नेपाल समाचार

प्रकाशित मिति:- 2014-06-26 05:52:17
नेपाल ब्युरो–असार १२,काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सो क्यान्सर भएको पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्कस्थित स्लोन केटरिङ क्यान्सर सेन्टरमा आज गरिएको परिक्षणले कोइरालाको फोक्सोमा देखिएको दाग क्यान्सर भएको पुष्टि गरेको हो । राष्ट्रसंघीयका लागि नेपाली स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा कोइरालाको रेडियोथेरापी गर्नुपर्ने सुझाव चिकित्सकले दिएको उल्लेख छ ।
प्रकाशित मिति:- 2014-06-26 05:00:03
नेपाल ब्युरो–असार १२,काठमाडौ । सरकारले शरणार्थी नीतिको अभावमा नेपालमा शरणार्थी समस्या समाधान हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शरणार्थीका अधिकार बिषयमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उनीहरुले शरणार्थी समस्या समाधान गर्न नसकेर सरकारले लाचारीपन देखाएको आरोप लगाएका छन् । अहिले पनि भुटान लगायतका देशबाट शरणार्थी आउने क्रम जारी रहेको भन्दै उनीहरुले अझै पनि झापा र मोरङका शरणार्थी शिविरमा ३ हजारभन्दा बढी शरणार्थी रहेको बताए ।
प्रकाशित मिति:- 2014-06-26 03:53:25
नेपाल ब्युरो– असार १२ , काठमाडौँ । लागु पदार्थ ओसारपसार बिरुद्धको अन्तर्राष्टिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ । लागु पदार्थ प्रयोगले मान्छेको शारीर, दिमाग र सामाजिक प्रतिष्ठामा समेत असर पर्छ । तर भारतसँगको खुल्ला सिमा र युवा बेरोजगारीले नेपालमा लागुपदार्थको दुरुपयोग र कारोबार घट्न सकिरहेको छैन । लागु पदार्थको कुल कारोबार मध्ये अहिलेसम्म जम्मा १२ प्रतिशत मात्रलाई प्रहरीले पक्रन सकेको छ ।
प्रकाशित मिति:- 2014-06-26 03:46:59
नेपाल ब्युरो– असार १२, काठमाडौँ । माओ विचारका कम्युनिष्टहरुले संयुक्त मोर्चा बनाउने विषयमा आज छलफल गर्ने भएका छन् । एकीकृत नेकपा माओवादी,वैद्य नेतृत्वको नेकपा–माओवादीसहित पाँच वटा कम्युनिष्ट पार्टीबीच कार्यगत एकताका लागि छलफल हुँन लागेको हो । आज साँझ हुने छलफलमा मोर्चाको नाम र नेतृत्वको विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति:- 2014-06-26 03:34:13
नेपाल ब्युरो– असार १२, काठमाडौँ । संविधान सभा अन्र्तगतको राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भटराईले भदौको अन्तिमसम्ममा प्रतिवेदन तयार हुने बताउनुभएको छ । आज पत्रकार सम्मेलन गरी डा भट्टराईले अहिलेसम्मको काम सन्तोषजनक रहेको भन्नुहुँदै तोकिएको समयमा संविधान बन्ने आधार तयार भएको दावी पनि गर्नुभयो । सविंधानसभाको काम अहिलेसम्म सन्तोषजनक रहेकोले माघ ८ गते भित्र संविधान बन्ने आधार तयार भएको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति:- 2014-06-26 03:25:47
नेपाल ब्युरो– असार १२, काठमाडौँ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अदालतको अपहेलना सम्बन्धि विधेयक संसदमा दर्ता हुदैमा सञ्चार जगत आत्तिनु नपर्ने बताउनुभएको छ । आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मन्त्री सिंहले अदालतको अपहेलना सम्बन्धि विधेयक छलफलका लागि संसदमा दर्ता भएको र छलफलमा सभासदहरुले उठाएका जिज्ञाशा र सुझावलाई समेटर अन्तिम रुप दिइने भएकाले पत्रकारहरु आत्तिनु नपर्ने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-06-26 03:09:53
नेपाल ब्युरो – असार १२, काठमाडौँ । संविधानसभाको आजको बैठकमा पनि तत्कालिन सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा रहेका सहमतिका बारेमा सभासदहरुले आ–आफ्नो धारणा राख्दैछन् । सविंधानसभा भवन नयाँ बानेश्वरमा जारी वैठकमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयहरुको निक्र्यौल सम्बन्धी प्रतिवेदनमा आज पनि सभासदहरुले आ आफ्नो धारणा राखिरहेकाछन् ।
प्रकाशित मिति:- 2014-06-25 07:53:55
नेपाल ब्युरो–असार ११,काठमाडौ । प्रमुख दलका सभासदहरुले केन्द्रमा दुई तथा प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्नेमा जोड दिएका छन् । संविधानसभाको आजको बैठकमा व्यवस्थापिका–संसद्को स्वरुपका विषयमाथिको छलफलमा भाग लिदै नेपाली काँग्रेसका सभासद मानबहादुर बिश्वकर्माले व्यवस्थापिका दुई सदनात्मक हुनुपर्ने भन्दै समानुपातिक प्रतिनिधित्वका विषयमा सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति:- 2014-06-25 06:35:10
नेपाल ब्युरो–असार ११,काठमाडौ । नेपाल पर्यटन बोर्डका कायममुकायम कार्यकारी प्रमुख सुवास निरौलाले आजदेखि कार्यभार सम्हाल्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि कार्यकारी निर्देशक निरौलाले कार्यालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । कार्यालय प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुँदै उहाँले पर्यटन प्रवद्र्धनकै लागि बोर्ड स्थापना भएको भन्दै व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-25 04:51:43
नेपाल ब्युरो–असार ११,काठमाडौ । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले पार्टी भित्रको अन्तरद्धन्द समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकपुरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराइले पार्टीभित्रको अन्तरद्धन्द समयमै व्यवस्थापन गर्न नसके कार्यकर्ताहरुको पार्टी प्रतिको आकर्षण घट्दै जाने बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-25 04:36:31
नेपाल ब्युरो– असार ११, काठमाडौँ । गृहमन्त्री बामदेब गौतमले बिधेयकको विरोध गर्नेहरु निरकुंस भएको टिप्पणी गर्नुभएको छ । सरकारले संसदमा पेश गरेको अदालतको अपहेलना सम्वन्धि विधेयकको चौतर्फी विरोध भईरहेको समयमा कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका गौतमले यस्तो बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-06-25 04:26:32
नेपाल ब्युरो–असार ११, काठमाडौँ । नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभरका प्रतिनिधिहरुको अन्तिम टुँगो लाग्दैछ । हिजो सबै जिल्लामा प्रतिनिधि चयनको काम सकिएको र आज सम्पर्क मन्चहरुबाट प्रतिनिधि छानिएपछि चयन गर्ने काम सकिने एमालेले जनाएको छ । भूगोलका कमिटीमा भएको निर्वाचनको परिणाम आउनेक्रम अझै जारी रहेको छ ।
प्रकाशित मिति:- 2014-06-25 03:51:38
नेपाल ब्युरो–असार ११, काठमाडौँ । बैतडीको सित्तढ गाविस ४ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दार्चुलाको गोकुलेश्वरबाट बैतडीका लागि छुटेको हेलो नेपालको बा ७ प २८५० नम्बरको जिप पञ्ज्यू भन्ने स्थानमा सडकबाट एक सय ५० मिटल तल नदीमा खस्दा इन्जिनियर अतुल केसी र नाम नखुलेका एक जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-06-25 03:41:19
नेपाल ब्युरो–असार ११, काठमाडौँ। नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमएम ६० जहाजको आजबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमतिपत्र लिन लामो समय लागेका कारण असारको सुरुबाटै उडान सुरु गर्ने जनाइए पनि प्रक्रिया पूरा गर्न केही समय लागेको थियो ।
प्रकाशित मिति:- 2014-06-25 03:14:23
नेपाल ब्युरो–असार ११, काठमाडौ । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक संक्रमणकालको अन्त्य गर्न नसके मुलुक संकटमा फस्ने चेतावनी दिनुभएको छ । पाल्पाको तानसेनमा आज आयोजित एक कार्यक्रममा बोलनुहँदै उहाँले राजनीतिक संकट अन्त्य गरी मुलुकलाई समृद्धिको बोटमा लैजान सबै दल मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-25 02:56:42
नेपाल ब्युरो–असार ११, काठमाडौँ । संविधानसभाको आजको बैठकमा व्यवस्थापिकाको स्वरूपबारे थप छलफल भईरहेको छ । बैठकमा भाग लिदै सभासदहरुले तीन तहको व्यवस्थापिकाको अवधारणा र केन्द्रमा दुईवटा सदनको व्यवस्था गर्नुपर्ने विषयमा धारणा राखिरहेका छन् ।
प्रकाशित मिति:- 2014-06-24 08:40:53
नेपाल ब्युरो– असार १०, सुर्खेत । सुर्खेतको छिन्चु–६ पाँडुलेमा माइक्रोबस दुर्घटना हुँदा एक बालिकासहित ४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुर्खेतको बाटेचौरबाट वीरेन्द्ररनगरतर्फ जाँदै गरेको वा २ ख ६१९२ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-24 06:47:15
नेपाल ब्युरो–असार १०,काठमाडौ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारको विरोध गर्नेहरुले आफ्नो जिम्मेवारी भुल्न नहुने बताउनुभएको छ । काठमाडौमा आज विहान आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले लोकतन्त्रमा सरकारको आलोचना वा विरोध गर्न छुट रहेको यद्यपी विरोध गर्ने दल, नेता वा व्यक्तिले आफ्नो जिम्मेवारी भुल्न नहुने बताउनुभयो ।
प्रकाशित मिति:- 2014-06-24 03:19:23
नेपाल ब्युरो–असार १०,काठमाडौ । संविधानसभामा संसदको स्वरुपका विषयमा छलफल सुरु भएको छ । शासकीय स्वरुपका विषयमा छलफल सकिएपछि हिजोबाट नयाँ विषयले प्रवेश पाएको छ । तत्कालिन व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लिखित सहमति र असहमतिका विषयका निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ माथि एकीकृत रुपमा संविधानसभामा सभासदहरुले भनाई राखिरहेका छन् ।
प्रकाशित मिति:- 2014-06-23 10:07:01
सोलुखुम्बु,नेपाल । सोलुखुम्बु ।८५ बर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर राष्ट्रिय चर्चा कमाएका ९९ बर्षको उमेरमा सोमबार विहान वहाको निधन भएको हो । वास्तविक नाम बलबहादुर कार्की रहेका राइटर बाजेले २०५७ सालमा एसएलसी उत्तीर्ण गरेका थिए
प्रकाशित मिति:- 2014-06-23 07:37:28
नेपाल ब्युरो– असार ९, काठमाडौँ । त्रिभुवन विमानस्थल प्रहरीले २० हजार अमेरिकी डलर सहित एक जना साउदी नागरिकलाई पक्राउ गरेको छ । साउदी अरवका अल हारथी मोहमद खालिद पक्राउ परेका हुन । एल ३३३४७० नम्बरको राहदानी बोकेका उनलाई डोमेस्टिक क्षेत्रमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-23 04:49:18
नेपाल ब्युरो–असार ९, काठमाडौँ । ललितपुर जिल्ला मुलुककै पहिलो पूर्ण साक्षर जिल्ला भएको घोषणा भएको छ । जिल्ला शिक्षा कार्यालयले आज विहान गरेको विशेष कार्यक्रममा शिक्षामन्त्री चित्रलेखा यादवले ललितपुरलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।
प्रकाशित मिति:- 2014-06-23 01:38:30
संविधानसभाको उपनिर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिपक प्रसाद कुइँकेल विजयी भएका छन्। उनी १४ हजार १ सय ६६ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १० हजार १ सय १७ मत पाए। त्यस्तै एमाओवादीका लीलामणि पोखरेलले ३ हजार ५ सय ५६ मत पाए।
प्रकाशित मिति:- 2014-06-22 19:24:15
चितवन/कैलाली, असार ९ - आइतबार भएको उप निर्वाचनमा चितवन क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार रामकृष्ण घिमिरे विजयी भएका छन् । घिमिरेले २० हजार तीनसय १८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पावर्त रावलले १७ हजार २ सय ७२ मत पाइन् । यसअघि भएको निर्वाचनमा उनी तेस्रो स्थानमा थिइन् ।
प्रकाशित मिति:- 2014-06-21 22:25:59
संविधानसभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्रमा आइतबार मतदान शुरु भएको छ।काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलालीको ६ निर्वाचन क्षेत्रमा आइतबार बिहान सात बजेबाट मतदान सुरु भएको हो।मतदान बेलुका पाँच बजेसम्म जारी रहने छ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing