खेलकूद

प्रकाशित मिति:- 2014-09-07 08:19:07
नेपाल ब्युरो– भदौ २२,काठमाडौ । झापा फुटबल क्लव एन्फा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । उक्त प्रतियोगीतामा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा फुटबल क्लब एन्फा कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
प्रकाशित मिति:- 2014-09-07 07:31:29
एएफसि युवा-१६ फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले साबिक बिजेता उजबेकस्तानलाई १-१ गोलको बराबरीमा रोक्दै १ अंक खोस्न सफल भएको छ।नेपालका किरण सुनारले दोश्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
प्रकाशित मिति:- 2014-09-07 04:04:50
नेपाल ब्युरो– भदौ २२,काठमाडौ । एन्फा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनल खेल आजबाट सुरु हुदैछ । त्रिपुरेश्वरको दशरथ रंगशालामा दिउँसो १ बजेबाट सुरु हुने सो प्रतियोगीताको पहिलो सेमिफाईनल चरणको खेलमा मोफसलको झापा ११ र विभागिय टोली एपिएफएक अर्कासँग भिड्नेछन ।
प्रकाशित मिति:- 2014-09-07 02:30:05
छनोटमा दुई पहेंलो कार्ड बेहोरेका कप्तान विमल घर्तीमगरबिना नेपाली टिम बैंककस्थित मुआङथोङ स्टेडियममा खेल्नेछ। उनको अनुपस्थितिमा अञ्जन विष्ट र सुनील बलले अग्रपंक्ति सम्हाल्न सक्नेछन्।कप्तानको 'आर्मब्यान्ड' डिफेन्डर अनन्त तामाङले लगाउने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए।
प्रकाशित मिति:- 2014-09-06 03:34:07
नेपाल ब्युरो– भदौ २१ । विश्व नम्बर १ सेरेना विलियम्स १७ औँ वरियताकी रुसी एक्तारिना माकारोभालाई पराजित गर्दे युएस ओपन टेनिसको उपाधि नजिक पुगेकी छन् । उनले माकारोभालाइ ६–१ र ६–३ को सोझो सेटमा पराजित गरेकि हुन् । १८ औँ ग्राण्डस्लाम उपाधि नजिक पुगेकी सेरेनाले फाइनलमा डेनमाकर्क क्यारोलिन वोज्नियाकी प्रतिस्पर्धा गर्नेछिन् ।
प्रकाशित मिति:- 2014-09-05 04:18:13
२२ वर्षीया बार्सिलोनाका स्टार स्ट्राइकर नेयमार ब्राजिलले कोलम्बियासँग खेल्ने मैत्रिपूर्ण खेलमा कप्तानी गर्ने भएका छन्। आगामी शुक्रबार हुने खेलमा प्रशिक्षक डुंगाले नेयमारमा कप्तानीको जिम्मा लगाएका हुन्।
प्रकाशित मिति:- 2014-09-05 03:58:07
नेपाल ब्युरा– भदौ २०, काठमामडौ । एन्फा कप फुटबल प्रतियोगितामा आज संकटा र मोरङ ११ भिड्दैछन् । राजधानीमा जारी सो प्रतियोगितामा यी दुई टोलीबीचको खेलको दशरथ रंशगालामा दिउँसो १ बजेपछि हुनेछ ।
प्रकाशित मिति:- 2014-09-04 09:01:10
नेपाल ब्युरो–भदौ १९, काठमाडौ । उपाधिको अर्को दावेदार टोली नेपाल पुलिस क्लब पनि राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । आर्मी भने सेमिफाइनलमा पुग्ने तेस्रो टिम भएको छ ।
प्रकाशित मिति:- 2014-09-04 04:07:03
नेपाल ब्युरो– भदौ १९,काठमाडौ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा आज नेपाली महिला भलिबल टोलीले माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेलमा नेपालको रातो टिमले प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति:- 2014-09-04 03:55:55
नेपाल ब्युरो– भदौ १९, काठमाडौ । एन्फा कप फुटबल प्रतियोगितामा आज दुई टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्र्मी क्लब एक अर्कासँग भिड्दै छन् । राजधानीमा जारी एन्फा कप फुटबलमा यसअघिका खेलहरुमा पहिलो खेलबाटै ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब झापा फुटबल क्लबसँग पराजित भएसँगै सुरु भएको अप्रत्याशित परिणाम दोस्रो खेलमा पनि झल्किएको छ ।
प्रकाशित मिति:- 2014-09-04 03:24:56
काठमाडौ, भाद्र १९ - नेपाली राष्ट्रिय क्रिकेट टिमलाई श्रीलंकन क्रिकेट बोर्डले खेल्नका लागि बोलाउने निर्णय गरेको छ ।बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार एसियन क्रिकेट काउन्सिलको अनुरोधअनुसार श्रीलंकन क्रिकेट बोर्डले अफगानिस्तान, यूएई, नेपाल र हङकङलाई बोलाउने निर्णय गरेको छ।
प्रकाशित मिति:- 2014-09-03 04:28:38
नेपाल ब्युरो– भदौ १८, काठमाडौ । राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज थ्रीस्टार र एपीएफ टिम एक अर्कासँग भिड्ने भएका छन् । दिउँसो १ बजे दशरथ रंगशालामा हुने खेलमा यी दुई टिम भिड्ने भएका हुन् ।
प्रकाशित मिति:- 2014-09-03 03:37:35
काठमाडौ, भाद्र १८ - व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले आर्थिक प्रतिवेदन र खाताबारे प्रस्ट हुने गरी मागेको जवाफ दिन अखिल नेपाल फुटबल संघ (एन्फा) ले अटेर गरेको छ। करोडौंको भ्रष्टाचार भएको भन्दै एन्फा पदाधिकारीले गरेको उजुरीउपर भदौ ११ गतेको बैठकमार्फत समितिले ३ दिनभित्र जवाफ मागेको थियो। तर, मंगलबार ७ दिन बिते पनि एन्फाले कुनै जवाफ दिएको छैन।
प्रकाशित मिति:- 2014-09-02 06:17:34
१७ भदौ, काठमाडौं । विशाल राई ए को दुई गोलको मदतमा झापा फुटबल क्लबले एन्फा कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पराजित गरेको छ ।मंगलबार भएको उद्घाटन खेलमा मनाङलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रकाशित मिति:- 2014-09-02 03:36:04
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । दशरथ रङगशालामा हुने एन्फा कप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङदी र झापाको फुटबल क्लबले दिउँसो १ बजे खेल खेल्नेछ ।
प्रकाशित मिति:- 2014-09-01 05:46:27
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । खेलकुद मन्त्रालयको एकवर्षे सम्झौता पाएर नेपाल फर्किएका नेपाली क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएका छन् । प्रशिक्षक दासानायकेले आज अपराह्न ४ बजे खेलकुद मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन् ।
प्रकाशित मिति:- 2014-09-01 04:02:28
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । दशरथ रंगशालामा भोलीबाट सुरु हुने एन्फा कप नक आउट फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सो प्रयिोगीताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
प्रकाशित मिति:- 2014-08-31 10:04:02
काठमाडौं– सुनिल वलले अन्तिम समयमा गोल गरेपछि नेपालको यु–१६ टोलीले आइतबार मैत्रीपूर्ण खेलमा थाइल्यान्डको यु–१६ टोलीसँग ३–३ को बराबरी खेलेको छ। घरेलु टोली थाइल्यान्डले ३–२ को अग्रता लिइरहेको बेला सुनिलले ८९औं मिनेटमा बराबरी गोल गरे। नेपाली युवा टोली शनिबार देखी सुरु हुने एएफसी यु–१६ च्याम्पियनसिपको तयारीका लागि बुधबार थाइल्यान्ड गएको थियो।
प्रकाशित मिति:- 2014-08-31 03:34:46
नेपाल ब्युरो– भदौ १५, एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा गए राति भएको खेलमा म्यान्चेस्टर युनाईटेडको खराब प्रदर्शन जारी रहेको छ । खेलमा म्यान्चेस्टर युनाईटेडलाई बर्नलेले गोलरहित बराबरीमा रोकेको हो ।
प्रकाशित मिति:- 2014-08-29 10:31:57
१३ भदौ, काठमाडौं । एसियाडको तयारीका क्रममा बंगलादेश गएको नेपाली फुटबल टोलीले मैत्रिपूर्ण खेलमा घरेलु टोलीलाई पराजित गरेको छ ।
प्रकाशित मिति:- 2014-08-29 03:02:42
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । दक्षिण कोरियामा हुँदै गरेको १७ औं एसियाली खेलकुद एसियाडको तयारीमा रहेको नेपालको यु–२३ राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशको सामना गर्दैछ । यु–२३ राष्ट्रिय फुटबल टोलीले आजको मैत्रीपूर्ण खेलमा बंगलादेशको सोही उमेर समूहको राष्ट्रिय टोलीसँग आज प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रकाशित मिति:- 2014-08-28 03:04:29
नेपाल ब्युरो– भदौ १२, एजेन्सी । आर्सनल च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ । गय राति भएको प्ले अफमा बोसिक्टासलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनलले १७ औं सिजन च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएको हो ।
प्रकाशित मिति:- 2014-08-28 02:54:08
नेपाल ब्युरो– भदौ १२, काठमाडौ । एन्फा कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । भदौ १७ गतेबाट सुरु हुने एन्फा कप फुटबल प्रतियोगिता दशरथ रंगशालामा हुन लागेको हो ।
प्रकाशित मिति:- 2014-08-27 23:38:02
११ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले कीर्तिमानी मूल्यमा अर्जेन्टिनी विंगर एन्जल डि मारियालाई क्लबमा अनुवन्धन गरेको छ ।डि मारियाले पाँच बर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले शनिबार बार्नेलीविरुद्ध प्रिमियर लिगमा डेब्यू गर्नेछन् ।
प्रकाशित मिति:- 2014-08-27 03:23:47
नेपाल ब्युरो– भदौ ११, एजेन्सी । म्यानचेष्टर युनाइटेडले गय राति भएको खेलमा अप्रत्यासित हार व्यहारेको छ । लिग वान कप फुटबलमा म्यानचेष्टर युनाइटेड एमके डन्ससँग ४–० ले पराजित भएको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing