खेलकूद

प्रकाशित मिति:- 2014-07-24 23:14:10
गोल्डेन बुट बिजेता जेम्स रोड्रिग्वेजले रियल म्याड्रिडमा १० नं.को जर्सी लगााउने भएका छन। जर्मनका ओजिल ईङलिस क्लब आर्सनल गए देखि यो नं. रियलले कसैलाई पनि दिएको थिएन। रोड्रिग्वेज पुर्ब क्लब मोनाको र आफ्नो मुलुक कोलम्बियाबाट खेल्दा पनि १० नं.कै जर्सीमा देखिएका थिए।
प्रकाशित मिति:- 2014-07-24 03:45:45
८ साउन, काठमाडौं । प्रशिक्षक लुइस भान गालले म्यानचेष्टर युनाइटेडमा विजयी सुरुवात गर्ने क्रममा एल ए ग्यालेक्सीलाई पराजित गरेको छ । पि्र सिजन टुरको पहिलो खेलमा युनाइटेडले एल ए ग्यालेक्सीलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
प्रकाशित मिति:- 2014-07-24 00:18:16
स्विट्जरल्याण्ड टेनिस स्टार रोजर फेडेरर र अमेरिकी गल्फर टाइटर उड्स सर्वाधिक धनी खेलाडी बनेका छन् ।फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको सर्वाधिक मूल्यवान खेलाडीको सूचीमा फेडेरर र उड्स ४६ मिलियन डरलका साथ शीर्ष स्थानमा छ । फोर्ब्सले सन् २०१३ मा खेलाडीहरुको तलब र विज्ञापनबाट कमाएको पैसाका आधारमा सर्वाधिक मूल्यवान खेलाडीको सूची बनाएको हो ।
प्रकाशित मिति:- 2014-07-22 11:22:11
म्याड्रिड, साउन ६ – विश्वकपमा गोल्डन बुट जितेका कोलम्बियाका स्टार जेम्स रोड्रिगेज स्पेनिस महारथी रियल म्याड्रिडसँग अनुबन्ध भएका छन् । क्लबले विज्ञप्ती जारी गर्दै उक्त कुराको पुष्टि गरेको छ ।
प्रकाशित मिति:- 2014-07-22 10:34:00
ल्ला बर्षहरुमा जस्तै सिजनभर राम्रोको लागि गर्नेछु। उत्कृष्ट खेल्छु । टोलीलाई सहयोग गर्छु । गोल गर्न र उपाधि जित्न प्रयास गर्छु,' प्रायोजकको कार्यक्रममा भाग लिन जापान रहेका २९ बर्षे स्ट्राइकरले भने । उनले आफु अझै ६-७ बर्ष उच्च स्तरको प्रतिस्पर्धाका लागि उपलब्ध रहने बताए।
प्रकाशित मिति:- 2014-07-22 00:47:51
श्रावण ६ - नेपालले कुनै पनि तहको कोरियाली टिमविरुद्ध बराबरी नतिजा निकाल्नु चानचुने कुरा होइन । दुई साताको प्रशिक्षण र मैत्रीपूर्ण खेलमा यस्तै अनुभव बटुल्दै आत्मविश्वासी बनेर नेपाली यू-१६ टिम सोमबार स्वदेश फर्किएको छ
प्रकाशित मिति:- 2014-07-20 03:46:52
नेपाल ब्युरो– साउन ४, काठमाडौँ । आगामी साउन २८ देखि भदौ ५ सम्म मलेसियामा हुने एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा नेपालले थाइल्यान्डसँग खेल्ने भएको छ । आयोजक एसियाली क्रिकेट परिषद एसिसीले हिजो सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, थाइल्यान्डसँगै आयोजक राष्ट्र मलेसिया, ओमान, सिंगापुर र बहराइन समावेश छन् ।
प्रकाशित मिति:- 2014-07-20 02:09:05
४ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फाको पछिल्लो पाँच वर्षको हिसाव किताब मागेको छ ।समितिको आइतबार बसेको बैठकले एन्फालाई तीन दिनभित्र पछिल्लो पाँच वर्षको कामकारबाही र लेखन परीक्षणको विवरण माग गरेको हो । ‘हामीले विवरण मागेका छौं’ सभासद धनराज गुरुङले भने-’त्यो अध्ययन गरेपछि उजुरीकर्ता र आरोपीतहरुलाई बोलाउँछौं ।’
प्रकाशित मिति:- 2014-07-19 09:35:52
दक्षिण कोरिया– नेपाल र कोरियाको अन्डर–१६ फुटबल टोलीबीच भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। दक्षिण कोरियाको फाजु एनएफसीको मैदानमा शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले कोरियालाई बराबरीमा रोकेको हो। सेम्टेम्बरमा थाइल्यान्डमा हुने एएफसी यु १६ च्याम्पियनसिप २०१४ को तयारी गर्न दुई साताको अभ्यासका लागि कोरिया आएको नेपाली टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताए।
प्रकाशित मिति:- 2014-07-19 07:04:24
नेपाल ब्युरो–साउन ३,काठमाडौँ । युनियन अफ युरोपियन फुटबल एशोसिएसन यूईएफएले २०१३ / १४ को प्लेयर अफ दि इयरको मनोनयनमा परेका १० खलाडीको नाम सार्वजनिक गरेको छ । जसमा युरोपियन च्याम्पियन रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोसँगै लिओनल मेस्सी यूईएफए प्लेयर अफ दि इयरको मनोनयनमा परेका छन् ।
प्रकाशित मिति:- 2014-07-19 03:59:04
नेपाल ब्युरो–साउन ३, काठमाडौँ । नेपालका २७ क्रिकेटर एसीसी यू १६ प्रिमियर लिगका लागि एसीसीको उमेर परीक्षणमा पास भएका छन् । अगष्ट १५ देखि मलेशियामा हुने एसीसी अण्डर १६ प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ क्यानले ५९ जनाको बोन टेष्ट हड्डी परीक्षण रिपोर्ट एसियाली क्रिकेट काउन्सिलमा पठाएको थियो । उमेर परीक्षामा पास भएका खेलाडीहरुलाई साउन ७ देखि बन्द प्रशिक्षण शिविरमा बोलाइएको क्यानले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-18 23:29:15
काठमाडौं- लन्डनबाट बिदा मनाउन आएकी ११ वर्षे किशोरी गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल पौडी च्याम्पियनसिपमा सात नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाईन ।
प्रकाशित मिति:- 2014-07-18 04:30:42
नेपाल ब्युरो–साउन २,काठमाडौँ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषदको आज विहान बसेको बैठकले प्रशिक्षक पुबुदुको करार अबधि एक वर्ष थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-17 08:49:28
नेपाल ब्युरो–साउन १,काठमाडौँ । विश्व फुटवल महासंघ फिफा वरियताक्रममा नेपाल १ सय ६४ औ स्थानमा यथावत रहेको छ । फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरियता क्रम अनुसार १ सय २० अंक प्राप्त गर्दै नेपाल १ सय ६४ औ स्थानमा यथावत रहेको हो । विश्वकप विजेता जर्मनी फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ।
प्रकाशित मिति:- 2014-07-17 04:50:38
नेपाल ब्युरो–साउन १, एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका फुटबल खेलाडी लुइस सुवारेजलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोना फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत सुवारेजलाई क्लबमा भित्राएको औपचारिक जानकारी दिएको हो ।
प्रकाशित मिति:- 2014-07-16 05:55:32
नेपाल ब्युरा–असार ३२,एजेन्सी । स्पेनिश क्लब एट्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोष्टा इंगलिश क्लब चेल्सीमा अनुबन्धित भएका छन । २५ वर्षीय कोष्टालाई चेल्सीले ३ करोड २० लाख पाउण्डमा पाँच वर्षे सम्झौता सहित क्लबमा राखेको हो । चेल्सीसंगको सम्झौतापछि उनले आफु निकै खुशी भएको भन्दै इंगल्याण्डबाट प्रतिस्पर्धात्मक लिगको शुरुवात हुन लागेकोमा उत्साही भएको बताएका छन् ।
प्रकाशित मिति:- 2014-07-15 21:24:16
काठमाडौं: हालै सम्पन्‍न विश्‍वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक 'हिरो' बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालिकाका लागि गरिरहेको लगानीबारे भने धेरैलाई थाहा छैन।
प्रकाशित मिति:- 2014-07-14 04:15:59
गत राति सम्पन्न बिश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा जर्मनीसंग ७-१ को लज्जास्पद हार र नेदरल्याण्डसंग तेस्रो स्थानका लागि भएको खेलमा ३-० को हार ब्यहोरेको ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारीले पदबाट राजीनामा दिएका छ्न । विश्वकपको उपाधि जित्न असफल भएपछि स्कोलारीले पदबाट राजीनामा दिएको ब्राजिलको ग्लोबल टीभीले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-14 03:30:16
काठमाडौ, असार ३० - अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो प्रदर्शन गरेपछि नेपाली क्रिकेटको भौतिक पूर्वाधार निर्माण गर्न सरकारले आइतबार आर्थिक वर्ष २०७१/७२ को बजेटमा विशेष व्यवस्था गरेको छ । अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको बजेटमा क्रिकेट खेलमा प्राप्त गरेको उपलब्धिलाई जगेर्ना गर्दै यसको विकासका लागि मूलपानीको क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ । सरकारले यसका लागि छुट्टै २० करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।
प्रकाशित मिति:- 2014-07-13 18:24:15
काठमाडौं, असार ३०– अतिरिक्त समयमा दक्षिणी अमेरिकी राष्ट्र अर्जेन्टिनालाई हराउँदै युरोपेली राष्ट्र जर्मनी विश्व च्याम्पियन बनेको छ । सोमबार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १ –० ले हराउँदै जर्मनी विश्व च्याम्पियन बनेको हो
प्रकाशित मिति:- 2014-07-13 03:40:07
नेपाल ब्युरो– असार २९, एजेन्सी । विश्वकप फुटबलको फाइनल भिडन्त आज हुँदैछ । ब्राजिलको रियो दि जेनेरियास्थित माराकाना रङ्गशालामा आज राति १२ः४५ बजे हुने खेललाई दक्षिण अमेरिकाविरुद्ध युरोपको प्रतिष्ठाको लडाइँका रुपमा समेत लिइएको छ । तीन पटकको विश्वकप विजेता जर्मनी र दुई पटकको विश्वकप विजेता अर्जेन्टिना उपाधिका लागि तेस्रो पटक भिड्न लागेका हुन् ।
प्रकाशित मिति:- 2014-07-13 02:03:19
पूर्वस्टार फुटबलर डेभिड बेकहृयाम विश्वकप फुटबलको फाइलन भिडन्तमा अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई हेर्न आतुर छन् ।इङल्याण्डका पूर्व कप्तान बेकह्याम अर्जेन्टिना र जर्मनीबीचको खेल हेर्न परिवारका साथमा माराकामा रंगशाला पुग्दैछन् र उनको पूर्वानुमान छ कि मेस्सीको टिम अर्जेन्टिनाले जर्मनीलाई ३-१ गोल अन्तरले पराजित गर्दै विश्वकपको ट्रफी उचाल्नेछ ।
प्रकाशित मिति:- 2014-07-13 00:02:12
ब्रासलिया- जर्मनीसँग ७-१ गोलले पराजित आयोजक ब्राजिलले अर्को हार ब्यवहोरेको छ। तेस्रो स्थानको लागि आइतबार बिहान भएको खेलमा ब्राजिल नेदरल्यान्ड्ससँग ३-० गोलले पराजित भएको हो। जर्मनीसँग नराम्रो पराजय भोगेको ब्राजिलले नेदरल्यान्ड्सविरुद्ध सुखद जित चाहे पनि उसको सपना पूरा भएन। ब्राजिलले घरेलु मैदानमै लगादार दोस्रो नमिठो पराजय भोगेको हो।
प्रकाशित मिति:- 2014-07-11 05:08:35
नेपाल ब्युरो–असार २७, एजेन्सी । ब्राजिलमा जारी विश्वकप फुटबलमा अब दुईओटा खेल मात्रै बाँकी छन् । शनिबार राती आयोजक ब्राजिल र नेदरलयाण्ड्सले तेस्रो स्थानको लागि प्लेअफ खेल्दा आइतबार राती जर्मनी र अर्जेन्टिना उपाधिको लागि भिड्दैछन् ।
प्रकाशित मिति:- 2014-07-10 02:45:40
२६ असार, काठमाडौं । गोलरक्षक रोमेरोले नेदरल्याण्डको दुई पेनाल्टी रोकेपछि अर्जेन्टिना २४ बर्ष पछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले जर्मनीसँगको उपाधि भिडन्त पक्का गरेको हो । जर्मनी घरेलु टोली ब्राजिललाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing