नेपाल समाचार

प्रकाशित मिति:- 2014-07-14 05:16:09
नेपाल ब्युरो–असार ३०,काठमाडौ । रिले अनसन बसेको ३५ औँ दिन वितिसक्दा पनि आफूहरुको मागप्रति कुनै सुनुवाइ नभएको भन्दै मिर्गौला पीडितले आफना माग पुरा नभए आत्मदाह गर्ने चेतावनी दिएका छन् । सम्पूर्ण मिर्गौला रोगीलाई निःशुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिनुपर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भएका मिर्गौला रोगीका लागि मिर्गौला प्रत्यारोपण वा औषधि सेवन महँगो भएकाले निशुल्क उपचार गरिदिनुपर्ने लगायतका सात सूत्रीय माग गर्दै मिर्गौला पीडितहरु जेठ २७ गतेदेखि शान्ति वाटिकामा रिले अनसन बस्दै आएका छन् ।
प्रकाशित मिति:- 2014-07-14 05:07:05
नेपाल ब्युरो–असार ३०,रौतहट। रौतहट जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बसन्त भण्डारी घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट १ लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति:- 2014-07-14 04:38:12
नेपाल ब्युरो– असार ३०, सप्तरी । ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सप्तरीमा आइतबार राति रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुइको ज्यान गएको हो ।
प्रकाशित मिति:- 2014-07-14 03:59:37
सप्तरी, २८ असार । युवाहरु रोजगारीको लागि विदेश गएपछि सप्तरीमा धान रोपाइँका लागि कृषि मजदुरको अभाव भएको छ । धान रोपाइँ गर्ने समयमा पानी नपरेका कारण चिन्तित बनेका सप्तरीका किसान कृषि मजदुर नपाएपछि थप समस्यामा परेका छन् ।
प्रकाशित मिति:- 2014-07-14 03:49:42
काठमाडौं, आषाढ ३० । नेकपा एमालेको नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना आज फेरि शुरु भएको छ । हिजोराति स्थगित गरिएको मतगणना आज विहान दश बजेबाट फेरि थालिएको हो ।
प्रकाशित मिति:- 2014-07-14 03:44:08
काठमाडौँ- गाविस राष्ट्रिय महासङ्घ नेपालले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा संविधानसभा तथा व्यवस्थापिका–संसद् सदस्यहरूमार्फत कार्यक्रम सञ्चालन गर्ने भन्ने कुराको विरोध गरेको छ।
प्रकाशित मिति:- 2014-07-14 03:19:24
काठमाडौँ, ३० असार । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको साविकको क्षेत्रफलमा कम्तीमा ९०० वर्ग किलोमिटर घटेको आशङ्का गरेको छ । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा मोर्चाले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल–भारत सीमा सर्वेक्षणसम्बन्धी स्ट्रिप म्याप (हालको नयाँ नक्सा)मा नेपाली भू–भाग भारततिर पारिएको आशङ्का व्यक्त गर्नुका साथै सिमानामा कतिपय नेपालीका हातमा जमिन बिनाका लालपुर्जा मात्र बाँकी रहेको बताएको छ ।
प्रकाशित मिति:- 2014-07-14 03:16:47
नेपाल ब्युरो–असार ३०, मोरङ । मोरङको बलवारीमा आइतबार साँझ ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलवारी ४ मा को १ ख २८९५ नम्बरको ट्रिपरले को ९ प ४५४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रकाशित मिति:- 2014-07-14 03:09:13
नेपाल ब्युरो–असार ३०,काठमाडौँ । १५ दिनअघि चरा ठोक्किएर ग्राउण्डेड भएको नेपाल वायु सेवा निगमको एमए ६० जहाजले आजबाट नियमित उडान गरेको छ । विराटनगर विमानस्थलमा चरा ठोक्किएर ग्राउन्डेड भएपछि करिव दुई हप्ता लगाएर गरिएको मर्मत सम्भारको काम सकिएकाले आज विहान १० बजे विराटनगर विमानस्थलबाट त्रिभुवन अन्र्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको विमानस्थलले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-13 06:47:29
सिन्धुपाल्चोक, २९ असार । अविरल वर्षासँगै सिन्धुपाल्चोकमा आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । सोही पहिरोमा पुरिएर चार जना घाइते भएका छन् ।प्राप्त समाचार अनुसार पहिरोमा पुरिएर चौतारा नगरपालिका १ झ्याडीमा एकै घरका तीन जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-07-13 06:30:54
जापानमा क्रियाशील बिभिन्न नेपाली संघ संस्थाले शनिबार बिहान काठमांडूमा बृक्षारोपण गरेका छन ।राजधानीबाट नजिकै रहेको चोभार -१० मा स्थानीय जनतासंगको सहकार्यमा एनआरएन जापान, विफरअल जापान, एनआरएन यूथ जापान र नमस्ते नेपाल एसोसियसन जापानले बृक्षारोपण कार्यक्रम गरेको हो।
प्रकाशित मिति:- 2014-07-13 05:30:48
नेपाल ब्युरो–असार २९,काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाजले भोलिबाट पुन नयाँ जहाज एमए ६० को नियमित उडान सुरु गर्ने भएको छ । चरा ठोक्किएर नियमित उडान रोकिएको उक्त जहाजको पुन उडान सुरु हुन लागेको हो । विराटनगर विमानस्थलको धावन मार्गमा गत असार १६ गते ग्राउन्टेड भएको नयाँ जहाज एमए ६० ले भोलिबाट नियमित उडान सुरु गर्ने भएको हो ।
प्रकाशित मिति:- 2014-07-13 04:00:54
काठमाडौँ, २९ असार । नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना सुरु भएको छ । मतगणनास्थलबाट निस्किएका ओली निकट युवा नेता पिताम्बर तिमिल्सिनाका अनुसार, अहिले अध्यक्षका उम्मेदवार केपी ओलीले अग्रता लिएका छन् । ओलीले ६५ मत पाएका छन् भने अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपालले ३५ मत पाएको बताइएको छ ।
प्रकाशित मिति:- 2014-07-13 03:11:46
नेपाल ब्युरो–असार २९,काठमाडौँ । नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसय एक औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।
प्रकाशित मिति:- 2014-07-12 23:56:50
नेकपा एमालेको नवौं महाधिवेशनको गणना परिणाम कडा सुरक्षाबीच अहिले केहीबेरमा सुरू हुँदैछ। मतगणना शनिबार गर्ने भनिए पनि आइतबार बिहान मात्रै गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ। शुक्रबार साँझदेखि भएको मतदान शनिबार बिहान साढे ३ बजे मात्र सकिएको थियो।
प्रकाशित मिति:- 2014-07-12 23:52:29
काठमाडौ, २९ असार । दुई वर्षअघि बरामद भएको सुनमा सुराकीले पाउनु पर्ने रकम राजस्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोका थोरै हाकिमले बाँडेर खाएपछि आन्तरिक छानविन गरिएको छ । सुन सुराकी काण्डको छानविन नाम दिइएको यो प्रकरणमा पटक पटक गरी बरामद सुनमा सुराकीका नाममा आएको रकमको हिसाब बेपत्ता छ ।
प्रकाशित मिति:- 2014-07-12 08:05:22
नेपाल ब्युरो–असार २८,काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना भोलिमात्र हुने भएको छ । आज गर्ने तयारी गरिएको भएपनि अन्तिममा आएर भोलि आइतबारका लागि सारिएको हो । भोलि विहान ८ बजेबाट मतगणना सुरु हुनेछ । अध्यक्षका प्रत्यासि केपी शर्मा ओली र माधव कुमार नेपाल दुबै पक्षको समझदारीमा मतगणना सारिएको हो ।
प्रकाशित मिति:- 2014-07-12 05:41:01
नेपाल ब्युरो–असार २८, काठमाडौँ । असार शुक्ल पूर्णिमाका अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
प्रकाशित मिति:- 2014-07-12 01:49:20
नेपाल ब्युरो–असार २८,काठमाडौँ । पछिल्लो समय आन्तरिक विवादमा फसेको नेकपा–माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्ने भएको छ । गत असार १८ गतेदेखि जारी केन्द्रीय समितिको बैठककै निरन्तरतामा आजदेखि विस्तारित बैठक बस्न लागको माओवादीले जनाएको छ । केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यमात्रै सहभागी रहेकोमा विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यहरू समेत सहभागी हुनेछन् ।
प्रकाशित मिति:- 2014-07-12 01:41:38
नेपाल ब्युरो–असार २८,काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा आगामी नेतृत्वका लागि भएको मतदानको मतगणनाको तयारी भईरहेको छ । निर्धारित समयभन्दा १० घण्टा ढिलो गरि सुरु भएको मतदान आज बिहान ३ बजे सम्पन्न भएको थियो । आज दिउँसो १ बजे मतगणना गर्ने सहमति भएपनि मतगणना हुने स्थलको निधो भने भइसकेको छैन । एमाले नेता प्रदीप ज्ञवालीले काठमाण्डौंको दशरथ रंगशालामा गर्ने की भन्ने छलफल भइरहेको बताउनुभयो ।
प्रकाशित मिति:- 2014-07-11 08:22:45
नेपाल ब्युरो–असार २७, काठमाडौँ । नेकपा एमालेको नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान मतपत्र चाडो नआईपुग्दा साढे ८ घन्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि पदाधिकारी र अन्य गरी दुई बटा मत पेटिका राखिएको छ । पदाधिकारी, खुला, समावेशी र बैकल्पिक केन्द्रीय सदस्य, अनुशासन अयोग र लेखा गरी ६ बटा मत पत्रमा मतदान गर्नु पर्नेछ । २ हजार १ सय ७६ प्रतिनिधिले मतदान गर्नेछन ।
प्रकाशित मिति:- 2014-07-11 08:13:23
नेपाल ब्युरो–असार २७, काठमाडौँ । सञ्चारगृहमा न्यूनतम पारिश्रमिकको अवस्था कमजोर भएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले त्यसका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति:- 2014-07-11 08:02:26
नेपाल ब्युरो–असार २७, काठमाडौँ । अमेरिकामा स्वास्थ्य उपचारमा रहनुभएका प्रधामन्त्री सुशील कोइराला अर्का साता स्वदेश फर्कने हुनुभएको छ । राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नियोगले प्रधामन्त्रीको उपचारमा संलग्न चिकित्सकसँग एक दुई दिनमै अन्तिम परामर्श गरेपछि फर्कने दिन तय हुनेछ ।
प्रकाशित मिति:- 2014-07-11 05:31:01
नेपाल ब्युरो–असार २७,काठमाडौँ । नेपालमा ढिला शुरु भएको मनसुन अब भने सक्रिय बनेको छ । बंगालको खाडीबाट जुन पहिलो साता नै सक्रिय भएर मनसुन नेपाल प्रवेश गर्ने गरेता पनि यस बर्ष ढिलो गरि नेपाल प्रवेश गरेको थियो । ढिलो शुरु भएको मनसुन सक्रिय नबन्दा कृषकहरुले चिन्तित बनेका थिए ।
प्रकाशित मिति:- 2014-07-11 04:03:56
नेपाल ब्युरो–असार २७, काठमाडौं । भारतीय शैक्षिक गन्तब्यहरुको प्रबद्र्धनका लागि भारतीय शैक्षिक मेला राजधानीमा आज शुरु भएको छ । मेलाको आयोजना सेप इभेन्ट एण्ड मिडिया प्रालिले गरेको हो । नेपालस्थित भारतीय दुतावास र शिक्षा मन्त्रालयको स्विकृति लिएर पहिलोपटक मेलाको आयोजना भएको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing