नेपाल समाचार

प्रकाशित मिति:- 2014-08-12 02:43:34
काठमाडौं, २७ साउन । विभिन्न रोगले गाँजिएका प्रधानमन्त्री सुशील कोइरालालाई फेरि क्षयरोग (टिबी) को आशंका गरिएको छ । क्षयरोगको संक्रमण भएको आशंकामा चिकित्सकहरुले छातीको चेकजाँच गरेका छन् । परीक्षणका क्रममा प्रारम्भिक चरणको क्षयरोगको संकेत देखिएको मेडिकल डाक्टर समेत रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले बताउनुभयो ।
प्रकाशित मिति:- 2014-08-10 03:35:44
काठमाडौं, २५ साउन । पश्‍चिम अफ्रिकामा महामारीको रूप लिइरहेको इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ। तर सरकारले भने यसलाई भित्रिन नदिन अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन। विश्‍व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा कार्यरत डा। रवि काफ्लेले कामका लागि अवैध रूपमा अफ्रिकी र आसपासका देश पुगेका नेपाली र त्यस क्षेत्रबाट आउने पर्यटकले इबोला भाइरस भित्र्याउने सम्भावना उच्च रहेको बताए। इबोलाले पश्‍चिम अफ्रिकाका गिनी, नाइजेरिया, लाइबेरिया, सियरा लियोनलगायतका मुलुकमा एक हजार सात सयजनाको ज्यान लिइसकेको छ। इबोला नियन्त्रणमा आउन नसकेपछि विश्‍व स्वास्थ्य संगठनले संकटग्रस्त क्षेत्र घोषणा गरी निगरानी गरिरहेको छ। इबोला संक्रमण भएको १४ देखि १५ दिनपछि मात्र संक्रमित मानिसले बढी असहज महसुस गर्ने र त्यो अवधिमा सम्पर्कमा आएका अन्य व्यक्ति लाई पनि सर्ने सम्भावना उच्च रहने काफ्लेले बताए। इबोला रोकथामका लागि अहिलेसम्म खोप विकास गर्न सकिएको छैन भने उपचारमा पनि चिकित्सक असफल भइरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । विदेश आवतजावत गर्ने नेपालका कुनै पनि नाकामा हेल्थ डेस्क नभएका कारण पनि इबोला भित्रिन सक्ने सम्भावना प्रबल रहेको विज्ञको भनाइ छ। युरोपेली र एसियाली मुलुकमा समेत इबोलाका शंकास्पद बिरामी भेटिन थालेका छन्। ‘अमेरिका, बेलायत, मोरोक्‍को, भारतलगायतका मुलुकमा समेत इबोलाको संक्रमण भएको आशंकामा बिरामीको उपचार सुरु गरिएको छ’, काफ्लेले भने, ‘सोही कारण नेपाल पनि यसको जोखिममा रहेको भन्‍न सकिन्छ।’ उनले इबोला संक्रमित रगत, दिसापिसाब, थुक या संक्रमित मानिसका अरू तरल पदार्थ, अंग वा मृतशरीर व्यवस्थित नगरिएमा अरूमा सर्नसक्ने बताए।
प्रकाशित मिति:- 2014-08-09 21:40:34
स्वास्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको निर्देशक आकाश अधिकारीले जनाएका छन्। विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा रहेका श्रीको गएराति निधन भएको हो। २०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए।
प्रकाशित मिति:- 2014-08-08 00:49:22
काठमाडौं- प्रहरी प्रधान कार्यालयबाट महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका एसएसपी पुष्कर कार्कीले साउन ५ गते पहिलो पत्रकार सम्मेलनमा भनेका थिए, 'काठमाडौंमा हतियार बोकेका व्यक्तिहरू बढिरहेका छन्। मेरा अफिसर्ससँग पनि हतियार हुन्छ, होसियार रहनू।'
प्रकाशित मिति:- 2014-08-07 22:44:49
धुस्कुन (सिन्धुपाल्चोक), श्रावण २३ - निन्द्राबाट ब्युँझनेबित्तिकै जंगलछेउको छाप्रोबाट ८१ वर्षीया कृष्णमाया पहरी 'घर कति डुबायो होला?' भनेर तल तालतिर हेर्छिन्। पहिरोले थुनिएको सुनकोसी नदी जमेर बनेको विशाल तालको पूर्वपट्टी रहेको घर पानीमा डुब्न लागेपछि कृष्णमायाको परिवारले डाँडामाथि उक्लेर छाप्रो हाली बास बस्ने मेसो मिलाएको हो।
प्रकाशित मिति:- 2014-08-07 22:19:21
काठमाडौं, श्रावण २३ - एमाओवादीले संघीयताका विषयमा 'अतिवादी विचार' ले संविधान निर्माणमा असर गर्ने बताएको छ । संघीयताबारे आधिकारिक धारणा बनाउन तयार पारेको दस्तावेजमा अतिवादी विचारको बिरोध गरेको छ । एमाओवादीले पहिचानसहितको संघीयतामा अडान राख्दै आए पनि यसबारे अतिवादी विचारले संविधान निर्माण धरापमा पर्ने बताएको छ । जातीय, क्षेत्रीय मोर्चा प्रमुख गोपाल किराँतीले तयार पारेको दस्तावेजमा संविधान र शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउन पहिचान र अधिकारलाई अस्वीकार गर्ने, जाती, समुदाय र क्षेत्रलाई मात्र केन्द्रमा बनाउने दुबै विचार गलत भएको निश्कर्ष निकालिएको छ ।
प्रकाशित मिति:- 2014-08-06 09:54:12
चर्चित डन दिनेश अधिकारी चरी मुठभेडमा मारिएका छन् । उनीमाथि काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा उनीमाथि गोली प्रहार भएको हो ।
प्रकाशित मिति:- 2014-08-04 04:20:00
फिस्टेल एयरका पाइलट काठमाडौँ महानगरपालिका– ९ सिनामङ्गल निवासी सुजल श्रेष्ठलाई सोमबार बिहान नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।
प्रकाशित मिति:- 2014-08-04 04:13:24
संखुवासभाको स्याबुन ३ फच्याङमा सोमबार बिहान पहिरोले पुरेर ५ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन्।बिहान करिब ३ बजे झरेको पहिरोले तीनवटा घर पुरेको प्रहरीले जनाएको छ।पहिरोले पुरिएका मध्ये ५ जनाको शव निकालिसकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रकाशित मिति:- 2014-08-04 03:53:44
पहिरोले पुरेको स्थानमा दुईवटा स्काइभेटर प्रयोग गरेपछि आइतबार अपराह्न मांखा–१ निवासी छ वर्षीया सुहाना श्रेष्ठको शव निकालिएको थियो । सोही स्थानबाट सोमबार बिहान १०:४५ बजेसम्म थप आठवटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको घटनास्थलबाट सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले जानकारी दिएका छन ।
प्रकाशित मिति:- 2014-08-02 22:54:44
१२ घन्टा सुनकोशी थुनिएर बनेको तलाउ अझै घटेको छैन। स-सना पहिरो जानेक्रम जारी रहेको छ। शनिबार दिउँसो नेपली सेनाले बम विसष्फोट गराएर साविक पानी नदीमा बगाउन सकेको थियो। त्यति नै पानी अहिले पनि बगिरहेको छ। साविक पानी नदीमा बगेपनि जमेको पानीको सतह घटेको छैन।
प्रकाशित मिति:- 2014-08-02 03:55:51
सिन्‍धुपाल्‍चोकको माङ्खा र राम्चेको सिमानाबाट पहाड नै खसेर सुनकोशी नदी थुनिएको छ। सुनकोशी संकटबारे बालुवाटारमा विशेष बैठक बसिरहेको छ। प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम लगायतका मन्त्रीहरु सम्मिलित बैठकले सुरक्षा निकायका अधिकारीसँग थुनिएको सुनकोशीको निकासका उपाय र त्यो फुट्दा हुने क्षतिको न्यूनीकरणका उपायबारेमा छलफल भइरहेको छ। बैठकमा सुरक्षा निकायका अधिकारीले नदीको तह धेरै माथि आइसकेकोले नदी खोल्ने काम निकै कठिन रहेको ब्रिफिङ गरेको स्रोतले बतायो। अहिलेसम्म ८ जनाको शव फेला परेको छ। जसमा एक बालक,तीन पुरुष र चार महिला छन्। तीन दर्जनभन्दा बढी घाइते भएको छन्। केही घाइेतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।सत्तरी घर बगाएको अनुमान छ। जुरेस्थित एउटा वस्ती नै पुरिएको र दुई दर्जनभन्दा बढी मानिस बेपत्ता भएको प्रारम्भिक सूचना आएको छ
प्रकाशित मिति:- 2014-08-01 23:26:41
नदीको बाँध फुटेर आउँदा हुने क्षतीबाट बच्न सिन्धुलीका सुनकोसी आसपासका बस्ती खाली गर्न थालिएको छ। सिन्धुली र रामेछाप जिल्ला अन्तरगत सुनकोसी किनारका झण्डै चारसय घरपरिवार सम्भावित दुर्घट्नाको त्रासमा छन्। उनिहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको दुवै जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन्।
प्रकाशित मिति:- 2014-08-01 22:55:53
काठमाडौं । सरकारले जापान प्रशिक्षार्थि कामदार पठाउन चाहने नयाँ म्यानपावर कम्पनीलाई अनुमति दिने प्रक्रिय शुरु गर्ने भएको छ ।अनुमति पाएका कम्पनीले अाशातित कामदार पठाउन नसकेपछि नयाँ कम्पनीलाई अनुमति दिने प्रक्रिय थाल्न लागिएको हो ।
प्रकाशित मिति:- 2014-08-01 21:33:27
काठमाडौं : संविधानसभा मातहतका महत्वपूर्ण समिति संवैधानिक राजनैतिक संवाद समिति तथा संविधान मस्यौदा समितिका सभापतिहरुले संविधान निर्माणले फड्को मारेको बताएका छन्। उनीहरुले संविधान निर्माणको काम कार्यतालिका अनुसार भइरहेको भन्दै एक महिनाको अविधिमा परिणाम देखिन थाल्ने दाबी गरेका छन्।
प्रकाशित मिति:- 2014-08-01 21:25:18
कुखुराको मासुमा ८० प्रतिशतसम्म ‘एन्टिबायोटिक’ औषधिको मात्रा भेटिएको छ ।पशु स्वास्थ्य निर्देशनालयअन्तर्गत भेटनरी जनस्वास्थ्य कार्यालयले असरा अन्तिममा मासुमा एन्टिबायोटिक औषधिको अवशेषबारे अध्ययन गरेको थियो । पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोग निकै हानिकारक मानिन्छ ।
प्रकाशित मिति:- 2014-08-01 20:39:42
ढिस्को खसेर भोटेकोशी नदी थुनिएको छ। सिन्धुपाल्चोकको पुरानो ब्यापारिक केन्द्र बाह्रबिसेसँग जोडिएको राम्चे-५ स्थित जुरे भन्ने ठाउँबाट ढिस्को खसेर शनिबार बिहान ३ बजेदेखि भोटेकोशी नदी थुनिएको हो। इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर जयश्वर रिमालले दिएको जानकारी अनुसार यतिबेलासम्म धन्नै एक किलोमिटर क्षेत्र भोटेकोशी नदी जमेर ताल बनेको छ।
प्रकाशित मिति:- 2014-08-01 11:49:45
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आउने तयारीसँगै सर्वसाधारणमाथि सास्ती सुरु भएको छ ।मोदी भ्रमणका नाममा सरकारले सुरक्षा सर्तकता बढाउने नाममा सुरक्षा व्यवस्था कडा पारेसँगै सर्वसाधारणको सास्ती सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-08-01 03:35:01
काठमाडौँ, १६ साउन । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धानमा सरकारी वकिलको कार्यालय काठमाडौले गुन्डानाइके रमेश बाहुनविरुद्ध लागू औषध अभियोगमा मुद्धा दायर गरेको छ ।काठमाडौ जिल्ला अदालतमा दायर गरेको मुद्धामा नेपाली सेनाका भगौडा बाहुनविरुद्ध १५ वर्ष कैद सजाय माग गरिएको छ ।
प्रकाशित मिति:- 2014-07-29 19:59:45
काठमाडौ । अन्तिम संस्कारका लागि १४ औं श्यामर रिन्पोचेको शव भुटानबाट आज काठमाडौ ल्याइएको छ । ड्रुक एयरको चार्टन बिमानबाट दिल्ली हुँदै उनको शव आज दिउँसो काठमाडौ ल्याउँदा त्रिभुवन बिमानस्थलमा हजारौ अनुयायी जम्मा भएका थिए । रिन्पोचेको जेठ २८ गते जर्मनीमा निधन भएको हो । जर्मनीबाट उनको शव भुटान लगिएको थियो
प्रकाशित मिति:- 2014-07-29 19:42:13
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनअघि नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति असक्षरशः पालना नभए सत्ता गठबन्धनमा संकट आउने संकेत गरेका छन् ।
प्रकाशित मिति:- 2014-07-28 20:15:44
काठमाडौ, १३ साउन । एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पक्षले ‘योजनाबद्ध ढंगले समानान्तर समिति गठन गरेको आरोप संस्थापनले लगाएको छ । भट्टराई पक्षले संस्थापनले एकपक्षीय रूपमा गठन गरेका समितिको प्रतिवाद गरेको जनाएको छ
प्रकाशित मिति:- 2014-07-28 01:17:12
एमालेले काठमाडौं उपत्यकाका तीन जिल्लालाई एउटै महानगरका रूपमा विकास गरी देशलाई ७२ जिल्लामा विभाजन गर्नुपर्ने धारणा अघि सारेको छ। पार्टीको स्थानीय विकास तथा भौतिक संरचना विभागले तयार पारेको अध्ययन प्रतिवेदनमा देश संघीय ढाँचामा पुनर्संरचना भएपछि तीन सय ३२ नगर र ६ सय ४४ गाउँपालिका बनाएर स्थानीय तह निर्माण गर्न सिफारिस गरिएको आजको अन्नपूर्ण पोष्टमा माधव ढुङ्गेलले समाचार लेख्नु भएको छ ।
प्रकाशित मिति:- 2014-07-27 23:14:22
पुर्वराजा ज्ञानेन्दैले पारसका नाममा चाकडी,चाप्लुसी बजाउने र उनलाई उक्साउनेहरुको लिष्ट तयार पार्दै तिनीहरुलाई निर्मल निवास वरीपरी आउन निषेध गरेको समाचार छ । पारसका साथी राजु सिंह उनलाई निकै बैंकक गएका बेला यता निर्मल निवासमा भने उनीसहित पारसका आसेपासे,साथीभाई र चाकडीबाजहरुको लिष्ट तयार पारिएको छ । हिमानीको सक्रियतामा पारसका कुलतका साथ र उनको आडमा राजनीति गर्न खोज्नेहरुको लिष्ट बनाइएको उच्च स्रोतले जनाएको छ । पुकार राणा,राजु सिंह,मीन बस्नेत लगायतका पारसका पुराना साथीहरुलाई अचेल राजकुमारी हिमानीले देख्न पनि चाहन्नन् ।
प्रकाशित मिति:- 2014-07-26 09:33:16
काठमाडौं, साउन १० लेखक तथा समीक्षक कृष्णकुमार लामा तामाङको समीक्षात्मक पुस्तक ‘तामाङ स्रष्टा र सिर्जनाहरु’ सार्वजनिक गरिएको छ । शनिबार बौद्धस्थित बौद्ध घ्याङ गुठीमा आयोजित समारोहमा नेपाल तामाङ घेदुङका पू्र्व अध्यक्ष धनप्रसाद तामाङले पुस्तक सार्वजनिक गरेका हुन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing