नेपाल समाचार

प्रकाशित मिति:- 2014-09-14 05:28:42
नेपाल ब्युरा–भदौ २९, काठमाडौ । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री दीपकचन्द्र अमात्य र उद्योग मन्त्री महेश बस्नेतले सथप ग्रहण गर्नु भएको हो ।
प्रकाशित मिति:- 2014-09-14 04:54:59
नेपाल ब्युरो– भदौ २९, काठमाडौ । पूर्वपश्चिम राजर्माग अन्तरर्गत रुपन्देहिको सालझन्डि ७ शितलापुरमा आजविहान निजि टाटा सुमो दुर्घटना भएको छ । दुर्घना हुँदा ३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति:- 2014-09-14 04:07:17
नेपाल ब्युरो– भदौ २९, काठमाडौ । राष्ट्रिय बालदिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सो दिवस बालबालिकका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् ।
प्रकाशित मिति:- 2014-09-14 03:39:12
नेपाल ब्युरो– भदौ २९, काठमाडौ । संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । बैठकमा आज पनि संवैधानिक राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदनमाथिको छलफलाई निरन्तरता दिइने भएको हो ।
प्रकाशित मिति:- 2014-09-14 03:33:53
भरतपुर, २९ भदौ । चितवनमा अवैध यौनकार्यमा लागेको अभियोगमा प्रहरीले ४३ जनालाई पक्राउ गरेका छ ।पक्राउ पर्नेमा अधिकांश पति विदेशमा रहेका महिलाहरू छन् । भरतपुरको नारायणगढ बसपार्क र केन्द्रीय बस टर्मिनल आसपास क्षेत्रका होटलहरूमा अवैध यौनधन्धा गरेको आरोपमा ४३ जनालाई पक्राउ गरिएको हो ।स्थानीयको गुनासो आएपछि होटेलहरूमा छापामारी अवैध यौनधन्धामा संलग्न महिला तथा पुरुषलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति:- 2014-09-14 01:09:38
विराटनगर–मधेसलाई छुट्टै 'राज्य'को वकालत गर्दै हिँडेका डा. सिके राउतलाई मोरङ प्रहरीले शनिवार पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार राउतलाई रंगेली इलाकाबाट पक्राउ गरिएको छ। 'राष्ट्रिय अखण्डता'संग जोडिएको विषयमा राउतलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। सप्तरीको महादेवा निवासी राउत अमेरिकामा अध्ययन गरेका हुन्। मोरङ प्रहरीले राउतको पक्राउको बारेमा अबेर साँझ पृष्टि गरेको छ।
प्रकाशित मिति:- 2014-09-13 07:55:10
नेपाल ब्युरो– भदौ २८, काठमाडौ । एमाले बरिष्ठ नेता झलनाथ खनालले संविधानका विवादित विषयमा सहमति नभएको खण्डमा लोकतान्त्रिक विधि र प्रक्रिया अपनाउनुपर्नेमा जोड दिनभएको छ । सहमति बनाउने कोसिस जारी रहने भन्दै उहाँले सहमति नभए विधि र प्रक्रिया अपनाउनुपर्नेमा जोड दिनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-13 05:04:38
नेपाल ब्युरो– भदौ २८, काठमाडौ । भोलिका लागी तय भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघको महाधिवेशन स्थगित भएको छ । नयाँ नेतृत्व चयनका लागी आइतबारबाट गर्ने तयारी भएको महाधिवेशन अनिश्चित समयका लागी स्थगीत भएको हो ।
प्रकाशित मिति:- 2014-09-13 04:38:19
नेपाल ब्युरो– भदौ २८, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले समयमै संविधान जारी गर्न आफू जस्तोसुकै लचक बन्न तयार रहेको बताउनुभएको छ । माघ ८ भित्र संिवधान जारी गर्न आफू जस्तोसुकै लचक बन्न तयार रहेको भन्दै उहाँले संविधानका विषयमा दलहरुबीच अब केही दिनमै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति:- 2014-09-13 03:46:46
नेपाल ब्युरो– भदौ २८,काठमाडौ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले सर्वपक्षीय राजनीतिक सभाबाट मात्रै देशले निकास पाउन सक्ने दावी गर्नुभएको छ । उहाँले माओवादी संसदीय भासमा फस्न नसक्ने बिचार व्यक्त गर्दै सर्वपक्षीय राजनीतिक सभाबाट मात्रै देशले निकास पाउन सक्ने दावी गर्नुभएको हो ।
प्रकाशित मिति:- 2014-09-13 02:52:08
नेपाल ब्युरो– भदौ २८, काठमाडौ । चार दल सम्मिलित कार्यदलको बैठक आज बस्ने भएको छ । राष्ट्रिय राजनीतिक सभाको तयारीका विषयमा छलफल गर्न सो बैठक बस्न भएको हो ।
प्रकाशित मिति:- 2014-09-13 02:37:55
नेपाल ब्युरो– भदौ २८ । सिन्धुपाल्चोकको कोठे सडक खण्ड फेरी अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोठे सडक खण्डमा जुरे पहिरोले सुनकोशी नदी थुनिएर बनेको कृत्रिम ताल फुटेपछि आएको बाढीले क्षति गरेको सडक मर्मत गरेर हिजो दिनभर सञ्चालन गरेपनि आज राति परेको अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले सडक अवरुद्ध गरेको सिन्धुपाल्चोकका डिएसपी दिनेश खरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-09-13 01:37:20
नेपाल ब्युरो– भदौ २८, चितवन । चितवनको रामनगरस्थित भतेरी जङगलमा सवारी दुर्घटना भएको छ । शनिबार बिहान भएको सो दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन भने तीमध्य एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति:- 2014-09-12 08:43:38
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । विपक्षीहरुको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आज लागातार छैटौं पटक अवरुद्ध भएको छ । व्यवस्थापिका संसदको बैठक आज लागातार छैटौं पटक स्थगित भएपछि सभामुख नेम्वाङले संसद खुलाउने विषयमा गम्भीर बन्न दलहरुलाई आग्रह गर्नुभएको हो ।
प्रकाशित मिति:- 2014-09-12 08:07:27
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । यस वर्ष बिजयादशमीको टीका लगाउने साइत विहान १० बजेर १५ मिनेटको साईत उत्तम रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले बिजयादशमीको टीका लगाउने साइत सार्वजनिक गरेको हो ।
प्रकाशित मिति:- 2014-09-12 07:55:19
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । सर्वदलीय राजनीतिक सम्मेलन आगामी भदौ ३१ गते हुने भएको छ । नेकपा–माओवादीले माग गर्दै आएको सर्वदलीय राजनीतिक सम्मेलन भदौ ३१ गते हुने सहमति भएको हो ।
प्रकाशित मिति:- 2014-09-12 05:45:28
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । विभिन्न राजनीतिक दलले सरकारले भारतसँग गर्न लागेको विद्युत व्यापार सम्झौता पिटिए सम्झौताको प्रति जलाएका छन् । नेकपा–माओवादीसहित विभिन्न राजनीतिक दलल सो प्रति जलाएका हुन् ।
प्रकाशित मिति:- 2014-09-12 05:37:49
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । अर्थमन्त्री रामशरण महतले सर्वपक्षीय सभा र संविधान सभाबीच कुनै सम्बन्ध नरहेको बताउनुभएको छ । भरतपुर विमान स्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुँदै महतले संविधानमा समेटिने विषय सम्बन्धमा सुझाव संकलन गर्ने प्रकृया जारी रहेको भन्दै सहमति हुन नदिन माओवादीले बखेडा गरेको आरोप लगाउनुभयो ।
प्रकाशित मिति:- 2014-09-12 05:30:34
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । संवैधानिक संवाद समितिका सभापति बाबुराम भट्टराइलाई सभासदहरुले संविधान निर्माणका क्रममा जस्तोसुकै दबाब आएपनि नडराउन आग्रह गरेका छन । संवाद तथा सहमति समितिले तयार पारेको प्रतिबेदनमाथि छलफलमा भाग लिदै नेकपा एमालेका सभासद भिम रावलले डा भट्टराईलाई खुट्टा नकमाउन आग्रह गर्नुभयो ।
प्रकाशित मिति:- 2014-09-12 04:38:43
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले सरकारले श्रम ऐन कार्यान्वयनमा कडाइ गर्ने भन्दै सरकार श्रमिकहरुको हक, हीत र अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-09-12 02:49:57
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । एकीकृत माओवदीका नेता पोष्टबहादुर बोगटीलाई हृदयघात भएर अस्पताल लगीएको छ । नेता बोगटीलाई हिजो राति २ बजे हृदयघात भएको हो ।
प्रकाशित मिति:- 2014-09-12 02:40:08
नेपाल ब्युरो– भदौ २७, काठमाडौ। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहको नाम प्रधानन्यायाधीश पदको लागि सिफारिस भएको छ । संबैधानिक परिषदको आज बसेको बैठकले साहको नाम नियुक्तिको लागि सिफारिस गरेको हो ।
प्रकाशित मिति:- 2014-09-12 02:31:40
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । विपक्षी दलहरुको अवरोधका कारण पटक पटक अबरुद्ध हुँुदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि जारी रहने भएको छ । आपराह्न ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-09-12 02:29:42
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । संविधानका विषयवस्तुमाथि संविधानसभाको बैठकमा आज छलफल हुने भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदनमाथि संविधानसभाको बैठकमा छलफल हने भएको हो ।
प्रकाशित मिति:- 2014-09-11 22:21:32
काठमाडौं : भारतीय व्यापारी अन्जनीकुमार चाचानसहित चार जनाको हत्या गरेर भारतको मुम्बईमा लुकिरहेका सुटर निरज केसीलाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी अपराध महाशाखाका केसीले सुरज डंगोल, राजु डंगोल र अशोक गोलेसँग मिलेर २०६५ सालदेखि उपत्यकामा संगठित आपराधिक गिरोह चलाएका थिए।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing