नेपाल समाचार

प्रकाशित मिति:- 2014-08-28 03:52:23
नेपाल ब्युरो– भदौ १२, काठमाडौ । चितवनको सडक खण्ड अब फराकिलो हुने भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड फराकिलो हुने भएको हो ।
प्रकाशित मिति:- 2014-08-28 03:40:00
नेपाल ब्युरो– भदौ १२, काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले समयमै सविंधान पाउँने बताउनुभएको छ । उहाँले यस कार्यलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-08-28 02:31:33
नेपाल ब्युरो– भदौ १२, काठमाडौ । इबोला भाइरस नियन्त्रण गर्नको लागी आइसोलेसन वार्ड स्थापनाको तयारी गरिएको छ । सरकारले ठूला अस्पतालमा विशेष उपकरण जडित आइसोलेसन वार्ड स्थापनाको तयारी गरेको हो ।
प्रकाशित मिति:- 2014-08-28 01:55:32
नेपाल ब्युरो– भदौ १२, काठमाडौ । सरकार र एकीकृत माओवादीबीचचारबुँदे सहमति कार्यान्वयनका विषयमा वार्ता हुँदैछ । सत्तारुढ दलहरुले चारबुँदे सहमति कार्यान्वयनका विषयमा प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीसँग छलफल गर्ने भएका छन् ।
प्रकाशित मिति:- 2014-08-27 22:35:17
काठमाडौँ: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।
प्रकाशित मिति:- 2014-08-27 22:17:46
थकाली सेवा समिति जापानका संरक्षक तथा निवर्तमान अध्यक्ष शरद कुमार गौचनले आफ्नो सुपुत्रको जन्मदिनको अवसर पारेर रक्षा नेपालका तिस जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण सँगै खाजा खुवाउने कार्य गरेका छन।
प्रकाशित मिति:- 2014-08-27 07:31:03
नेपाल ब्युरो– भदौ ११, काठमाडौ । एकीकृत नेकपा माओवादीले पार्टीको पदाधिकारीसहित संरचनालाई विघटन गर्ने तयारी गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्यूरोको अनौपचारिक बैठकमा शीर्ष नेताहरुले केन्द्रिय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने प्रस्ताव राखेका छन् ।
प्रकाशित मिति:- 2014-08-27 05:42:59
नेपाल ब्युरो– भदौ ११, सुनसरी । महिला महिलाबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र गाविस–३ स्थित पुनरवास टोलमा भएको महिलाबीचको झडप छुट्टयाउन जाँदा बराहक्षेत्र–३ की ६० वर्षीया ज्ञानुमाया मगरको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-08-27 04:26:56
नेपाल ब्युरो– भदौ ११, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढेकाले कुकुरको स्थायी बन्ध्याकरण सुरु गरिएको छ । उक्त क्षेत्रमा भुस्याहा कुकुरको सङख्या बढेकाले त्यसलाई घटाउन स्थायी बन्ध्याकरण सुरु गरिएको निकुञ्जका संरक्षण अधिकृत लक्ष्मण ढकाले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-08-27 03:53:04
नेपाल ब्युरो– भदौ ११, काठमाडौ । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीज आजबाट सुरु भएको छ । हिन्दु नारीहरुले मान्ने विशेष पर्व हरितालिका तीज आजदेखि सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-08-27 03:42:50
नेपाल ब्युरो– भदौ ११, काठमाठौ । देशमा विभिन्न भागमा आएको बाढी पहिरो र चट्याङबाट ७ जनाको मृत्यु भएको छ । विभिन्न भागमा गएको बाढी पहिरोमा पुरिएर ६ र चट्याङबाट अर्का एक गरी सात जनाको मृत्यु भएको छ भने सातै जना बेपत्ता भएका छन् ।
प्रकाशित मिति:- 2014-08-27 02:36:12
नेपाल ब्युरो–भदौ ११, काठमाडौ । प्रमुख तीन दलले आज संविधानसभा बाहिर रहेको नेकपा माओवादीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालासँग हिजो मात्रै छलफल गरेको दलसँग नेकपा माओवादी बैठक बस्न तयार भएको हो ।
प्रकाशित मिति:- 2014-08-26 08:04:33
नेपाल ब्युरो– भदौ १०, काठमाडौ । सत्तारुढ दलले २६ जना सभासद मोनयनको विषयमा कानुन व्यवसायीहरुसँग छलफल गरेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले २६ जना सभासद मनोनयनको विषयमा कानून व्यवसायीहरुसँग छलफल गरेका हुन् ।
प्रकाशित मिति:- 2014-08-26 04:38:42
नेपाल ब्युरो– भदौ १०, काठमाडौ । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभा बाहिरबाट नभई भित्रैबाट सबै समस्याहरुको समाधान खोजिनुपर्ने बताउँनुभएको छ । उहाँले उच्च स्तरीय राजनीतिक समितिको गठनले संविधानसभा ओझेलमा पर्ने भएकाले समिति गठनको पक्षमा कांग्रेस नरहेको बताउनुभयो ।
प्रकाशित मिति:- 2014-08-26 04:19:10
नेपाल ब्युरो– भदौ १०, काठमाठौ । भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जागिर दिने बहाना बनाएर काठमाडौं घर भएकी किशोरीलाई ६ जनाको समूहले बलात्कार गरेको हो ।
प्रकाशित मिति:- 2014-08-26 02:49:33
नेपाल ब्युरो– भदौ १०, काठमाडौ । उपत्यकाबाट बाहिर जाने बसको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । आगामी २५ भदौबाट दसैंका लागि उपत्यकाबाट बाहिरिने बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।
प्रकाशित मिति:- 2014-08-26 02:38:07
नेपाल ब्युरो– भदौ १०, काठमाडौ । पार्टीभित्रको बिवाद मिलाउन एकीकृत माओवादीको पोलिटब्युरो बैठक आज बस्दै छ । बैठक पार्टिभित्र चर्किएको बिवाद मिलाउन विशेष महाधिवेशनको मिति घोषणा गर्ने तयारीका साथ बस्न लागेको हो ।
प्रकाशित मिति:- 2014-08-26 02:26:17
नेपाल ब्युरो– भदौ १०, काठमाडौ । संसदीय समितिको सभापतिका लागी निर्वाचन प्रक्रिया संसद सचिवालयले आजबाट सुरु गर्दैछ । सचिवालयले व्यवस्थापिका संसद मातहतका बिभिन्न १० र अन्य दुई गरी १२ ओटा समितिको सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने भएको हो ।
प्रकाशित मिति:- 2014-08-25 03:45:41
काठमाडौं, भदौं ८। तामाङ सञ्चार समूह काठमाडौं शाखाले ‘फोटो आफै बोल्छ’ भन्ने नारा सहित सञ्चालन गरेको फोटो पत्रकारिता सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । विगत ३५ वर्ष देखि फोटो ग्राफि गर्दै आएका फोटो पत्रकार मणि लामाले प्रशिक्षण दिएका थिए ।
प्रकाशित मिति:- 2014-08-25 03:37:37
नेपाल ब्युरो– भदौ ९, काठमाडौ । राष्ट्रिय विभूति युवक कवि मोतीराम भट्टको १४९ औं जन्मजयन्ती आज मनाइदैछ । उनको जन्मजयन्तीको अवसर पारेर नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
प्रकाशित मिति:- 2014-08-25 03:29:38
नेपाल ब्युरो –भदौ ९, काठमाडौ । कुसेऔँसी पर्व आज सबै घरघरमा मनाइदै छ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्राएर मनाउँने गरिन्छ ।
प्रकाशित मिति:- 2014-08-25 03:13:26
नेपाल ब्युरो– भदौ ९, काठमाडौ । सर्वाच्च अदालतले स्ववियू नेतृत्वलाई काम गर्न रोक लगाएको छ । अधालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसका स्ववियू नेतृत्वलाई काम गर्न रोक लगाएको हो ।
प्रकाशित मिति:- 2014-08-25 02:52:31
नेपाल ब्युरो– भदौ ९, काठमाडौ । काँग्रेस एमालेबीचको छलफल आज पनि जारी रहेको छ । सरकार गठन भएको ६ महिना भइसकेकाले सरकारको काम कारवाहीको समिक्षा र अवको कार्ययोजनाका विषयमा छलफल भएको हो ।
प्रकाशित मिति:- 2014-08-24 03:58:11
नेपाल ब्युरो– भदौ ८, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज त्रिभुवन विश्वविद्यालयका तीन शैक्षिक निकायमा छापा मारेको छ । विश्वविद्यालयका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा एकसाथ छापा मारी आयोगले कागजपत्र नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:- 2014-08-24 02:41:18
नेपाल ब्युरो– भदौ ८, काठमाडौ । नयाँ बन्ने सविंधानका विभिन्न विषयमा सहमति गर्न भन्दै बसेको तीन दलको बैठक निष्कर्ष विना टुंगीएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस एमाले र एकीकृत माओवादी बैठक विना निष्कर्ष टुंगिएको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing