नेपाल समाचार

प्रकाशित मिति:- 2014-07-18 03:59:28
नेपाल ब्युरो– साउन २, काठमाडौँ । सरकारले कमैया मुक्ति घोषणा गरेको आज १४ वर्ष पूरा भएको छ । लामो समयदेखि अर्काको घरमा काम गरेर बस्न बाध्य कमैयाहरुलाई सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा आज कमैया मुक्ति दिवस मनाइँदैछ ।
प्रकाशित मिति:- 2014-07-18 03:16:32
नेपाल ब्युरो–साउन २,काठमाडौँ । विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने उपायबारे छलफल गर्न निर्वाचन आयोगको बैठक आज बस्ने भएको छ । विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा संविधानसभामा रहेका दलहरुसँग सुझाव लिन लागिएको प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-18 03:03:04
नेपाल ब्युरो–साउन २, कामाडौँ । नवौं महाधिवेशन निर्वाचित भएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । पहिलो बैठक भएकाले कुनै खास एजेण्डा नभएको नवनिर्वाचित सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । पहिलो बैठक भएकाले औपचारिकरुपमा नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबीच परिचयात्मक कार्यक्रमका लागि बैठक बोलाइएको पनि ज्ञवालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-17 19:40:08
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले राष्ट्रपति डा. रामवरण यादवलाई यस सम्बन्धी निर्णयको जानकारी पनि बिहीबारै दिइसकेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार, श्यामार्पा रिन्पोछेको कुदुङ काठमाडौं ल्याउन दिँदा ठूलो संख्यामा अनुयायीहरू सहभागी हुने भएकोले सुरक्षाका समस्या हुन सक्ने जानकारी गराएका थिए।
प्रकाशित मिति:- 2014-07-17 11:15:33
काठमाडौँ, १ साउन । करीब १४ वर्ष जेल, नेल र गोलघरको पीढा खपेर आएको भन्दै मृत्युलाई पटक–पटक जितेको प्रतिक्रिया दिने नेकपा एमालेका नवनिर्वातिच केपी शर्मा ओलीले पहिलो पटक आफुलाई मृत्युले जित्दै गएको र आफुले हार्दै गएको अभिव्यक्ति दिनुभएको छ ।
प्रकाशित मिति:- 2014-07-17 08:42:13
नेपाल ब्युरो–साउन १,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपालको सुरक्षा नीतिबारे बहस आवश्यक भएको बताउनुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै गौतमले मुलुकमा संघीय व्यवस्था लागु गरेपछि कस्तो सुरक्षा व्यवस्था लागु गर्ने भन्ने बारेमा दलहरुले बहस गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-17 08:38:00
नेपाल ब्युरो–साउन १,काठमाडौँ । नेकपा एमालेको नवौँ महाधिवेशनको आज औपचारीक समापन गरिएको छ । केपी शर्मा ओलीको नेतृत्वमा १४ पदाधिकारी र १ सय ५१ केन्द्रीय सदस्य निर्वाचित गरेर यो महाधिवेशन सम्पन्न भएको हो । पार्टी मुख्यालय बल्खुमा भएको समापन कार्यक्रममा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको औपचारिक घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रकाशित मिति:- 2014-07-17 05:00:46
नेपाल ब्युरो–साउन १,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरुले तोकिएकै मितिमा संविधान जारी गर्नु बाहेकको अर्काे विकल्प नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिटौलाले संविधानसभाले संविधान जारी गर्ने मिति माघ ८ गते तोकेको भन्दै त्यसै अनुरुप काम पनि अघि बढिरहेको बताउनुभयो ।
प्रकाशित मिति:- 2014-07-17 04:18:05
नेपाल ब्युरो–साउन १,काठमाडौँ। चितवनका ३१ गाविसमध्ये १२ गाविस बाढी र पहिरोको उच्च जोखिममा परेका छन् । चितवनका ३१ गाविसमध्ये १२ वटा गाविसलाई जिल्ला विपद् व्यवस्थापन समिति चितवनले उच्च जोखिममा राखेर क्षती न्यूनीकरणको तयारी गरेको जिविस प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-17 04:08:48
नेपाल ब्युरो–साउन १, काठमाडौँ । आज साउन १ गते अर्थात् साउने संक्रान्ति, सौर्यमान अनुसार सूर्य दक्षिणायन तिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । आजका दिन, असारे वर्षा र हिलोबाट लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न लुतो फाल्ने परम्परा छ । दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न कुकुरडाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी जस्ता वनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो फाल्ने गरिन्छ ।
प्रकाशित मिति:- 2014-07-17 03:57:17
नेपाल ब्युरो–साउन १, काठमाडौँ । सर्वोच्च अदालतले आज साउन १ गते देखि लागु हुने गरि सर्वोच्च अदालतको तेस्रो पञ्चवर्षिय रणनितिक योजना लागु गर्ने भएको छ । छिटो छरितो न्याय सबैको न्यायु भन्ने नारा सहित लागु हुने यो रणनितिक योजनालाई हिजो बुधवार बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले पारित गरेको हो ।
प्रकाशित मिति:- 2014-07-17 03:44:15
नेपाल ब्युरो–साउन १, काठमाडौँ । नयाँ आर्थिक वर्षका लागि संसदबाट पेश्की बजेट पारित गरिएको छ । एकीकृत माओवादी र मधेसी दलहरुले दर्जन बढी माग राख्दै संसद अवरोध गर्ने तयारी गरेपछि हिजो साँझ ढिला गरी पेश्की बजेट पारित भएको हो ।
प्रकाशित मिति:- 2014-07-17 03:25:33
नेपाल ब्युरो–साउन १, काठमाडौँ। संसदमा दर्ता भएको अदालतको अपहेलना सम्बन्धी विधेयकमा व्यवापक विरोध भएपछि सरकारले यो विधेयक फिर्ता लिने तयारी गरेको छ । सो विधेयकले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै विरोध भएपछि सरकार पछि हट्न लागेको हो । अदालतको अपहेलना सम्बन्धी विधेयक नहुँदा अदालतको फैसला कार्यान्वयन र निष्पक्ष ढंगबाट न्याय सम्पादनमा अप्ठ्याराहरू आएको भन्दै विधेयक कानुन बनाउन सरकारलाई दबाब परेको थियो ।
प्रकाशित मिति:- 2014-07-17 03:20:13
नेपाल ब्युरो–साउन १, काठमाडौँ । दुई सातासम्म राजधानीमा चलेको सत्तासाझेदार दल नेकपा एमालेको नवौं महाधिवेशनमा चार करोडभन्दा बढी खर्च भएको छ । महाधिवेशन पूर्वनिर्धारित तालिकाभन्दा झण्डै एक हप्ता लम्बिएकोले पहिले अनुमान गरिएभन्दा बढी खर्च भएको महाधिवेशन व्यवस्थापन अन्तर्गत आर्थिक उपसमितिले जानकारी दिएको छ ।
प्रकाशित मिति:- 2014-07-16 23:18:35
काभ्रेका शिखरअम्बोटे र तिमाल क्षेत्रका केही गाविसमा मात्र फल्ने मालाका कारोबारी भटाभट लुटिन थालेपछि मालाका बोट हुने किसानसमेत असुरक्षित महसुस गर्न थालेका छन्। व्यवसायी भने पैदल वा गाडीमा असुरक्षित महसुस गदर्ैै हेलिकोप्टर चार्टर गरेर गाउँ पुग्न थालेका छन्।
प्रकाशित मिति:- 2014-07-16 22:14:08
ललितपुर, १ साउन । उनको आँखा रसाएका थिए । बोल्न पनि गाह्रो मानेकी उनी चुप लागेर बसिरहेकी थिइन् । जाउलाखेलस्थित राष्ट्रिय दलित आयोगमा आइतबार न्याय माग्दै पुगेकी सिन्धुपाल्चोककी ति महिलालाई तत्कालै मनोभाव परामर्शको खाँचो थियो ।
प्रकाशित मिति:- 2014-07-16 06:08:06
नेपाल ब्युरो–असार ३२,काठमाडौँ । अर्थमन्त्री डाक्टर रामशरण महतले दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच पुर्याउन सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । शिक्षण अस्पताल महाराजगञ्जको ३२ औं बार्षिक दिवसको आज राजधानीमा उद्घाटन गर्दे महतले स्वास्थ्यसेवा र चिकित्सकहरु शहरकेन्द्रीत भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रकाशित मिति:- 2014-07-16 03:45:22
नेपाल ब्युरो–असार ३२, काठमाडौँ । वीरगन्जको नगवामा आज बिहान ट्रकले टेम्पुलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेकोे ना १ ह ४३२ नम्बरको टेम्पुलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ९१४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा टेम्पुका चालकसहित दुईजनाको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-07-15 23:17:41
तामाङ सोर्साईटी अफ अमेरिकाले 'तामाङ सञ्चार कोष' लाई १ लाख ८ हजार २४० रुपैयाँ सहयोग गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष इन्द्र तामाङ र पूर्व महासचिव शान्तबाबु थोकरले संयुक्त रुपमा उक्त रकम तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङलाई हस्तान्तरण गरेका छन् ।
प्रकाशित मिति:- 2014-07-15 10:31:10
काठमाडौं-नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल विजयी भएका छन्। ओलीले नेपाललाई ३९ मतले र पोखरेलले पाण्डेलाई २२ मतले पछि पारेको निर्वाचन आयोगका सानुराजा पोखरेले जानकारी दिए।
प्रकाशित मिति:- 2014-07-15 05:14:57
पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पक्राऊ परेका छन् । पाँच दिनअघि नै पक्राउ परेका शाहका साथबाट दुई पोका गाँजासमेत थाई प्रहरीले बरामद गरेको स्रोतले बतायो । पूर्वयुवराजको गिरफ्तारी पाँच दिनअघि, १० जुलाइमा भएको हो । थाइल्याण्डस्थित नेपाली दूतावासले पारसको गिरफ्तारी पुष्टि गरेको छ । उनको गिरफ्तारीबारे त्यहाँ रहेको नेपाली दूतावासले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलाई सूचना दिइसकेको छ ।
प्रकाशित मिति:- 2014-07-15 03:06:45
नेकपा एमालेको नवौं महाधिबेशनमा नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनको मतगणनामा प्रतिनिधिको विषय लिएर ओली खेमाकी विद्यादेवी भण्डारी जंगिएकी छन्। 'मतगणनास्थलमा नेपाल पक्षका यति धेरै प्रतिनिधि किन?' उनले भनिन्, यति धेरै प्रतिनिधि भएपछि मत गन्न समस्या हुन्छ। यो हटाउनु पर्छ अनि मात्र मत गन्न थालौ।' भण्डारीले यस्तो तर्क राखेपछि नेपाल समूहका सुरेन्द्र पाण्डेले ८-९ घन्टासम्म लगातार एकै जना मात्र बस्दा समस्या हुन जान्छ, परिवर्तन गर्नैपर्छ भनेपछि दुबैबीच केही समय चर्का चर्की भएको छ। जसको कारणले मतगणना कार्य केही क्षण रोकिएको हो।
प्रकाशित मिति:- 2014-07-15 02:10:06
अभिमुखीकरण तालिम प्रभावकारी नभएको गुनासो बढ्दै गएपछि मुख्य सचिव लीलामणि पौडेलले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई पत्र लेखी बोर्ड आफैंले तालिम दिन निर्देशन दिएका हुन्। गत साता मुख्य सचिवले बोर्डलाई उक्त तालिम व्यवस्थित बनाउन र आफैंले तालिम दिन अह्राए। सोमबार श्रम तथा रोजगार मन्त्रालयमा राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको बोर्ड बैठकमा आफैंले तालिम सञ्चालन गर्नेबारे छलफल भएको मन्त्रालय स्रोतले जानकारी दियो। मन्त्री गुरुङले अभिमुखीकरणलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रधानमन्त्रीको कार्यालयबाट मुख्य सचिवले पत्र पठाएको विषयमा छलफल गरेको बताए। बोर्डबाटै तालिम दिन आवश्यक पूर्वाधार र जनशक्तिका विषयमा अध्ययन गरेर निर्णय गरिने उनले बताए।
प्रकाशित मिति:- 2014-07-14 22:03:41
अहिलेसम्मको मत प्रकृति हेर्दा उपाध्यक्ष र सचिवमा मिश्रित परिणाम आउने देखिएको हो । खासगरि, सचिवमा गोकर्ण विष्ट र प्रदीप ज्ञवाली निकै लोकप्रिय देखिएका छन् । विष्टले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पारेका छन् । विष्ट र ज्ञवाली दुवै गुल्मीका हुन् । ज्ञवाली एमालेमा वैचारिक रुपमा सशक्त नेता मानिन्छन् भने युवा संघका पूर्व अध्यक्ष समेत रहेका विष्ट उर्जा मन्त्री भएर लोकप्रिय बनेका हुन् ।
प्रकाशित मिति:- 2014-07-14 21:55:14
काठमाडौं, ३१ असार । नेपालबाहिर निधन भएका विदेशीको शव ल्याउनु कानुनविपरीत भएको भन्दै तिब्बती बुद्ध परम्परामा निकै सम्मानित समर रिम्पोचेको राजधानीमा निर्धारित अन्त्येष्टिमा सरकारले व्यावधान लगाएलगत्तै बुद्ध धर्मावलम्बीहरूले त्यस्तो कुनै कानुन र अभ्यास मुलुकमा नभएको दाबी गरेका छन्।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing