प्रकाशित मिति:- 2014-07-18 03:07:47
२ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण चाबहिल उपकेन्द्रका मिटर रिडरहरुले समयमा नै ग्राहकको घरमा रहेको मिटर रिडिङ नगरी कार्यालयमै बसेर मनपरी ढङ्गले अङ्क चढाइदिँदा अनावश्यकरुपमा बढी पैसा तिर्नुपरेको ग्राहकले गुनासो गरेका छन् ।
“तीन महिनादेखि घरमा रहेको बत्तीको मिटर रिडिङ गर्न प्राधिकरणका कर्मचारी आएका थिएनन्, फागुन र चैतको मिटरको नम्बर आफैँले टिपेर लगि पैसा तिरेकी थिएँ, वैशाखको पैसा तिर्न मिटरमा चढेको अङ्क लिएर जाँदा त मिटर रिडरले कार्यालयमै बसेर ५७ युनिट चढाइदिएछन्”- नयाँपाटीकी पीडित ग्राहक शान्ति भण्डारीले भने ।
प्रकाशित मिति:- 2014-07-13 06:16:14
अचानक झस्किए जस्तो भएको थियो मेरो मन ....टुलुटुलु हेरिरहु जस्तो लाग्थ्यो तिमीलाई , यी आँखाहरुले हजारौ साल देखि खोजिरहेको जस्तो । मनभरी आँशुहरु गुम्साएर आँखाबाट झर्न लागेको आँशुहरु थामेर हाँसेर वस तिमीलाई हेरिरहे .....मन थाम्न सकिन अनि सोधिहाले सन्चै छौ ? उसको जवाफ आउन मात्र के लागेको थियो पापी आँखा आँशु उपहार लिएर खोलिदियो ....धत ! सपना पो रहेछ ,आँशु पुछे । अनि .......आँखाका आँशुहरु पुछ्दै सोच्न थाले जुन मायाले मेरो जिवनको परिभाषा बुझ्न सकेन किन म आज त्यहि मायाको पछि अन्दाधुन्ध दौडिरहेको छु ।
प्रकाशित मिति:- 2014-07-10 02:19:34
जापानको दक्षिणी टापु ओकिनावा टापुलाई बिनास गर्दै उत्तरतिर बढेको बिनाशकारी समुद्री आंधी नियोगुरी आज क्युशु टापुमा आउने मौसम बिभागले जानकारी दिएको थियो।बिनाशकारी नियोगुरीको त्रासमा यहां रहेका धेरै जसो नेपाली बिद्यार्थीले काम बिदा लिएका छन। सडकमा सदा भन्दा साह्रै नै कम संख्यामा सवारी साधन चलेको छ।
प्रकाशित मिति:- 2014-06-12 01:09:45
दक्षिण जापानको क्युसु टापुमा रहेको ओईता शहरको प्राकृतिक सुन्दरताले जो कसैलाई पनि आकर्षित गर्छ।फोटो पत्रकार सुरज श्रेष्ठले क्यामेराले बिभिन्न अवसरमा कैद गरेको सु्न्दर तस्बिरहरुः
प्रकाशित मिति:- 2014-05-15 05:07:32
-वाचस्पति रेग्मी
आज कता-कता राष्ट्रियताको भावना पलायर आयो । राष्ट्रियता शब्दमा होइन काममा हो जस्तो अनुभव भएर आयो । गत वर्ष रवीन्द्र मिश्र बेलायत आएर हेल्प नेपाल नेटवर्क भन्ने संस्थाद्वारा नेपालमा सेवा गर्न संस्था र विदेशमा रहेका नेपालीहरुबाट १० करोड अक्षय कोष खडा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्नु भयो र विदेशमा बस्ने नेपालीले स्वःस्फूर्त तरिकाले लाख लाख नगद दिएर सहयोग गरे । किन त ? आखिर मातृभूमिकै लागि त हो । नेपाल आमाकै लागि त हो ।
प्रकाशित मिति:- 2014-05-14 05:25:03
- प्रकाश गिरी
विराटनगर सम्मेलनपछि एनेकपा माओवादीमा थप धाजा फाटेको छ । सम्मेलन हलबाट डा.बाबुराम भट्टराई सहित उनी पक्षधर नेताहरु केन्द्रिय समिति सदस्य घोषणा गर्ने वेलामा बाहिरिएपछि पाच दिनसम्म विराटनगरको उष्ण तापमानमा माओवादीले कस्तो वैचारिक बहश गरेछ भन्ने प्रष्ट भएको छ । विराटनगरले पनि एमाओवादीको आकांक्षा पुरा गर्न सकेन । एक भएर आउने उसको चाहनामा ठेस लागेको छ । बरु,विचार समुहको नाममा बनेको गुटको राजनीति थप मौलाएको छ र अल्पमतको कदर नगर्ने परिपाटी विकास भएको छ । एमाओवादी नेताहरु नै भन्छन–गुट मौलायो भने पार्टी विघटन हुन्छ ।