नेपाल समाचार

प्रकाशित मिति:- 2014-07-26 08:50:16
काठमाडौं, १० साउन । पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पूजाआजा गराउन माग गरेका ब्राह्मणको आवेदनमाथि छानबिन सुरु गरेको छ ।पशुपतिमा पूजाआजा गराउनेहरु ब्राह्मणभन्दा गैह्रब्राह्मण भएको गुनासो भक्तजनबाट आएपछि उपाध्याय ब्राह्मणले मात्र पूजाआजा लगायतका कर्मकाण्ड गराउन पाउने गरी आ–आफ्नो गाविसबाट उपाध्याय ब्राह्मण भएको सिफारिससहित निवेदन दिन दरखास्त माग गरिएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिएका छन ।
प्रकाशित मिति:- 2014-07-26 08:39:13
काठमाडौं,साउन१०– बौद्धनाथ क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७१/०७२ का लागि रु छ करोड ४७ लाखको बजेट प्रस्तुत गरेको छ । समितिका सदस्य सचिव फुबुयाङ्जी लामाले आज यहाँ आयोजित कार्यक्रममा उक्त बजेट प्रस्तुत गरेका हुन् । बौद्धनाथको अवलोकन तथा दर्शनका लागि आउने पर्यटकबाट प्रवेश शुल्कबापत रु चार करोड २५ लाख सङ्कलन गरिने लक्ष्य लिइएको छ । समितिले आगामी वर्ष बौद्धनाथमा सार्क राष्ट्रबाट करिब ८० हजार र अन्य मुलुकबाट एक लाख ७५ हजार पर्यटक आउने अनुमान गरेको छ ।
प्रकाशित मिति:- 2014-07-26 08:04:36
चितवन-प्राथमिक विद्यालयको भवनबाहेक गाउँमा जस्ताले छाएको कुनै घर थिएन। तर, अहिले अवस्था भिन्न छ। गाउँका घर धमाधम जस्ताले छाउन थालिएको छ। नयाँ छानोसँगै घरघरमा सोलार बत्ती पनि जडान भएको छ। लोथर– ९ मा पर्ने विपन्न चेपाङ समुदायमात्र बस्ने कान्दा गाउँ अहिले दिउँसो टल्कने र राति चम्कने भएको छ। कान्दाका रत्नबहादुर चेपाङ पुस्तौंदेखि सामान्य छाप्रोमा बस्दै आएका थिए।
प्रकाशित मिति:- 2014-07-25 23:08:06
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले बौद्धगुरु श्‍यामर रिम्पोचेको अन्त्येष्टि नेपालमै गर्ने वातावरण बनाउन मुख्‍यसचिव लीलामणि पौडेललाई निर्देशन दिएका छन्। मुख्यसचिव पौडेल, गृहसचिव र संस्कृतिसचिवलाई संयुक्त रूपमा प्रधानमन्त्री कोइरालाले शुक्रबार त्यस्तो निर्देशन दिएका हुन्।
प्रकाशित मिति:- 2014-07-25 12:07:28
नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठमा भागलिने सिलसिलामा आज साँझ विशेष विमानबाट काठमाडौं आएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नयाँ सरकारको प्राथमिकतामा नेपाल उच्च स्थानमा रहेको बताएकी हुन्।
प्रकाशित मिति:- 2014-07-25 03:31:03
रेखा शाह फाउन्डेशन ज्ञानेश्वरले २० जना गरिव तथा जेहेन्दार विद्यार्थीका लागि एक वर्षको छात्रवृति प्रदान गरेको छ । फाउन्डेशनले आज एक विज्ञप्ति जारी गर्दै क्षेत्रपाटी र गणेशस्थानका २ विद्यालयका २० विद्यार्थीलाई छात्रवृति प्रदान गरेको जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-25 03:24:05
म्याग्दी, श्रावण ९ - दुर्गम पहाडी बस्तीमा डिजिटल साक्षरता र सूचना प्रविधि विकासमा योगदान पुर्‍याएबापत महावीर पुनले अर्को अन्तर्राष्ट्रिय प्रसिद्धिको पुरस्कार प्राप्त गरेका छन् । द इन्टरनेट सोसाइटीले उनलाई सन् २०१४ को 'जोनाथन बी पोस्टल अवार्ड' प्रदान गर्ने भएको हो । पुरस्कारको राशि २० हजार अमेरिकी डलर छ ।
प्रकाशित मिति:- 2014-07-25 03:15:45
चितवन, ९ साउन । गर्भवतीहरु शतप्रतिशत अस्पतालमा सुत्केरी हुन् भन्ने उद्देश्यले चितवनको बछौलीमा रहेको झुवानी सामुदायिक पुस्तकालयले गाविसमा रहेका गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिदैँ आएको छ । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले दिएको जानकारी अनुसार यस्तो अभियान चलाएसँगै घरमा सुत्केरी गराउने महिलाको संख्यामा निक्कै कमी आएको छ ।
प्रकाशित मिति:- 2014-07-25 02:58:20
ललितपुर, श्रावण ९ - बजार अनुगमनमा जाने वाणिज्य विभागअन्तर्गतका कर्मचारी र उपभोक्तावादीहरू नै विभिन्न व्यवसायीबाट अवैध रकम लिने गरेको रहस्य खुलेको छ।केही दिनअघि विभागअन्तर्गतको जिल्लास्थित बजार संरक्षण अधिकृतको संयोजकत्वमा अनुगमन गएको टोलीले कैफियत भेटिएका व्यवसायीबाट अवैध रकम लिएको पाइएको हो।
प्रकाशित मिति:- 2014-07-24 03:12:53
सोलुखुम्बु — दाडोमा शेर्पाको अध्यक्षतामा शेर्पा संचार समुह नेपालको सोलुखुम्बु जिल्ला शाखा तर्दथ समिति गठन गरिएको छ । दाडोमाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन भएको हो । समूहका केन्द्रीय अध्यक्ष पेम्बा गेलु शेर्पाको उपस्थितिमा आयोजित एक कार्यक्रममा समिति गठन गरिएको जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-24 01:38:55
भक्तपुर, ८ साउन । जिल्ला अदालतल भक्तपुरले बलात्कारसम्बन्धी एक मुद्दामा जाहेरीवालालाई नै जेल सजाय सुनाएको छ।अदालतले जाहेरीवाला सुन्तली (नाम परिवर्तन) लाई एक महिना जेल र एक हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।
प्रकाशित मिति:- 2014-07-24 00:23:06
८ साउन,काठमाडौं । के थपाईँ कार्यालयमा काम गर्दा यौन शोषणमा पर्नु भएको छ ? कामको सिलसिलामा कुनै कार्यालय जाँदा सेवा प्रदायकबाट यौनजन्य दुर्व्यवहार वा हैरानी पाउनुभएको छ ? छ भने अब चुप लागेर, सहेर, डराएर वा चिन्तित भएर नबस्नुहोस्।
प्रकाशित मिति:- 2014-07-23 22:31:06
बनेपा- बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को खेती गर्ने किसान प्रहरी र लुटेराको दोहोरो मारमा परेका छन्। प्रतिमाला ५ हजारदेखि ५ लाखसम्म बिक्री हुने बोधिचित्त जोगाउन उनीहरू रातभरि बोटमुनि नै सुत्ने गरेका छन्। पछिल्लो समय बोधिचित्तको दाना र माला निकासीमा प्रहरीले 'सहयोग' गरे पनि लुटेराबाट जोगाउन किसानलाई सास्ती पर्ने गरेको छ।
प्रकाशित मिति:- 2014-07-23 20:38:27
भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका बेला राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने नेपाल समकक्षी सुशील कोइरालासँग द्विपक्षीय वार्ता हुनेछ। भारतीय प्रधानमन्त्री मोदीले साउन १९ गते सोमबार पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति:- 2014-07-23 02:24:12
रसुवा - चार जलविद्युत आयोजनाको निर्माण गरिरहेको चिलिमे जलविद्युत् कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको विरोधमा स्थानीयले तीन दिन देखि रसुवा बन्द गरेका छन्। बुधबार विहानै देखि स्थानीयले यातायातका साधन चल्न दिएका छैनन्। निर्णयको विरोध गर्दै ५ दिन देखि आयोजनाको सम्पूर्ण काम बन्द भएका छन्। स्थानीयले दैनिक घिसिङको पुनवहालीको माग गर्दै रसुवा र सिन्धुपाल्चोकको साइट अफिसमा धर्ना दिएका छन्।
प्रकाशित मिति:- 2014-07-23 01:29:38
क्यान्सरको उपचार गराउन एक महिनाअघि अमेरिका गएका प्रधानमन्त्री सुशील कोइराला ६ साउनमा स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले अमेरिकामा स्वास्थ्योपचारपछि आफू पूर्ण स्वस्थ भएको र अब शान्ति र संविधानका कामहरु तीव्र गतिमा अगाडि बढाउने बताए ।
प्रकाशित मिति:- 2014-07-23 01:10:06
केन्द्रीय नेतालाई 'सर्वहारा जीवनशैली' मा उद्यत गराउन बनेको आचारसंहिता प्रस्तावमा अध्यक्षका लागि राजधानीमा स्थायी बसोबासको व्यवस्था मिलाउने उल्लेख छ । दाहाल सुविधासम्पन्न घरमा बसेको भन्दै पटक-पटक आलोचना भएपछि पार्टीले नै उपलब्ध गराउने उपाय खोजिएको हो ।
प्रकाशित मिति:- 2014-07-23 00:56:57
काठमाडौं, ७ साउन । सरकारले बिनाटेन्डर अर्बौं रुपैयाँका हतियार खरिद गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न टेन्डर नै नगरी तीनवटा मुलुकसँग कोटेसन माग्ने निर्णय गरेको हो।
प्रकाशित मिति:- 2014-07-22 03:08:51
रसुवा- चिलिमे जलविद्युत् आयोजनाका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको विरोधमा स्थानीयले चरणवद्ध कार्यक्रम अनुसार जिल्लाका आधा दर्जन संस्थाले आज विहानैदेखि रसुवा बन्द गरेका छन्।
प्रकाशित मिति:- 2014-07-21 21:23:17
जाजरकोट, ५ साउन । दह गाविस वडा-३ स्थित छाप्रेखोलाले बगाएर प्रहरी जवान निमबहादुर शाहीको आइतबार मृत्यु भएको छ । बर्दिया घर भई हाल दह पञ्चालास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान शाही बाढी आएको समयमा अन्य साथीलाई खोला तारेर आफू एक्लै तर्ने क्रममा बगेका थिए ।
प्रकाशित मिति:- 2014-07-21 20:57:33
डकैतीका घटना बढ्न थालेपछि सुरक्षाका लागि आफै रात्री गस्तीमा खटिएका बाराको सिमरास्थित रामबनका स्थानीयबासीले तस्करीमा संलग्न छ जना प्रहरीलाई समाएका हुन्। मध्यरातमा डाकाको प्रतिकार गर्न समुह बनाएर बसेका स्थानीयले राती करिब दुई बजे सालको चिरान काठ लोड गरेको ना २ त ३८५० नम्बरको ट्रयाक्टर र प्रहरीको ना १ झ १३३२ नम्बरको भ्यानसहित छ जना प्रहरीलाई नियन्त्रणमा लिएका छन्। ट्रयाक्टरमा चिरान काठ लोड गरी ढुवानी गरिरहेको अवस्थामा प्रहरीको भ्यानले सुरक्षा दिइरहेको स्थानिय कुवेर न्यौपानेले बताए।
प्रकाशित मिति:- 2014-07-21 20:28:03
५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मले हरेक महिनामा एक दिन श्रम गर्नुपर्ने भएको छ ।पार्टीको स्थानीय समिति बैठकमा कोषाध्यक्ष हरिबोल गजुरेलले २० बुँदे रुपान्तरणको प्रस्ताव पेश गरेका छन्, जसमा नेताहरुको आवास, जीवनशैलीदेखि आर्थिक पारदर्शिताका विषय उल्लेख छ । ‘यसबारे एक चरण छलफल भयो, भोलि गम्भीर छलफल गरेर अन्तिम रुप दिन्छौं’ एक नेताले भने ।
प्रकाशित मिति:- 2014-07-21 04:45:19
काठमाडौं, ३ साउन- कालिकोट जिल्ला विकास समितिमा विभिन्न शीर्षकबाट आर्थिक अनियमिता गरेको फेला परेको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष ०६९÷७० को लेखापरीक्षण गर्दा विभिन्न शीर्षकबाट आर्थिक अनियमितता गरेको पाइएको छ । लेखापरीक्षण प्रतिवेदनका अनुसार कालिकोटको पाखा गाविसमा गाडी दुर्घटना हुँदा मृतक, बेपत्ता र घाईतेलाई राहत दिन भन्दै विकास अनुदानबाट २ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयलाई दिएको पाइएको छ ।
प्रकाशित मिति:- 2014-07-21 03:38:50
५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दायाँ हात सुन्निने समस्या नरोकिएपछि फलोअप उपचारका लागि एक-दुई दिनभित्रै बैंकक जाने तयारी भएको छ । उनी विदेश गएका बेला उपाध्यक्ष वामदेव गौतम एमालेको कार्यबाहक अध्यक्ष बन्नेछन् । ओलीनिकट स्रोतका अनुसार हातमा संक्रमण बढ्दै गएकाले उपचारका लागि जानुपर्ने अवस्था आएको हो । शुरुमा कोरिया जानेबारेमा कुरा उठे पनि बैंकक नै जाने तय भएको स्रोतले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-21 01:06:05
कञ्चनपुर, ५ साउन । अविरल वर्षासँगै कञ्चनपुरका नदीमा आएको बाढीका कारण झन्डै ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् ।चार दिनदेखिको अविरल वर्षाले गर्दा महाकाली, जोगबुढा र दोदा नदीको बाढीले डुबानमा परी तीन परिवार विस्थापनमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing