अर्थ

प्रकाशित मिति:- 2014-07-18 04:16:08
नेपाल ब्युरो–साउन २,काठमाडौँ। स्थानिय बजारमा सुनको भाउ उकालो लाग्ने क्रम आज पनि जारी छ । छापावाला सुन आज ४ सय ५० रुपैयाँले बढेर प्रतितोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि ४ सय ५० रुपैयाँले नै बढेर ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-18 04:11:38
नेपाल ब्युरो–साउन २,काठमाडौँ । कालीमाटी तरकारी बजारमा रहेको अधिकांस तरकारी खानयोग्य रहेको सरकारले दाबी गरेको छ । कालीमाटी दु्रत विषादी परीक्षण ल्याव स्थापनापछि विभिन्न तरकारीको परीक्षण रिपोर्ट सार्वजनिक गर्दै वाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराज शर्माले ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भएको तरकारी तथा फलफूलमात्रै खान अयोग्य हुने बताउनुभयो ।
प्रकाशित मिति:- 2014-07-18 03:28:21
नेपाल ब्युरो–साउन २,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेट्रोलियम पदार्थको समस्या तत्काल समाधान गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयमा हिजो बिहीबार भएको छलफलमा कार्यालयका सचिव शान्तराज सुवेदीले निगमको अमलेखगन्ज डिपो तथा अन्य सबै डिपोमा वैज्ञानिक मापन प्रणाली अवलम्बन गर्न र सो कार्यमा सहयोग गर्न निगमलाई समेत निर्देशन दिनुभएको छ ।
प्रकाशित मिति:- 2014-07-18 03:09:49
नेपाल ब्युरो–साउन २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा रहेको निक्षेपको केही अंश आफैंले खरिद गर्ने भएको छ । आज सार्वजनिक गर्न लागिएको नयाँ आर्थिक बर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न लागिएको डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-17 04:26:28
नेपाल ब्युरो–साउन १,काठमाडौँ । स्थानिय बजारमा आज सुनको भाउ ३०० स्पैयाँले बढेको छ । छापावाला सुन तीन सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ३ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तीन सय रुपैयाँले नै बढेर ५३ हजार पचास रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-16 04:06:30
नेपाल ब्युरो–असार ३२, काठमाडौँ । बढी मात्रामा विषादी भेटिए त्यस्ता तरकारी नष्ट गर्ने गरी ब्लकमा परीक्षण गर्न सुरु गरिएको छ । तरकारी तथा फलफुलमा बिषादीको मात्राबारे कार्यविधि लागू भएपछि ब्लकमा तरकारी परीक्षण गर्न सुरु गरिएको हो । मंगलबार प्रहरीको सहयोगमा तरकारी बोकेका ४ वटा ट्रक नियन्त्रणमा लिई परीक्षण गरिएको बाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-14 21:49:17
काठमाडौं, असार ३१– सडक गोलभेंडाले लाल थियो । बटुवाहरु भर्खरै बजारमा ल्याइएका गोलभेंडा कचककचक कुल्चिंदै हिँडिरहेका थिए । अचार बनाउन सिलौटामा पिसेजस्तै गाडी र मोटरसाइकल त्यसैमाथि कुदिरहेका थिए ।
प्रकाशित मिति:- 2014-07-14 03:22:16
नेपाल ब्युरो–असार ३०,काठामाडौ । हप्ताको दोस्रो दिन सोमबार आज स्थानिय बजारमा सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । आज छपावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनपनि ४ सय रुपैयाँले नै घटेर ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-13 05:08:03
नेपाल ब्युरो–असार २९,काठमाडौँ । चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा ५ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन घाटा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ दशमलब ९ प्रतिशतले बढी हो । अधिकांश प्रमुख वस्तुहरुको आयात उच्च दरले बृद्धि भएपछि व्यापार घाटा बढेको हो ।
प्रकाशित मिति:- 2014-07-13 02:48:09
नेपाल ब्युरो–असार २९,काठमाडौँ। आर्थिक बर्ष २०७१÷०७२ को बार्षिक बजेट आज सार्वजनिक हुने भएको छ । ६ खर्ब २० अर्ब हाराहारीको बजेट सरकारले आज ब्यवस्थापिका संसदमा प्रस्तुत गर्नेछ । अर्थमन्त्री रामशरण महतले आज सार्वजनिक गर्ने बजेटमा पूर्वाधार विकास, उर्जा, जलस्रोत कृषिमा प्राथकिता दिइएको छ ।
प्रकाशित मिति:- 2014-07-12 05:18:30
नेपाल ब्युरो–असार २८,काठमाडौँ । आगामी आर्थिक बर्ष २०७१ / ७२ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । भोलि आइतबार दिउसो ४ वजे अर्थमन्त्री डाक्टर रामशरण महतले व्यवस्थापिका संसदमा पेश गर्ने आगामी बर्षको बजेटको आज दिनभरीमा तयारी सकिने अर्थमन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-11 04:24:27
नेपाल ब्युरो–असार २७, काठमाडौँ । हप्ताको अन्तिम दिन शुक्रबार आज स्थानिय बजारमा सुनको प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाल सुन आज ८ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि आज ८ सय रुपैयाँले नै बढेर प्रतितोला ५४ हजार १ सय ५० रुपेयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवासायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-11 04:18:31
नेपाल ब्युरो–असार २७, काठमाडौँ । जलविद्युत विकास तथा कम्पनी लिमिटेडले निजी क्षेत्रका चार वटा विद्युत आयोजनामा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । ती आयोजनाबाट १२२ दशमलब ५ मेगावाट विद्युत उत्पादन हुनेछ ।
प्रकाशित मिति:- 2014-07-11 03:57:42
नेपाल ब्युरो–असार २७,काठमाडौँ । रोजगारीका लागि प्रत्येक दिन १ हजार ५ सय नेपाली विदेशिने गरेको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा आन्तरिक रोजगारीको अवसर नपाएर विदेशिनेहरुमा ७४ प्रतिशत अदक्ष रहेका छन । कामको खोजीमा बिदेश जानेहरुमा एक प्रतिशत मात्र दक्ष जनशक्ति छन भने २५ पतिशत अर्धदक्ष रहेका छन । बार्षिक ४ लाखभन्दा बढी नेपाली श्रम बजारमा प्रवेश गर्ने गरेका छन तर, रोजगार बृद्धि दर भने २ दशमलब ९ प्रतिशत छ ।
प्रकाशित मिति:- 2014-07-09 03:42:42
नेपाल ब्युरो– असार २५, काठमाडौँ । स्थानिय बजारमा सुनको भाउमा आजपनि केहि उत्तार चढाव आएको छैन । छापावाल सुन आज प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि शुक्रबारकैं मूल्यमा प्रतितोला ५३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-09 03:31:21
नेपाल ब्युरो–असार २५, काठमाडौँ । नेपाल वायु सेवा निगमका लागि चीनबाट अनुदानमा ल्याउने अर्को जहाज वाई ९१२ साउन दोस्रो साता त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । निगमका महाप्रवन्धक मदन खरेलका अनुसार उताबाट ७ गते नै उड्नेछ । जहाजका लागि निगमका महाप्रवन्धक लगायत उच्च अधिकारी गत १८ गते चीन गएका थिए । निर्माता कम्पनी एभिक इन्टरनेसनलले निगमलाई औपचारिक रुपमा असार २२ गते जहाज हस्तान्तरण गरेको हो ।
प्रकाशित मिति:- 2014-07-08 01:35:17
कामकाजमा नेपाली हातेकागज प्रयोग गर्न मन्त्रिपरिषद्ले गरेको निर्णय पाँच वर्ष बितिसक्दा पनि अझै कार्यान्वयन हुन सकेको छैन । तत्कालीन मन्त्रिपरिषद्ले २०६५ फागुन २६ गते नागरिकता, सवारी चालक अनुमतिपत्र, ब्लुबुक, राहदानी र प्यानकार्ड नेपाली कागजमा छपाइ गर्ने भनी निर्णय गरेको थियो । पहिलेपहिले अधिकांश सरकारी कार्यालयमा प्रयोग हुने नेपाली कागज आजभोलि अदालतबाहेक अन्य सरकारी कार्यालयमा कमैमात्रामा प्रयोग भएको पाइन्छ ।
प्रकाशित मिति:- 2014-07-07 03:58:08
नेपाल ब्युरो–असार २३, काठमाडौँ । सरकारले तरकारीमा विषादी प्रयोगमा अटेर गर्नेलाई कारवाहीको तयारी शुरु गरेको छ । आवश्यक कानूनको अभावमा विषादी प्रयोगकर्तालाई कारवाही लगायतमा समस्या भएपछि नयाँ निर्देशिका बनाउने काम अन्तिम चरणमा पुगेको बाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-07 03:42:20
नेपाल ब्युरो– असार २३, काठमाडौँ । स्थानिय बजारमा आजपनि सुनको भाउमा कुनै उत्तार चढाव आएको छैन । छापावाल सुन आज शुक्रबारकै मूल्यमा अर्थात प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि शुक्रबारकैं मूल्यमा प्रतितोला ५३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो।
प्रकाशित मिति:- 2014-07-03 09:02:16
नेपाल ब्युरो– असार १९, काठमाडौँ । स्थानिय बजारमा आज सुनको भाउमा केहि उत्तारचढाव आएको छ । छापावाल सुन आज ४ सय रुपैयाले घटेर प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि आज ४ सय रुपैयाँले नै घटेर प्रतितोला ५३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो । हिजो सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति:- 2014-07-03 03:32:51
नेपाल ब्युरो–असार १९, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आउँदो शनिबारदेखि लोडसेडिङ फेरि घटाउने भएको छ । अहिले हप्तामा साढे ५५ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब ४७ घण्टा मात्रै हुनेछ ।
प्रकाशित मिति:- 2014-07-02 08:38:40
नेपाल ब्युरो–असार १८, काठमाडौं । पेट्रोलियम पदार्थको भाउमा वृद्धि भएपछि नेपाल आयल निगमको मासिक घाटा ४ गुनाभन्दा बढीले बढ्ने आशा गरिएको छ । भारतीय आयल निगम आइओसीले जुलाई १ तारिखमा पठाएको मुल्यसूची अनुसार निगमलाई यस महिना ५३ करोड १० लाख रुपैयाँ घाटा हुने देखिएको छ ।
प्रकाशित मिति:- 2014-07-02 04:54:47
नेपाल ब्युरो–असार १८, काठमाडौ । स्थानिय बजारमा आज सुनको भाउमा केहि घटेको छ । छापावाल सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि आज २ सय रुपैयाँले नै घटेर प्रतितोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-01 05:54:09
नेपाल ब्युरो–असार १७, काठमाण्डौ । कृषि विकास मन्त्रालयले किसानलाई वितरण गर्ने भनेको सहुलियत कार्ड कार्यक्रम कागजमा मात्र सीमित रहेको छ । अर्थ मन्त्रालयले कार्डका लागि बजेट अभाव देखाएपछि कार्यक्रमले योजनाअनुसार मूर्त रुप लिने सम्भावना समेत टरेर गएको छ । आगामी आथिर्क वर्षको बजेटबाट किसानलाई सहुलियत कार्ड वितरण गर्ने गरी कार्यविधि बनाए पनि अर्थका कारण रोकिएको एक अधिकारीले बताएका छन् ।
प्रकाशित मिति:- 2014-07-01 04:46:39
नेपाल ब्युरो–असार १७, काठमाडौँ । स्थानिय बजारमा आज सुनको भाउमा केहि वृद्धि भएको छ । छापावाल सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि आज ४ सय रुपैयाँले नै बढेर प्रतितोला ५३ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing