अर्थ

प्रकाशित मिति:- 2014-06-30 04:06:24
नेपाल ब्युरो–असार १६ ,काठमाडौ । स्थानिय बजारमा आज सुनको भाउमा केहि घटेको छ । छापावाल सुन आज २ सय रुपैयाले घटेर प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनपनि आज पनि २ सय रुपैयाँले नै घटेर प्रतितोला ५३ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-29 03:55:17
नेपाल ब्युरो– असार १५, काठमाडौँ । जुनसुकै समयमा पनि बजारमा माग अनुसारको पेट्रोलियम पदार्थ पठाउन सक्ने गरी नेपाल आयल निगमले मौज्दात ‘स्टक ‘बढाउने भएको छ । कहिलेकाँही भारतबाट कम आयात हुँदा तथा ढिला आयात हुँदा नेपाली बजारमा पेट्रोलियमको चरम अभाव हुने गरेको छ । यस्तो विषम परिस्थितिमासमेत सहज आपूर्तिका लागि ‘स्टक’ बढाउने भएको निगमका प्रवक्ता मुकुन्द अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-29 03:20:51
नेपाल ब्युरो–असार १५,काठमाडौ । नेपालको उर्जा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको दश महिनामा उर्जा क्षेत्रमा ११ अर्ब १८ करोड ६६ लाख रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ । अघिल्लो वर्षको यसै अवधिमा उर्जा क्षेत्रमा २ अर्ब ६५ करोड ५२ लाख रुपैयाँमात्र लगानी प्रस्ताव आएको थियो ।
प्रकाशित मिति:- 2014-06-27 06:55:04
नेपाल ब्युरो–असार १३,काठमडौ । नेपाल सम्पत्ति शुद्धिकरण सम्बन्धी कालोसूचीमा पर्नबाट जोगिएको छ । फ्रान्सको पेरिसमा आज आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी बैठकले नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाउने निर्णय गरेको छ । नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाउने बैठकले निर्णय गरेको बताईएको छ ।
प्रकाशित मिति:- 2014-06-27 03:44:17
नेपाल ब्युरो–असार १३, काठमाडौँ । भारतबाट उच्च विषादीयुक्त तरकारी आयात भइरहेको प्रयोगशाला परीक्षणले देखाएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले विभिन्न ठाउँबाट विक्रीका लागि ल्याइएका तरकारीमा विषादीको मात्रा परीक्षण गर्दा यस्तो नतिजा आएको हो ।
प्रकाशित मिति:- 2014-06-26 05:12:55
नेपाल ब्युरो–असार १२ ,काठमाडौ । स्थानिय बजारमा आज सुनको भाउमा कुनै उतारचढाव आएको छैन । छापावाल सुन आज स्थिर रहँदै हिजोकै मुल्य अर्थात प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनपनि आज स्थिर रहँदै ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-25 03:59:05
नेपाल ब्युरो–असार ११ ,काठमाडौ । स्थानिय बजारमा आज सुनको भाउ एक सय रुपैयाँले बढेको छ । छापावाल सुन आज एक सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनपनि आज एक सय रुपैयाँले नै बढेर ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-25 03:43:53
नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमएम ६० जहाज आज आधा मात्र यात्रु बोकेर विराटनगर गएको छ। बुधबारबाट व्यावसायिक उडान सुरु गर्दै जहाज २६ जना यात्रु बोकेर बिहान सवा ८ बजे विराटनगर उडेको हो ।
प्रकाशित मिति:- 2014-06-24 03:44:09
नेपाल ब्युरो–असार १०,काठमाडौ । केहीदिनदेखि राजधानीमा देखिएको पेट्रोलियम अभाव आजवाट सहज हुने भएको छ । शनिबार र आइतबार दुई दिन बिदा परेपछि नेपाल आयल निगमबाट तेल वितरण नहुदा राजधानीमा तेल अभाव भएको थियो । सोमबार बिहानैबाट थानकोट डिपोबाट तेल सुरु भएकाले आजवाट तेल सहज रुपमा उपलब्ध हुने निगमले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-23 04:32:38
नेपाल ब्युरो–असार ९,काठमाडौ । ‘समयमै वहालकर तिरौं, दण्ड जरिवानाबाट बचौं’ भन्ने नारा सहित घरबहाल कर संकलनमा विशेष जोड दिदै आजदेखि ३ दिने कर शिविर सुरु भएको छ । काठमाडौ उपत्यकाका १५ वटा करदाता सेवा कार्यालय सहित देशभरका कर कार्यालय गरी ५० वटा ठाउँमा विशेष कर शिविर सञ्चालन हुने आन्तरिक राजस्व विभागले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-23 04:12:10
नेपाल ब्युरो–असार ९,काठमाडौ । उद्योग मन्त्रालयले उद्योगलाई लगानीमैत्री बनाउन ऐन संसोधनका लागि छलफल सुरु गरेको छ । उद्योगका व्यवस्थापक र मजदुरबीच समन्वय गरी उद्योगमा बन्द हड्ताल तालाबन्दी गर्ने कार्यलाई निरुत्साहित गर्न ऐन ल्याउन लागिएको उद्योग मन्त्री कर्ण थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-23 03:21:17
नेपाल ब्युरो–असार ९,काठमाडौ । हप्ताको दोस्रो दिन सोमबार आज स्थानिय बजारमा सुनचाँदिको भाउमा कुनै उतार चढाव आएको छैन । छापावाल सुन स्थीर रहँदै हिजकै मुल्य अर्थात् प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनपनि आज स्थीर रहँदै ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-18 23:39:21
काठमाडौं, ५ असार । नेपाल गुणस्तर चिह्न (एनएस) ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। यो मान्यतासँगै गुणस्तर चिन्ह पाएका नेपाली उत्पादनले विश्व बजारमा सहजै जान पाउनेछन्।
प्रकाशित मिति:- 2014-06-18 04:26:16
नेपाल ब्युरो–असार ४,काठमाडो । मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विलासी वस्तु रक्सी र चुरोटको भन्दा सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मुल्यवृद्धि बढी हुँदा उपभोक्ता मारमा परेका छन् । तरकारी र खाद्य पदार्थमा भएको मूल्यवृद्धिले आमनागरिक सबैभन्दा बढी मर्कामा परेका छन् । बैशाख महिनामा तरकारी उप–समूहको मूल्यवृद्धि दर सबैभन्दा बढी ३१.६ प्रतिशत छ । तर, बैशाख महिनामै सुर्तीजन्य पद्धार्थको मूल्यवृद्धि २५.३ प्रतिशत र मदिराजन्य पदार्थको मूल्यवृद्धि २२.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति:- 2014-06-17 08:44:05
नेपाल ब्युरो–असार ३,काठमाडौ । कूल जनसंख्याको करिब १५ प्रतिशत बसोबास गर्ने काठमाडौं उपत्यकले देशको कूल उपभोगको ३४ प्रतिशत उपभोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाल राष्ट्र बैंकले केही समयअघि सार्वजानिक गरेको सर्वेक्षमा यस्तो देखिएको हो । केन्द्रीय बैंकले सन् २०१० र २०११ लाई आधार मानेर गरेको सर्वेक्षण अनुसार काठमाडौं उपत्यकाको अन्तिम उपभोग खर्च ४ खर्ब २९ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यो कूल राष्ट्रिय खर्चको ३४ प्रतिशत हो ।
प्रकाशित मिति:- 2014-06-17 04:05:55
नेपाल ब्युरो–असार ३,काठमाडौ । स्थानीय बजारमा सुनचाँदिको भाउमा उतार चढाव आउने क्रम आजपनि जारी छ । आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि २ सय रुपैयाँले नै घटेर प्रतितोला ५२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेका नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-13 06:31:00
नेपाल ब्युरो–जेठ ३०,काठमाडौ । उपराष्ट्रपति परमानन्द झाले खाद्य पदार्थको उत्पादन र वितरण मानवको जीवनसँग जोडिएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । सातौं खाद्य विज्ञान तथा प्रविधि सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दे उहाँले खाद्य प्रविधि, गुणस्तर र सुरक्षाको क्षेत्रमा सरकार र उपभोक्ता दुबै चनाखो हुनुपर्नेमा जोड दिनुभएको हो
प्रकाशित मिति:- 2014-06-11 04:20:21
नेपाल ब्युरो– जेठ २८, काठमाडौँ । स्थानीय बजारमा सुनको भाउ उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । आज छापावाल सुन आज ३ सय रुपैयाले बढेर प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि ३ सय रुपैयाले नै बढेर प्रतितोला ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-10 04:21:21
नेपाल ब्युरो– जेठ २७,काठमाडौ । स्थानीय बजारमा आज सुनको भाउ २ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन २ सय रुपैयाले बढेर प्रतितोला ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि २ सय रुपैयाले नै बढेर प्रतितोला ५१ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-08 03:25:48
काठमाडौ २५ जेठ । हप्ताको पहिलो दिन आईतबार आज स्थानीय बजारमा सुनको भाउमा कुनै उतार चढाव आएको छैन । आज छापावाल सुन स्थीर रहँदै शुक्रबारकै मुल्य अर्थात् ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि स्थीर रहँदै प्रतितोला ५१ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-06 07:37:57
नेपाल ब्युरो– जेठ २३, काठमाडौ । स्थानीय बजारमा आज सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन ३ सय रुपैयाले बढेर ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर ५१ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-05 03:39:39
नेपाल ब्युरो–जेठ २२, काठमाडौँ । स्थानीय बजारमा आज सुनको भाउ केहि घेटेको छ । आज छापावाल सुन १ सय रुपैयाले घटेर ५१ हजार रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले नै घटेर ५० हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-06-03 03:34:27
नेपाल ब्युरो –जेठ २०, काठमाडौ । स्थानीय बजारमा आज सुनको भाउमा कुनै उतार चढाव आएको छैन । आज छापावाल सुन स्थीर रहँदै हिजकै मुल्य अर्थात ५१ हजार रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि प्रतितोला ५० हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो । यो हिजोकै मुल्य हो ।
प्रकाशित मिति:- 2014-06-02 04:19:10
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ । स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला १ सय ५० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ सय ५० रुपैयाँले घटेर ५१ हजार रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै तेजावी सुनपनि १ सय ५० रुपैयाँले नै घटेर प्रतितोला ५० हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-05-28 03:48:39
नेपाल ब्युरो- जेठ १४, काठमाडौ । नेपाल राष्ट्र बैकंले एच एण्ड बी बैंकको व्यवस्थापन माथि हस्तक्षेप गरेको छ । राष्ट्र बैंकले केहि समय अगाडिनै संकटग्रस्त घोषणा गरेर सुधारका लागि चेतावनी दिँदा दिदै बैंकले त्यसतर्फ कुनै चासो नदेखाएपछि राष्ट्र बैंकले उसको सम्पुर्ण व्यवस्थापन नियन्त्रणमा लिएको हो । राष्ट्र बैंकले एच एण्ड बी बैंकको प्रमुख कार्यकारी अधिकृत जसोभा सैंजुलाई निलम्बीत गरी राष्ट्र बैंकका उपनिर्देशक ज्ञानकृष्ण अधिकारीको नेतृत्वमा तीन सदस्यीय टोली पठाएको छ ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing