नेपाल समाचार

प्रकाशित मिति:- 2014-09-05 02:29:29
नेपाल ब्युरो– भदौ २०, काठमाडौ । शिर्ष दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको बैठक आजपनि जारी रहेको छ । भावि संविधानमा राज्यको पुनरसंरचना र शासकिय स्वरुपका विषयमा सहमति खोज्न मुख्य दलका शिर्ष नेताको बैठक आजपनि जारी रहेको हो ।
प्रकाशित मिति:- 2014-09-04 08:54:40
नेपाल ब्युरो– भदौ १९, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा अवरोध गर्ने शक्ति विलाएर जाने बताउनु भएको छ । उहाँले मुलुकको विकासमा अवरोध गर्ने शक्ति विलाएर जाने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-04 03:46:36
नेपाल ब्युरो– भदौ १९, काठमाडौ । संविधान बहिर गरिने सम्झौता आफुहरुलाई मान्य नहुने राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालले जनाएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता कमल थापाले आज एक विज्ञप्ति प्रकिशत गर्दै सिमित राजनीतिक दलहरुको बीचमा सम्झौता गरी संविधान सभामा लाद्न भइरहेको प्रयासप्रति घोर आपत्ति जनाउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-04 03:34:33
नेपाल ब्युरो– भदौ १९, काठमाडौ । प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति खोज्न बसेको बैठक निष्कर्षविहिन बनेको छ । उक्त बैठक संविधानका विवादित विषयमा साझा धारणा बनाउन तीनदलीय, दुईदलीय र बहुपक्षीय बार्ता जारी गर्ने सहमति गर्दै सकिएको हो ।
प्रकाशित मिति:- 2014-09-04 02:55:37
नेपाल ब्युरो– भदौ १९, काठमाडौ । बिद्युत व्यापार सम्झौता पीटीएबारे वार्ता गर्नको लागी भारत गएका ऊर्जा सचिव राजेन्द्र किशोर क्षेत्री नेतृत्वको नेपाली टोली र भारतबीच वार्ता सुरु हुँदै छ । उक्त टोली हिजै नयाँ दिल्ली पुगिसकेको छ ।
प्रकाशित मिति:- 2014-09-04 02:44:49
नेपाल ब्युरो– भदौ १९, काठमाडौ । भारतमा आफ्नो स्वास्थ्य परक्षिणमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज नेपाल फर्कदै हुनुहुन्छ । आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि भारतमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किने हुनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-04 02:30:26
नेपाल ब्युरो– भदौ १९, काठमाडौ । प्रमुख तिन दलको बैठक आज पनि जारी रहेको छ । संविधान निमार्णका विवादित विषयमा सहमति जुटाउने प्रयास स्वरुप बैठक आजपनि जारी रहेको हो ।
प्रकाशित मिति:- 2014-09-03 08:33:26
नेपाल ब्युरो– भदौ १८, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले देशमा अहिले बाढीपीडितबाट प्रभावित भएकाहरुलाई दिइएको राहतको दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आज बालुवाटारमा बाढी पहिरोबाट पीडितहरुका लागि विभिन्न संघ संस्थाले जुटाएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा राहतको दुरुपयोग र हिनामिना गर्नेलाई कडा कारवाही गरिने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-03 05:23:52
नेपाल ब्युरो– भदौ १८, काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज फेरी पनि अवरुद्ध भएको छ । एमाओवादीसहितका विपक्षी दलहरुले सो बैठक अवरुद्ध गरेका हुन् ।
प्रकाशित मिति:- 2014-09-03 04:38:43
नेपाल ब्युरो– भदौ १८, काठमाडौ । भ्रष्टाचारीले आजिवन चुनाव लड्न नपाउने प्रावधान अब बन्न लागेको नयाँ संबिधानमा राख्न दलहरु सहमत भएका छन् । आज विहान बसेको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको वैठकले यो बिषयमा सहमति गरेको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-09-03 03:27:17
नेपाल ब्युरो– भदौ १८, काठमाडौ । मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस आज मनाइदैछ । सो दिवस एकसातासम्म विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
प्रकाशित मिति:- 2014-09-03 02:55:41
नेपाल ब्युरो– भदौ १८, काठमाडौ । भारतसित बहुप्रतीक्षित विद्युत व्यापार सम्झौता पीटीए का बारेमा वार्ता गर्न ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वको टोली नयाँ दिल्ली प्रस्थान गर्दैछ । भारतसँग पीटीएका बारेमा वार्ता गर्न ऊर्जा सचिवको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली आज नयाँ दिल्ली प्रस्थान गर्ने भएको हो ।
प्रकाशित मिति:- 2014-09-03 02:34:48
नेपाल ब्युरो– भदौ १८, काठमाडौ । संविधानका बाँकी विवादित विषयमा निर्धारित कार्यतालिकामै सहमति जुटाउन दलहरुको कसरत आज पनि जारी छ । विवादका मुख्य विषय संघियता र शासकीय स्वरुपको सहमतिलाई भोलि टुङ्गो लगाउने गरि आज अन्य विषयमा सहमति खोजिदैछ ।
प्रकाशित मिति:- 2014-09-02 07:22:25
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । अब बन्ने नयाँ संविधानमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तरगतको उपसमितिले बन्द हड्ताल गर्न नपाउने व्यवस्था राख्न प्रस्ताव गरेको छ । संविधानमा छुटेका विषयहरुबारे सुझाव दिन बनेको समितिले नेपाल बन्द तथा चक्काजाम तथा अस्पतालसहितका अत्यावश्यक क्षेत्र हडताल गर्न नपाउने व्यवस्था संविधानमै राख्न सुझाव दिएको छ ।
प्रकाशित मिति:- 2014-09-02 06:25:37
राजविराज : जिल्ला अदालत सप्तरीले तराई जनतान्त्रिक मुक्ति मोर्चाका तत्कालीन वार्ता टोली सदस्य अमरेन्द्र गोइतलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।अदालतले सप्तरीको लोहजरा गाविसका झरीलाल कुसियत यादवको अपहरण गरी हत्या गरेको आरोपमा मोर्चाका अमरेन्द्रसहित सुरेन्द्र गोइतलाई पनि सोही फैसला सुनाएको हो।
प्रकाशित मिति:- 2014-09-02 04:54:07
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । सरकारले उर्जासचिवको संयोजकत्वमा उर्जा व्यापार सम्झौता पीटीएका लागि भारतसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा समिति बनाएको हो ।
प्रकाशित मिति:- 2014-09-02 04:10:57
नेपाल ब्युरो– भदौ १७, नवलपरासी । नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बसको ठक्करबाट आज विहान करिब साढे ७ बजेको समयतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ८५९८ नम्बरको बसले ठक्कर दिँदा गैंडाकोट नगरपालिका १६ नम्बर चोकमा स्थानीय २६ वर्षिय साईकलयात्री महिला चित्रकला रिजालको ज्यान गएको हो ।
प्रकाशित मिति:- 2014-09-02 03:05:06
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरापर्व आज मनाइदै छ । विशेष रुपमा सुदूरपश्चिम र मध्यपश्चिममा उमा महेश्वरसहित दुबोको पूजा गरेर आज वैदिक सनातन हिन्दू नारीले यो पर्व मनाउँदै छन् ।
प्रकाशित मिति:- 2014-09-02 02:54:20
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । नेकपा एमालेले सहमति गर्नुपर्ने समय साँघुरिए पनि कुनै पनि बहानामा संविधान निर्माणको कार्यतालिका परिवर्तन गर्न नहुने बताएको छ । एमालेले विवादित विषयमा निरन्तर छलफल गरेर टुंग्याउनुपर्ने बताएको छ ।
प्रकाशित मिति:- 2014-09-02 02:45:09
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । प्रधानमन्त्री सुशील कोइराले आफुलाई पदको लोभ नभएको बताउनुभएको छ । उहाँले आफु पदको लोभी नभएको भन्दै संविधान बन्ने वित्तिकै आफुले राजिनामा दिने बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-09-02 02:29:45
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । संविधानका बाँकी विवादित विषयमा तोकिएकै समयभित्र सहमति जुटाउन दलहरु छलफल गर्दैछन् । पूर्व–निर्धारित कार्यतालिका अनुसार नयाँ संविधानका अन्तरवस्तुमा सहमति जुटाउने समय ४ दिनमात्र बाँकी रहँदा प्रमुख ३ दलले नेकपा माओवादी समेतलाई राखेर आज संयुक्त छलफल गर्ने भएका छन् ।
प्रकाशित मिति:- 2014-09-01 22:14:02
प्रधानमन्त्री सुशील कोइरालालाई औपाचारिक भेट गर्न बुधबार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले कालो टि–सट र खैरो पाइन्टमा छालाको चप्पल हल्लाउँदै प्रधानमन्त्री निवास बालुवाटार छिरेका थिए । सामान्य रुपमा हेर्दा यस्तो लाग्थ्यो, उनी कसरत गर्न विहान जिम सेन्टरमा जाँदैछन् । उनी सार्वजाजिक कार्यक्रम प्रायः टाइसुटमा देखिन्छन् । तर मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई भेट्न जादा पोषाकको सामान्य ख्याल गरिएको छैन ।
प्रकाशित मिति:- 2014-09-01 21:50:44
अनधिकृत रुपमा सञ्चालित क्रशर उद्योगले चुरे दोहन बढेपछि गिट्टी, ढुँगा उत्खननमा कडाइ गरेको सुशील कोइराला सरकार क्रशर मालिक सामु झुकेका छन् ।राजधानीका मुख्य सडका गाडी तेर्साउँदै दलमा ठुला नेतासँग भेट बाक्लो बनाएका क्रशर मालिकहरुले सरकारलाई निर्णय फिर्ता लिन बाध्य बनाएका छन् ।
प्रकाशित मिति:- 2014-09-01 08:49:11
नेपाल ब्युरा– भदौ १६, काठमाडौ। नेपाली महिलाहरुमाथि विदेशमा दुव्र्यवहार हुन थालेपछि सरकारले तत्कालका लागि महिलालाई कामदारका रुपमा विदेश जान प्रतिवन्ध लगाएको छ । नेपाली महिलाहरुमाथि विदेशमा दुव्र्यवहार हुन थालेपछि सरकारले तत्कालका लागि विदेश पठाउने काममा रोक लगाउने निर्णय गरेको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-09-01 08:42:13
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । वाणिज्य तथा आपुर्ति मन्त्री सुनिलबहादुर थापाले सरकारले बाढी प्रभावितहरुको समस्याको दिर्घकालिन समाधान खोज्ने बताउनुभएको छ । सरकारले दिर्घकालिनरुपमा बाढीपिडितको समस्याको समाधान गर्ने गरि पहल थालेको बताउनुभएको छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing