नेपाल समाचार

प्रकाशित मिति:- 2014-06-08 03:18:12
नेपाल ब्युरो–जेठ २५, काठमाडौ । संबिधानसभाको बैठकमा आज पनि राज्य पुनःसंरचना र शक्ति बाँडफाँडको प्रारम्भिक मस्यौदामाथि छलफल हुँदैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी आजको बैठकमा पनि मस्यौदामाथि धारणा राख्न बाँकी सभासद्हरुले बोल्ने क्रम जारी छ । तत्कालिन राज्यको पुनसंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिको निक्र्यौलसम्बन्धि प्रतिवेदन र त्यससम्बन्धि पुरक प्रतिवेदनमाथि ९ दिनदेखि सभासद्हरुले आ आफ्नो धारणा राख्दै आएका छन् ।
प्रकाशित मिति:- 2014-06-08 03:03:40
नेपाल ब्युरो–जेठ २५,काठमाडौ । बाजुराको कोल्टीमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोले स्थानीय करविर कडाराको घर बगाउँदा ५८ वर्षका गोरे बुढा कोल्टी गाविस ८ का ४० वर्षका कर बुढा र उनका छोरा ५ बर्षका दिनेस बुढाको मृत्यु भएको हो । घरमै च्यापिएकी विमला बुढा, साधन बुढाको जीवितै उद्दार गरिएको छ ।
प्रकाशित मिति:- 2014-06-07 22:45:42
एनआरएन आइसीसीले अन्तर्गत सञ्चार तथा प्रकाशन अन्तर्राष्ट्रिय समिति (मिडिया टास्क फोर्स) गठन गरेको छ ।एनआरएन एआइसीसी प्रवक्ता मन केसीको संयोजकत्वमा गठित समितिमा बिभिन्न महादेशबाट १६ जना सदस्य चयन गरिएको छ । जसअनुसार मध्यपूर्वबाट ३ जना, ओसनिया क्षेत्रबाट ३ जना, अफ़्रिका तथा उत्तर अमेरिकाबाट ३ जना, युरोपबाट ६ जना, एशिया प्यासिफिक क्षेत्रबाट १ जनाको प्रतिनिधित्व रहेको छ
प्रकाशित मिति:- 2014-06-06 07:18:41
नेपाल ब्युरो–जेठ २३, काठमाडौँ । देशका छुटछुट्टै स्थानमा भएको दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ । काठमाडौंको कुलेश्वरमा आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कुलेश्वरको मेट्रो हल मार्गमा बा १ ख ९४ ८८ नम्बरको पानी ट्याङकरले ठक्कर दिँदा साइकलयात्री कपिलवस्तु चैनपुर घर भएका गणेश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-06 04:19:07
नेपाल ब्युरो–जेठ २३, काठमाडौँ । कूटनीतिक राहदानी रातो पासपोर्ट दुरुपयोग गर्ने तीन पूर्वसभासदले कैद सजाय पाएका छन् । गायत्री साह,बिपी यादव र शिपूजन यादवलाई दोषी ठहर गर्दे काठमाडौं जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो ।
प्रकाशित मिति:- 2014-06-06 04:01:17
नेपाल ब्युरो–जेठ २३, काठमाडौँ । बाँदरमुढे घटना भएको आज ९ वर्ष पुरा भएको छ । चितवनको माडीस्थित कल्याणपुर गाविसमा पर्ने बाँदरमुढे खोलामा तत्कालिन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति:- 2014-06-06 03:50:08
नेपाल ब्युरो–जेठ २३, काठमाडौ । नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माणमा चीनले चासो देखाएको छ । प्रधानमन्त्री सुशील कोइराला र चिनियाँ उपप्रधानमन्त्री वाङ याङवीच आज बिहान भएको भेटवार्ताका क्रममा चिनियाँ उपप्रधानमन्त्री याङले यस विषयमा चासो देखाएको हो ।
प्रकाशित मिति:- 2014-06-05 07:54:23
नेपाल ब्युरो –जेठ २२, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले दिगो विकासका लागि जनसङख्या व्यवस्थापन गरिनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । ‘विकास योजनाका लागि जनसङख्याको सञ्चार’ भन्ने नाराका साथ आजबाट राजधानीमा सुरु भएको प्रथम राष्ट्रिय जनसङख्या सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-06-05 06:41:12
नेपाल ब्युरो –जेठ २२, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा जलवायु परिवर्तनका कारण वातावरण प्रदुषण बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । बिश्व वातावरण दिवसको अवसरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले वातावरण प्रदुषण न्युनिकरणका लागि सन् २०१७ सम्ममा सबैको घरमा उज्यालो र देशलाई धुवाँ मुक्त घोषणाका लागि सरकारले काम थालेको बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-05 04:28:08
नेपाल ब्युरो–जेठ २२, काठमाडौँ । नेकपा एमालेले नवौं महाधिवेशनको प्रचारका लागि नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ । महाधिवेशनको प्रचार गर्न एमालेले सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रयोग गर्ने भएको हो । महाधिवेशनका बेला शहरमा भित्तेलेखन गरेर सौन्दर्य नबिगार्ने एमालेले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-05 04:12:19
नेपाल ब्युरो –जेठ २२, काठमाडौँ । नेपाली कांग्रेसका सह महामन्त्री एवं सभासद् पूर्णबहादुर खड्काले संविधान निर्माणमा सकारात्मक प्रगती भइरहेकाले आगामी माघ–८ भित्रमा संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले संविधान निर्माणको छलफलमा पार्टीका प्रमुख एवं शीर्ष नेताहरुको नियमित उपस्थिति र कार्यतालिका अनुसार संविधानको काममा प्रगती हुदै जानु सकारात्मक पक्ष भएको बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-05 03:30:48
नेपाल ब्युरो–जेठ २२, काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । यस वर्ष नेपालमा विश्व वातावरण दिवसको सन्देश हिमाल बचाऔं, वातावरण जोगाऔं भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो । पृथ्वीमा प्रदुषण बढ्दा प्रकृति र मानवबीचको सम्बन्धमै ठूलो असर परिरहेको छ । मानव जातिले वातावरण बिगार्दा पृथ्वीका अरु प्राणी पनि मारमा परिरहेका छन् ।
प्रकाशित मिति:- 2014-06-05 03:14:26
नेपाल ब्युरो–जेठ २२, काठमाडोँ । एकिकत माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराइले रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको भन्नु आस्चर्यजनक भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा सक्रिय रहनुभएका भटटराइले ट्वीट गर्दै रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको भन्नु धुमपानको कुलत बाजेले नातिबाट सिकेको भनेर पन्छिनु जस्तै भएको टिप्पणी गर्नुभएको छ । साथै उहाँले यस्ता कुलत सबैले छोड्नुपर्ने बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-06-05 02:52:06
नेपाल ब्युरो–जेठ २२, काठमाडौँ । संविधानसभाको बैठकमा आज पनि राज्यको पुनर्संरचनाको विषयमा छलफल हुनेछ । बिहान ११ बजे सुरु हुने बैठकमा बोल्न बाँकी सभासदहरुले आ–आफ्नो धारणा राख्नेछन् । संविधानसभा बैठकमा सभासदहरुले सङ्घीय राज्यको निर्माण गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रलाई प्रमुखरूपमा ध्यान दिनुपर्ने सुझाव दिइरहेका छन् । अघिल्लो संविधानसभाको राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन र त्यससम्बन्धी पुरक प्रतिवेदनमाथि संविधानसभा छलफल भइरहेको छ ।
प्रकाशित मिति:- 2014-06-05 02:32:35
नेपाल ब्युरो–जेठ २२, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला आज चीन प्रस्थान गर्नुभएको छ । ३३ सदस्यीय टोलीको नेतृत्व गर्दै कोइराला चीन जानुभएको हो । दक्षिण एसिया व्यापार मेलाको उद्घाटन समारोहमा सहभागी हुन विशिष्ट अतिथिका रुपमा उहाँ चिन जानुभएको हो । दक्षिण एसिया र दक्षिण पूर्व एसियाका नेताहरू सहभागी हुने उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-03 03:27:01
नेपाल ब्युरो –जेठ २०, काठमाडौ । भोली देखि लागु हुने गरी दैनिक दुई घण्टा लोडसेडिङ घट्ने भएको छ । साताको ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा अव ५६ घण्टामा सिमिति गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको बहाव बढेकोले भोलीदेखि विद्युत कटौतीमा कमी गर्न लागिएको हो ।
प्रकाशित मिति:- 2014-06-03 03:03:48
नेपाल ब्युरो –जेठ २०, काठमाडौ । बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरले नेपाली हवाई उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन बेलायतले सहयोग गर्ने बताउनुभएको छ । काठमाडौंबाट पोखरा जाने क्रममा आज त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्नुहुँदै स्वायरले नेपाली हवाई क्षेत्रलाई सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
प्रकाशित मिति:- 2014-06-03 02:49:21
नेपाल ब्युरो –जेठ २०, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज पनि महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथिको छलफल जारी रहनेछ । पार्टी कार्यालय बल्खुमा दिउँसो १ बजे सुरु हुने बैठकमा महासचिव पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदनको बारेमा छलफल भएपछि परिमार्जन सहित पारित हुनेछ ।
प्रकाशित मिति:- 2014-06-02 04:10:07
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ । राजदरबार हत्याकाण्ड भएको आज १३ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते आजकै दिन भएको हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र सहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो । शुक्रबारको पारिवारीक जमघटका क्रममा गोली चल्दा विरेन्द्रको वंशनास भएको थियो ।
प्रकाशित मिति:- 2014-06-02 03:53:38
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ । एकीकृत नेकपा माओवादीले आज नेताहरुको कार्यविभाजन गर्ने भएको छ । हिजो बस्ने तय गरिएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएकाले आजको बैठकले कार्यविभाजन गर्ने एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । अस्तिको बैठकमा पेस भएको कार्ययोजा प्रस्ताव अनुसार छलफल भएर कार्यविभाजन हुने उहाँले बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-02 03:43:00
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ । नेकपा एमालेको नवौं महाधिवेशनमा एक हजार ९ सय प्रतिनिधिले भाग लिने भएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिले केन्द्रीय कार्यालय मदननगर बल्खुमा पत्रकार सम्मेलन गरि महाधिवेशनमा भाग लिने प्रतिनिधिमा केन्द्रीय समिति, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मन्च लगायत केन्द्रबाट करीव ३ सय जना स्वतः प्रतिनिधी हुने जानकारी दिएको हो ।
प्रकाशित मिति:- 2014-06-02 03:23:05
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ । संविधान निर्माणका क्रममा तत्कालीन संविधानसभामा देखिएको विवाद समाधान गर्न संविधानसभाको समितिले पहल सुरु गरेको छ । संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको आजको बैठकमा संविधानसभामा छलफल भएर आएका तत्कालिन संविधानसभाका समितिका विवादित विषयलाई मिलाउन छलफल हुँदैछ ।
प्रकाशित मिति:- 2014-06-02 03:11:05
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ । लगातार व्यवस्थापिका–संसद्को बैठक गरिरहेका प्रमुख प्रतिपक्षी दल र सरकारबीच सदन सुचारु गर्ने विषयमा आज पनि छलफल हुँदै छ । यसअघि हिजो भएको छलफलमा सहमति हुन नसकेपछि आज पुन छलफल गर्न लागिएको हो । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाको पहलमा हुने छलफलमा एकीकृत माओवादीले राखेका मागका विषयमा कुराकानी हुने कांग्रेस सहमहामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-01 07:15:33
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सरकार गठनको बेला नेपाली कांग्रेस र एमाललेबीच भएको सातवुँदे सहमतिप्रति गम्भीर आपत्ति जनाएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमतिले राष्ट्रपति संस्थाको अपमान भएको भन्दै यादवले दलहरुले आफ्नो कमजोरी ढाक्न राष्ट्राध्यक्षको टाउकोमा दोष थोपरेको टिप्पणी गरे ।
प्रकाशित मिति:- 2014-05-31 03:47:42
१७ जेठ, काठमाडौं । नेकपा एमालेको असार १९ देखि शुरु हुने नवौं महाधिवेशनका लागि माधव नेपाल पक्षले आज आफ्नो प्यानलका प्रमुख उम्मेवारको नाम घोषणा गर्न लागेको छ । अहिले केहीबेरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विशेष कार्यक्रमबाट अध्यक्ष र केही प्रमुख पदमा उम्मेदवारको घोषणा हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing