नेपाल समाचार

प्रकाशित मिति:- 2014-08-23 07:39:41
नेपाल ब्युरो– भदौ ७, काठमाडौ । सैनिक अस्पतालमा अब आम नागरीकहरुले पनि सेवा पाउने भएका छन् । नेपाली सेनाले करिब ४२ वर्षको अन्तरालमा आमनागरीकका लागि अस्पताल खुला गर्न लागेको हो ।
प्रकाशित मिति:- 2014-08-23 04:37:34
नेपाल ब्युरो– भदौ ७, काठमाडौ । नेपाली काँग्रेस र एमालेबीचको बैठक आज पनि विना निश्कर्ष टुंगिएको छ । राष्ट्रपति अनुमोदनका विषयमा देखिएको विवाद समाधान गर्न बसेको सत्तागठबन्धनका दुई दलको बैठक विश्कर्षविहिन टुंगिएको हो ।
प्रकाशित मिति:- 2014-08-23 03:44:48
नेपाल ब्युरो– भदौ ७, काठमाडौ । काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाँउमा विशेषगरी बुद्ध धर्मालम्बीहरुले प्रत्येक वर्ष भदौ कृष्ण त्रयोदशीको दिन मनाउने पञ्चदान पर्व आज मनाईँदै छ ।
प्रकाशित मिति:- 2014-08-23 02:48:32
नेपाल ब्युरो– भदौ ७, काठमाडौ । संविधानका विवादित विषयमा आफ्नो धारणा तय गर्न एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले राजधानिमा विचार गोष्ठीको आयोजना गरेको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान शूरु भएको ‘संविधान निर्माणका लागि बिचार गोष्ठी’ कार्यक्रममा संघीयता, राज्यपूर्नसंरचना, शासकीय स्वरुप लगायत संविधानका विवादित विषयमा आफ्नो धारणा तय गर्न लागिएको सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-08-23 02:30:49
नेपाल ब्युरो– भदौ ७, सप्तरी । पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । पौडि खेल्ने क्रममा पोखरीमा डुबेर सप्तरीको पातो ५ का हरेराम यादवका ९ वर्षिय छोरा रुपेश यादवको हिजो साँझ मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-08-22 06:48:13
नेपाल ब्युरो– भदौ छ, काठमाडौ । वीरगञ्को नेश्नल मेडिकल कलेज आमा र शिशुको ज्यान गएपछि तनावग्रस्त भएको छ । प्रसुति गराउने क्रममा दुवैको ज्यान गएपछि अस्पताल तनावग्रस्त भएको हो ।
प्रकाशित मिति:- 2014-08-22 04:21:56
नेपाल ब्युरो– भदौ ६, काठमाडौ । तातोपानी भन्सारमा एक जना पक्राउ परेका छन् । भन्सारमा ८ किलो सुन सहित सान्जेल शेर्पा पक्राउ परेका हुन् ।
प्रकाशित मिति:- 2014-08-22 04:09:31
नेपाल ब्युरो– भदौ ६, काठमाडौ । रौतहटको पिप्रा रजवडास्थित बागमती नदीमा २ जना मृत भेटिएका छन् । हिजो डुङगा पल्टदा नदिमा बेपत्ता भएका तीनजना मध्ये २ जना आज मृत अवस्थामा भटिएका हुन् ।
प्रकाशित मिति:- 2014-08-22 03:56:49
नेपाल ब्युरो– भदौ ६, काठमाडौ । उच्च माध्यमिक शिक्षा परिषदले वैशाख १९ देखि ३० गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने भएको छ । कक्षा १२ को बिज्ञान संकायको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्याले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-08-22 02:38:37
नेपाल ब्युरो– भदौ ६, काठमाडौ । संविधानका अन्तरबस्तुमा साझा धारणा तय गर्न एकीकृत नेकपा माओवादी नेतृत्वको संघिय गणतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । बैठकख आपराह्न ३ बजे एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल निवस लाजिम्पाटमा बस्न लागिएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-08-22 02:22:21
नेपाल ब्युरो– भदौ ६, काठमाडौ । नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन एमालेको पदाधिकरी बैठक आज पनि जारी छ । नेकपा एमालेमा राज्य पुनःसंरचनासहित संविधानका अन्तर्वस्तुमा धारणा बनाउन छलफल सुरु भएको छ ।
प्रकाशित मिति:- 2014-08-21 08:49:10
नेपाल ब्युरो– भदौ ५, काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बाढीबाट प्रभावित भएका सबैको व्यवस्थापनको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ । उहाँले देशभरि बाढी पहिरोबाट विपदमा परेका नागरिकहरुको सहज जीवनयापनको जिम्मा सरकारले लिनुपर्ने बताउँनुभएको छ ।
प्रकाशित मिति:- 2014-08-21 08:06:04
नेपाल ब्युरो– भदौ ६, बाँके । पुर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको परुवा खोलाको पुल छेउमा एक नागरिक मृत अवस्थामा फेला परेका छन् । ८२ वर्षीय जोसेफ ईडवर्ड उइलर नाम गरेका एक अमेरिकी नागरिक मृत अवस्थामा फेला परेको बाँके जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-08-21 04:31:17
नेपाल ब्युरो– भदौ ५, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवले देश विकासका लागि महिला र पुरुषको समान सहभागिता हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति यादवल बेइजिङ सम्मेलनको २० औ बर्षगाठको सन्दर्भमा आज ललितपुरमा भएको कार्यक्रममा बोल्नुहुँदै महिलालाई अधिकार सम्पन्न बनाउन थुप्रै काम गर्न बाँकी रहेको पनि बताउनुभयो ।
प्रकाशित मिति:- 2014-08-21 02:52:07
नेपाल ब्युरो– भदौ ५, काठमाडौ । एमाले पदाधिकारी बैठक आज बस्ने भएको छ । संविधानका महत्वपुर्ण विषयमा छलफल सुरु भएसँगै पर्टीको बटमलाइन तय गर्न र संविधानका साझा धारणा बनाउने विषयमा छलफल गर्न सो बैठक बस्ने लागेको हो ।
प्रकाशित मिति:- 2014-08-21 02:51:47
सधैँ चर्चामा रहिरहने एमाले युवा नेता रवीन्द्र र काँग्रेसका गगनले संसदीय समितिको महत्वपूर्ण जिम्मेवारी पाउन लागेका हुन् । कांग्रेसका तर्फबाट गगन संसद्को कृषि तथा जलस्रोत समितिको सभापतिमा सिफारिस भएका छन् भने एमालेका तर्फबाट रवीन्द्रले अर्थ समितिको सभापतिको जिम्मेवारी पाउन लागेका हुन् । पदीय हिसाबले एकै भएपनि गगनको भन्दा रवीन्द्रले पाउन लागेको अर्थ समिति बढी महत्वपूर्ण छ । तर, विद्यार्थी राजनीतिबाट उठेका र आ–आफ्नो पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका यी दुई नेताले पहिलोपटक पाउन लागेको महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गर्लान त ? प्रश्न उब्जिएको छ ।
प्रकाशित मिति:- 2014-08-21 02:44:46
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गते संविधान जारी गरेपछि आफू र राष्ट्रपति डा. रामवरण यादव दुवैले पद छोड्ने घोषणा गरेका छन्। सत्ता साझेदार एमालेले राष्ट्रपति संसद्बाट अनुमोदित हुनुपर्ने अडान राख्दै आएका बेला कोइरालाले संविधान जारी नभएसम्म त्यता लाग्न नहुने भन्दै यस्तो घोषणा गरेका हुन्।
प्रकाशित मिति:- 2014-08-21 02:39:01
नेपाल ब्युरो– भदौ ५, काठमाडौ । त्रिसुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । चालक सहित ८ जना घाइते भएका छन् । हिजो राति ना १ ख ८१८२ नम्बरको ट्रक काठमाडौंबाट विरगञ्ज जाँदै गर्दा पृथ्वीराजमार्ग धादिङको वेनिघाट गाउँ विकास समिति वडा नम्बर १ मा पर्ने त्रिसुली नदीमा खसेर पर्साका २० वर्षिय अजय माझीको मृत्यु भएको हो
प्रकाशित मिति:- 2014-08-20 08:48:20
नेपाल ब्युरो– भदौ ४, काठमाडौ । जापानिज इन्सेफलाइटिस बाट आज दुई जनाको मृत्यु भएको छ । मोरङको लेटाङ र पथरीमा थप दुइ जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-08-20 08:38:15
नेपाल ब्युरो– भदौ ४, काठमाडौ । देशमा आएको बाढीपहिरो पिडितलाई सहयोगका लागी एकिकृत माओवादीले आफ्ना सभासदलाई सम्बन्धित जिल्लामा खट्नको लागी निर्देशन दिएका छन् । सिंहदरबारमा आज विहान बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सभासद्हरुलाई यस्तो निर्देशन दिनुभएको हो ।
प्रकाशित मिति:- 2014-08-20 06:49:49
नेपाल ब्युरो–भदौ ४, काठमाण्डौ । ट्रिपर तथा ट्रक व्यवसायीहरुले सरकारले क्रसर उद्योगमा लगाएको रोकावट तत्काल फिर्ता लिन माग गरेका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति काठमाडौं र बाग्मती ट्रिपर व्यवसायी संघ काभ्रेले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो ।
प्रकाशित मिति:- 2014-08-20 03:20:22
नेपाल ब्युरो– भदौ ४, काठमाडौ । इबोला संक्रमित अफ्रिकी देशबाट नेपाल प्रवेश गरेका २२ जना सरकारको स्वास्थ्य निगरानीमा परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ १ देखि सञ्चालित ‘हेल्थ डेस्क” ले प्रारम्भिक स्वास्थ्य परीक्षणका आधारमा २२ जनालाई निगरानीमा राखेको हो ।
प्रकाशित मिति:- 2014-08-20 03:04:04
नेपाल ब्युरो– भदौ ४, काठमाडौ । नेपालमा विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ सय ६९ पुगेको तथ्याङक सार्वजनिक भएको छ । गृह मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ८६ जना घाइते, १ सय २७ जना बेपत्ता र २० हजार ५ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
प्रकाशित मिति:- 2014-08-19 09:13:50
नेपाल ब्युरो– भदौ ३, काठमाडौ । महिलाको समस्या संम्कोधन गर्न राज्य सक्रिय रहेको संविधान सभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले बताउनु भएको छ । महिलाको समस्या सम्बोधन गर्न राज्य पछि नपरेको बताउनुभएको छ ।
प्रकाशित मिति:- 2014-08-19 06:09:12
नेपाल ब्युरो–भदौ ३, काठमाडौ । चिलिमे जलविद्युतका प्रबन्धक संचालक कुलमान घिसिङलाई हटाउने निर्णलाई छिटो भन्दा छिटो फिर्ता लिन रसुवाका स्थनायिले माग गरेका छन् । आफुहरुले गरेको माग फिर्ता नलिए आउँदो भदौ ६ गतेबाट अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी पनि उनिहरुले दिएका छन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing