नेपाल समाचार

प्रकाशित मिति:- 2014-05-19 22:39:52
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं । एउटै परिचयपत्रमा व्यक्तिको सबै परिचय समावेश भएको स्मार्ट परिचयपत्रको बोलपत्र रद्ध भएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एशियाली विकासको मागअनुसार बोलपत्र रद्द गरेको हो । परिचयपत्र निर्माणमा आर्थिक सहयोग गरेको एडीबीले बोलपत्र नै रद्द गर्न दवाव दिएपछि केन्द्रले हालसम्म भएको प्रकृयालाई रद्द गरेको हो ।
प्रकाशित मिति:- 2014-05-19 22:33:38
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं । नेपाली राहदानी बङगलादेशमा लगेर विक्री गर्ने नेपाली गिरोहलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीमा संलग्न संस्थाको आडमा १४ थान नेपाली राहदानी बिक्री गर्ने खोटाङ दिक्तेलका ४७ वर्षीय कुमार पुरी र सङखुवासभाका ४३ वर्षीय पूर्णबहादुर मगरलाई पक्राउ गरेको तथा अर्का अभियुक्त देवीप्रसाद काङ्खले भने फरार रहेको जनाएको छ ।
प्रकाशित मिति:- 2014-05-19 07:52:13
नेपाल ब्युरो–जेठ ५, काठमाडौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डिभी र पीआरमुक्त प्रशासन बनाई छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री पण्डितले कसैको हस्तक्षेप र धम्की आए पनि जुनसुकै हालतमा प्रशासनलाई डीभी र पीआरमुक्त गराएरै छोड्ने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-05-19 06:44:41
नेपाल ब्युरो–जेठ ५, सोलुखुम्बु । सीमा प्रशासन कार्यालय सोलुखुम्बु नाम्चेले गृह मन्त्रालयको निर्णयअनुसार हिउँ पहिरोमा परी मृत्यु भएका सातजनाको परिवारलाई क्षतिपुर्ति वितरण गरेको छ । गएको वैशाख ५ गते हिउँ पहिरोमा परी मृत्यु भएका सातजनाको परिवारलाई क्षतिपूर्ति वितरण गरेको हो ।
प्रकाशित मिति:- 2014-05-19 04:46:29
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले मुलुक भ्रष्टाचारको जालोभित्र फसेको भन्दै यसलाई समयमै निर्मूल गर्न नसके भयावह रुप लिने चेतावनी दिनुभएको छ । पर्यटन व्यवसायीको आन्दोलनमा ऐक्यवद्धव जनाउन आज भृकुटीमण्डपमा पुग्नुभएका भट्टराईले नेपाललाई भ्रष्टाचारजन्य क्यान्सरले सताएको भन्दै यसलाई समयमै निर्मूल गर्न नसके भयावह रुप लिने चेतावनी दिनुभएको हो ।
प्रकाशित मिति:- 2014-05-19 04:35:00
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ । नेता बाबुराम भट्टराईले राखेको सात बुँदे माग र पदीय विभाजनका विषयमा छलफल गर्न एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहन भएको वार्तामा ५ सदस्सीय केन्द्रिय पदाधिकारी राख्ने तथा स्थायी तथा पोलिटव्युरो मध्य एक मात्र निकाय राख्ने सहमती भएको बताईएको छ ।
प्रकाशित मिति:- 2014-05-19 04:07:27
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ । संविधानसभा बाहिर रहेका दलहरुलाई संविधान लेखन प्रक्रियामा ल्याउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितीले उपसमिति गठन गरेको छ । सिंहदरबारमा आज बिहान बसेको समीति वैठले समिति सदस्य पुर्णबहादुर खण्डकको संयोजकत्वमा नौ सदस्य उपसमिति गठन गरेको हो । उपसमितिलाई संविधानसभा बाहिर रहेका दलहरुलाई औपचारीक तथा अनौपचारीक वार्ता गर्दै संविधान लेखन प्रक्रियामा सहभागि गराउने खाका तयार पार्न १५ दिनको समय दिईएको छ ।
प्रकाशित मिति:- 2014-05-19 04:01:00
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ । संविधानसभाका अन्र्तबस्तुमा छलफल गर्न संविधानसभाको बैठक आज पनि बस्दैछ । संविधानसभाको आजको बैठकमा राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिका विषयमा छलफल हुनेछ । ती प्रवेदन हिजो संविधान अध्यन तथा निक्र्योल समितिले संविधानसभामा पेस गरेको हो ।
प्रकाशित मिति:- 2014-05-19 03:44:26
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा न ११ तिखामा हिजो बेलुकी भएको ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय दिपायलले दिएको जनाकारी अनुसार क्षेत्रीय सदरमुकाम दिपायलबाट मौवातर्फ जाँदै गरेको भे १ त ४०६६ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।
प्रकाशित मिति:- 2014-05-19 02:58:47
नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ । दुग्ध विकास संस्थान (डिडिसी) ले दुधको मूल्य सुटुक्क बढाएको छ । १ जेठबाट संस्थानले हरियो प्याकेटको दुधको मूल्यमा २ रुपैयाँ वृद्धि गरी प्रति लिटर ७० रुपैयाँमा बिक्री गरिरहेको हो । संस्थानले गाईको शुद्ध दुध (काऊ मिल्क) को भाऊ समेत बढाएको छ । संस्थान प्रवक्ता गिरिधर बज्राचार्यका अनुसार काऊ मिल्कको भाऊ प्रतिलिटर चार रुपैयाँ वृद्धि गरी ६४ रुपैयाँ पुर्याइएको छ ।
प्रकाशित मिति:- 2014-05-18 07:42:34
नेपाल ब्युरो–जेठ ४, काठमाण्डौं । युक्रेनमा राष्ट्रपति निर्वाचनका क्रममा २० लाख मतदाता जोखिममा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति पदको निर्वाचनका समयमा मुलुकको पूर्वी भागमा विद्रोहीको क्षेत्रमा सुरक्षा व्यवस्था गर्न सरकार असफल भए करिब २० लाख जनतालाई मतदान गर्न नदिन सकिने चेतावनी निर्वाचन निकायले दिएको छ । केन्द्रीय निर्वाचन आयोगले पूर्वी दोनेत्स्क तथा लुगान्स्क क्षेत्रमा मे २५ मा निर्वाचन गराउन असम्भव हुने जानकारी दिएको छ । यहाँ रसिया समर्थक विद्रोहीले किभको शासनविरुद्ध सङ्घर्ष गरिरहेका छन् र आफ्नै स्वतन्त्र गणतन्त्रको घोषणा गरेका छन् ।
प्रकाशित मिति:- 2014-05-18 07:09:31
नेपाल ब्युरो–जेठ ४, काठमाडौ । नेपाल र भुटानबीच सातामा २१ उडान भर्ने सम्झौता भएको छ । भुटानको राजधानी थिम्पुमा हिजो उडान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । यस सम्झौताबाट दुई देशबीच दैनिक तीन उडान भर्न सकिने छ । सन् २००४ मा भएको सम्झौतालाई पुनरावलोकन गरी नयाँ व्यवस्था गरिएको हो ।
प्रकाशित मिति:- 2014-05-18 06:57:47
नेपाल ब्युरो–जेठ ४ काठमाडौ । राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका अध्यक्ष कमल थापाले अब बन्ने संविधान जनताको साझा दस्तावेज बन्नुपर्ने बताउनु भएको छ । राप्रपा नेपाले आजदेखि राजधानीमा सुरु गरेको घरदैलो कार्यक्रमको सुरुवात गदै अध्यक्ष थापाले सहमति र समझदारीमा संविधान बने मात्रै टिकाउ हुने बताउनु भयो ।
प्रकाशित मिति:- 2014-05-18 06:45:06
नेपाल ब्युरो–जेठ ४, काठमाडौ । न्याय परिषदले सर्वोच्च अदालतका लागि गरेको न्यायाधीश सिफारिसको निर्णय पुर्नविचार गर्न नसकिने जनाएको छ । संसदीय सुनुवाई विशेष समितिलाई पत्र पठाएर परिषदले एक पटक सिफारिस भइसकेका न्यायाधीशहरुबारे पुर्नविचार गर्न कानुनअनुसार नमिल्ने प्रष्ट पारेको छ । साथै परिषदले सिफारिस भएका न्यायाधीशहरु स्वीकृत वा अस्वीकृत गर्ने जिम्मा संसदीय सुनुवाई समितिकै भएको जनाएको छ ।
प्रकाशित मिति:- 2014-05-18 06:23:57
नेपाल ब्युरो–जेठ ४, काठमाडौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको ८ स्थायी न्यायाधिश सिफारिस गर्दा न्याय परिषदले विचार पुर्याएर काम गरेको बताउनुभएको छ । आज बिहान कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै पौडेलले बिना प्रमाण स्वतन्त्र न्यायालयमाथि प्रश्न उठाउन उचित नभएको जिकीर समेत गर्नुभयो ।
प्रकाशित मिति:- 2014-05-17 08:38:17
नेपाल ब्युरो- जेठ ३, काठमाडौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बार्गेनिङग छाडेर कामको मूल्यांकन गर्ने बेला आएको बताउनुभएको छ । बैतडीमा आज आयोजित छलफलमा बोल्नुहुँदै पौडेलले आफ्नै पार्टीका दुई शीर्ष नेताबीचको झगडाको सजाय आफूले पाएको भन्दै दुख व्यक्त गर्नुभयो । सभापति सुशील कोईराला र बरिष्ठ नेता शेरबहादुर देउवाबीचको झगडाको सजाय आफूले पाएको उहाँको भनाई छ । कार्यक्रममा उपस्थित जिल्लाका नेता कार्यकर्ताले आन्तरिक गुटबीचको झगडा मिलाउन माग गरेपछि उहाँले यस्तो अभिब्यक्ति दिनुभएको हो ।
प्रकाशित मिति:- 2014-05-17 05:47:33
नेपाल ब्युरो- जेठ ३, काठमाडौ - जनकपुरको विद्यापती चोकमा मनीचेञ्जरबाट करिब १० लाख रुपैयाँ लुटपाट भएको छ । आज दिउँसो तीन जनाको समूहले रेजा मनीचेञ्जरका सञ्चालक मोहम्मद हमिद रेजलाई चक्कु प्रहार गरी १० लाख रुपैयाँ लुटेका हुन् । उनको जानकी हेल्थ केयर सेन्टरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-05-17 05:37:51
नेपाल व्युरो- जेठ ३, काठमाडौ - गृहकार्य नपुगेको भन्दै एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । बिराटनगर सम्मेलनबाट केन्द्रीय समिति अस्विकार गरेका बाबुराम भट्टराई पक्षधरलाई समेत समेटेर केन्द्रीय समिति सुचारु गर्ने योजना सफल हुन नसके पछि बैठक जेठ ५ गते सम्मका लागि स्थगित भएको हो । आज केहीबेर बैठक बसी पर्सीसम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य भरत साहले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-17 05:09:03
नेपाल ब्युरो- जेठ ३ , काठमाडौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पाटीभित्र गुटबन्दी मौलाउँदै गएको बताउनुभएको छ । प्रजातान्त्रिक बिचार समाजको २० औं स्थापना दिवसमा अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै केसीले पार्टीभित्र बिचारले भन्दा गुटले प्राथमिकता पाउने गरेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।
प्रकाशित मिति:- 2014-05-17 04:59:56
जेठ ३, एजेन्सी । भारतका प्रधानमन्त्री मनमोहन सिंहले पदबाट राजिनामा दिएका छन् । चुनावमा सत्तारुढ काँग्रेस आईको शर्मनाक पराजय र विपक्षी भारतीय जनता पार्टीको शानदार विजयपछि प्रधानमन्त्री सिंहले राजिनामा दिएका हुन् । राष्ट्रपति प्रणव मुखर्जीले सिंहको राजिनामा स्वीकृत गरेको भारतीय संचार माध्यमले जनाएका छन् । दशवर्षदेखि भारतको प्रधानमन्त्री रहेका थिए ।
प्रकाशित मिति:- 2014-05-17 04:51:27
नेपाल ब्युरो- जेठ ३,नवलपरासी पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको लोकाहा ओरालोमा गएराति मोटरसाइकल दुर्घटना हुदा नेपाली कांग्रेस नवलपरासीका कोषाध्यक्ष चन्द्रबहादुर आलेको मृत्यु भएको छ । कावासोतीबाट गैडाकोट जाँदै गरेको ना ११ प ५३९२ नम्बरको मोटरसाईल दुर्घटना हुदा कोषाध्यक्ष आलेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । दुर्घटना लगतै घाईतेको उपचारका लागि दलदलेको देवचुली अस्पतालमा पु¥याइएको थियो ।
प्रकाशित मिति:- 2014-05-17 04:40:45
नेपाल ब्युरो- जेठ ३ , नवलपरासी । पौडी खेल्ने क्रममा खोलामा डुवेर दुई जना बालकहरुको ज्यान गएको छ । नवलपरासी कावासोती ८ सिता गाउ निवासी वर्ष ९ का अभिषेक महत्तो र वर्ष ७ का महिमा महत्तोको बाडखोलमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । हिजो मृत्यु भएका दाजु वहिनीको शव परिक्षणका लागि दुम्कौली उपस्वास्थ्य चौकीमा लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-05-17 04:29:19
नेपाल ब्युरो- जेठ ३,सर्लाही - गाँजा सेवन गरिरहेको अवस्थामा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाट प्रहरीले दुई जनालाई पक्रउ गरेको छ । लालबन्दी १ को मरिण जाने बाटोबाट गाँजा सेवन गरेर हो–हल्ला गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबन्दी १ का २० वर्षीय सुदन श्रेष्ठ र लालबन्दी २ का २१ वर्षीय दिपेश गोले रहेका छन् । सार्वजनिक सडकमा गाँजा सेवन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उ
प्रकाशित मिति:- 2014-05-17 04:10:00
नेपाल ब्युरो- जेठ ३,रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा एक किसानले व्यवसायिक तरकारी तथा केरा खेतीबाट राम्रो आम्दानी गरेका छन् । चन्द्रनिगाहपुर ५ थलाही टोलका विश्वेश्वर प्रसाद कुश्वाहले ४ विगाहमा तरकारी तथा केरा खेति गरेर बार्षिक लाखौको आम्दानी गर्दै आउनु भएको छ । उहाले २ विगाहामा केरा खेति गर्नुभएको छ । प्रति कठ्ठा केराबाट बार्षिक ३० हजार रुपैयाँकमाई हुने हुने गरेको छ । केराको बजार राम्रो भएकाले व्यापारी खेतमा नै लिन आउने गरेको कुश्वाहाले बताउनुभयो । केराबाट बार्षिक १२ लाखको आम्दानी हुने गरेको उहाको भनाई छ ।
प्रकाशित मिति:- 2014-05-17 03:49:07
नेपाल ब्युरो -जेठ ३, सिन्धुली । सिन्धुली–विश्वविद्यालय अनुदान आयोगले सिन्धुली बहुमुखी क्याम्पसको विविद्य पक्षहरुको अनुगमन तथा मुल्याङकन गरिरहेको छ । गुणस्तर सुनिश्चितता प्राप्तीका लागि अनुगमन तथा मुल्याङकन गर्न आएका प्राध्यापक डाक्टर ईश्वरप्रसाद उपाध्यायको टोलीले वैशाख ३० गतेदेखि जेठ ४ गतेसम्म क्याम्पसका शैक्षिक गुणस्तर, भौतिक सुधार, प्रशासनिक सुधार लगायतका विषयमा अध्ययन गर्ने भएको हो । क्याम्पसको सम्पूर्ण पक्षहरुको अनुगमन गरी गुणस्तरीय सुनिश्चितताको लागि सुझाब सल्लाह र पृष्ठपोषण गरिने भएको छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing