- सुकुमान तामाङ
प्रकाशित मिति:- 2014-09-07 03:30:04
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
प्रकाशित मिति:- 2014-08-19 21:44:14
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
प्रकाशित मिति:- 2014-08-07 23:48:48
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
-
प्रकाशित मिति:- 2014-08-04 09:22:38
हाम्रो व्यवस्थापिका संसदमा हालसम्मकै बढी ताली बजेको सायद मोदीकै सम्बोधनका क्रममा होला। नेपाल सार्वभौमसम्पन्न मुलुक हो भन्दा पनि हाम्रा सभासद्हरुले गढगढाहट ताली बजाए। उनले सभासद्हरुलाई पटकपटक ऋषिको संज्ञा दिए। भविष्य द्रष्टा बन्न पनि सुझाव दिए। अहिले संविधाननिर्माणका क्रममा हुन सक्ने सानातिना कमजोरी भविष्यका लागि विष वृक्ष हुनसक्छ भनेर सचेत पनि गराए
- -फुर्बा शेर्पा
प्रकाशित मिति:- 2014-07-23 22:00:26
पछिल्लो समयमा संचार माध्यममा उच्चबिषादीको प्रयोगले उपभोक्ता प्रभावित भएको समाचारले सबैलाई चिन्तित बनाएको छ।बिषादीको प्रयोग गर्दैमा असर पुग्ने होईन सहि प्रयोग नहुंदा यो समस्या सृजना भएको हो।बिषादीको प्रयोगपछि त्यो बस्तु उपभोग गर्न केही समय पर्खनु पर्ने हुन्छ।तर तत्काल उपभोग गर्दा स्वस्थमा गम्भिर असर पुग्ने कृषि बिशेषज्ञहरु बताउछन।बिकसित देशहरु जापानमा प्रतिहेक्टर १२ किलो बिषादी प्रयोग हुन्छ भने कोरियामा १६ किलो, ईटालीमा १४ किलो बिषादी प्रयोग हुन्छ।
- -के पि ओली
प्रकाशित मिति:- 2014-07-18 02:33:05
नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । सर्वप्रथम, महाधिवेशनबाट मलाई अध्यक्ष पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरूप्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछु । पदाधिकारी, केन्द्रीय कमिटी सदस्य एवम् विभिन्न आयोगमा निर्वाचित हुनुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।