जापान समाचार

प्रकाशित मिति:- 2014-09-20 07:44:03
टोक्यो,जापान। टोक्योको उएनो पार्कमा दुई दिने नेपाल फेस्टिबल शुरु भएको छ।जापानमा रहेका संस्थाहरुको सहयोगमा एनआरएन,जापानको अगुवाईमा फेस्टिबल आयोजना गरिएको हो।नेपालको पर्यटनको प्रबर्द्दन गर्नको लागि फेस्टिबलको आयोजना गरिएको हो।
प्रकाशित मिति:- 2014-09-15 23:44:20
टोक्यो,जापान। जापानको इबाराकी प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर १६ सेप्टेम्बर १२:२८ मिनेटमा ५ म्याग्नेच्युड भन्दा माथिको शक्तिशाली भूकम्प गएको छ।भूकम्पको शक्तिशाली धक्का टोक्योमा पनि महशुस गरिएको छ।भूकम्पको कारण सुनामीको खतरा नरहेको जनाईएको छ। भुकम्पले पुर्‍याएको क्षतिको बिबरण प्राप्त भएको छैन।
प्रकाशित मिति:- 2014-09-15 21:28:05
नेपाल शेर्पा संघ, जापानले हरेक बर्ष झै यस बर्ष पनि बार्बेक्यु तथा भेटघाट कार्यक्रम गरेको छ। टोकियोको किवा पार्कमा गत आईतबार भएको कार्यक्रममा जापानका संघसंस्था, जापानबासी नेपालीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।
प्रकाशित मिति:- 2014-09-13 04:00:41
टोक्यो,जापान। वि फर अलले तिज महोत्सबबाट संकलन भएको रकमबाट जापानी ऐन ५० हजार आपतकालिन राहत कोषमा जम्मा गरेको छ।संस्थाका अध्यक्ष सरोजकुमार खत्रीले आजए बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।आपतकालिन राहत कोष जापानकै अर्को संस्था नेपाल जापान युथ क्लबसंग सहकार्य गर्दै वि फर अलले खडा गरेको हो।
प्रकाशित मिति:- 2014-09-12 01:23:46
टोक्यो | एनआरएन जापानले आगामी हप्ता जापानमा हुन लागेको दुइ ऐतिहासिक कार्यक्रमहरुमा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुलाई आह्वान गरेको छ | एनआरएनको ८ औं क्षेत्रीय सम्मेलन१८ र १९ तारिक राजधानी टोकियोबाट २ सय किलोमिटर टाढा रहेको नागानो स्थित होटल तातेसिनामा हुन लागेको छ भने नेपाल फेस्टिबल २० र २१ तारिक टोक्यो स्थित उएनो पार्कमा हुन लागेको छ|
प्रकाशित मिति:- 2014-09-12 01:02:52
हालै टोकियोको चियोदा-कु स्थित एक इन्डियन रेस्टुरेन्टको खानाका कारण ९ जना जापानिजहरुमा टाइफाइड ज्वरो देखिएको समाचारले आफु अत्यन्तै चिन्तित बन्न पुगेको जापानका रेस्टुरेन्टहरुको बिजनेस कम्पनि हटपाइसीले जनाएको छ | केहि दिन अघि देखि सो समाचार जापानी मिडियाहरुमा भाइरल बनिरहेको छ |
प्रकाशित मिति:- 2014-09-10 22:12:13
एप्पल कम्पनिको बहुप्रतिक्षित स्मार्टफोन आईफोन ६ र आईफोन ६प्लास सेप्टम्बर १९ देखि जापानमा बिक्री हुने भएको छ। सफ्टबैंक, डोकोमो र एयुले जापानमा एप्पलको उत्पादनहरु बिक्री गर्ने गर्दछ। यि तिनै दुरसंचार कम्पनिले भोली शुक्रबारदेखि नयां आईफोनको लागि अग्रिम बुकिङ पनि खुल्ला गरेको छ।सफ्टबैंक कम्पनिले प्रयोगकर्तालाई अनलाईन पनि बुकिंङ पनि गर्न प्रदान गरेको छ।
प्रकाशित मिति:- 2014-09-07 08:59:08
"मेरो मोबाइलमा त नेट यति ढिलो छ कि फेसबुकमा एउटा फोटो खुल्नै ५ मिनेट लाग्छ ।साथीहरुको फोटो नहेरी लाईक गर्दिन्छु म त"सफ्टबैंकको आईफोन५ मा ईन्टरनेट चलाउने बिष्णु पाख्रिनले भनिन । यता राजेन्द्रको समस्या पनि उस्तै छ । ‘मेरो मोबाईलमा त भाईबर नै खुल्दैन । कनेक्टिङ भनेर देखाउंछ १० मिनेटमा नि कनेक्ट हुंदैन ।बिल चाहि १मान एन भन्दा कम कहिले आउने हैन तर धित मर्ने गरि नेट चाहि कहिले चलाउन पाईदैन’ उनले भने ।यो जापानमा स्मार्टफोनमा ईन्टरनेट चलाउने उपभोक्ताले भोगेको साझा समस्या हो ।महिनामा ५ हजार एन भन्दा बढी ईन्टरनेटको मात्र शुल्क बुझाएर पनि मन खोलेर प्रयोग गर्न नपाउंदा कसलाई पो राम्रो लाग्ला र?
प्रकाशित मिति:- 2014-08-30 21:54:33
ढकालको उपचारको सहयोगको लागि संचारकर्मी नबिन निउरेको संयोजकत्वमा संजित ढकाल बचाउ अभियान चलाएको थोयो। सोहि अभियानमा हातेमालो गर्दै ढकालको परिवारलाई सहयोग पुग्ने भन्दै ५५,००० जापानी येन म नेपाली ग्रुपले संजित बचाउ अभियानका संयोजक नविन निउरेको बैंक खातामा जम्मा गरि सहयोग गरेका हुन् ।
प्रकाशित मिति:- 2014-08-28 02:58:01
टोकियो,जापान । एमओवादीका नेता डा.बाबुराम भट्टराई पक्षले प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा जापानमा पनि समानान्तर कमिटि घोषणा भएको भनि विभिन्न सञ्चारमाध्यममा आएका समाचारको नेपाली जनप्रगतिशील मोर्चा, जापानका अध्यक्ष अरुण कुमार श्रेष्ठले खण्डन गरेका छन ।
प्रकाशित मिति:- 2014-08-24 04:43:19
जापानको राजधानी शहरमा भुकम्प गएको छ।आईतबार सांझ ५ बजेर २३ मिनेटमा ४ दशमलब ३ रेक्टर म्याग्नेच्युटको भुकम्प गएको हो। साईतामा प्रिफेक्चरलाई केन्द्र बनाएर आएको भुकम्पको कारण सुनामीको कुनै खतरा नरहेको जनाएको छ। भुकम्पले पुर्‍याएको हानी नोक्सानीको बिवरण प्राप्त हुन सकेको छैन।
प्रकाशित मिति:- 2014-08-23 22:59:28
हिन्दु महिलाहरुको चाड हरितालिकाको अवसरमा आज जापानको राजधानी शहर टोक्योमा बेग्ला बेग्लै दुई वटा कार्यक्रम हुदैछ।वी फर अलले शहरको केन्द्रमा रहेको सिन्जुकु बुन्का सेन्टरमा तिज महोत्सव कार्यक्रम गर्न लागेको हो भने अन्तराष्ट्रिय नेपाली समाज,जापान र म नेपाली ग्रुपको संयुक्त आयोजनामा ईकेगामी खाइगनमा तिज फेस्टिबल कार्यक्रम हुंदैछ।
प्रकाशित मिति:- 2014-08-23 22:04:30
टोकियो,जापान । नागोयामा फेरि एक जना नेपालीको मृत्यु भएको छ। आत्महत्या गर्न झुण्डिएका मन बहादुर न्यौपाने (राजु)को उपचारको क्रममा मृत्यु भएको छ। बाग्लुङ गल्कोट हटिया ७, खरुवा घर भएका ३१ बर्षिय न्यौपानेको आज राति करिब ३ बजे मृत्यु भएको हो।
प्रकाशित मिति:- 2014-08-19 23:55:51
जापानको हिरोसिमामा आएको भिषण वर्षाले ठुलो पहिरो गएको छ। उक्त पहिरोमा परि अहिले सम्म १८ जनाको मृत्यु भएको छ भने कम्तिमा १३ जना हराइरहेका छन।खोजी कार्य जारी रहेकोले मृतक र बेपत्ताको संख्या बढन सक्ने अग्नि नियन्त्रण बिभागका कर्मचारीले बताएका छन।
प्रकाशित मिति:- 2014-08-19 21:26:13
नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष हर्क थापाकी आमा जगकुमारी थापाको निधनप्रति मञ्चले गहिरो दुःख व्यक्त गरेको छ ।मञ्चका महासचिव रविन्द्र श्रेष्ठले मंगलबार एक विज्ञप्ती जारी गर्दै थापाको असामयिक निधनले मञ्च स्तब्ध भएको जनाएका छन् ।
प्रकाशित मिति:- 2014-08-16 23:20:02
हिन्दु नारीहरुको महान पर्व तिजको शुभकामना सहित स्याङ्ग्जा समाज जापानको प्रथम अधिवेशन घोषणा तथा रमाइलो तिज सान्स्कृतिक कार्यक्रम अगस्ट ३१ तारिक आईतवारका दिन हुनेभएको छ । गरीब तथा जेहेन्दार विद्यर्थीको निम्ती छात्रबृति कोष निर्माणमा सहयोगार्थ सन्चालन हुने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रकाशित मिति:- 2014-08-14 10:29:59
हिन्दु महिलाहरुको चाड हरितालिका तिजको अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज, जापान र म नेपाली ग्रुपको सयुक्त आयोजनामा हुन गईरहेको दुइ दिवशीय तिज फेस्टिवलको तयारी पुरा अन्तिम चरणमा पुगेको छ।अतिथि कलाकारहरु खुमन अधिकारी, रमिला न्यौपाने र कला पंगेनीको प्रवेशाज्ञाको प्रक्रिया पुरा भएको आयोजक संस्थाहरुले जनाएको छ।
प्रकाशित मिति:- 2014-08-10 04:04:31
आज उत्तरी जापानको आओमोरी प्रान्तको समुद्रमा ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक बिभागले जनाएको छ। जापानी अधिकारीहरूले सुनामी चेतावनी जारी गरेको छैन।भूकम्पले पुर्‍याएको क्षतिको कुनै बिवरण प्राप्त भएको छैन।
प्रकाशित मिति:- 2014-08-05 03:18:04
गत शुक्रबार सिन्धुपाल्चोक जिल्ला स्थित राम्चे गा बि स को इटनी भिरमा गएको भिषण पहिरोको कारणले उत्पन्न प्रकोपमा परेकाहरुको सहयोगार्थ एनआरएन जापानले राहत संकलन अभियान संचालन गर्ने भएको छ ।एनआरएन, जापानले आज एक बिज्ञप्ति प्रकाशित गर्दै सुनकोशीमा आएको पहिरोले जनधनको क्षति हुन पुगेको खबरले एन आर एन जापान स्तब्ध भएको जनाउदै जापानबासी नेपालीहरुलाई सहयोगको लागि अपिल गरेको हो ।
प्रकाशित मिति:- 2014-08-01 03:27:07
नेपाल शेर्पा संघ,तोकाई,जापानको छैटौ अधिबेशन अगस्त १३ मा हुने भएको छ। अधिबेशन आईचि केनको टाेयाेटा सीटी स्थित सेताे हलमा हुने आयोजकले जनाएको छ।अधिबेशनको उद्घाटन १२ बजे हुने जनाईएकाे छ भने २ बजे देखि बन्द सत्र हुने र ५ बजे पछि अगामी कार्यकालको लागि नया कायॅ समिति गठन हुने संघका माहसचिब पेम्बा शेपाॅले जानकारी दिएका छन। ।कार्यसमितिको छनौट सहमतिको आधारमा गरिने पनि उनले बताए
प्रकाशित मिति:- 2014-08-01 03:07:52
समु्द्रमा डुबेर गम्भिर बिरामी भएका नेपाली बिद्यार्थी संजित ढकालको उपचारमा सहयोगको लागि जापानबासी नेपालीहरुमा अपिल गरेको छ। ढकालको उपचारमा सहयोग गर्नको लागि निर्माण गरिएको "संजित ढकाल बचाउ अभियान"ले आज एक निज्ञप्ति प्रकाशित गरि सो अव्हान गरेको हो।अभियानको संयोजकमा संचारकर्मी नबिन निउरे रहेका छन।
प्रकाशित मिति:- 2014-07-27 08:47:33
नेपाल तामाङ समाज,जापानले बिशेष आउटडोर कार्यक्रम कामाकुरा समुद्री किनारमा सम्पन्न गरेको छ।समाजले पहिलोपटक यस्तो कार्तक्रम आयोजना गरेको हो।समाजका अध्यक्ष सुकुमान तामाङले कार्यक्रम सफल पार्नका लागि उपस्थित भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरेका थिए।
प्रकाशित मिति:- 2014-07-21 20:37:10
टोक्यो । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको अवसरमा जापानको टोकियोको ओमोरी स्थित सेइयु स्टोरमा रहेको शक्ति रेस्टुरेन्टको सभाकक्षमा विषेश कार्यक्रम गरिएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्वभरी भानुभक्तको द्विशवार्षिकी मनाउन गरेको अभियान अन्तर्गत जापानस्थित नेपाली दुतावासको सहकार्य र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रकाशित मिति:- 2014-07-21 02:13:39
टोयोटास्थित इन्डियन रेष्टुरेन्ट नान हाउसमा कुक काम गर्दै आएका स्याङजा घर भएका विश्वराज तिमिन्सेना उनकी श्रीमती उमा र पोखरा घर भएका सँगै काम गर्ने दिनेश सापकोटा र उनकी श्रीमती एउटै अपार्टमेन्टमा बस्दै आएका थिए । घटना शुक्रबारको भए पनि त्यसको दुइ दिन अगाडी यो सापकोटाको अपार्ट होइन ? भन्दै एक जना नेपाली केटा र केटीले ढोका खोल्न लगाए । अपार्टमा दिउँसो उमा तिमिन्सेना मात्र बस्थिन । अरु भने काममा जाने गर्थे । उमाले उनीहरुलाइ जुस पनि दिइन्, तिनीहरुबिच जापानमा कामका समस्याको बारेमा कुरा भयो तिनीहरुले आफु सापकोटाको साथी भएको बताए ।
प्रकाशित मिति:- 2014-07-19 23:57:05
नागाेया । टोकियोमा २ सफल शो गरिसको नेपाली हास्य चलचित्र कबड्डी नागोयामा प्रदर्शन हुने भएको छ । नागोयामा बिधार्थीको अत्याधिक माग भएकोले बिशेष प्रदर्शन गर्न लागिएको आयोजक बिक्रम खत्रीलेलाइ बताए ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing