायको सरसफाइ लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
प्रकाशित मिति:- 2014-06-11 03:47:26
नेपाल ब्युरो–जेठ २८,काठमाडौ । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले दलहरुको आन्तरिक विवादका कारण २६ सभासद मनोनयनमा समस्या भएको बताउनुभएको छ । मनोनयन गर्नुपर्ने २६ सभासद मनोनयनका लागि सरकार गम्भीर रुपमा लागेको भन्दै रिजालले दलहरुको आन्तरिक विवादका कारण मनोनयनमा समस्या भएको बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-11 03:39:40
नेपाल ब्युरो –जेठ २७, काठमाडौँ । यस वर्षको एसएलसी परीक्षाको परिक्षाफल जेठ महिनाको अन्त्य (आगामी शनिबार)सम्ममा हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्राप्ताङकको लेजर तयार भएको जनाएको छ । कार्यालय स्रोतकाअनुसार अबको दुई दिन नम्बरहरु भेरिफाई गर्न लाग्ने भएकोले शनिबार परिक्षाफल प्रकाशित हुने सम्भावना बढि रहेको छ ।
प्रकाशित मिति:- 2014-06-11 03:06:54
नेपाल ब्युरो–जेठ २८, काठमाडौँ । केही दिन यता अवरुद्ध बन्दै आएको व्यवस्थापिका संसद सुचारु गर्न प्रमुख दलहरुले आज पनि कसरत जारी राख्ने भएका छन् । एकीकृत माओवादीको अडानका कारण संसद वैठक एक साता भन्दा लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । संसदलाई अवरुद्ध गरेर आफ्ना अध्यक्ष पुष्पकमल दाहाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउँने दाउमा एकीकृत माओवादी रहेको छ । तर प्रमुख तीन दल उसको यो घुर्कीबाट रत्तिभर पनि त्रसित बनेको देखिदैन ।
प्रकाशित मिति:- 2014-06-10 22:31:44
२८ जेठ । अवैध सिकार गरी मारेको दुर्लभ वन्यजन्तु मृगसहित पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता तथा शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतलाई छुटाउन कांग्रेसका केन्द्रीय स्तरका नेताले दबाब दिएका छन्। घटनालगत्तै स्थानीयको घेरामा परेको उक्त समूह २५ हजार रुपैयाँ दिएर उम्कन खोजे पनि सफल भएको थिएन।
प्रकाशित मिति:- 2014-06-10 04:27:51
धनगढी - नेकपा मशालका महामन्त्री मोहन बिक्रम सिंहले ठूला राजनीतिक दलका नेताको गलत भुमिकाका कारण नेपालमा राजतन्त्रको पुनवर्हाली हुनसक्ने संभावना रहेको बताएका छन्। भारतमा भएको सत्ता परिवर्तनले यहाँ दलका नेताहरुको भूमिका बदलिन सक्ने भन्दै जनताले चनाखो भएर लोकतन्त्र र गणतन्त्र बचाउन संघर्ष गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
प्रकाशित मिति:- 2014-06-10 03:18:33
नेपाल ब्युरो–७ जेठ, पोखरा । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूले युवाको चाहाना अनुसार काम गर्ने भन्दै उनीहरुले नै आफूलाई अध्यक्षको प्रत्यासि बन्न हौस्याएको बताउनुभएको छ । नवौं महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी नेता नेपालले आज कास्कीको पोखरामा आयोजित कार्यक्रममा बोल्नुहुँदै युवाहरुको माग अनुसार आफूले उम्मेद्वारी दिएको बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-06-10 03:09:50
नेपाल ब्युरो–जेठ २७,काठमाडौ । बर्षायाम सुरु भएसंगै राजधानीमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । तरकारी उत्पादन हुने जिल्लामा सुख्खा भएपछि त्यसको असर राजधानीमा परेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । व्यवसायीका अनुसार राजधानीमा तरकारी पर्याप्त मात्रमा आउन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक सातामा मात्रै अधिकांश तरकारीको मूल्य दोब्बर बढेको छ ।
प्रकाशित मिति:- 2014-06-10 02:57:08
नेपाल ब्युरो–जेठ २७, काठमाडौँ । परिक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा जेठ महिनाभित्रै प्रकाशित गर्ने तयारी गरेको छ । परिक्षा नियन्त्रण कार्यालयको आजको बैठकमा बोर्डका सदस्य सचिव एवं परीक्षा नियन्त्रण विष्णुबहादुर द्धारेले परिक्षाफल प्रकाशित गर्न अघिको सम्पूर्ण विवरण समितिलाई दिनुहुने भएको छ । उहाँले तयारी अन्तिम चरणमा पुगेको र यो महिनाको अन्त्यभित्रै परीक्षाफल प्रकाशित हुने बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालयले १ आइभीआर, ८ वटा एसएमएस, ८ वटा वेवसाइटमार्फत परीक्षाको नतिजा सुन्न हेर्न पाइने व्यवस्था गरेको छ
प्रकाशित मिति:- 2014-06-08 07:51:48
नेपाल ब्युरो–जेठ २५,काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पशुपतिशमशेर राणा चयन हुनुभएको छ । केहिदिन अघिमात्र आफु पार्टीको अध्यक्ष भएको स्वघोषणा गर्नुभएका नेता लोकेन्द्र बहादुर चन्दलाइ वाइपास गर्दै सुर्यवहादुर थापा र पशुपतिशमशेर राणा पक्षको निर्णयबाट राणा अध्यक्षमा चयन हुनुभएको हो ।
प्रकाशित मिति:- 2014-06-08 05:24:41
नेपाल ब्युरो–जेठ २५, काठमाडौं । प्रमुख तीन दल संसद सुचारु गर्न सहमत भएपछि एकीकृत माओवादि लगायतका केहि विपक्ष दलका कारण अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आजबाट सुचारु हुने भएको छ । उच्चस्तरीय राजनीकि समिति गठन गर्ने विषयमा प्रमुख तिन दलविच सहमति भएपछि अवरुद्ध हुँदै आएको संसदको बैठक संचालन हुने भएको हो ।
प्रकाशित मिति:- 2014-06-08 04:38:40
नेपाल ब्युरो–जेठ २५, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीको आसन्न नवौं महाधिबेशन एकताको महाधिबेशन हुने दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष खनालले नयाँ नेतृत्वका बिषयमा छुट्टाछुट्टै दाबी आएपनि महाधिबेशन स्थलमा पुग्दा एकतामा परिणत हुने दाबी गर्नुभएको हो ।
प्रकाशित मिति:- 2014-06-08 03:38:31
नेपाल ब्युरो–जेठ २५,काठमाडौ । उपप्रधान एवं स्थानिय विकास मन्त्री प्रकासमान सिंहले समयमा वजेट ल्याउन असर पर्ने भन्दै संसद अवरुद्ध नगर्न एकीकृत माओवादीलाई आग्रह गर्नुभएको छ । बजेट रकमान्तरको नियमित प्रकृयालाई केहि दलले अनावश्यक किचलो झिकेर संसद अवरुद्ध गरेको भन्दै त्यसलाई ठूलो समस्याको रुपमा लिएर अनावश्यक बखेडा नझिक्न आग्रह गर्नुभयो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing