अर्थ

प्रकाशित मिति:- 2014-05-27 04:41:49
नेपाल ब्युरो- जेठ १३, काठमाडौ । पर्यटन बोर्डको विरुद्धमा आन्दोलनरत पर्यटन व्यवसायीहरुको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । व्यवसायीहरुको कार ¥याली सकिनै लाग्दा ट्राफिक जाम भएको भन्दै प्रहरीले हस्तक्षेप गरी १३ जनालाई पक्राउ गरेको छ । ¥यालीको अग्रभागमा साङलो बनाएर हिँडेका ट्राभल एजेन्ट एसोसिएसन (टान) का अध्यक्ष रमेश धमला, पूर्वअध्यक्ष दीपक महत, पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजाल, व्यवसायीहरु लोकराज भण्डारी, बलबहादुर सामरी, राजेन्द्र सुवेदी, राजाराम बस्नेत, लक्ष्मण श्रेष्ठ, मानकाजी लामा, राजनकुमार पाण्डे, विजय लामा, अच्यूत ढकाल, बीरबहादुर गुरुङ, टेकबहादुर गुरुङ र सुरेन्द्र भट्टराईलाई पक्राउ गरको हो ।
प्रकाशित मिति:- 2014-05-27 03:03:28
नेपाल ब्युरो – जेठ १३, काठमाडौ । स्थानीय बजारमा आज मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि ३०० रुपैयाँले नै बढेरप्रतितोला ५२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-27 02:35:54
नेपाल ब्युरो- जेठ १३ ,काठमाडौ । विषेश आर्थिक क्षेत्र (सेज) का बारेमा विकसित नया संरचनाको अध्ययन गर्न उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञावालीको नेतृत्वमा ६ सदस्यी टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । भारतीय सरकारको प्राविधिक सहयोग र नेपाल सरकार उद्योग मन्त्रालयको सहयोगमा जेठ १३ देखि १५ गतेसम्म हुने भ्रमणमा टोलीले भारतमा सेजको स्थापना र त्यसले आर्थिक विकासमा खेलेको भूमिकाका विषयमा जानकारी लिने बताइएको छ ।
प्रकाशित मिति:- 2014-05-26 04:10:02
नेपाल ब्युरो –जेठ ११, काठमाडौ । हप्ताको दोस्रो दिन सोमबार आज स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५० रुपैयाँले घटेको छ । आज तेजावी सुन प्रतितोला ५० रुपैयाँले घटेर ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि ५० रुपैयाँले नै घटेर प्रतितोला ५१ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-25 05:20:50
नेपाल ब्युरो –जेठ ११, काठमाडौ । हप्ताको पहिलो दिन आईतबार आज स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सय ५० रुपैयाँले घटेको छ । आज तेजावी सुन प्रतितोला २ सय ५० रुपैयाँले घटेर ५२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि २ सय ५० रुपैयाँले नै घटेर प्राितोला ५२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-23 03:11:13
नेपाल ब्युरो –जेठ ९, काठमाण्डौँ । साताको अन्तिम दिन शुक्रबार आज स्थानिय बजारमा सुनको मूल्यमा कुनै उतारचढाव आएन । आज छापावाल सुन स्थिर रहँदै हिजोकै मूल्यमा अर्थात प्रतितोला ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-05-22 04:18:06
नेपाल ब्युरो–जेठ ८ काठमाडौँ । स्थानिय बजारमा सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनपनि २ सय रुपैयाँले नै घटेर प्रतितोला ५२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो । हिजो सुन प्रतितोला ५२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो ।
प्रकाशित मिति:- 2014-05-17 07:42:57
नेपाल ब्युरो- जेठ ३ ,काठमाडौ । यो साता नेप्से परिसूचक ३ दशमलब ५७ अंकले बढेर ८५३ दशमलब २ अंकमा पुगेको छ । नेप्से बढेपनि गत साताको तुलनामा कारोबार भएको सेयर कित्ता र रकम भने निकै घटेको छ । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीका ३६ लाख ३६ हजार कित्ता सेयर १ अर्ब ५१ अर्ब ९७ करोड रुपैयामा किनबेच भयो । गत साता १ सय ५८ कम्पनीका ५७ लाख ९ हजार कित्ता सेयर दुई अर्ब ३९ करोड रुपैया“मा किनबेच भएको थियो ।
प्रकाशित मिति:- 2014-05-15 02:43:33
नेपाल ब्युरो–जेठ १, काठमाडौँ । स्थानिय बजारमा आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । छापावाल सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचादि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो । त्यस्तै तेजावी सुनपनि आज १ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-05-14 02:45:34
नेपाल व्युरो- बैशाख ३१ ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिनेको लोडसेडिङ तालिकामा केही परिवर्तन गरेको छ । प्राधिकरणले आजदेखि देखि लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले यसअघि सातामा ८४ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो भने नयाँ तालिका अनुसार अब सातामा ७० घण्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । बर्खा लागेसँगै नदीहरुमा केही सुधार आएको कारणले लोडसेडिङको समयावधिमा केही कटौती गरेको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति:- 2014-05-14 02:06:03
नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनका सम्बन्धमा न‌याँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको ३० इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन।
प्रकाशित मिति:- 2014-05-13 22:29:17
नेपाल व्युरो-वैशाख ३१,काठमाडौ । होराइजन इन्टरप्राइजेजले बि क्यु मोबाइल बजारमा ल्याएको छ । बेला इन्टरनेशनलले बजारमा बिक्री बितरण गर्ने बि क्यु मोबाइलका मोडलहरुमा स्मार्टफोन तर्फ एस ३७ र एस ६० रहेका छन् भने बार फोन तर्फ के२२,के १२,के १५,के २६, के२९, के६०, के५० रहेका छन् । हङकङ,भारत,अफ्रिका र नेपालबाट आफ्नो बिक्री सुरु गरेको बि क्युले निकट भबिष्यमानै अन्य देशहरुमा पनि कारोबार सुरु गर्ने तयारी गरिरहेको होराइजनका सेल्स मेनेजर एलबि राउतले बताए ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing