नेपाल समाचार

प्रकाशित मिति:- 2014-06-30 08:09:16
नेपाल ब्युरो–असार १६, काठमाडौँ । ट्रिपरको ठक्करबाट घरभित्र सुतिरहेका दुई जनाको मृत्यु भएको छ । काठमाडौँको बाडभन्ज्याङ–८ पिपलामोड सडक खण्डमा थानकोटबाट नौबिसेतिर जाँदै गरेको बा २ ख ३९९२ नम्बरको ट्रिपरले ठक्कर दिँदा बलराम बोहोरा र उनकी श्रीमती मैया बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-06-30 05:27:06
नेपाल ब्युरो– असार १६, काठमाडौँ । नेपाल वायु सेवा निगमको नयाँ जहाज एमए ६० अवरतणको क्रममा चरा ठोकिएको छ । सोमबार विहान काठमाडौंबाट विरटनगर उडेको जहाज विराटनगर विमानस्थलमा अवरतण गर्ने क्रममा जहाजमा चरा ठोकिएको हो । जहाजका यात्रु भने सकुशल रहेका जहाजमा कुनै क्षती पुगेको छैन, जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
प्रकाशित मिति:- 2014-06-30 04:55:37
नेपाल ब्युरो–असार १६,काठमाडौ । एकीकृत नेकपा माओवादी लगायत पाँच पार्टीको कार्यगत एकता समितिले देशब्यापी अन्तरक्रिया तथा विचार गोष्ठीहरु सञ्चालन गर्ने तयारी गरेका छन् । आज बसेको समितिको बैठकले पाँच पार्टीको आयोजनामा देशब्यापी अन्तरक्रिया तथा विचार गोष्ठीहरु सञ्चालन गर्न आ–आफ्ना पार्टीहरुलाई निर्देशन दिने निर्णय गरेको हो । साथै बैठकले संविधानका अन्तरवस्तुको बारेमा गृहकार्य गर्न समिति अन्तरगतको कार्यदललाई जिम्मा दिने निर्णय गरेको जानकारी एकीकृत माओवादी नेता देव गुरुङले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-30 03:56:50
नेपाल ब्युरो–असार १६,काठमाडौँ । मंसीर ४ को संविधानसभा चुनावमा भएको भनिएको धाँधलीको छानविन गर्न बनेको संसदीय विशेष समिति नागरिकको उजुरी र गुनासोका आधारमा छानविन गर्ने भएको छ । संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिले आजदेखि १० दिन भित्रमा उजुरी दिन नागरिकहरुलाई आग्रह गरेको छ । समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले नागरिकको उजुरीका आधारमा छानविनलाई अघि बढाइने बताउनुभयो । विभिन्न दलका सभासद्हरुको सभासद्हरु सहभागी संसदीय विशेष समितिले तीन महिना भित्र अध्ययन गरेर संसदमा प्रतिवेदन पेश गर्नेछ ।
प्रकाशित मिति:- 2014-06-30 03:46:19
नेपाल ब्युरो–असार १६,काठमाडौँ । संवैधानिक निकायको संरचना निर्धारण र संवैधानिक समितिको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेपछि संविधानसभाको भवन नयाँ बानेश्वरमा बोलाइएको छ । तत्कालीन संवैधानिक निकायको संरचना निर्धारण समितिको मस्यौदामा भएका सहमति र असहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन, २०७१ र तत्कालीन संवैधानिक समितिको मस्यौदामा भएका सहमति र असहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन, २०७१ माथि छलफल सुरु हुन लागेको हो ।
प्रकाशित मिति:- 2014-06-30 02:25:02
सोलुखुम्बु, १६ असार । सोलुखुम्बुको बेनी–२ मा आफ्नै बुबालाई निर्घात कुटपिट गरी हत्या गर्ने एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सोलुखुम्बुको आदेशमा हिजो वर्ष १८ का गोविन्द विकलाई कारागार चलान गरिएको हो ।
प्रकाशित मिति:- 2014-06-29 22:22:07
वरिष्ठ नेता रेणु यादवलाई अश्लील गाली गरेपछि फोरम नेपालका एक सभासद ६ महिनाका लागि निलम्बनमा परेका छन् । पार्टी केन्द्रीय सदस्य तथा सभासद शिवजी यादवलाई फोरम नेपालले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो । निलम्बित हुने यादव आफै फोरम नेपालको अनुशासन समितिका संयोजक हुन् । अनुशासन समितिका संयोजकलाई निलम्बन गर्ने निर्णय पार्टीको राजनीतिक समितिको बैठकले गरेको छ ।
प्रकाशित मिति:- 2014-06-29 08:17:07
नेपाल ब्युरो–असार १५,काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग थानकोट–नौविसे सडक खण्डको काम असार मसान्तभित्र सम्पन्न नभए सम्बन्धित पक्षलाई कारवाही गर्ने चेतावनी दिएको छ । काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेको ९० कि.मि. सडकको निर्माण कार्यमा संलग्न पदाधिकारी र ठेकेदारले पटक पटक ढाँटेपछि अख्तियारले यस्तो चेतावनी दिएको हो । यसअघि सम्बन्धित निकायका प्रमुखरप्रतिनिधिहरुले आयोगका पदाधिकारी स प्रायः सम्पर्ण कार्य सम्पन्न भै सवारी यातायात सुचारु भइसकेको २०७१ साल असार २५ गते भित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित मिति:- 2014-06-29 07:48:44
नेपाल ब्युरो–असार १५,काठमाडौँ । एकीकृत नेकपा माओवादीले असार २१ देखि गर्ने भनेको संघीयता सम्बन्धी वृहत कार्यशाला भदौमा सार्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज सम्पन्न स्थायी समितिको बैठकले यही असार २१, २२ र २३ गते गर्ने भनिएको संघीयता एवम् जातीय र क्षेत्रीय मुक्तिको प्रश्नमा वृहद कार्यशाला भदौमा सार्ने निर्णय गरेको हो ।
प्रकाशित मिति:- 2014-06-29 03:48:37
नेपाल ब्युरो– असार १५, काठमाडौँ । सिरहामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । सिराहाको गोविन्दपुर ५ मा झिरहरी खोलामा ट्याक्टरमा बालुवा लिन गएका गोबिन्दपुर ५ सोनामती मझौरा र गोविन्दपुर ६ का मोहमद अन्सारु मियालाई शनिबार खोलाले बगाएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-29 03:32:38
नेपाल ब्युरो–असार १५,काठमाडौँ । आज असार १५ गते, ११ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन सुरु गरिएको हो । धान दिवसका अवसरमा आज राजधानीमा कृषि विकास मन्त्रालयले तथा विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गर्दैछन् ।
प्रकाशित मिति:- 2014-06-29 03:11:49
नेपाल ब्युरो–असार १५, काठमाडौँ । नेकपा एमालेले महाधिवेशनका लागि आजदेखि काठमाण्डौंको भृकुटीमण्डपमा सचिवालय स्थापना गर्ने भएको छ । अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएकोमा महाधिवेशन नजिक आइसकेकाले सहजता र व्यवस्थापनका लागि सचिवालय स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ । एमालेले यसपटक विद्युतिय मतदान प्रणालीबाट नेतृत्व चयन गर्ने भएको छ । त्यसका लागि प्रतिनिधिको नामावली कम्प्युटर प्रणालीमा राख्ने काम भइरहेको जनाइएको छ ।
प्रकाशित मिति:- 2014-06-29 02:51:53
नेपाल ब्युरो–असार १५, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम आज ल्याइने भएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा राष्ट्रपति डा रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।
प्रकाशित मिति:- 2014-06-28 03:47:22
हिन्दू अधिराज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालले संविधानसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट चुनाव खर्च लिएको खुलासा भएको छ । राप्रपा नेपालका असन्तुष्ट नेताहरुले पर्चा प्रकाशन गरी अध्यक्ष कमल थापाले पूर्वराजाबाट चुनाव खर्च लिएको खुलासा गरेका हुन ।
प्रकाशित मिति:- 2014-06-27 05:08:52
नेपाल ब्युरो–असार १३, काठमाडौँ । प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले तोकिएकै समयमा संविधान जारी हुने दाबी गर्नुभएको छ । आज बिहान दाङको तुलसीपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले सविंधान सभाको बैठक निरन्तर चलिरहेको र संविधानको काम भईरहेकोले सविंधान जारी हुने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-06-27 03:53:24
नेपाल ब्युरो– असार १३, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अझै कुष्ठरोग निवारण हुन नसकेको बताइएको छ । स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार विसं २०७० मा नेपालमा तीन हजार २ सय ५३ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुका कारण लाग्ने सो रोग विशेष गरेर आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुमा बढी देखिने गरेको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-27 03:32:57
नेपाल ब्युरो–असार १३,काठमाडौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संसदमा दर्ता गरिएको अदालतको अपहेलना सम्बन्धी विधेयकविरुद्ध संसदमा सशक्त रुपमा आवाज उठाउने बताउनुभएको छ । मोरङको विराटनगर विमानस्थलमा आज विहान सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै दाहालले कसैको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने भन्दै यसबारेमा संसदमा आवाज उठाउने बताउनुभयो । दाहालले जनताको मौलिक हकलाई पनि दबाउने कोशिश भईरहेको भन्दै यसबारेमा आफ्नो पार्टीले संसदमा यसकाविरुद्ध चर्को आवाज उठाउँने बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-27 03:16:18
नेपाल ब्युरो–असार १३,काठमाडौ । संविधानसभाको बैठकमा बुधवार देखि जारी साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति र अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक र अधिकार संरक्षण समितिको प्रतिवेदनमाथिको छलफल आज सकिदैछ । प्रतिवेदनमाथि छलफल सकिएपछि आजै सहमतिका विषयलाई मस्यौदा समिति र असहमतिका विषयलाई राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने तयारी गरिएको छ ।
प्रकाशित मिति:- 2014-06-27 03:10:23
नेपाल ब्युरो–असार १३, काठमाडौँ । सरकारले नयाँ विकास सहायता नीति आज सार्वजनिक गर्दैछ । १२ वर्ष पुरानो वैदेशिक सहायता नीतिलाई प्रतिस्थापन गर्दै नयाँ नीति ल्याउन लागेको हो । पुरानो नीतिलाई ‘विकास सहायता नीति’ नामकरण गरी त्यसमा सामयिक परिमार्जनसहित नयाँ नीति सार्वजनिक गर्न लागिएको हो ।
प्रकाशित मिति:- 2014-06-27 03:01:52
नेपाल ब्युरो–असार १३, काठमाडौँ । फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि आजदेखि प्रधानमन्त्री सुशिल कोइरालाको थप उपचार शुरु गरिने भएको छ । कोइरालाको नीजि सचिवालयका अनुसार आजदेखि उहाँको रेडियोथेरापी शुरु गरिने भएको छ । पलाएको मासुलाई पगाल्ने पद्दति रेडियोथेरापी क्यान्सरको शुरुको चरणमा हुँदा गर्ने उपचार विधि भएको चिकित्सकहरुले बताएका छन् ।
प्रकाशित मिति:- 2014-06-27 02:34:00
एमालेको अर्को साता सुरु हुने नवौं महाधिवेशनका लागि सरकारी कर्मचारी पनि ठूलो संख्यामा प्रतिनिधि चुनिएका छन्। महाधिवेशन प्रतिनिधिमा ८४ जना निजामती कर्मचारी छन् भने सरकारी संस्थान, वित्तीय संस्था, शिक्षक र प्राध्यापकसमेत जोड्दा प्रतिनिधि संख्या डेढ सयभन्दा बढी रहेको स्रोतले बतायो।
प्रकाशित मिति:- 2014-06-26 23:46:22
विवाहित महिलाले रोजेको थरबाट राहदानी लिन पाउने भएका छन्। काठमाडौं स्कुल अफ लका तर्फबाट झापाकी उमादेवी कार्कीले दायर गरेको मुद्दामा पुनरावेदन अदालत पाटनले राहदानीमा महिलाले रोजेको थर राख्न पाउने फैसला सुनाएको छ।
प्रकाशित मिति:- 2014-06-26 08:18:12
नपाल ब्युरो–असार १२, काठमाण्डौ । सिंचाई मन्त्री नारायण प्रसाद साउदले देशमा स्थानीय निकायको निर्वाचन नभएसम्म सुशासन कायम हुन नसक्ने बताउनुभएको छ । आज सिराहामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले स्थानीय निकायलाई अन्योलमुक्त बनाउन स्थानीय निर्वाचनको तयारी भइरहेको जानकारी दिनुभयो । यस्तै एक वर्षभित्र नेपाली जनतालाई नयाँ संविधान दिन अहिलेको सरकार लागि परेको उहाँले दावी गर्नुभएको छ ।
प्रकाशित मिति:- 2014-06-26 07:49:14
नेपाल ब्युरो– असार १२, काठमाडौँ । संविधानसभाको बैठकमा तत्कालीन साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिको प्रतिवेदनमाथि आजपनि छलफल भएको छ । सो प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिको विषय र तत्कालीन अल्पसङख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको मस्यौदामा भएका निक्र्योल सम्बन्धी प्रतिवेदनको एकीकृत छलफल सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-06-26 06:02:18
नेपाल ब्युरो– असार १२, काठमाडौँ । नेकपा एमालेको नवौं महाधिवेशन आउन अब एक साता पनि बाँकी छैन । तर महाधिवेशनका लागि अझै पूर्ण रुपमा प्रतिनधि छनोट हुन सकेको छैन । विभिन्न जिल्लामा उत्पन्न विवादका कारण छनोटमा ढिलाई भएको हो । विवादित क्षेत्रमा बुधबार चुनावी प्रक्रियाबाट प्रतिनिधि छनोट गरिने भनेपछि रोकिएको थियो । विवादित ती क्षेत्रमा आज चुनाव हुने एमालेले जनाएको छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing