नेपाल समाचार

प्रकाशित मिति:- 2014-05-25 02:45:02
नेपाल ब्युरो–जेठ ११, काठमाण्डौं । भारत भ्रमणमा जानुअघि छलफलमा जुट्नु भएका प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादिसंग आज भेटवार्ता गर्नुभएको छ । हिजो राष्ट्रपति डा. रामवरण यादव सहित विभिन्न दलका नेता, परराष्ट्रविज्ञसँग कोइरालाले छलफल गर्नुभएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष एकीकृत माओवादी र मधेस केन्द्रित दलसँग छलफल भएको कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-24 06:18:23
नेपाल ब्युरो –जेठ १०, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले सोमबार गर्न लागेको भारत भ्रमणबारे कुटनीतिक क्षेत्रमा लामो अनुभव संगालेकाहरुसँग आज छलफल गर्नुभएको छ । कोइराला भारतमा नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली जाँदै हुनुहुन्छ । मोदीको सपथ समारोहमा भारतले सार्क राष्ट्रका सबै सरकार प्रमुखलाई निम्ता गरेको छ ।
प्रकाशित मिति:- 2014-05-24 03:49:23
नेपाल ब्युरो–जेठ १०, काठमाण्डौं । संसदिय सुनुवाई विशेष समितिमा आज पनि सर्वोच्च अदालतका स्थायी न्यायाधिसका लागि सिफारिस भएकाहरुसँग सुनुवाइ जारी रहने भएको छ । आज दिउँसो २ बजे बस्ने समितिको बैठकले न्यायाधिस दिपकराज जोशीसँग सुनुवाइ गर्ने भएको हो । समय भएमा अर्का एकजनालाई पनि बोलाउन सकिने समिति सदस्य अष्ट लक्ष्मी शाक्यले जानकारी दिनुभयो । यसअघि हिजो संसदिय सुनुवाई समितिमा गोपाल पराजुली र वैद्यनाथ उपाध्यायसँग छलफल गरिसकेको छ । संसदिय सुनुवाइका लागि ३५ दिनको म्याद रहेकाले मंगलबारसम्म समितिले सुनुवाई गरिसक्नु पर्ने हुन्छ ।
प्रकाशित मिति:- 2014-05-24 03:31:51
नेपाल ब्युरो–जेठ १०, काठमाडौँ । राष्ट्रियता प्रजातन्त्र र सनातन धर्मको रक्षा गर्दै अबको गन्तब्य आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ राप्रपा नेपालको पहिलो महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदैछ । पार्टिका अध्यक्ष कमल थापाले दिउँसो १ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको राप्रपा नेपालले जनाएको छ ।
प्रकाशित मिति:- 2014-05-24 03:05:26
नेपाल ब्युरो–जेठ १० काठमाण्डौँ । एकीकृत नेकपा माओवादीले आज पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको चयन गर्ने भएको छ । नेताहरुबीच सहमति हुन नसकेपछि एकीकृत नेकपा माओवादीले चुनावी प्रक्रियाबाट चयन गर्ने भएको हो । निर्वाचनका लागि पाटी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अहिले केन्द्रीय समिति बैठक बसिरहेको छ ।
प्रकाशित मिति:- 2014-05-23 04:09:13
नेपाल ब्युरो– जेठ ९, काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा सिफारिस ८ जना न्यायाधीशसँग सुनुवाई सुरु गरेको छ । मुख्य तीन दलबीच सहमति भएपछि स्थायी न्यायाधीशमा सिफारिस ८ जनाको सुनुवाई सुरु भएको हो । सुनुवाईमा बोल्दै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वैद्यनाथ उपाध्यायले बालकृष्ण ढुंगेलको मुद्दाबारे पुनरावेदन अदालतबाट फैसला सुनाउने बेलामा ढुंगेलसँग पैसा माग्ने तागत कसैको नरहेको बताउनुभएको छ । आफू सम्पन्न परिवारको व्यक्ति रहेको र न्यायाधीश हुँदा सम्पत्ति बढ्नुको साटो घटेको उहाँले दाबी समेत गर्नुभयो ।
प्रकाशित मिति:- 2014-05-23 03:03:15
नेपाल ब्युरो –जेठ ९, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयले गर्न लागेको स्ववियु निर्वाचनका विषयमा छलफल गर्न विद्यार्थी संगठनलाई बोलाएको छ । जेठ १८ गते तय भएको निर्वाचन गर्न अपनाउनुपर्ने उपाय तथा निर्वाचन मिति सार्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनसँग छलफल गर्न त्रिविले विद्यार्थी संगठनलाई बोलाएको हो ।
प्रकाशित मिति:- 2014-05-23 02:53:49
नेपाल ब्युरो –जेठ ९, काठमाण्डौँ । राजधानीमा केही दिनदेखि भएको पेट्रोलियम पदार्थको अभाव आजबाट अन्त्य हुने नेपाल आयल निगमले जनाएको छ । आवश्यक मात्रामा भारतबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेकोले बजारमा अब कुनै अभाव नहुने निगमले स्पष्ट पारेको हो ।
प्रकाशित मिति:- 2014-05-23 02:47:55
नेपाल ब्युरो –जेठ ९, काठमाण्डौँ । उपनिर्वाचनका लागि उठाउने उम्मेद्वारको नामबारे औपचारीक घोषणा गर्न नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । शीर्ष नेताहरुबीच अनौपचारिक सहमति बनेको र त्यसलाई आज साँझ स्थायी समिति बैठक बसेर उम्मेदवारको नाम औपचारिक रुपमा घोषणा गर्ने एमालेको तयारी छ । एक नेताका अनुसार काठमाडौं २ बाट नवराज पराजुलीलाई उम्मेद्वार बनाइने भएको छ ।
प्रकाशित मिति:- 2014-05-22 07:34:46
नेपाल ब्युरो–जेठ ८ काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आगामी सोमबार भारत जानुहुने भएको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले प्रधानमन्त्री कोइराला सोमबार भारत जाने निर्णय गरेको हो ।
प्रकाशित मिति:- 2014-05-22 04:09:14
नेपाल ब्युरो–जेठ ८ काठमाडौँ । नेपाल आयल निगमले आज देखि पेट्रोलियम पदार्थका लागि लाइन बस्नु नपर्ने जनाएको छ । भारतीय लोकसभाको चुनावका कारण नेपालमा तेल आपुर्ति असहज भएको जनाउँदै निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले आजदेखि नै पेट्रोलियम पदार्थका लागि सर्वसाधारणलाई सास्ती नहुने बताउनुभयो ।
प्रकाशित मिति:- 2014-05-22 03:59:56
नेपाल ब्युरो–जेठ ८ काठमाडौँ । राप्रपा नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा अहिले १२ बजेपछि बस्ने बैठकमा पार्टीको महाधिवेशनका बारेमा छलफल हुने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रिय समिति ४५ सदस्यीयबाट बढाएर १ सय २५ सदस्यीय बनाउने राप्रपा नेपालको तयारी छ ।
प्रकाशित मिति:- 2014-05-22 03:30:57
नेपाल ब्युरो–जेठ ८ काठमाडौँ । बिराटनगरको राष्ट्रिय सम्मेलनमा विद्रोह गरेर बाहिरिएका नेता बाबुराम भट्टराई आज आफु निकटका नेतासहित केन्द्रीय समितिमा फर्किनुहुने भएको छ । उहा आज पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सहभागि हुनभएको छ ।
प्रकाशित मिति:- 2014-05-22 03:10:32
नेपाल ब्युरो–जेठ ८ काठमाडौँ । संविधानभन्दा बाहिर रहेका दलहरुसँग गोप्यरुपमा वार्ता गर्न संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिले ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति:- 2014-05-22 02:52:53
नेपाल ब्युरो–जेठ ८, काठमाण्डौं । संविधानसभाको बैठकमा आज न्याय प्रणालीसम्बन्धी विषयमा छलफल हुने भएको छ । तत्कालीन न्यायाप्रणाली भएका सहमति र असहमतिका विषयमा आज छलफल हुनेछ । संवैधानिक अध्ययन तथा निक्र्योल समितिले यसअघि नै पेश गरिसकेको प्रतिवेदनमाथि बुँदागतरुपमा छलफल हुनेछ ।
प्रकाशित मिति:- 2014-05-21 20:23:07
प्रधानमन्त्री सुशिल कोईरालाले आफ्नो पार्टी र सरकारमा सहभागी दलहरुबाट काम गर्न नसकेको दवाब दिए पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ । उहांले आफु अरुजस्तो लोभी प्रधानमन्त्री नभएको र कसैले लोभ देखाएर दवाब दिए प्रधानमन्त्री पद नै त्यागी दिने बताउनुभयो । पूर्व सांसद मञ्च नेपालले आज ललितपुरमा आयोजना गरेको राज्य पुनःसंरचना विषयक कार्यक्रमा कोईरालाले सरकारले सयदिन पुगेको बिषयमा आलोचना गरेको तर, सरकार कसरी सन्चालन गर्ने भन्ने बिषयमा पार्टी र गठबन्धन भित्रबाटै सहयोग नपाएको गुनासो गर्नुभयो ।
प्रकाशित मिति:- 2014-05-21 02:38:52
नेपाल ब्युरो–जेठ ७, काठमाडौ । एकीकृत नेकपा माओवादिका नेता डा. बाबुराम भट्टराईले विस्तार केन्द्रीय समिति प्रति असन्तुष्टि जनाउनु भएको छ । अध्यक्ष पुष्पकमल दाहालसँग आज बिहान भेट गरि भट्राईले आफुले समितिमा सिफारिस गरेका धेरै नाम छुटेको भन्दै असन्तुष्टि जनाउनु भएको हो । एकीकृत माओवादीले हिजो केन्द्रीय समितिलाई १ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको छ । विस्तार केन्द्रीय समितिमा २ जना पछि मनोनयन गर्नेगरि १ सय ४९ जना पुरयाइएको छ ।
प्रकाशित मिति:- 2014-05-20 05:50:38
नेपाल ब्युरो–जेठ ६, काठमाडौ । बाँकेको जैसपुर–१ साहावामा पारिवारिक झगडाका क्रममा देवरले आफ्नै दाजुको परिवारलाई पेट्रोल खन्याएर जलाउन खोज्दा चारजना गम्भीर घाइते भएका छन् । २५ वर्षीय सद्दाम नाउले भाउजु चाँदनी सल्मानीसहित उनका तीन छोराछोरीमाथि सुतेकै ठाउँमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । डोल्पामा दाइ रियाज अलीसँग हजाम पेशा गर्दै आएका सद्दाम तीन दिनअघि मात्रै घर आएर भाउजुसँग झगडा गरेका थिए ।
प्रकाशित मिति:- 2014-05-20 04:58:10
नेपाल ब्युरो–जेठ ६,काठमाडौँ । न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनुवाई विशेष समितिको बैठकमा आज पनि दलहरुबीच विवाद कायमै भएपछि बैठक स्थगित भएको छ । न्यायपरिषदलाई पठाउने पत्रका विषयमा सभासदहरुबीच विवाद भएपछि गृहकार्यका लागि भन्दै एक घण्टाको लागि स्थगित गरिएको समितिको बैठक बस्दै नबसी बुधबारसम्मको लागि स्थगित भएको हो । एमाले र एकीकृत माओवादीका सभासदहरुले न्यायपरिषदलाई पत्र पठाउँदै थप विवरण माग्नुपर्ने अडान लिएका छन् ।
प्रकाशित मिति:- 2014-05-20 04:16:05
नेपाल ब्युरो–जेठ ६,काठमाडौँ । पार्टी भित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विषयमा छलफल गर्न एकीकृत नेकपा माआवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो नेताहरुबीच पदाधिकारीमा सहमति भएकाले आज केन्द्रीय समितिको विस्तार सहितका एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । एकीकृत माओवादीका शीर्ष नेताहरुबीच असन्तुष्ट समूहको माग सम्बोधन हुनेगरी केन्द्रीय समिति बिस्तार गर्ने हिजो सहमति भएको थियो ।
प्रकाशित मिति:- 2014-05-20 03:21:41
नेपाल ब्युरो- जेठ ६, काठमाण्डौं- नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेवि संघ र एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन प्रचार अभियान सुरु गरेका छन् । राजधानीको शंकरदेव क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले जेठ १८ गते नै स्ववियु निर्वाचन गर्नुपर्ने भन्दै अभियान सुरु गरेका हुन् । निर्धारित मितिमा नै स्ववियु निर्वाचन गराइनुपर्ने माग गर्दै चुनावी अभियान सुरु गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-20 03:18:22
नेपाल ब्युरो जेठ ६, नुवाकोट । नुवाकोटबाट काठमाडौ लैजादै गरेका पशु चौपायको करिब तीन क्युन्टल हड्डी बरामद गरी नष्ट गरिएको छ । प्रहरी चौकी तादी पुलले नियन्त्रणमा लिएको दुई सय ८८ किलो पशु चौपायको हड्डीलाई जिल्ला पशु सेवा कार्यालय नुवाकोटले हिजो नष्ट गरिदिएको हो । पशु सेवा ऐन अनुसार पशु जन्य सामाग्रिको ओसार–पसार गर्नुपूर्व अनुमति लिनुपर्ने प्रवाधान भएपनि काडमाडौ लैजान लागिएको हड्डीको पूर्व जानकारी तथा अनुमति नलिएकाले नष्ट गरिदिएको जिल्ला पशु सेवा कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ पशु चिकित्सक खगेन्द्रराज भट्टले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति:- 2014-05-20 02:49:41
नेपाल ब्युरो–जेठ ६,काठमाण्डौं । संविधानसभाको बैठकमा प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल हुँदैछ । ‘तत्कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिका निक्र्यौल सम्बन्धी प्रतिवेदन २०७१’ माथि सैद्धान्तिक छलफल आज सक्ने संविधानसभा सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति:- 2014-05-19 22:46:30
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं । लामो विवाद र बहसपछि अन्ततः सर्वाेच्च अदालतका लागि सिफारिस न्यायाधीशको नाम अनुमोदन हुने भएको छ । न्यायापरिषद्ले सिफारिस गरेको ८ जना स्थायी न्यायधीशबारे छलफल गरिरहेको संसदीय सुनुवाई समितिले प्रकृयामा गएर नाम अनुमोदन गर्ने तयारी गरेको छ । तर समितिले न्यायपरिषद्ले पठाएको पत्रप्रति भने आपत्ति जनाएको समितिले न्यायपरिषद्ले समितिलाई पठाएको पत्रमा ‘कसैको प्रभाव र दबाबमान नपरी स्वतन्त्र ढंगले भई निर्णय गर्नु’ भनी लेखेकोमा आपत्ति जनाउदै परिषद्को ध्यानाकर्षण गराउने भएको छ ।
प्रकाशित मिति:- 2014-05-19 22:44:57
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललाई चिकित्सकहरुले भविष्यमा छातीको संक्रमण हुन नदिन धुलो र धु“वाबाट बच्न सल्लाह दिएका छन् । चिसो पेय सेवन र धपेडी नगर्न पनि उनीहरुले सुझाएका छन् । सुधार कायम रहे उहालाई तीन चार दिनभित्र डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन् । ६१ वर्षीय नेपाललाई उच्च ज्वरो, खोकी, पिसाव पोल्ने लगायतका समस्या देखिएपछि गत बुधवार साझ बीर अस्पताल भर्ना गरिएको थियो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing