प्रकाशित मिति:- 2015-01-03 22:54:37
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
प्रकाशित मिति:- 2014-05-19 03:58:43
मन परेको जुत्ता पो जुत्ता। नत्र खाली खुट्टै ठीक छ नि।।।। यो संवाद अहिले कलेज, चिया एवं पानपसल, होटल, रेस्टुराँदेखि गफका हरेक अखडामा चर्चामा छ। संवाद हो, चलचित्र कबड्डीको। रामबाबु गुरुङ निर्देशित यस चलचित्रले लोभलाग्दो व्यवसाय गरेको छ। यसअघि अनागरिक, ब्लक लिभ, सी मालाजस्ता चलचित्र निर्देशन एवं एक दर्जनजति वृत्तचित्र निर्देशन गरेका गुरुङले कबड्डीबाट वाहवाही बटुलेका छन्। यसबारे निर्देशक रामबाबु गुरुङसँगको संक्षिप्त कुराकानी :
चलचित्र हिट हुँदा कस्तो अनुभूत हुँदो रहेछ ?
यो खुसीको विषय हो। तर, नेपाली चलचित्रमा चलचित्र हिट हुनु निर्देशनभन्दा पनि निर्माताका लागि ठूलो खुसीको विषय बन्छ।
प्रकाशित मिति:- 2014-05-14 03:18:07
अघिल्लोपटक भन्दा अहिले एउटा पक्ष एकदमै सकारात्मक देखेको छु। संविधानसभामा रहेका सबै एक वर्षभित्र संविधान बनाउनैपर्ने कुरामा एक ठाउँमा आइपुगेका छन्। नियमावली बनाउनुअघि छास्याकछुसुक विवाद देखिन्थ्यो। भिन्न कोणबाट प्रश्नहरु उठ्ने गरेका थिए तर नियमावली बनाइसक्दा सबै एक ठाउँमा आइपुगे।