नेपाल समाचार

प्रकाशित मिति:- 2014-05-29 23:55:25
काठमाडौ, १६ जेठ । काठमाडौंको प्रहरी प्रमुखबाट हटाइएका रमेश खरेलको सरुवा सदर गर्ने या नगर्ने भन्ने विषयमा आज निर्वाचन आयोगको बैठक बस्दैछ । खरेलको सरुवालाई अनुमति दिने या नदिने भन्ने विषयमा छलफल गर्न आयोगले पूर्ण बैठक बोलाएको हो । यसअघि बुधबार बोलाइएको आचारसंहिता समितिको बैठक समेत निष्कर्षविहीन बनेको थियो ।
प्रकाशित मिति:- 2014-05-29 22:08:48
एमाओवादीले नेता बाबुराम भट्टराई पक्षलाई निर्वाचित पदमा नस्वीकारे केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी दिने भएको छ । संस्थापनले पदाधिकारीदेखि पोलिटब्युरोसम्म निर्वाचित भएका भट्टराई पक्षका नेताहरुलाई अझै पद स्वीकार्न गर्न आग्रह गर्ने भएको छ ।
प्रकाशित मिति:- 2014-05-28 23:15:54
सातौं गणतन्त्र दिवसका अवसरमा बुधबार राति शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति यादवले मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमार्फत जनताले संविधानसभाबाट संविधान निर्माण गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै जनता नयाँ संविधानको प्रतीक्षामा रहेको उल्लेख गरेका छन्। ‘दलहरुले कबुल गरेको समयावधिभित्रै नयाँ संविधान निर्माण गर्नुको विकल्प बाँकी छैन,' राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘किनभने छ–सात वर्षदेखि बाटो हेरिरहेका जनता अब बाचा र आश्वासन होइन, नयाँ संविधानकै प्रतीक्षामा छन्।'
प्रकाशित मिति:- 2014-05-28 03:06:32
नेपाल ब्युरो- जेठ १४, काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत बासगढिमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमतर्फ जार्दै गरेको लु १ ज ७३७ नम्बरको जिप र लु १ ख ४२१२ नम्बरको टिप्पर एक आपसमा ठक्कर खांदा उनिहरुको मृत्यु भएको हो । तिब्र गतिमा गईरहेको जिपलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रीत भई पल्टिदा टिप्पर चालक कपिलवस्तु गजेहडाका ३४ वर्षका राम चौधरी तथा जिपमा सवार स्थानीय २० वर्षका निसान सुनारको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-05-28 02:55:37
नेपाल ब्युरो- जेठ १४, काठमाण्डौं । सरकारले आजदेखि गणतन्त्र दिवस मनाउने भएको छ । हिजो बसेको गणतन्त्र दिवस मूल समारोह समितिले आजदेखि तीनदिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । मूल समारोह समितिले आज, भोलि र पर्सी विभिन्न कार्यक्रम गरि कार्यालय एवम् घरघरमा दीपावली गरी गणतन्त्र दिवस मनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति:- 2014-05-28 02:54:06
नेपाल ब्युरो- जेठ १४, काठमाण्डौं । सरकारले यसअघि विभिन्न पक्षसँग गरेका सहमति र सम्झौताको अध्ययन अन्तिम चरणमा पुगेको छ । संविधान निर्माण प्रक्रियालाई सहज बनाउन नेकपा माओवादी सहित अन्य दल र पक्षसँग भएका सहमतिका विषयमा संविधानसभाको संवैधानिक राजनीतक सम्वाद तथा सहमति सहमति अन्र्तगतको उपसमितिले अध्ययन गरिरहेको छ । सभासद पूर्णबहादुर खड्का नेतृत्वको उपसमितिको बैठक आज पनि बस्दैछ । बैठकमा दल विशेषसँग भएका सम्झौताको बारेमा अक्षरस अध्ययन गर्ने काम भइरहेका र उपसमिति प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुगेको समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-28 02:52:12
नेपाल ब्युरो- जेठ १४, काठमाण्डौं । महाधिवेसनको तयारीका विषयमा छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । अहिले बिहान ११ बजेपछि पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पेस हुनेछ । अध्यक्ष खनालले महाधिवेसनको तयारी बारेको भनाई सहित प्रतिवेदन पेस गरेपछि छलफलका लागि समय दिएर दस्तावेजमाथि छलफल हुनेछ । एक दिन केन्द्रीय कमिटीको बैठक स्थगन गरेर दतावेजमाथि छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-28 02:43:56
नेपाल ब्युरो- १४, काठमाण्डौं । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्किदै हुनुहुन्छ । भातीय नव–नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागि हुन नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री कोइराला दुईदिनको बसाईपछि आज काठमडौ फर्किन लाग्नु भएको हो । काठमाडौ फर्किनुअघि प्रधानमन्त्री कोईरालाले भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, काँग्रेस (आइ)का नेता करण सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:- 2014-05-27 08:22:34
नेपाल ब्युरो- जेठ १३, काठमाडौ । एकीकृत नेकपा माओवादीमा सहमति बमोजिम चुनावी प्रक्रियाबाट पदाधिकारी चयन भएको छ । मतदानको नतिजाअनुसार उपाध्यक्षमा पोष्टबहादुर बोगटी र नारायणकाजी श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा कृष्णबहादुर महरा विजयी हुनुभएको छ । यसैगरी तीन सचिवमा वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणी पोखरेल निर्वाचित हुनुभएको छ भने हरिबोल गजुरेललाई कोषाध्यक्षमा चयन हुनुभएको छ । पदाधिकारीमा सहमतिमा भए पनि औपचारिकताका लागि चुनाव भएको थियो ।
प्रकाशित मिति:- 2014-05-27 08:12:52
नेपाल ब्युरो- जेठ १३, काठमाडौ । संविधानसभाले तत्कालीन न्याय प्रणालीसम्बन्धी समितिको प्रतिवेदनको सहमतिलाई संविधान मस्यौदा समितिमा पठाएको छ । आज बसेको संविधानसभाको बैठकले निक्र्यौलसम्बन्धी प्रतिवेदनलाई मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो । असहमतिका विषयको निक्र्यौलम्बन्धी प्रतिवेदनलाई निर्देशनसहित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइएको छ ।
प्रकाशित मिति:- 2014-05-27 06:03:50
नेपाल ब्युरो- जेठ १३, काठमाडौ । करिब ७ महिना देखि रिक्त रहेका नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवाका लागि बढुवा समितीले नायब महानिरीक्षक (डिआईजीपी)को नाम सिफारिस गर्दै छ । गृहसचिब सुर्य सिलवाल संयोजक रहेको समितीले डिआईजीपी राजेन्द्रसिंह भण्डारी, दोस्रोमा सुरेन्द्रबहादुर शाह र तेस्रो नम्बरका विज्ञानराज शर्माको नाम सिफारिस गरेको छ । बाँकी ४ जनाको लागि गृहमन्त्रालयमा बढुवा समितीको बैठक बसिरहेको छ ।
प्रकाशित मिति:- 2014-05-27 04:47:35
नेपाल ब्युरो- जेठ १३ ,काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारको पहिलो प्राथमिकता संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्ने रहेको बताउनुभएको छ । आज भारतको नयाँ दिल्लीमा नवनियूक्त प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेटवार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्ने र त्यसपछि आर्थिक स्थायीत्व मार्फत विकासको बाटो खोल्ने रहेको बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-05-27 02:52:11
नेपाल ब्युरो- जेठ १३,एजेन्सी -अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै सन् २०१४ भित्र अमेरिकाले सबैभन्दा लामो समयसम्म लडेको युद्ध तार्किक रुपमा अन्त्य हुने बताउनुभएको छ । पुर्व घोषण बिना अफगानिस्तान पुगेका ओबामा काबुल बाहिरको बाग्राम हवाइ अड्डामा ओर्लदा अमेरिकी सैनिकहरुले स्वागत गरेका थिए । अमेरिकीहरुले लडाइमा ज्यान गुमाएका सैनिकहरुको सम्मानमा मेमोरियल डे मनाउने तयारी गरिरहदा राष्ट्रपति ओबामा अफगानिस्तान पुगेका हुन् । अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले उनीहरुको से
प्रकाशित मिति:- 2014-05-27 02:22:38
नेपाल ब्युरो- जेठ १३ ,काठमाडौ । सर्वोच्च अदालतका लागि स्थायी न्यायाधीशमा न्यायपरिषद्बाट सिफारिस भइ संसदीय सुनुर्वाबाट अनुमोदन भएका आठै जना न्यायाधीशको आज शपथग्रहण गर्ने भएका छन् । न्यायपरिषद्ले वैद्यनाथ उपाध्याय, चोलेन्द्र शमशेर राणा, गोविन्द उपाध्याय, दीपकराज जोशी, ओमप्रकाश मिश्र, गोपाल पराजुली, देवेन्द्रगोपाल श्रेष्ठ र जगदीश शर्मा पौडेललाई
प्रकाशित मिति:- 2014-05-27 02:14:02
नेपाल ब्युरो- जेठ १३ ,काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । हिजोबाट केन्द्रीय कार्यसमिति चयनका लागि मनोनयन दर्ता भइसकेको छ । केन्द्रीय सदस्यका २ सय १६ जनाले निर्वाचन प्रक्रियामा भाग लिनेछन् । काठमाडौमा जारी पहिलो महाधिवेशनमा हिजो विधान संशोधन गरी पारित गरिएपछि आज केन्द्रीय कार्यसमिति चयन गर्न लागेको हो ।
प्रकाशित मिति:- 2014-05-27 02:12:21
नेपाल ब्युरो- जेठ १३ ,काठमाडौ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । महासचिव अशोकनाथ प्याकुरेल समूहले अध्यक्ष आङबुहाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । हिजो ४२ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । क्यानको ८७ जना प्रतिनिधिमध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरे ४५ दिनभित्र साधारणसभा बोलाउनुपर्ने प्रावधान छ । जोहरा स्पोट्र्स म्यानेजमेन्टको व्यवस्थापनमा भएको एनपीएल क्रिकेटमा क्यानको संलग्नतालाई लिएर अशोकनाथ
प्रकाशित मिति:- 2014-05-26 05:07:09
नेपाल ब्युरो– जेठ १२, काठमाडौँ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी, परीवर्तनकारी एकै ठाउँ आउनु जरुरी रहेको बताउनुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले क्रान्तिकारी शक्तिको त्याग बिना एकता सम्भव नुहने पनि बताउनुभयो । शान्ति प्रक्रियामा आएपछि कम्यूनिष्ट पार्टी कमजोर भएको आफूले महशूस गरेको दाहालको भनाई थियो ।
प्रकाशित मिति:- 2014-05-26 04:36:25
नेपाल ब्युरो–जेठ १२, नवलपरासी । नवलपरासीमा हिजो साँझ परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । मृतक र घाईते सबै रामग्राम नगरपालिका वडा नम्बर १ सण्डास्थित शिवशंकर इट्टा
प्रकाशित मिति:- 2014-05-26 04:03:42
नेपाल ब्युरो –जेठ ११, एजेन्सी । भारतीय नव नियुक्ति प्रधानमन्त्री नेरेन्द्र मोदीले आज प्रधानमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । युसअघि नै राष्ट्रपतिले नियुक्त गरिसकेका मोदीले आज विशेष समारोहका साथ सपथग्रहण गर्ने भारतीय संचार माध्यमले जनाएका छन् । नयाँ दिल्लीको सुरक्षा व्यवथा कडा पारिएको छ । सपथग्रहणमा मोदीले पाकिस्तानी प्रधानमन्त्री सरिफ तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य मुलुकका सरकार प्रमुखहरूलाई आफ्नो सपथग्रहण कार्यक्रममा आमन्त्रण गरेका छन् ।
प्रकाशित मिति:- 2014-05-26 03:04:14
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जारी प्रथम महाधिवेशनमा आज बन्द सत्र जारी रहने भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्द सत्रमा आज नयाँ नेतृत्व चयन बारे छलफल हुने राप्रपा नेपालले् जनाएको छ । यसअघि हिजो अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनितीक प्रतिवेदनमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति:- 2014-05-26 02:50:37
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेका आठ न्यायाधीशका विषयमा निर्णय गर्न आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ । न्यायापरिषदले सिफारिस गरेका ८ जनाको हिजो सनुवाई सकिएको छ । हिजो एकै दिन चार जनाको सनुवाई भएको थियो । गएको बुधवार उजुरी कर्ताहरुसँग बयान लिएको समितिले शुक्रवारदेखि प्रस्तावित न्यायधीशको सुनुवाई गरेको हो ।
प्रकाशित मिति:- 2014-05-26 02:34:38
नेपाल ब्युरो –जेठ ११,काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारतको दिल्ली प्रस्थान गर्नुभएको छ । मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका सिलसिलामा उहाँ आज बिहान १३ सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । आज सपथग्रहण समारोहमा सहभागि भएपछि भोलिदेखि कोइरालाको भेटवार्ता सुरु हुनेछ ।
प्रकाशित मिति:- 2014-05-25 03:42:41
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं । राप्रपा नेपालको महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु भएको छ । आजको बन्दसत्रमा पार्टीको भावी कार्यनीति सहित अध्यक्ष कमल थापाले राख्नुभएको राजनीतिक प्रस्तावका विषयमा छलफल भईरहेको छ ।
प्रकाशित मिति:- 2014-05-25 03:09:30
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका लागि आज निर्वाचन हुने भएको छ । दिउँसो साढे १२ बजे तय गरिएको निर्वाचनमा सबै उम्मेदवार सबै मतदाता भएको नयाँ विधी बनाइएको छ । एकीकृत माओवादीको निर्वाचन समितिले तय गरेको प्रावधानअनुसार १ सय ५१ केन्द्रीय सदस्य उम्मेदवार र मतदाता दुवै हुन पाउनेछन् ।
प्रकाशित मिति:- 2014-05-25 02:57:00
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं । संसदीय विशेष सनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाई आज पनि चलिरहेको छ । प्रस्ताबित ८ जना न्यायाधीश मध्ये समितिले २ दिनमा ४ जनाको सुनुवाई गरेको छ । आज एकै दिन ४ जनाको सनुवाई गर्ने समितिले जनाएको छ । समितिले हिजो न्यायधिश दिपकराज जोशी र गोबिन्दकुमार उपाध्यायको सुनुवाई गरेको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing