खेलकूद

प्रकाशित मिति:- 2014-07-09 03:59:52
नेपाल ब्युरो–असार २५, एजेन्सी । जारी विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आज राति अर्जेन्टिना र नेदरल्याण्ड्स्बीच प्रतिस्पर्धा हुँदैछ । आजको प्रतिस्पर्धालााई अर्जेन्टाइन स्टार लियोनल मेसी र डच स्टार आर्जेन रोबेनबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ । अर्का डच स्टार रोबिन भान पर्र्सी भने पेटको समस्याका कारण आज मैदान उत्रनेमा शंका गरिएको छ ।
प्रकाशित मिति:- 2014-07-08 07:01:43
रियो दि जेनेरियो : स्टार स्ट्राइकर नेमारले खेल्न नसक्ने भएपछि ब्राजिलले प्रतिद्वन्दीलाई तर्साउन अनौठो अभियान चलाउने भएको छ। जर्मनीविरुद्व मंगलबार हुने सेमिफाइनलमा ब्राजिलका समर्थकहरु रंगशालामा नेमारको अनुहारको मास्कमा देखिने छन। यसले गर्दा प्यारापिटमा सबै नेमारजस्तै देखिने छन।
प्रकाशित मिति:- 2014-07-07 23:37:35
काठमाडौं,२४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल महासंघ एन्फाका अध्यक्ष गणेश थापाविरुद्ध परेको भष्ट्राचारको उजुरीमा छानबिन सुरु गरेको छ ।
प्रकाशित मिति:- 2014-07-07 03:14:27
नेपाल ब्युरो–असार २३,काठमाडौ । एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीका लागि नेपाली टोलि आज दक्षिण कोरिया जाँदैछ । ३५ दिनको बन्द प्रशिक्षण पश्चात नेपाली टोलि बैदेशिक प्रशिक्षणमा जान लागेका हुन् । दुई हप्ता दक्षिण कोरियामा प्रशिक्षण लिँदै नेपाली टोलि २१ तारिखमा नेपाल फर्कने नेपाल फुटवल संघ एन्फाले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-05 21:20:16
साल्भाडोर (एजेन्सी), असार २२ - सब्स्टिच्युट गोलकिपर टिम क्रुलले दुई प्रहार असफल तुल्याएपछि नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा कोस्टारिकाको चुनौती ४-३ ले पन्छाउँर्दै विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब उसले फाइनल प्रवेशको लागि अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।
प्रकाशित मिति:- 2014-07-05 21:11:22
ब्रासिलिया- गोन्जालो हिग्विनको सानदार गोलमा बेल्जियमको चुनौतीलाई १–० ले पन्छाउदै अर्जेन्टिना २४ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनल पुगेको छ।खेलको आठौं मिनेटमा नेपोलीका स्ट्राइकर हिग्विनले गरेको गोल अर्जेन्टिनालाई विजय दिलाउन पर्याप्त भयो। बेल्जियमा कप्तान भिन्सेन्ट कोम्पनीले दिएको पास खोसेर एन्जल डी मारियाले दिएको क्रस बेल्जियमका रक्षकको खुट्टामा लागेर हिग्विनकहाँ पुग्यो। उनले पहिलो प्रहारमै भलीबाट गोल गरे।
प्रकाशित मिति:- 2014-07-04 21:48:19
ब्राजिलका स्टार स्ट्राइकर नेयमारले विश्वकप फुटबलका बाँकी खेल गुमाउने भएका छन् । शनिबार विहान भएको कोलम्बियाविरुद्धको क्वाटरफाइनलको अन्त्यतिर उनको ढाडको एउटा हड्डी भाँचिएको छ ।
प्रकाशित मिति:- 2014-07-04 18:29:40
ब्राजिल- कोलम्बियालाई हराउँदै आयोजक ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा कोलम्बियालाई २-१ गोलले पराजित गर्दै पाँच पटकको विश्‍वकप विजेता ब्राजिलले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो।
प्रकाशित मिति:- 2014-07-03 03:08:45
टोकियो– जापानी फुटबल संघ (जेएफए) का पदाधिकारीहरूले मेक्सिकोका जाभियर अग्विरेलाई आगामी चार वर्षका लागि राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गर्न अस्वीकार गर्दै उनले पहिला आफूलाई प्रमाणित गर्नुपर्ने बताएका छन्।
प्रकाशित मिति:- 2014-07-01 07:52:38
काठमाडौ, असार १७ - नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायकेको करार अवधि एक वर्षलाई थपिएको छ । युवा तथा खेलकुद मन्त्रालयले क्यानको आर्थिक अवस्था नसुधि्रएसम्म प्रशिक्षकको खर्च सरकारले व्योहर्ने भन्दै म्याद थपको निर्णय गरेको हो ।
प्रकाशित मिति:- 2014-07-01 04:56:36
नेपाल ब्युरो–असार १७, काठमाडौँ । नेपाल क्रिकेटका मुख्य पशिक्षक पुबुदु दसानायकेलाई फर्काउन सरकारले चासो देखाएको छ । नेपाल क्रिकेट संघ क्यानले आथिर्क अभाव देखाउँदै करार थप नगर्ने निर्णय गरेपनि अर्थमन्त्री डा. रामशरण महतले नेपाली क्रिकेटको स्तर बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका दशानायकेलाई गुमाउन नसक्ने भन्दै सरकारी चासो ब्यक्त गर्नुभएको हो ।
प्रकाशित मिति:- 2014-06-30 02:51:15
काठमाडौं : विश्‍वकप फुटबल महासंघ (फिफा) ले रुसमा सन् २०१८ मा आयोजना हुने विश्‍वकप फुटबल प्रतियोगिताका लागि एसियाली राष्ट्रको प्रारम्भिक छनोटको समूह विभाजन गरेको छ। आइतबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार प्रारम्भिक छनोटमा एसियाका ४० देशले भाग लिने भएका छन्।
प्रकाशित मिति:- 2014-06-29 22:46:56
१६ असार, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको कार्यकाल नथप्ने भएको छ । पुबुदुको कार्यकाल सोमबारदेखि सकिँदैछ । क्यानका कार्यवाहक महासचिव उत्तम कर्मचार्यले पुबुदुको कार्याकाल नथपिने बताए ।
प्रकाशित मिति:- 2014-06-29 22:14:17
गोलकिपर कोस्टा नाभसले गिकासले पेनाल्टीमा प्रहार गरेको बल रोकेपछि निर्णायक प्रहारमा युमानाले गोल गर्दै कोस्टारिकालाई पहिलोपल्ट क्वाटरफाइनल पुर्‍याएका हुन् । पेनाल्टी सुटआउटमा कोस्टारिकाका पाँचै खेलाडी सफल रहे । यस्तोमा बोर्गेस, रुइज, गोन्जालेज, क्याम्बेल र युमानाले प्रहार गरेका थिए ।
प्रकाशित मिति:- 2014-06-29 04:19:01
नेपाल ब्युरो– असार १५, एजेन्सी । ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको नक आउट चरण अर्थात् प्री–क्वाटरफाइनल खेलमा आज राति दुई खेल हुँदैछ । राति पौने १० बजे समूह ‘बी’ को विजेता नेदरल्याण्डको भिडन्त समूह ‘ए’ को उपविजेता मेक्सिकोसग हुनेछ । साविक विश्वकप विजेता स्पेन समूह चरणबाटै बाहिरिएपछि उपविजेता नेदरल्याण्ड प्रमुख दावेदारमा उभिएको छ । मेक्सिकोले अर्का उपाधि दावेदार आयोजक ब्राजिलसँग सशक्त खेलेसंगै अझै अगाडि बढ्न सक्ने आशालाई जिवित पारेको छ ।
प्रकाशित मिति:- 2014-06-28 03:30:48
आसिसिले नेपाललाई टी-20 को मान्यता प्रदान गरेको छ।मेर्लबर्नमा भएको आइसिसिको बार्षिक सम्मेलनले नेपाल र नेडरल्यान्डलाई टी-20 को मान्यता दिने निर्णय गरेको हो।बशगलादेशमा भएको टी-20 बिश्वकपमा नेपालले गरेको उच्च प्रदर्शनले गर्दा नेपाललाई यो मान्यता प्राप्त भएको हो।
प्रकाशित मिति:- 2014-06-27 04:48:22
नेपाल ब्युरो–असार १३,एजेन्सी । ब्राजिलमा जारी विश्वकप फुटबलको समूह चरणका सबै खेलहरु सकिएको छ । भोलि शनिबारबाट अन्तिम १६ मा पुगेका देशहरुबीच प्रीक्वार्टरफाइनल खेलहरुमा भीडन्त सुरु हुँदैछ । पहिलो समूहबाट सुरु हुने गरी पहिलो समूहको विजेता र अर्को समूहको उपविजेताबीच र पहिलोको उपविजेता र दोस्रोको विजेताबीच प्रीक्वार्टरफाइनलमा भीडन्त हुनेछ ।
प्रकाशित मिति:- 2014-06-26 04:15:29
नेपाल ब्युरो– असार १२, काठमाडौ । विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेल आज हुँदैछन् । अहिलेसम्म प्रि क्वाटरफाइनलमा पुग्ने १२ टिमको टुंगो लागिसकेको छ । यसैगरी बाँकी चार टिमको भने आज टुंगो लाग्ने छ । राती पौने १० बजे हुने खेलमा समूह जीमा रहेका जर्मनी र अमेरिका तथा पोर्चुगल र घाना भिड्ने छन् । आजको खेलमा जर्मनी र अमेरिकाले बराबरी खेले दुबै टिम प्रि क्वाटरफाइनलमा प्रवेश गर्ने छन् भने पराजित हुने टिमलाई पोर्चुगल र घानाबीचको नतिजाले प्रभाव पार्ने छ । प्रि क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगलको अंकगणितीय समीकरण मात्रै बाँकी छ ।
प्रकाशित मिति:- 2014-06-25 04:21:30
नेपाल ब्युरो–असार ११, एजेन्सी । जारी विश्वकप फुटबल अन्तर्गत आज पनि चार खेल हुँदैछ । आज राति पौने १० बजे हुने खेलमा अर्जेन्टिना र नाइजेरिया तथा बोस्निया हर्जगोभिनाबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रकाशित मिति:- 2014-06-23 23:59:42
रियो दि जेनेरियो : पाँच पटकको विजेता ब्राजिल जारी विश्वकप फुटबलमा नकआउट चरण पुगेको छ। समुहगत चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलले सोमबार राती क्यामरुनलाई ४-१ गोलले पराजित गर्‍यो र समुह विजेताका रुपमा प्रिक्वार्टरफाइनल पुग्यो। घरेलु टोलीले अब अगाडी बढ्न चिलीको सामना गर्नुपर्ने छ।
प्रकाशित मिति:- 2014-06-22 20:27:37
दोस्रो खेलमा अमेरिकासँग बराबरी भएपछि पोर्चुगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । सोमबार बिहान अमेरिकालाई पोर्चुगलले २-२ गोलको बराबरीमा रोक्यो । पोर्चुगल २-१ ले पछि परेको अवस्थामा खेल सकिन केही सेकेन्ड बाँकी छँदा भरेलाले गोल गर्दै बराबरी स्थितिमा पुर्‍याएका हुन् ।
प्रकाशित मिति:- 2014-06-21 03:45:42
बेलो होरिजोन्टे– प्रशिक्षक अलेजान्द्रो साबेलाले इरानविरुद्धको खेलमा आक्रमण रणनीति अपनाउनेमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आशावादी छन्। आक्रमण शैली अपनाउँदी तीन स्ट्राइकरमध्ये आफू पनि रहनेमा उनले विश्वास लिएका छन्। इरानविरुद्धको खेलमा नेपोलीका स्ट्राइकर गोन्जालो हिगुइन पहिलो रोजाइमा पर्ने आशा गरिएको छ।
प्रकाशित मिति:- 2014-06-19 20:31:28
बिश्वकप फुटबल अन्तर्गत शुक्रबार विहान भएको खेलमा जापान र ग्रिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा ग्रिस १० खेलाडीमा सिमित भए पनि जापानले फाइदा उठाउन सकेन । खराब फल गरेपछि ३८ औं सिमेटमा ग्रिसका कप्तान कोन्सटान्टीनोसले दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाए । बल पोजिसन जापानको राम्रो भए पाएको मौका सदुपयोग गर्न सकेन ।
प्रकाशित मिति:- 2014-06-19 03:36:17
एशियाली च्याम्पियन जापानले बिश्वकप अन्तर्गत भोली अत्यन्त महत्वपुर्ण खेलमा ग्रीसको सामना गर्दैछ। दोश्रो चरणमा पुग्ने आशा जिबित राख्नको लागि जापानले यो खेल जित्नै पर्ने हुन्छ।आईभोरीकोस्टसंग अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा २-१को पिडादायी पराजय ब्यहोरेको जापानी टोली भोली जित्नै पर्ने दबावमा रहनेछ।
प्रकाशित मिति:- 2014-06-18 05:16:45
नेपाल ब्युरो–असार ४, एजेन्सी । जारी विश्वकप फुटवलको सातौ खेल अन्तर्गत समुह ए र समुह बीको गरी तीन खेल हुने भएको छ । समुह बीको पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध नेदरल्याण्ड भिड्नेछ । डच टोली दोस्रो चरणका लागि स्थान बनाउने लक्ष्यमा छ । त्यसैगरी दोस्रो खेलमा स्पेनविरुद्ध चिली भिड्ने छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing