नेपाल समाचार

प्रकाशित मिति:- 2014-07-11 02:58:49
नेपाल ब्युरो–असार २७,काठमाडौ । संयुक्त राष्ट्रसघको आह्वानमा हरेक बर्ष जुलाई ११ मा मनाइदै आएको विश्व जनसंख्या दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् । यसवर्ष जनसंख्या दिवसको नारा ‘युवामा लगानी गरौं’ भन्ने राखिएको छ ।
प्रकाशित मिति:- 2014-07-10 08:44:43
नेपाल ब्युरो–असार २६, काठमाडौँ । उपत्यकाको तीन जिल्लामा दैनिक १८ वटा आपराधिक घटना हुने गरेको तथ्यांकले देखाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयको वाषिर्क आपराधिक विश्लेषणमा आपराधिक घटना संख्याका दृष्टिले जेठ महिना सबैभन्दा खराब देखिएको छ । आयुक्त कार्यालयको प्रतिवेदन अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा २०७० ०७१ को जेठसम्म ६ हजार १ सय १० वटा आपराधिक घटना प्रहरीसम्म आइपुगेको थियो । जसलाई दैनिक रुपमा विभाजन गर्दा प्रतिदिन १८ वटा घटना घट्ने गरेको देखिन्छ ।
प्रकाशित मिति:- 2014-07-10 08:19:25
नेपाल ब्युरो–असार २६, काठमाडौँ । नेकपा एमाले को नवौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीले आज उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपालको प्रस्तावकमा नितेश नन्दन मिश्र र समर्थकमा रामकुमार भट्टराई तथा ओलीको प्रस्तावकमा कृष्णगोपाल श्रेष्ठ र समर्थकमा डा राजन भट्टराई रहनुभएको छ । ओलीले पहिला उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रकाशित मिति:- 2014-07-10 07:34:21
नेपाल ब्युरो– असार २६, काठमाडौँ । केशवप्रसाद मैनाली नेतृत्वको चुरेभावर राष्ट्रिय पार्टी र बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरेभावर राष्ट्रिय एकता पार्टीबीच एकता भएको छ । विभाजनको झन्डै चार वर्षपछि दुई चुरे भावर पार्टीबीच पुनः एकता भएको हो ।
प्रकाशित मिति:- 2014-07-10 05:56:18
नेपाल ब्युरो–असार २६, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला उपचारका क्रममा विदेशमै रहेका बेला नेपाल सरकारले यही असार २९ गते आइतबार आर्थिक वर्ष २०७१–०७२ को बजेट सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकमा अर्थमन्त्री डा रामशरण महतले आर्थिक सर्वेक्षण पेश गरेपछि बजेटका लागि बाटो खलेको हो ।
प्रकाशित मिति:- 2014-07-10 05:16:39
नेपाल ब्युरो– असार २६, चितवन । चितवनमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
प्रकाशित मिति:- 2014-07-10 02:25:14
काठमाडौं, २६ असार । काँकेका सबैजसो सभासद्ले घरकै मान्छेलाई पीए राखेका छन्। इमानदार कार्यकर्ताको चित्त दुखाउ दै सभासद्ह ले आफन्तलाई नै पीए राखेर अधिकृत सरहको सेवा सुविधा घरभित्रै हुल्ने काम गरेका छन्। श्रीमती, छोरा, भाइ, बुहारी, भतिजी, श्रीमान्लाई पीए राखेर सभासद्ह ले इमानदार कार्यकर्ताको मन दुखाएका हुन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एमालेका क्षेत्र नं. २ बाट विजयी सभासद् दिनेश यादवले मात्रै परिवारभन्दा बाहिरका मान्छेलाई पीए राखेको पाइएको छ। प्रधानमन्त्री कोइरालाले विराटनगरका लक्ष्मण ढकाल र यादवले कार्यकर्ता सोहन यादवलाई पीए राखेका छन्।
प्रकाशित मिति:- 2014-07-09 05:47:15
नेपाल ब्युरो– असार २५, काठमाडौ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभासदहरुले मागेको पाँच करोड दिन नहुने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उक्त रकम सभासदलाई दिँदा भ्रष्टाचार बढ्ने जिकीर गर्नुभयो । स्थानीय निकायसमेत नभएका बेला सभासदलाई विकासका नाममा पाँच करोड दिँदा त्यसको दुरुपयोग हुने भन्दै कोइरालाले सभासदलाई रकम दिन नहुने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-07-09 05:32:10
नेपाल ब्युरो–असार २५, काठमाडौँ । रोजगारीका लागि ओमान पुगेर अलपत्र परेका ६ जना नेपाली मंगलबार स्वदेश फर्किएका छन् । उनीहरूलाई ओमानको मस्कटस्थित नेपाली दुतावासले उद्धार गरी स्वदेश फिर्ता पठाएको हो । स्वदेश फर्कनेमा रुपन्देहीका बृजमोहन लोध, राम गरेश लोध, भगौती प्रसाद चमार, मोरङका याचक बहादुर मगर, महोत्तरीका पाटीराम ठाकुर र धनुषाका दिनेश महरा रहेका छन्। ।
प्रकाशित मिति:- 2014-07-09 05:12:03
नेपाल ब्युरो– असार २५, बाँके । सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । कोहोलपुरबाट चिसापानीतर्फ जाँदै गरेको भे २ प ८१२३ नम्बरको मोटरसाइकलले गाईको बाच्छीलाई ठक्कर दिँदा गएराति चिसापानी ४ का २३ वर्षिय कृष्णबहादुर बुढाको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-07-09 03:20:30
नेपाल ब्युरो–असार २५,काठमाडौ । पाँच दिनदेखि जारी नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । आजको बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले पेश गरेका छुट्टाछुट्टै राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आआफ्नो भनाई राख्ने क्रम जारी रहनेछ ।
प्रकाशित मिति:- 2014-07-09 03:16:34
नेपाल ब्युरो–असार २५, काठमाडौँ । अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालाको भोली अन्तिम रेडियोथेरापी हुनेभएको छ । हिजो चौथो चरणको रेडियोथेरापी लिनुभएको थियो । चिकित्सकको सुझाव अनुसार अब भोली अन्तिम रेडियोथेरापी गरिनेछ । त्यसपछि केही दिन आराम गरेर पुनः स्वास्थ्य परिक्षण गरेपछि चिकित्सकले प्रधानमन्त्री कोइरालाको क्यान्सरको थप उपचारबारे निर्णय गर्ने बताइएको छ ।
प्रकाशित मिति:- 2014-07-09 03:00:11
नेपाल ब्युरो–असार २५,काठमाडौ । सरकारको कामकारवाही, बजेट, आगामी महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो तीन बजेपछि बस्नेबैठकमा सरकारको कामकारवाही, बजेट, आगामी महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति:- 2014-07-09 02:55:51
नेपाल ब्युरो–असार २५, काठमाडौँ । नेकपा एमालेको जारी नवौँ महाधिवेसनमा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । आज विधान संसोधनको प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया अगाडी बढाइएनेछ । सचिव युवराज ज्ञवालीले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा १५ जनासम्म पदाधिकारी बनाउने प्रस्तावलाई अधिकांश टोलीबाट घटाउन सुझाव दिएपछि संसोधन प्रस्ताव पारित भएको छैन ।
प्रकाशित मिति:- 2014-07-08 01:59:18
एमालेभित्र पुस्ता हस्तान्तरणको मुद्दा चलीरहेका बेला केन्द्रीय कमिटिमा आउन आकांक्षी युवाको संख्या पनि बढेको छ । अध्यक्षका उम्मेदवार बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीले पनि आ-आफ्ना प्यानलमा युवा प्रतिनिधित्वलाई जोड दिन थालेको छन् ।
प्रकाशित मिति:- 2014-07-07 23:53:39
विराटनगर, २४ असार । नेपाली कांग्रेसका सभासद् अमृत अर्यालले आफ्नो निर्वाचन क्षेत्र मोरङ ५ का सामुदायिक विद्यालयबाट यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ पास भएका १११ विद्यार्थीलाई साइकल बाँडेका छन्।
प्रकाशित मिति:- 2014-07-07 23:05:25
सप्तरी, २४ असार । छोरी जन्मेको झुटो दोषमा घरेलुहिंसा सहन बाध्य सप्तरीको ठेलिया–७ गोरपारकी १८ वर्षीया मनिता कुमारी खङ्गले सोमबार जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गरेकी छन् ।मनिताले पति देवनारायण, ससुरा लक्ष्मण, सासू सरस्वती र जेठाजु सुरजा खङ्गबाट घरेलु हिंसा भएको भन्दै मुद्दा दर्ता गरेकी हुन् ।
प्रकाशित मिति:- 2014-07-07 22:55:21
२३ असार काठमाडौं । तपाई सार्वजनिक माइक्रो बसमा चढ्नुभएको छ र कुनै विषयमा चित्त बुझेन भने सहचालकको जवाफ पाउनुहुन्छ, ‘त्यस्तो सुविधा चाहिने भए आफ्नै गाडीमा जाऊ । होइन भने ट्याक्सीमा जाऊ ।’
प्रकाशित मिति:- 2014-07-07 04:12:56
नेपाल ब्युरो–असार २३,काठमाडौँ । पुर्व राजा ज्ञानेन्द्र शाहले आज आफ्नो ६८ औ जन्मदिन मनाउँदै हुनुहुन्छ । यस अवसरमा निर्मल निवास महाराजगञ्जमा उहाँले आफ्ना शुभेच्छुकहरुबाट शुभकामना लिने कार्यक्रम रहेको छ । पुर्व राजालाइ शुभकामना दिन सर्वसाधारण बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास जानसक्ने शुध जन्मोत्सव समारोह समितिले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-07 04:04:11
नेपाल ब्युरो–असार २३, काठमाडौं । नेपाल र भारतमा आलोपालो आवधिक रूपमा सञ्चालन हुँदै आएको नेपाल—भारत द्विपक्षीय परामर्श समूहको सुरक्षासम्बन्धी बैठक आज सकिदैछ । बैठकमा यसअघि भएका निर्णयको प्रगति समीक्षा र आगामी वर्षमा हुने आपसी सहयोग सम्बन्धमा छलफल भइरहेको छ । आज नेपाल—भारतबीचको द्विपक्षीय सुरक्षा सरोकारलगायत सैन्य सामग्री, तालिम तथा सूचना आदानप्रदानका विषयमा पनि छलफल हुने कार्यक्रम छ ।
प्रकाशित मिति:- 2014-07-07 02:56:05
नेपाल ब्युरो–असार २३,काठमाडौ । आफू नै अध्यक्ष भएको घोषणा गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टिका बरिष्ठ नेता लोकेन्द्रवहादुर चन्दले केन्द्रीय समितिको बैठक आह्वान गर्नुभएको छ । बैठक पार्टी नेता बालाराम घर्ती मगरको ललितपुरस्थित निवासमा दिउँसो ३ बजे बस्नेछ । पूर्व सहमतिलाई लत्याउँदै नेता सूर्यवहादुर थापाले पशुपति शम्शेर राणालाई अध्यक्षको जिम्मेवारी दिएपछि राप्रपामा थप विवाद चुलिदै आएको छ ।
प्रकाशित मिति:- 2014-07-07 02:41:52
नेपाल ब्युरो–असार २३, काठमाडौँ । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा आजदेखि नीतिगत विषयमा छलफल सुरु भएको छ । हिजो विभाजन गरिएका समुहमा बन्दसत्रमा पेश भएका प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको हो । हिजो चयन समुहले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन, सचिव युवराज ज्ञवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नेछ ।
प्रकाशित मिति:- 2014-07-06 21:17:08
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच संयुक्त प्यानल निमार्ण गरेर नवौं महाधिवेशनमा प्रतिस्प्रर्धामा जाने सहमति भएको छ । खनाल निवास डल्लुमा आइतबार भएको छलफलमा अध्यक्षका प्रत्यासी नेपाल र खनालबस्च यस्तो सहमति भएको आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:- 2014-07-06 06:55:11
सोलुखुम्बु- अक्सिजनको सिलिन्डर पडि्कँदा सोलुखुम्बुको सोताङ वडा नं ६ धोद्रेमा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। आज बिहान स्थानीय भुवनसिंह राईको घरमा राखिएको सिलिन्डर बिष्फोट हुँदा स्थानीय चमारे तामाङकी २६ वर्षीया पत्नी पिडिली तामाङ र भुबनसिंह राईका ८ वर्षीय छोरा शक्ति राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:- 2014-07-06 05:32:34
प्रेमिकाले धोका दिएपछि खोटाङका एक युवाले प्रेमिकालाई दिएको रकम फिर्ता लिएका छन् । प्रेमिकाबाट धोका पाएपछि हाल मलेसियामा काम गर्दै आएका नुनथला-८ का सुबोध राईले विभिन्न समयमा प्रेमिकालाई पठाइदिएको रकम फिर्ता लिएका हुन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing