नेपाल समाचार

प्रकाशित मिति:- 2014-08-19 04:49:13
नेपाल ब्युरो–भदौ ३, काठमाण्डौ । नेपालबाट भ्रष्टचारलाई निर्मुल पार्ने प्रधानमन्त्री सुशील कोइरालाले बताउनु भएको छ । सार्वजनिक खरीद अनुगमन कार्यालय स्थापनाको ८ औं वर्ष प्रबेशको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री कोइरालाले भ्रष्टाचार रहित समाज निर्माणका लागि भ्रष्ट मानसिकताबाट मुक्त हुनुपर्ने जिकीर गर्नुभयो ।
प्रकाशित मिति:- 2014-08-19 04:23:18
नेपाल ब्युरो– भदौ ३, काठमाडौ । भुगोल र जनसंख्या दुवैको आधारमा संघीय प्रदेश निर्माण गर्ने सहमति भएको छ । सिंहदरबारमा आज विहान बसेको समिति बैठकमा यस्तो सहमति भएको हो ।
प्रकाशित मिति:- 2014-08-19 03:06:49
नेपाल ब्युरो– भदौ ३, काठमाडौ । यातायात दुरुपयो अनुसन्धान आयागले यातायात व्यवस्था विभागका १६ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेका छन् । आयोगले सवारी चालक अनुमति पत्र कार्यालय बाग्मतीका पूर्व निमित्त प्रमुख रामदत्त भट्ट र सात बिचौलिया सहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
प्रकाशित मिति:- 2014-08-19 02:53:16
नेपाल ब्युरो– भदौ ३, काठमाडौ । देशमा आएको बाढिपहिरोबाट ५ दिनयता देशभर ज्यान गुमाउनेको संख्या १ सय पुगेको छ । गृह मन्त्रालयका अनुसार १ सय ३६ जना अझै पनि बेपत्ता छन् ।
प्रकाशित मिति:- 2014-08-19 02:42:13
नेपाल ब्युरो– भदौ ३, काठमाण्डौ । नेपालि कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सरकारको मूल्यांकन र सरकारले गरेका कामको समीक्षा गर्न सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ ।
प्रकाशित मिति:- 2014-08-19 02:37:14
नेपाल ब्युरो– भदौ ३, काठमाडौ । सरकारले एक साताका लागी संसद नै स्थगीत गरेर देशमा बाढीपहिरो पिडितहरुको उद्धार कार्यमा विशेष सक्रियता देखाउँने भएको छ । संसद समेत स्थगन गरेर सभासदहरु जिल्ला जाने भएपछि सरकाले आजदेखि दुत्र गतिमा उद्धारको काम थाल्ने बताएको छ ।
प्रकाशित मिति:- 2014-08-18 10:14:05
काठमाडौं, १ भदौ ‘तामाङ मिडिया अवार्ड–२०७१’बाट पत्रकारद्वय जीवन लामा र रोजिना दोङ सम्मानित भएका छन् । तामाङ सञ्चार समूहले २०औँ तामाङ प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।
प्रकाशित मिति:- 2014-08-18 08:44:58
नेपाल ब्युरो–भदौ २, काठमाडौ । देशमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति सरकार गम्भिर नभएको भन्दै प्रतिपक्षी दलहरुले एक साताका लागी आजको संसद बैठक स्थगीत गराएका छन् । सरकारको आलोचना गर्दै प्रमुख प्रतिपक्षी दल एकिकृत माओवादीसहितका दलहरुले राष्ट्रिय विपतको घोषणा गर्न माग गर्दै संसद बैठक अवरुद्ध पारेका हुन्।
प्रकाशित मिति:- 2014-08-18 02:47:08
नेपाल ब्युरो– भदौ २, काठमाडौ । नेपाली कांग्रेसले हिजोबाट सुरु गरेको विचार पदयात्रा आज पनि जारी छ । पार्टीका संस्थापक नेता विपी कोइरालाको जन्मशताब्दीको अवसरमा हिजोदेखि सो पदयात्रा सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-08-18 02:32:32
नेपाल ब्युरो – भदौ २, काठमाडौ । बाढीपहिरोबाट प्रभावितहरुलाई राहत र उद्धार कार्यमा डिलासुस्ती नगर्न प्रधानमन्त्री सुशील काइरालाले निर्देशन दिनुभएको छ । उहाँले आज एक विज्ञप्ती जारी गर्दे बाढिपहिरो पीडितहरुको उद्धार, राहत वितरण र पुनस्थापनामा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्रप्रहरी, केन्द्रदेखि स्थानीय प्रशासनको समग्र शक्ति लगाइरहेको जनाउनुभएको छ ।
प्रकाशित मिति:- 2014-08-18 02:13:49
नेपाल ब्युरो– भदौ २, चितवन । खाल्डोमा जमेको पानिमा डुबेर एक महिलाको ज्यान गएको छ । चितवनको चित्रवन नगरपालिकामा बाढीले सडक कटान गरी बनाएको खाल्डोमा परी चित्रवन नगरपालिका–९ बस्ने ३६ वर्र्षीय लक्ष्मीचन्द्रा ठकुरीको ज्यान गएको चितवन जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-08-17 08:47:58
नेपाल ब्युरो– भदौ १, काठमाडौँ । बाढीपहिरो पीडितहरुको तत्काल उद्धार र राहत वितरण कार्यमा सरकारका तर्फबाट ढिलाई भएको उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले स्वीकार गर्नुभएको छ । नेपालगञ्जको स्थलगत निरीक्षण गर्न पुग्नुभएका गृहमन्त्री गौतमले स्रोतसाधनको कमीले ढिलाई भएको बताउँनुभयो । सबैतिर एकैपटक बिपत्ति परेको हुँदा समयमै उद्धार गर्न कठिनाई भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति:- 2014-08-17 08:34:32
नेपाल ब्युरो– भदौ १, काठमाडौँ । सरकारले आगामी मंसिरमा आयोजना हुने सार्क शिखर सम्मेलनको तयारी तिव्र पारेको छ । सम्मेलन मङसिर १० र ११ गते काठमाडौमा हुदैछ ।
प्रकाशित मिति:- 2014-08-17 03:17:29
नेपाल ब्युरो– भदौ १, काठमाडौँ । पछिल्लो समयमा देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परि ८५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढीपहिरोमा परि १ सय १३ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोले ४ सय २९ घरमा क्षति पु¥याएको छ भने ५ हजार २ सय २० घर डुबानमा परेका छन् ।
प्रकाशित मिति:- 2014-08-17 02:23:01
नेपाल ब्युरो– भदौ १, काठमाडौँ । हिन्दु धर्मालम्बीहरुले आज श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको श्रद्धापुर्वक पुजा आरधना गरी मनाइरहेका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्णाष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
प्रकाशित मिति:- 2014-08-17 02:04:42
नेपाल ब्युरो– भदौ १, काठमाडौँ । नेपाली पुस्तालाई कांग्रेसको सिद्धान्त र जिम्मेवारीवोध गराउन नेपाली कांग्रेसको विचार यात्रा आजदेखि सुरु हुने भएको छ । बिपी विचार पदयात्राको माध्यमबाट नयाँ पुस्तालाई काँग्रेसको सिद्धान्तका साथै राष्ट्र र जनताका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारीतर्फ जानकारी गराउन यात्रा सुरु गर्न लागेको कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति:- 2014-08-17 00:39:58
तामाङ सन्चारकर्मीले आज २०औं तामाङ प्रसारण दिवस मनाईरहेका छन ।सरकारद्वारा संचालित रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवशको रुपमा मनाउदै आएका छन। दिवसको अवसरमा तामाङ सञ्चारकर्मीहरुको संस्था तामाङ सञ्चार समूहको केन्द्रीय समिति र जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन ।
प्रकाशित मिति:- 2014-08-16 22:21:23
नेपालगन्ज : अविरल वर्षा, डुबान र बाढीको कहरमा ज्यान र धनमाल गुमाउनेको संख्या बढ्दै जाँदा मुलुकका विभिन्न भागमा कोलाहलको स्थिति उत्पन्न भए पनि राहत र उद्धारमा सरकारले अधिकारसम्पन्न उचित समन्वयात्मक संयन्त्र खडा गरी परिचालन गर्न तदारुकता देखाउन सकेको छैन। सरकारी उदासीनताका कारण पीडित भने त्रासदीमा छन्। बाढीपहिरोको ताण्डवको तेस्रो दिन पुग्दा मध्यपश्‍चिममा मात्र ७१ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति:- 2014-08-16 09:01:11
नेपाल ब्युरो–साउन ३१, काठमाडौँ । काठमाडौंको भीमढुगामा प्रहरीसँगको मुठभेडमा मारिएका चरी डन भनेर चिनिने दिनेश अधिकारीको शवको आज १० दिनपछि पोष्टमार्टम भएको छ । चरीको मृत्यु भएको १० दिनपछि पोष्टमार्टम भएको हो । तर, परिवारले उनको हत्या भएको भन्दै दोषीमाथि कारवाही नभएसम्म शव नबुझ्ने अडान दोर्होयाएका छन् ।
प्रकाशित मिति:- 2014-08-16 03:54:51
बाग्लुंग जिल्लाको गल्कोटबाट जापान आएर विभिन्न पेसा, ब्यबसाय गर्दै आएका गल्कोटेहरुको सस्था गल्कोट समाज जापानले नागोयामा भेला सम्पन्न गरेको छ । नागोयामा हिजो सम्पन्न भेलाले हर्क थापाको अध्यक्षतामा तेस्रो कार्यकालको लागि २९ सदस्यीय केन्द्रिय समितिको चयन गरेको छ ।
प्रकाशित मिति:- 2014-08-15 05:28:32
काठमाडौं, ३० साउन तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाँके, बर्दिया र कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । हजारौं मानिस विस्तापित भएका छन् । बाँकेमा लक्ष्मणपुर बाँधका कारण अधिकांश गाविसहरु डुवानमा परेका छन्, भने कैलालीमा कैलाशपुरधाम बाँधका कारण अधिकांश बस्ती डुबानमा परेका छन् ।
प्रकाशित मिति:- 2014-08-14 09:32:16
काठमाडौं २९,साउन दुई दिनदेखि देशभर लगातार परेको अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोमा परी १७ जनाको मृत्यु भएको छ।यसका साथै ठूलो जनधनको क्षति भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति:- 2014-08-14 09:21:39
नेकपा एमालेमा देखिएको गुटगत विवादले विधान पारित हुने सम्भावना कम देखिएको छ । जारी केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य बन्नका लागि नवौ महाधिवेसनबाट पारित भएको विषयमा विवाद बढेपछि विधान पारित हुने सम्भावना कम देखिएको हो । पदाधिकारी बैठकबाट केन्द्रीय कमिटीमा ल्याइएको प्रस्ताव फेरि पदाधिकारीमै फर्काइने गरि विवाद बढेको एक सदस्यले जानकारी दिए । बिहीबारको केन्द्रीय कमिटी बैठकमा बोल्ने झण्डै ३ दर्जन सदस्यहरु महाधिवेसनको सुझावसहित विधान पारित गर्ने वा महाधिवेसनको हलले दिएको म्यान्डेटलाई हटाएर पारित गर्नुपर्नेमा नेताहरु दुईभागमा बाँडिएका हुन् ।
प्रकाशित मिति:- 2014-08-12 10:03:05
काठमाडौँ, साउन २७ । सगरमाथा हिम पहिरोमा परि मृत्यु भएका १६ जनाका आफन्तलाई आज शेर्पा गुम्बा बौद्धमा एक विशेष कार्यक्रमका साथमा सहयोग रकम हस्तान्तरण गरेको छ । शेर्पा गुम्बाको पहलमा यु.एस.ए शेर्पा किदुक अमेरिकाले सो सहयोग रकम मृतको आफन्तलाई दिनका लागि पठाएको हो । प्रत्येक मृतका आफन्तलाई ९१ हजार सहयोग प्रदान गरेको छ । शेर्पा गुम्बामा जारी रहेको प्रबचन कार्यक्रममा खेम्पो ङवाङ लुडुपद्धारा सो सहयोग प्रदान गरेको थियो ।
प्रकाशित मिति:- 2014-08-12 09:21:11
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मंगलबार व्यवस्थापिका संसद् बैठकमा १० मिनेट नाराबाजी गरेको छ। रोष्ट्रम प्रयोग गरेर बोलिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सभामुख सुवाषचन्द्र नेम्वाङले बोल्न नदिएको भन्दै राप्रपा नेपालका सभासद्ले नाराबाजी गरेका हुन्।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing