प्रवास

प्रकाशित मिति:- 2014-12-23 05:57:22
थाइल्याण्डको बैंककमा अपहरणमा परेका नेपाली युवाहरुलाई बैंकक प्रहरीको सहयोगमा सकुसल उद्धार गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) र बैंकक प्रहरीको संयुक्त टोलीले उनीहरुलाई मुक्त गराएको हो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार ८ पुसमा दुवै देशका प्रहरीले ३ जना नेपाली युवाहरुलाई अपहरण मुक्त गराएको हो । अपहरणमा पर्नेमा प्राध्यापक कृष्ण हाछेथुका छोरा पनि रहेका छन् । हाछेथुका अनुसार छोरालाई सकुसल उद्धार गरेको बैंकक प्रहरीले जानकारी दिएको छ । हाछेथुले भने, ‘‘घटनाको अन्य विवरण थाहा हुन सकेको छैन, त्यहाँका प्रहरी प्रमुखसँग कुरा भयो । अनि छोरासँग पनि कुरा गर्दा ठीक छु भनेको छ ।
प्रकाशित मिति:- 2014-11-09 22:22:38
युएई, कात्तिक २४– युएईको अबुधाबीमा एक नेपाली कामदारको मृत्यु भएको छ । आबुधाबी फुलिस फोर्समा अलएउनमा कार्यरत चितवनका दिपक अधिकारीको फुटबल खेल्नेक्रममा अकस्मात मृत्यु भएको हो । शनिबार कार्यरत कम्पनीकै क्लबमा फुटबल खेल्दाखेल्दै उनी एक्कासी मुर्छा परेका थिए । लगत्तै अस्पताल लैजादैं गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
प्रकाशित मिति:- 2014-10-29 02:33:00
कात्तिक १२, काठमाडौं । तामाङ चलचित्रका नायिका किशा थोकरको दुबईको फुजेरामा सडक दुर्घटनामा परी निधन भएको छ ।उनी रोजगारीको सिलसिलामा युएईको फुजेरामा रहँदै आएकी थिइन् । उनी त्यहाँ पाँच महिना अघि मात्रै पुगेकी हुन् ।
प्रकाशित मिति:- 2014-09-29 02:59:58
नेपाल तामाङ सङ्घ दक्षिण कोरियाको अध्यक्षमा देवसिं तामाङ निर्वाचित भएका छन् । सङ्घको आज दक्षिण कोरियाको नेपाल हाउसमा सम्पन्न भएको सातौं अधिवेशनले उनलाई सर्वसम्मत चयन गरेको हो ।काभ्रेका बिद्यार्थि काल देखि नै तामाङ संस्थाहरुमा सक्रिय रहदै आएका हुन् ।
प्रकाशित मिति:- 2014-09-15 03:15:50
नेपाल ब्युरो–भदौ ३०, काठमाडौ । अमेरिकी दूतावासले आजदेखि भिसा आवेदन प्रक्रिया परिवर्तन गर्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भिषा प्रक्रियाका लागि नयाँ अनलाइन व्यवस्था प्रयोग गर्ने जानकारी दिएको हो ।
प्रकाशित मिति:- 2014-09-11 23:30:42
काठमाडौं— मलेसियामा दुर्घटनामा परी घाइते भएका पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले तीन लाख ७२ हजार पाँच मलेसियन रिंगेट (करिब एक करोड १२ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्। क्याराभान म्यानपावरबाट सन् २०१० जुलाई ७ मा मलेसिया पुगेका रेग्मी जेसिवाई एचडिडी कम्पनीमा आउटसोर्स कामदारको रुपमा कार्यरत थिए । सन् २०१२ जुलाई १२ माकम्पनीको काम सकेर होस्टल फर्कने बेला बस दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका रेग्मीको दाहिने खुट्टा काटिएको छ ।
प्रकाशित मिति:- 2014-09-11 08:05:45
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । नेपाल भारतसीमा आजदेखि बन्द हुने भएको छ । सीमावर्ती भारत उत्तरप्रदेशमा हुन लागेको विधानसभा उपनिर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ५ बजेदेखि शनिबारसम्मका लागि सीमा बन्द हुने भएको हो ।
प्रकाशित मिति:- 2014-09-08 04:07:40
नेपाल ब्युरो– भदौ २३, काठमाडौ । नेपाली र अमेरिकी संयुक्त सैनिक अभ्यास आजदेखि सुरु भएको छ । नेपालमा आजदेखि शुरु भएको सैन्य अभ्यासको मकवानपुरको मनहरीमा उद्घाटन भएको हो ।
प्रकाशित मिति:- 2014-09-07 05:14:43
नेपाल ब्युरो–भदौ २२ । कतारमा रहेको नेपाली कामदारको अवस्थाबारे वृत्तचित्र बनाउन गएका दुई नेपाली अधिकारकर्मी कतारको नियन्त्रणमा रहेको खुलासा भएको छ । कतारको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दे आफ्नो नियन्त्रणमा रहेको कतारी अधिकारीले पुष्टि गरेका हुन् ।
प्रकाशित मिति:- 2014-09-06 03:31:20
क्वालालम्पुर, भाद्र २१ - मलेसियाली मानवसंशाधन मन्त्री दातुक रिचर्ड रियट जइमले बिहीबार जोहोरबारुस्थित जेसिवाई एचडीडी टेक्नोलोजी कम्पनीमा कार्यरत नेपाली कामदारलाई भेटेका छन् । उनले नेपाली कामदार बस्ने होस्टलको अवलोकनसमेत गरे । कम्पनीमा गत अगस्ट २१ देखि नेपालीलगायतका कामदार विभिन्न माग राख्दै आन्दोलित छन् । मन्त्री जइमले नेपालीलगायत विदेशी कामदारको बसाइँ अवस्था र समस्याबारे चासो राखेको नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । उनका अनुसार जइमले कम्पनी व्यवस्थापनलाई भेटी होस्टल व्यवस्थित बनाउन र सुपरभाइजर नेपाली राख्न सुझाएका थिए ।
प्रकाशित मिति:- 2014-09-04 03:36:38
काठमाडौं: कतारमा रहेका कामदारहरुको थप अनुसन्धान गर्न नेपालबाट कतार गएका नेपाली मूलका दुई मानअधिकारकर्मी कृष्ण उपाध्याय र उनका सहकर्मी फोटोग्राफर गुणदेव घिमिरे कतारमा बेपत्ता पारिएका छन्। नर्वेमा प्रधान कार्यालय रहेको मानवअधिकारवादी संस्था जीएनआरडीले आफ्ना कर्मचारीलाई कतार प्रहरीले हतोत्साही गर्नुका साथै कतार छाड्न् भनेको थियो। तर नेपाली मूलका बेलायती मानवअधिकारकर्मी उपाध्याय र घिमिरे अचानक बेपत्ता पारिएको समाचार बेलायती अनलाइन 'द इण्डीपेन्‍डेन्ट'ले प्रकाशित गरेको छ। उक्त समाचारका अनुसार मानअधिकारकर्मी कृष्ण र गुणदेव गत आइतवार दिउँसोदेखि कतारको राजधानी दोहामा बेपत्ता अवस्थामा रहेका छन्।
प्रकाशित मिति:- 2014-09-02 03:17:34
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । अफगानिस्तानको २० सदस्यीय सरकारी टोली काठमाडौं आइपुगेको छ । उक्त टोली नेपालमा संयुक्त राष्ट्रसंघको महिला सम्बन्धी १३२५ र १८२० कार्यान्वयन सम्बन्धी क्रियाकलापको अवलोकन भ्रमण गर्न काठमाडौं आइपुगेको हो ।
प्रकाशित मिति:- 2014-08-28 03:33:36
विश्वबिद्यालयमा रहेको नेप्लीज स्टुन्डेन्ट एशोसिएसनको तत्वाधानमा आयोजित बिरोध जुलुसमा नेपाली तथा भारतीय बिद्यार्थी समेत संलग्न थिए । बिद्यार्थी प्रतिनिधि राजदीप भुषण महतका अनुसार नेपाली २५ सहित ४० भन्दा बढी बिद्यार्थी बिरोध जुलुसमा सहभागी थिए । बुधबार अपरान्ह ४:३० मा सुरु भएको बिरोध जुलुसले युनिबर्सिटी आसपासको क्षेत्रमा १ घण्टा मार्चपास गरेको थियो । 'नेपाली युवतीमाथिको बलात्कार घटनाको निन्दा गर्न र दिल्ली क्षेत्रमा भैरहेका बलात्कार तथा असुरक्षाका घटनामा सम्बद्ध निकायको ध्यानाकर्षण गराउन यो र्‍यालीको आयोजना गरेका हौं,'महतले भने ।
प्रकाशित मिति:- 2014-08-27 02:48:07
नेपाल ब्युरो– भदौ ११, काठमाडौ । सरकारले आगामी सातादेखि मलेसियामा बसिरहेका नेपालि कामदारलाई स्वदेश फर्काउने भएको छ । मलेसियामा अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई सरकारले स्वदेश फर्काउने भएको हो ।
प्रकाशित मिति:- 2014-08-23 05:03:19
नेपाल ब्युरो– भदौ ७, काठमाडौ । सुनकोशीका पहिरो पीडितहरूका लागि हङकङ घेदुङ र नेपाल तामाङ घेदुङ कुवेतले आज आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाका प्रतिनिधिहरूले आज सिन्धुपाल्चोक पुगी राहत वितरण समितिलाई सङ्कलित रकम हस्तान्तरण गरेको हो । हङकङमा सङ्कलन भएको दुई लाख ५८ हजार आठ रुपैयाँ हङकङ घेदुङका उपाध्यक्ष सरस्वती घिसिङले र कुवेत घेदुङले सङ्कलन गरेको एक लाख २० हजार रुपैयाँ नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोन तामाङ र सचिव प्रतीक ङेसुर तामाङले सिन्धुपाल्चोकमा जुरेमा रहेको राहत सङ्कलन केन्द्रमा पुगी प्रदान गर्नुभएको हो ।
प्रकाशित मिति:- 2014-08-21 03:05:02
नेपाल ब्युरो– भदौ ५, काठमाडौ । नेपालको दुईदिने भ्रमणमा आउनुभएका मलेसियाका मानव संशाधनमन्त्री दातृक रिचार्ड रियट जइम आज राजनीतिक भेटवार्तामा व्यस्त हुनुहुने भएका छन् । सो भेटवार्तामा नेपाल र मलेसियाबीच यसअघि भएका सहमतिका विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति:- 2014-08-20 02:53:22
नेपाल ब्युरो– भदौ ४, काठमाडौ । नेपालको दुई दिने भ्रमणका लागी मलेसियाका मानव संशाधनमन्त्री दातुक रिचार्ड रियट जइम आज नेपाल आउँदै हुनुहुन्छ । भ्रमणका बेला संशाधनमन्त्री जइमले मलेसियामा भएको आप्रवासी कामदारको विषयमा सम्बन्धीत पक्षसंग छलफल गर्नुहुनेछ । नेपाल आउन लागेको मन्त्री जईम नेतृत्वको ९ सदस्यीय टोलीसँग नेपालले कामदारका विषयमा विषेश प्रस्ताव राख्नेछ ।
प्रकाशित मिति:- 2014-08-19 03:21:02
नेपाल ब्युरो–भदौ ३, काठमाडौ । दक्षिण कोरया गएका नेपाली कामदारहरुले राम्रो काम गरेकोले दक्षिण कोरियाले नेपाली कामदारको संख्या बढाउने भएको छ । यसअघि कोरिया गएका नेपाली कामदारको काम चित्त बुझ्दो भएको भन्दै संख्या बढाउनको लागी कोरिया सहमत भएको हो ।
प्रकाशित मिति:- 2014-08-18 02:59:32
नेपाल ब्युरो– भदौ २, काठमाडौ । नेपाल र भारतको सेनाको संयुक्त तालिम आजबाट सुरु भएको छ । सो तालिम आतंककारी आक्रमणको प्रतिकार गर्ने तथा जंगलमा हुन सक्ने सम्भावित द्धन्द्धलाई नियन्त्रण गर्नेका लागि नेपाल र भारतका सेनाले आजबाट गर्नेभएका छन् ।
प्रकाशित मिति:- 2014-08-17 08:59:16
नेपाल ब्युरो– भदौ १, काठमाडौ । नेपाल र भारत सेनाको संयुक्त तालिम भोलिदेखि सुरु हुँदैछ । तालिम आतंककारी आक्रमणको प्रतिकार गर्ने तथा जंगलमा हुन सक्ने सम्भावित द्धन्द्धलाई नियन्त्रण गर्नका लागि हुने भएको हो ।
प्रकाशित मिति:- 2014-08-12 09:11:03
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तनहुँ पुर्कोट- ५ का ३२ वर्षीय कमलबहादुर गौलीलाई पक्राउ गरेको हो । भक्तपुर सुडाल- ८ का रामप्रसाद नेपाललाई जेठ ४ गते मलेसियाको कोत्राय भन्ने ठाउँबाट कमल बहादुर गौली लगायत मलेसियन र नेपालीसमेत ६ जना अपहरणकारीले अपहरण गरेका थिए ।
प्रकाशित मिति:- 2014-08-04 05:26:47
क्वालालम्पुर , श्रावण १९ - रोजगारीका क्रममा करिब ५ महिनाअघि मलेसिया आएकी सिरुबारी ५ सिन्धुपाल्चोककी चिनिमाया तामाङ यतिखेर यहाँको एक अस्पतालको शैयामा छट्पटाइरहेकी छिन् । जोहोरको जेसिवाई कम्पनीमा कार्यरत उनको दायाँ डिम्बासयमा क्यान्सर भएपछि हाल सुल्तान इस्माइल अस्पतालमा उपचाररत छिन्
प्रकाशित मिति:- 2014-08-04 04:07:23
अष्ट्रेलिया, श्रावण १८ - आफनै भवन निर्माणका लागि जुटेका प्रवासी नेपालीहरुले अष्ट्रेलियाबाट मात्र करिब २ करोड रुपैयाँ संकलन गरेका छन् । एनआरएनको भवन निर्माणका लागि अष्ट्रेलियाका विभिन्न शहरहरुमा आयोजना गरिएको कार्यक्रमबाट उक्त रकम संकलन गरिएको हो ।
प्रकाशित मिति:- 2014-07-28 03:23:34
दार्चुला- भारतको धार्चुलामा पहिरो जाँदा आइबार एक नेपालीसहित छ जनाको मृत्यु भएको छ। अर्का एक नेपाली घाइते भएका छन्। पिथौरागढ जिल्लाको पांगला बयालघारमा पहिरोले पुरिएर बैतडी जिल्ला मठैराज गाविसका सोभान सिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा बेलापुर–९ डडेल्धुराका राजेश खड्का रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। भारतीय व्यापारी सुरेन्द्रसिंह बोहराको सामान लगेर मालपा जाँदै गरेको अवस्थामा दार्चुला सदरमुकामसँगै रहेको धार्चुलाबाट ३२ किलोमिटरको दूरीमा रहेको बयालघारमा माथिबाट पहिरो आएर उनीसँगै रहेका अन्य पाँच भारतीय नागरिकको मृत्यु भएको हो।
प्रकाशित मिति:- 2014-07-26 08:08:48
क्वालालम्पुर, श्रावण १० - मलेसियाली सरकारले गैरकानुनी हैसियतमा रहेका आप्रवासी कामदारलाई घर फर्काउन नयाँ कार्यक्रम ल्याएको छ । 'स्वेच्छिक फिर्ती कार्यक्रम' (भोलुन्टरी डिपोर्टेसन प्रोग्राम) नाम दिइएको यस कार्यक्रमअन्तर्गत गैरकानुनी हैसियतका आप्रवासी कामदार आगामी डिसेम्बर ३१ भित्रमा न्यूनतम शुल्कमा स्वदेश फिर्न सक्नेछन् । गैरकानुनी हैसियतका आप्रवासी कामदार चारसय रिंगिट (१२ हजार रुपैंया) शुल्क तिरेर स्वदेश फिर्न सक्ने मलेसियाली गृहमन्त्री अहमद् हमिदीलाई उद्धृत गर्दै स्थानीय अंग्रेजी दैनिक 'द स्टार' ले उल्लेख गरेको छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing