नेपाल समाचार

प्रकाशित मिति:- 2014-05-17 02:52:03
जेठ ३, एजेन्सी - लाओसमा आज बिहान एउटा सरकारी अधिकारी बोकेको सेनाको विमान चीनको सिमाना नजिक दुर्घटनामा परेको छ । लाओ हवाई सुरक्षा फौज एन्टोनोभ ए एन सेभेन फोर थ्री जेरो जेरो नामक विमानमा त्यहाँका रक्षामन्त्री सहित २० जना सवार रहेको सरकारी टेलिभिजन लाओस स्टेटले जनाएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको बताइए पनि अन्यको अवस्थाका बारेमा केही बताइएको छैन ।
प्रकाशित मिति:- 2014-05-17 02:38:40
नेपाल ब्युरो- जेठ ३, काठमाडौ - मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा झापा प्रहरीले ३ पुरुष सहित २ महिला दलाललाई पक्राउ गरेको छ । विर्तामोडको कस्तुरी होटल परीसरमा संकास्पद अवस्थामा रहेका ५ महिलालाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएर गरेको सोधपुछका आधारमा मानव बेचविखनका मुख्य दलाल सहित एउटा गिरोहका केहि सदस्यलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति:- 2014-05-17 01:35:50
नेपाल ब्युरो – जेठ ३, काठमाण्डौं । उपराष्ट्रपति परमानन्द झाले मधेसको विकासका लागि सरकारले खासै ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । सप्तरीको कठौनामा स्थापना गरिएको चारुना हस्पिटलको आज उद्घाटन गर्दै उपराष्ट्रपति झाले अस्पतालले नाफाभन्दा पनि सेवा भावले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनसेवाको भावनाले प्रेरित भएर काम गर्न सके अस्पतालले प्रगति गर्नुका साथै यस क्षेत्रका जनताले सेवा पाउने उहाँका भनाई थियो ।
प्रकाशित मिति:- 2014-05-17 01:33:29
नेपाल ब्युरो – जेठ ३, काठमाण्डौं । आज जननेता मदन भण्डारी तथा जीवराज आश्रितको २१ औ स्मृति दिवस । नेपाली कम्युनिष्ट आन्दोलनका एक अग्रणी योद्धा भण्डारी तथा आश्रितको सम्झनामा एमालेले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । मदन भण्डारीको जन्म विसं २००९ आसर १ गते ताप्लेजुङ जिल्लाको ढुङगेसाँघु गाविसको ठेट्ने गाउँमा भएको थियो ।
प्रकाशित मिति:- 2014-05-16 06:19:11
नेपाल ब्युरो –जेठ २, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पासहित वरिष्ठ स्वास्थ्य अधिकृतहरुलाई पक्राउ गरेको छ । स्वास्थ्य सेवा विभागमा भएको भ्रष्टाचारको आरोपमा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ । त्यस्तै अख्तियारले राष्ट्रिय यौनरोग तथा एड्स नियन्त्रण महाशाखाका प्रमुख डा. नरेशप्रताप केसी, बालस्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्द, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका जनस्वास्थ्य अधिकृत पवनप्रसाद कोइरालालाई पनि पक्राउ गरेको छ ।
प्रकाशित मिति:- 2014-05-16 04:28:56
नेपाल ब्युरो –जेठ २, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले जेठ १४ गते गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ १८ गतेलाई सारेको छ । विद्यार्थी संगठनहरुसंग सहमति गर्न समय नपुगेकाले १८ गते चुनाव गर्ने गरी चुनावी कार्यतालिका सार्वजनिक गरेको त्रिभुवन विश्व विद्यालयका विद्यार्थी कल्याँणकारी निर्देशनालयका महानिर्देशक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-16 04:03:37
नेपाल ब्युरो –जेठ २, काठमाडौ । बङगलादेशमा डुङ्गा दुर्घटनामा परी दर्जनौको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकाको संख्या बढी रहेको समाचार संस्था एएफपीले जनाएको छ । राजधानी ढाका को दक्षिणी जिल्ला स्थित मेघना नदीहुदैँ जानेक्रममा अचानक तिब्र गतिमा चलेको हावा हुरी चलेपछि डुङ्गा डुबेको मुसीजंगका कमिश्नार सैफुलाल हुसेनले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-16 03:56:13
नेपाल ब्युरो –जेठ २, काठमाडौ । राष्ट्रिय योजना आयोग र राष्ट्रसङघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा तयार पारिएको सन् २०१४ को नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङघका सहायक महासचिव एवम् राष्ट्रसङघीय विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक हाओलियाङ झु र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सार्वजनिक गनुभएको हो ।
प्रकाशित मिति:- 2014-05-16 03:33:16
नेपाल ब्युरो –जेठ २, काठमाडौ । हालै सम्पन्न विराटनगर सम्मेलनपछि फेरि फुटको संघारमा पुगेको एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिस डाडाँ कोटेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनका विषयमा समिक्षा गरिने पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । आजको बैठकमा कार्य विभाजनका विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।
प्रकाशित मिति:- 2014-05-16 03:24:19
नेपाल ब्युरो –जेठ २, काठमाडौ । सरकारका झन्डै पाँच सय सहसचिवले सरकारले आफ्नो मागको सुनुवाई नगरेको भन्दै सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् । सचिव बढुवाका क्रममा आफूहरुमाथि अन्याय भएको भन्दै प्रशासन र प्राविधिक समूहका सहसचविले राजीनामाको चेतावनी दिएका हुन् । प्रशासनतर्फको पदमा कानुन समूह,न्याय समूह र सरकारी वकिल समूहका सहसचिवलाई पनि समाविष्ट गर्न थालेकोमा उनीहरुको असन्तुष्टि छ ।
प्रकाशित मिति:- 2014-05-16 02:53:10
नेपाल ब्युरो –जेठ २, काठमाडौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले कुटनितिक नियोगका अधिकारीसँग छलफल गर्नु हुने भएको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा आज दिउँसो ३ बजे हुने छलफलमा नेम्वाङले सभासदहरुलाई विदेश भ्रमणमा नबोलाउन नियोगका अधिकारीहरुसँग आग्रह गर्नुहुने भएको छ । सभासदहरु विदेश भ्रमणमा रहँदा संविधान निर्माणको काममा प्रभाव पर्ने र तोकिएको समयमा संविधान जारी गर्न कठिन हुने भएकाले विदेश भ्रमण रोक्न नियोगका अधिकारीहरुलाई औपचारिक आग्रह गर्नुहुने भएको हो ।
प्रकाशित मिति:- 2014-05-15 08:55:42
बदिर्यामा आज भएको सवारी दुर्घटनाबाट एक जनाको ज्यान गएको छ । दुर्धटना परी दुई जना घाइते भएका छन । घाइतेहरुको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बदिर्याले जनाएको छ । वन तस्करले चोरेको काठ प्रहरीले नियन्त्रणमा लिएर वन रेन्जपोस्टमा k'¥ofpg] क्रममा भएको ट्याक्टर दुर्घटनामा ट्याक्टरको ट्रलीले किचेर १ को घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-05-15 05:47:07
नेपाल ब्युरो–जेठ १, दाङ । एम्बुलेन्सले ठक्कर दिँदा दाङमा एक जनाको ज्यान गएको छ । प्रहरीले ठक्कर दिने एम्बुलेन्स र चालकलाई आज विहिबार नियन्त्रणमा लिएको छ । घोराही तुलसीपुर सडकखण्डको घोराही–११ कपासी बगियामा रा १ च ५०४ नम्बरको एम्बुलेन्सले गएराति ठक्कर दिँदा घोराही–१ सानीअम्वापुरका २२ बर्षीय टेकबहादुर चौधरीको मृत्यु भएको हो । बुटवल विरामी छोडेर तुलसीपुर र्फकदै गरेको एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा बिहीवार विहान मृत्यु भएको दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-15 05:20:31
नेपाल ब्युरो–जेठ १, दाङ । दाङ प्रहरीले लागु औषध कारोबारमा संलग्न दुई महिला पक्राउ गरेको छ । उनिहरुलाई ३२ किलो लागू औषध चरेससहित प्रहरीले आज विहिवार नियन्त्रणमा लिएको हो । घोराही नगरपालिका–१ सर्रा की पृथ्वी रिजालको घरबाट ३८ बर्षीया भिमकुमारी खड्का रिजाल र रुकुम, मोरावाङ–२ घर भई हाल रोल्पा थवाङ बस्ने वर्र्ष ३६ की संगीता सुनारलाई ३२ किलो २ सय ग्राम चरेस र ५ सय ग्राम वन्यजन्तुको अंग जस्तो देखिने बस्तुसहित बिहीवार पक्राउ गरेको हो ।
प्रकाशित मिति:- 2014-05-15 03:18:09
नेपाल ब्युरो–जेठ १, काठमाडौँ । नयाँ संविधानमा रहने विषयवस्तुबारे संविधानसभामा आजदेखि छलफल सुरु हुदैछ । त्यसका लागि संविधानसभाको बैठक आज बस्दैछ । संविधान अभिलेख तथा निक्र्यौल समितिका सभापति विष्णुप्रसाद पौडेलले समितिका दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएपछि संविधान निर्माणको नयाँ यात्रा सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-05-15 03:11:19
नेपाल ब्युरो–जेठ १,काठमाडौँ । नेपाल प्रहरीले ९८ जना प्रहरी नायब निरिक्षक डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले हिजो साँझ ९८ जना डिएसपीको सरुवा गरेको हो । कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले डिएसपीहरुको सरुवा गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी राजेन्द्रबाबु रेग्मीलाई जिल्ला प्रहरी कार्यालय मनाङमा सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी लोकेन्द्र श्रेष्ठ महोत्तरीमा सरुवा हुनुभएको छ ।
प्रकाशित मिति:- 2014-05-15 03:05:10
नेपाल ब्युरो–जेठ १,काठमाडौँ । निर्वाचन आयोगले चारवटा निर्वाचन क्षेत्रमा आगामी असार ८ गते हुने उप चुनावको निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । प्रकाशित कार्यतालिका अनुसार जेठ ११ गते उमेद्धारको मनोनयनपत्र दर्ता गर्ने दिन तोकिएको छ । जेठ १२ गते उम्मेद्धारहरुको सूची प्रकाशित गर्ने, १३ गते उम्मेद्धारविरुद्ध उजुरी दिने, १४ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय दिने, १५ गते नामावली प्रकाशन गर्ने र १६ गते उम्मेद्धारले आफ्नो नाम फिर्ता लिने समय निर्धारण गरिएको छ ।
प्रकाशित मिति:- 2014-05-15 02:54:24
नेपाल ब्युरो–जेठ १, काठमाडौँ । चार दिने औपचारिक भ्रमणका लागि हिजो नेपाल आएका राष्ट्रसंघका सहायक महासचिव हाओलियाङ झुले आजबाट राजनीतिक छलफल सुरु गर्दै छन् । झुले आज दिउँसो राष्ट्रिय योजना आयोगमा आयोजित विशेष कार्यक्रममा नेपाल मानव विकास प्रतिवेदन २०१४ सार्वजनिक गर्ने छन् ।
प्रकाशित मिति:- 2014-05-15 02:39:04
नेपाल ब्युरो–जेठ १,एजेन्सी । उत्तरी नाइजेरियाको तीन गाउँका स्थानीयवासीसँग झडप हुँदा मुस्लिम अतिवादी बोकोहरामका २ सय लडाकू मारिएका छन् । बोर्नो राज्यको काला–बाल्जा गाउँमा आक्रमण गर्न पुगेका अतिवादीविरुद्ध एकजुट भएका गाउँलेको प्रतिकार उनीहरु मारिएको प्रत्यक्षदर्शीले बताएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्रकाशित मिति:- 2014-05-15 02:11:13
नेपाल व्युरो जेठ १, काठमाडौ । एमाओवादीका अध्यक्ष नेता बाबुराम भटराईले पार्टीको केन्द्रिय समितीमा जान अस्वीकार गर्नु भएको छ । अध्यक्ष पुष्पकमल दाहालसंगको भेटवार्तामा भटराईले आफू केन्द्रिय समितीमा नजाने स्पष्ट पार्नु भएको हो । भेटमा अध्यक्षले भटराई समक्ष केन्द्रिय समीतिमा आउन आग्रह गर्नु भएको थियो ।
प्रकाशित मिति:- 2014-05-14 08:59:13
नेपाल व्युरो- बैशाख ३१ ,एजेन्सी । नाइजेरियाली सरकार अपहरित वालिकाहरुलाई मुक्त गराउने सवालमा आतंकबादी समूह बोको हरामसंग वार्ता गर्न सहमत भएको छ । नाइजेरियाली सरकारका मन्त्री तनीमु तुराकीले बोको हरामसंग वार्ता गर्न सरकार तयार रहेको वताएका छन् । बोको हरामले वालिकाहरु रिहाइका लागि आफना कार्यकर्ता छोड्नुपर्ने शर्त राखेकोमा सरकारले अस्विकार गरेको थियो ।
प्रकाशित मिति:- 2014-05-14 08:47:58
नेपाल व्युरो- वैशाख ३१, काठमाण्डौ । हस्तलिखित राहदानी भएका वैदेशिक रोजगारीमा जानेहरुले भोलिदेखि श्रम स्वीकृति नपाउने भएका छन् । सरकारले रोजगारीका सिलसिलामा विदेश जाने कामदारका लागि भोलि विहीबारदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य लागू गर्ने परराष्ट्र मन्त्रालयको एम आर पी विभागले जनाएको छ ।
प्रकाशित मिति:- 2014-05-14 08:41:22
नेपाल व्युरो- बैशाख ३१,काठमाडौं । संयुक्त राष्ट्र संघका सहायक महासचिव तथा राष्ट्र संघ विकास कार्यक्रममा क्षेत्रीय निर्देशक हाओलियाङ झु नेपालको तीन दिने भ्रमणकोे सिलसिलामा आज नेपाल आउनुभएको छ । नेपालको पछिल्लो विकासको अवस्थाबारे जानकारी लिन झु नेपाल आउनुभएको नेपालमा रहेको राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएको छ । पदमा बहाली भएपछि झुको यो पहिलो नेपाल भ्रमण हो ।
प्रकाशित मिति:- 2014-05-14 08:38:09
नेपाल व्युरो- बैशाख ३१ ,काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशको सङ्कट समाधान गरेर माघ ८ गतेभित्र नयाँ संविधान जारी गरिने बताउनुभएको छ । मेचीमहाकाली जागरण अभियान अन्तर्गत अछामको कमलबजारमा क्षेत्रीय सम्मेलन तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पौडेलले अहिले देशमा संकट बढिरहेको भन्दै ब
प्रकाशित मिति:- 2014-05-14 08:28:46
नेपाल व्युरो- बैशाख ३१ ,काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेता डा. बाबुराम भट्टराईलाई केन्द्रीय समितिको बैठकमा आउन र केन्द्रीय समितिमा बस्न आग्रह गर्नुभएको छ । आज दाहालनिवास लाजिम्पाटमा भएको भेटवार्ताका क्रममा बिराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट असन्तुष्ट भई केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका भटराइसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing