नेपाल समाचार

प्रकाशित मिति:- 2014-07-20 22:25:25
नेपालमा धर्मको विषयलाई लिएर व्यापक चलखेल भइरहेको भन्दै नेपाली कांग्रेसभित्र आन्तरिक बहस शुरू हुन थालेको छ। नेपाललाई धर्मनिरपेक्षता राख्ने कि नराख्ने वा नेपाल हिन्दू राष्ट्र घोषणा गर्ने वा धर्मको बारेमा केही पनि उल्लेख नगर्ने भन्दै कांग्रेसका प्रभावशाली नेताहरू बहसमा उत्रिएका छन्। धार्मिक स्वतन्त्रताको पक्षपाती नेपाली कांग्रेसभित्रको यो बहसले नेपालमा धर्मको मुद्दालाई फेरि एक पटक तताएको छ।धर्मको लडाइँ अत्यन्त घातक हुने र यसले देशलाई नाजुक स्थितिमा पुर्याउने भन्दै धर्मको बारेमा बेलैमा सजग हुन आवश्यक रहेको औल्याउँदै कांग्रेस नेताहरूले नेपालमा विदेशीहरूले प्रलोभनमा पारेर धर्म परिवर्तन गराइरहेको आरोपसमेत लगाएका छन्।
प्रकाशित मिति:- 2014-07-20 04:53:40
काठमाडौं, साउन ४ – आफ्नो संगठनका विद्यार्थीलाई खुकुरी प्रहार गरेको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीले त्रिचन्द्र क्याम्पसमा तोडफोड तथा आगजनी गरेका छन् ।
प्रकाशित मिति:- 2014-07-20 04:13:16
यहाँको सबैभन्दा ठूलो मणिपाल शिक्षण अस्पताल बन्द भएको छ । सरसफाई कर्मचारीले काम नगरेपछी सेवा सुचारु गर्न नसकेको भन्दै अस्पताल व्यवस्थापनले आइतबार सूचना टाँसेर बन्द भएको जानकारी दिएको हो ।
प्रकाशित मिति:- 2014-07-20 03:25:19
नेपाल ब्युरो–साउन ४,काठमाडौँ । निरन्तर भइरहेको वर्षाका कारण महाकालीको कन्चनपुर र दार्चुलाको जनजीवन प्रभावित भएको छ । वर्षापछि महाकाली नदिमा आएको बाढीका कारण दार्चुला र कञ्चनपुर नदि किनार क्षेत्रका वासिन्दा बढि प्रभावित भएका छन ।
प्रकाशित मिति:- 2014-07-20 03:19:30
नेपाल ब्युरो–साउन ४,काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक असईमा भर्ना खुलेको छ । प्रहरीले खुल्लातर्फ २ सय ४०, आदिवासी जनजातितर्फ ६६, मधेसीतर्फ ५७ महिलातर्फ ४०, दलिततर्फ ३०, पिछडिएको क्षेत्रतर्फ ११ र अमर प्रहरी तथा अशक्त परिवारकालागि ९ गरी कुल ४ सय ५३ सिटमा भर्ना आह्वान गरिएको छ ।
प्रकाशित मिति:- 2014-07-20 03:05:33
नेपाल ब्युरो–साउन ४,काठमाडौँ। केन्द्रीय तथा सल्लाहाकार परिषद् र विभिन्न विभागलाई पूर्णता दिनेबारे एकीकृत माओवादीको स्थायी समितिमा आज छलफल हुने भएको छ । केन्द्रीय तथा सल्लाहाकार परिषद् र विभिन्न विभागलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य अग्नी सापकोटाले जानकारी दिनुभयो । बैठक दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
प्रकाशित मिति:- 2014-07-20 03:03:07
नेपाल ब्युरो–साउन ४, काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनैतिक दलको प्रतिबद्धता अनुसार तोकिएको समयमै संविधान जारी हुने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मन्त्री सिंहले प्रक्रियागत ढंगमा गएर भए पनि आगामी माघ ८ गते संविधान जारी हुने दाबी गर्नुभयो ।
प्रकाशित मिति:- 2014-07-20 02:53:24
नेपाल ब्युरो– साउन ४, काठमाडौँ । संसद र संविधानसभा भित्र पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । दिउँसो बस्ने बैठकमा संसद र संविधानसभा भित्र पार्टीले खेल्ने भूमिका र सरकारसँगको समुन्वयका विषयमा छलफल हुनेछ । हिजोको बैठकमा सभासदहरुले मन्त्रीहरुको आलोचना गरेका थिए ।
प्रकाशित मिति:- 2014-07-20 02:45:41
नेपाल ब्युरो–साउन ४,काठमाडौँ । सरकार गठन भएको लामो समय वितिसक्दा समेत व्यसस्थापिका अन्र्तगतका समितिले पुर्णता पाउन नसक्दा व्यवस्थापिकाको काम प्रभावित भएको छ । व्यवस्थापिका संसद अन्र्तगतका ११ विषयगत, २ प्रक्रियागत र एक विधायन समितिले पुर्णता पाउन नसक्दा व्यवस्थापिकाको काम प्रभावित भएको हो ।
प्रकाशित मिति:- 2014-07-20 01:35:37
काठमाडौं, साउन ४ – दोस्रो संविधानसभामा एमाले दोस्रो दल भएर आएलगत्तै एमालेका नेता केपी ओली समूहले तीन वटा रणनीतिक कदम चाल्ने संकेत दिएको थियो । यस्तो रणनीति हासिल गर्न धेरै समय कुर्नुहुँदैन भन्नेमा पनि ओली र उनका सहयोगीहरू प्रस्ट थिए । ओलीको स्वास्थ्यमा बेला–बेलामा देखिने समस्याले गर्दा पनि जतिसक्दो चाँडो रणनीति पूरा गराउन चाहन्थ्यो ओली समूह । यसका इनसाइड सूत्रधारहरू थिए बालकोट निकट मानिने एमालेका नेताहरू ।
प्रकाशित मिति:- 2014-07-19 21:45:32
काठमाडौं,साउन४–नवौं महाधिबेशन सकिएलगत्तै नेकपा (एमाले)मा नेताहरुको मर्यादाक्रमा कसी निर्धारण गर्ने भन्ने विवाद सुरु भएको छ । महाधिबेशनबाट चुनिएका पाँच उपाध्यक्षमध्ये पहिलो नम्बरमा को रहने भन्ने विवाद मुख्य बन्ने देखिएको छ । धेरै मत ल्याएकालाई पहिलो नम्बरमा राख्ने कि संगठनमा काम गरेका आधारमा बरीयता दिने भन्ने विषयमा नेताहरुका फरकफरक धारणा सार्वजनिक भइरहेका छन् ।
प्रकाशित मिति:- 2014-07-19 21:03:50
काठमाडौ, ३ साउन । एक महिलाले शनिबार पाटन अस्पतालमा नक्कली गर्भवती र सुत्केरी बनेको नाटक गरेर बबण्डर मच्चाएपछि पाटन अस्पताल दिनभरी नै अस्तव्यस्त बन्यो ।
प्रकाशित मिति:- 2014-07-19 08:38:00
नेपाल ब्युरो–साउन ३, काठमाडौँ । अर्थमन्त्री डाक्टर रामशरण महतले नेपालमा लोकतन्त्र प्राप्तिपछि पनि बजारमा श्रम शोषण अन्त्य हुन नसकेको बताउनुभएको छ । आज युएनआई नेपालको चौथो सम्मेलनको राजधानीमा उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक पद्धतिमा सामाजिक न्याय र सुरक्षालाई अलग राख्न नसकिने पनि बताउनुभयो । बजारमा श्रम शोषण अन्त्य गर्न सामाजिक अभियानको खाँचो रहेकामा जोड दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-19 04:49:31
नेपाल ब्युरो– साउन ३, काठमाडौँ । तरुण दल सुनसरीका जिल्ला अध्यक्ष सिजन गुरुङसहितका युवालाई प्रहरीले नियन्त्रणमा लिई झुट्ठा मुद्दामा फसाउने कार्य गरेको भन्दै नेपालि कांग्रेस सुनसरीले तीन दिने आन्दोलनको घोषणा गरेको हो । पार्टीका जिल्ला सचिव केदार भण्डारीद्धारा जारी प्रेस विज्ञप्तिअनुसार आज एकदेखि २ बजेसम्म, भोलि र पर्सी एक / एक घण्टा बढाएर सुनसरी जिल्लामा सम्पूर्ण यातायातका साधन बन्दको घोषणा गरिएको छ ।
प्रकाशित मिति:- 2014-07-19 04:18:48
नेपाल ब्युरो–साउन ३,काठमाडौँ । सिन्धुपाल्चोकमा रक्तचन्दनको ठूलो परिमाण सहित ४ जना पक्राउ परेका छन् । १ हजार ४६ किलोग्राम रक्तचन्दसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति:- 2014-07-19 04:08:39
नेपाल ब्युरो– साउन ३, काठमाडौँ । वर्षायाम सुरु भएसंगै देशका विभिन्न स्थानमा आएको बाढि र पहिरोका कारण आम नागरीकहरुले सास्ती भोग्नुपरेको छ । निरन्तर भइरहेको वर्षाका कारण महाकाली नदीको बहाव बढेपछि आज बिहानदेखि भारतिय सीमा पुलको आवागमनमा रोक लगाइएको छ । नदीको बहाव ८० हजार क्युसेक पुगेपछि पुलको आवागमनमा रोक लगाइने गरिएको छ ।
प्रकाशित मिति:- 2014-07-19 03:26:38
नेपाल ब्युरो–साउन ३, कञ्चनपुर । कञ्चनपुरमा खेतबारीमा प्रयोग हुने विषादी मिसाइएको मदिरा सेवन गर्दा एक युवकको ज्यान गएको छ । कृष्णपुर–१ दोमिल्लाका २१ वर्षीय रेवन्त बुढाको हिजो राति ज्यान गएको प्रहरीले प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-19 03:09:36
नेपाल ब्युरो–साउन ३,काठमाडौँ। आगामी श्रावण २५ गते नेकपा एमालेका पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरु चयन हुने भएका छन् । हिजो पार्टी मुख्यालय बल्खुमा बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले २५ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले पोलिटब्युरो र स्थायी कमिटीका सदस्य चयन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति:- 2014-07-19 02:44:09
नेपाल ब्युरो–साउन ३,काठमाडौँ । सरकारले जिल्ला अनुसार बजेटको विनियोजन गरेको रातो किताव छाप्न नसक्दा संसद बैठक प्रभावित भएको छ । सभासदहरुले विनियोजित बजेटको शीर्षक अनुसार छलफल गर्नुपर्ने भएकाले रातो किताव नछापिदा संसद बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-19 02:40:04
कुनै एक समय राजनीतिको चर्चाको शिखरमा रहेकी भएकी रामकुमारी झाँक्री करिव ४ वर्षसम्म गुमनाम बने ।धेरैले झाँक्रीको बिवाहसँगै राजनीति पनि सकिएको चर्चा गरे । तर, भर्खरै राजधानीमा सम्पन्न नेकपा एमालेको नवौँ महाधिवेशनबाट महिला कोटामा सबैभन्दा लोकप्रीय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उहाँको चर्चा फेरि शुरु भएको छ । आफू विजयी भएको खुशी र पराजयको पीडा पोख्न एमालेका अधिकांश नेताले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरे । तर, अहिले चर्चा केही नेताको मात्र हुने गरेको छ । ती मध्यकी एक हुन झाँक्री ।
प्रकाशित मिति:- 2014-07-18 23:20:15
काठमाडौं : 'जलविद्युत् विकास' का नाममा भारतले नेपालको जलस्रोतमा आफ्नो नियन्त्रण कायम राख्‍ने गरी विवादास्पद प्रस्ताव पठाएको छ। भारतीय प्रस्तावउपर ऊर्जा मन्त्रालयले गम्भीर अध्ययन सुरु गरेको छ।
प्रकाशित मिति:- 2014-07-18 21:23:05
काठमाडौं, साउन ३– अध्यक्ष केपी ओली उपस्थित हुँदाहुँदै एमालेका बाँकी केन्द्रीय सदस्यलाई शुक्रबार उपाध्यक्ष बामदेव गौतमले शपथग्रहण गराएका छन् । पछि वरिष्ठतामा विवाद नआओस् भनेर आफूपछिको नेता देखाउने मनसायले ओलीले गौतमलाई अघि सारेका हुन् । तर, केन्द्रीय समितिको माइन्युटमा गौतमको भन्दा अर्का उपाध्यक्ष भीम रावलको नाम अगाडी छ ।
प्रकाशित मिति:- 2014-07-18 21:12:21
काठमाडौं, ३ साउन । सरकारी सेवाको उच्च पदमा आसीन कर्मचारीसमेत सेवा अवधि सकिएर घर जाँदाजाँदै पनि सुविधा बढाउन छाडैनन् । त्यसको उदाहरण हो सचिवहरूको धमाधम राजीनामा । उनीहरूले बढी पेन्सन पाउनकै लागि सचिवको सेवा अवधि सकिनु केही दिन बाँकी रहँदै साउन ७ देखि लागू हुने गरी राजीनामा दिएका छन् ।
प्रकाशित मिति:- 2014-07-18 05:58:09
नेपाल ब्युरो–साउन २,काठमाडौ । वैतडीमा आज विहान गएको पहिरोमा परी एकै परीवारका दुईजनाको मृत्यु भएको छ । वैतडी जिल्लाको उदयदेव गाविस ७ मा गएको पहिरोले पुरिएर स्थानीय उमानसिंह महता र उनकी श्रीमती सुनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-18 05:36:04
नेपाल ब्युरो–साउन २,काठमाडौँ। बिनियोजन बिद्येयक २०७१ माथि आगामी आठ गतेबाट व्यबस्थापिका संसद बैठकमा छलफल हुने भएको छ । आज बसेको संसद बैठकले बिनियोजन बिद्येयक २०७० माथि छलफल गर्न साउन ८ गतेबाट भदौ ५ गतेसम्म छलफलको मिति तोकेको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing