जापान समाचार

प्रकाशित मिति:- 2014-06-15 07:54:10
बाग्लुंग जिल्लाको गल्कोट क्षेत्रबाट जापानमा बसोबास गर्दै आइरहेका गल्कोटेहरुको साझा संस्था गल्कोट समाज जापानको तेस्रो अधिबेशन आगामी जुलाई २९ तारिख टोकियोमा हुने भएको छ । संस्थाको हालै टोकियोमा बसेको बैठकले आजसम्म का कामको समिक्षा गरेको थियो।
प्रकाशित मिति:- 2014-06-15 00:18:55
१५ जुन ,टोक्यो | एन आर एन जापानले टोक्यो स्थित ओकुबुमा आफ्नो केन्द्रिय कार्यालयको उद्घाटन गरेको छ | १४ तारिक शनिवार नेपाली दुतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएनका उपाध्यक्ष भवन भट्ट र एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन ।
प्रकाशित मिति:- 2014-06-14 09:15:01
केही दिन अगाडी टोकियोको पश्चिमी क्षेत्र फुस्सा सी हाईजिमा आत्महत्या गरेका नेपाली बिद्यार्थी रविन घेमोस्युको परिवार प्रति सहानुभूति राख्दै " फुस्सा गाइज " बाट सहयोग संकलन अभियान थालिएको छ ।
प्रकाशित मिति:- 2014-06-07 22:08:46
पांचौ एम्बेसी टोकियो अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा जापानमा रहेका नेपाली खेलाडीहरुको टोली नेपाल युनाईटेडले रसियाको टिमलाई ५-० गोल अन्तरले पराजित गरेको छ।भने कोरियन टोलीलाई १-० ले पराजित गरेको छ। नेपाली टोलीले साउदी अरेबियासंग १-१ को बराबरी अनि आयोजक जापानी टोलीसंग गोलरहित बराबरी खेलेको थियो।
प्रकाशित मिति:- 2014-06-07 08:36:07
टोकियो,जापान । जापानबासी नेपाली युवाहरुको संस्था नेपाल जापान युथ क्बलले जुन ८ तारिख कावासाकीमा एक दिने रक्तदान कार्यक्रम गर्ने भएको छ। क्बलको हरेक बर्ष रक्तदान अभियान संचालन गर्दै आएको छ।
प्रकाशित मिति:- 2014-06-06 21:30:18
आफ्नै छोरीलाई धारिलो हातियार प्रयोग गरी हत्या गर्न खोजेको अभियोगमा ४७ बर्षिया जापानी नागरिक यहां पक्राउ परेका छन। शुक्रबार मध्यरात्री छोरीलाई धारिलो हातियार प्रहार गरेर उनले आफैलाई पनि धारिलो हतियार प्रहार गरी आत्महत्याको प्रयास गरेपछि निजको श्रीमतीले तत्कालै प्रहारीलाई खबर गरेका थिए।
प्रकाशित मिति:- 2014-06-06 01:59:10
मान्छेको संबेदना थाहा पाउन सक्ने रोबोट निर्माण गरिएको छ । जापानी कम्पनी सफ्टब्यांकले पिपर नामको उक्त अत्याधुनिक रोबोट निर्माण गरेको हो । विश्वकै पहिलो मानिएको यो रोबोटमा इमोसनल इन्जिन तथा डाटा सुरक्षणका लागि क्लाउड बेस्ड खुफिया प्रणाली छ जसले मानिसको सरीरको हाउभाउ, प्रतिक्रिया तथा आवाजको प्रकारलाई विश्लेषण गर्ने क्षमता राख्दछ ।
प्रकाशित मिति:- 2014-06-04 22:36:00
टोकियो, जापान। जापानबाट सञ्चालन भैरहेको नेपाली समाचारमुलक पोर्टल समुद्रपारी डट कम नवौं बर्षमा प्रवेश गरेको छ। सन २००६ को जुन महिनाको ६ तारीख देखि ग्लोबल मिडिया सोसाईटी टोकियो, जापानले सञ्चालनमा ल्याएको यो पोर्टल जापानबाट सञ्चालित पहिलो नेपाली समाचारमुलक पोर्टल हो।
प्रकाशित मिति:- 2014-06-04 21:09:51
टोकियो,जापान। बिश्वको सर्बोच्चशिखर सगरमाथा र जापानको उच्च शिखर माउन्ट फुजी बिचमा भगिनि सम्बन्ध स्थापित भएको छ। दुबै मुलुकका पर्वतारोहण विशेषज्ञहरु सगरमाथा र माउन्ट फुजीको पर्यबरणीय सन्तुलन कायम गर्नको लागि सहकार्य गर्न सहमत भएपछि यो सम्बन्ध कायम भएको हो।
प्रकाशित मिति:- 2014-06-04 19:57:28
टोकियो,जापान। मृर्गौला रोगले पीडित बरिष्ठ पत्रकार चुनबहादुर गुरुङको स्वास्थ्योपचारका लागि जापानमा आर्थिक सहयोग संकलन गरिएको छ। । तमुधिं जापानको पहल तथा शर्मिला गुरुङको संयोजकत्वमा आयोजना गरेको गुरुङ चलचित्र ‘भ्रे’ को प्रदर्शनीको क्रममा मृगौला रोग पीडित बरिष्ठ पत्रकार गुरुङलाई आर्थिक सहयोग संकलन गरिएको हो ।
प्रकाशित मिति:- 2014-06-04 03:21:13
फुकुओका,२१ जेठ । केही दिनदेखि बेपत्ता वीरमान लामा आज मृत अवस्थामा फेला परेका छन् । अध्ययनको लागि जापान पुगेका लामा फुकुओकाबाट वेपत्ता भएका थिए । जापानको फुकुओकास्थित हाकाता कु आसुजुकामा बस्दै आएका वीरमान लामा गत ३० मेबाट सम्पर्क विहीन भएका थिए ।
प्रकाशित मिति:- 2014-06-02 21:16:05
टोकियो, जापान। कार दुर्घटनामा गराई फरार रहेको आशंकामा पक्राउ परेका बिजय गुरुङ रिहा भएका छन।गत अप्रिल १७ तारीखमा खानागावा केनको कावासाकी सडक क्षेत्रमा कार दुर्घटनामा एक जापानीजको निधन पछि फरार रहेको आशंकामा अनुसन्धानका लागि जापानी प्रहरीले मे १३ तारिखमा गुरुङलाई पक्राउ गरेको थियो।
प्रकाशित मिति:- 2014-06-02 20:28:23
अध्ययनको लागि जापान पुगेका एक नेपाली विद्यार्थी फुकुओकाबाट वेपत्ता भएका छन् । जापानको फुकुओकास्थित हाकाता कु आसुजुकामा बस्दै आएका विरमान लामा गत ३० मेबाट सम्पर्क विहीन भएको उनको परिवारिक स्रोतले बताएको छ ।
प्रकाशित मिति:- 2014-06-01 22:31:36
नेपाल तामाङ समाज, जापान केन्द्रीय समितिले बिशेष आउटडोर कार्यक्रम आयोजना गर्ने भएको छ। समाजको हालै सम्पन्न बैठकले अगामी जुलाई महिनाको २७ तारिखमा कामकुरा स्थित समुद्र किनारमा कार्यक्रम गर्ने निर्णय गरेको हो।टोकियोमा बसोबास गर्ने तामाङहरुको बीचमा अन्तक्रिया गर्ने,गराउने मुख्य उद्देशयले यो कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ।खाना र ड्रिन्क सहित प्रतिब्यक्ति २ हजार ऐन शुल्क तोकिएको छ।
प्रकाशित मिति:- 2014-06-01 05:37:43
नेपाली जनसम्पर्क समिति, जापानको महाधिबेशनमा निर्बाचित कार्य समितिको आज औपचारिक घोषणा गरिएको छ ।टोकियोमा आयोजित विशेष समारोहकाबीच नयाँ कार्यसमितिको औपचारिक घोषणा र पदभार हस्तान्तरण गरिएको हो । गएको मे २५ मा भएको निर्वाचनबाट निर्वाचित भएको नारायणप्रसाद सुवेदी नेतृत्वको कार्यसमितिलाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
प्रकाशित मिति:- 2014-05-31 00:13:42
जापानमा अध्ययनका लागि आएका एक जना नेपाली बिद्यार्थीले आत्महत्या गरेको छ। टोकियोबाट पश्चिममा रहेको हाईजिमा शहरमा बस्ने, सेनमोन गाकोउमा अध्ययनरत बिद्यार्थीले आत्महत्या गरेको फुस्सा प्रहरीलाई उदृत गर्दै नेपाली दुतावास टोकियोले जानकारी दिएको छ।
प्रकाशित मिति:- 2014-05-30 02:06:30
३० मे, टोक्यो । एनआरएन जापानले जापानमा खोलिएका संघ संस्थाहरुको विवरण संकलन गर्ने भएको छ । जापानमा संघ संस्थाहरु खोलिने क्रम बढ्दै गएकोले सबै संस्थाहरु संग सम्पर्क राख्न सहज होस् भन्ने उधेश्यले सबै क्षेत्रका संघ संस्थाहरुको विवरण संकलन गर्न लगिएको जनाइएको छ । यस कार्यमा सबै संघ/संस्थाहरुको सहयोगको अपेक्षा सहित आ-आफ्नो सस्थाको विवरण उपलब्ध गरार्इ सहयोग गरिदिनु हुन एनआरएन जापानले सबैमा अपिल गरेको छ । एन आर एन जापानका अध्यक्ष पारसमणि पोखरेलद्वारा जारी गरिएको अपीलमा भनिएको छ -” जापानमा भैपरी आउने सामाजिक सहयोगका लागि सबै संघ सस्था हरु संग यथाशिघ्र चाडै सम्पर्क राख्न सकियोस भन्ने उधेश्यले जापान भरिका सबै क्षेत्रमा सामाजिक कार्यका लागि खोलिएका संघ संस्थाहरुलाई आफ्नो विवरण पठाई सहयोग गरिदिन सम्बन्धित सस्थाका पदाधिकारी ज्यूहरुलाई हार्दिक अपिल गर्दछु ।” संघ संस्थाहरुको विवरण संकलनको लागि यसै समाचारमा संलग्न गरिएको फारमलाइ प्रिन्ट गरि फारममा उल्लेख गरिएको ठेगानामा हुलाकबाट वा फ्याक्स मार्फत पठाउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति:- 2014-05-29 23:07:47
तोकिएको समयमा संबिधान बन्ने आशा गर्दै जापानबासी नेपालीहरुले सातौं गणतन्त्र दिवश राजदुत निवास टोकियोमा मनाएका छन।मुलुक संघिय गणतन्त्रात्मक भएको अवसरमा नेपाली दुताबास, टोकियोले आयोजना गरेको कार्यक्रममा यो आशा ब्यक्त गरिएको हो।
प्रकाशित मिति:- 2014-05-29 01:39:09
जापानले युद्धको समयमा भएको यौन दाशत्वको बिषयलाइ भएको एतिहासिक माफीको समिक्षा सुरु गरेको छ । बुधबार सुरु गरिएको यस पुनर्विचार प्रकृयमा १९९३ को बयानको भने पुन संशोधन भने नहुने जानकारी दिइएको छ ।
प्रकाशित मिति:- 2014-05-28 23:32:27
नेपाली जनसम्पर्क समिति जापानको आइतवार टोकियोमा हुन गईरहेको घोषणा सभामा भाग लिनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रवासको जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख अर्जुनकुमार जोशी आज टोकियो आईपुगेका छन।
प्रकाशित मिति:- 2014-05-25 05:11:03
नेपाल व्यूरो–जेठ ११,टोकियो। नेपाली कांग्रेस प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ । समितिको जारी पाँचौ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मत नभएपछि आज मतदान भएको हो । सात वटै क्षेत्रमा भएको सो निर्वाचनको अहिले मत गणना जारी छ । आज भएको मतदानमा कुल दुई सय ६२ मतदाता सहभागी भएका थिए ।
प्रकाशित मिति:- 2014-05-24 22:43:57
नेपाली जनसम्पर्क समितिको कोषाध्यक्षमा अन्तत पेम्बा लामा निर्बिरोध भएका छन।अर्का उम्मेदवार रामकृष्ण बम मल्लले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लामा निर्बिरोध भएका हुन।
प्रकाशित मिति:- 2014-05-24 22:18:20
जापान ब्युरो-जेठ ११,टोकियो । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको पाँचौ महाधिवेशनमा निर्वाचन आज आइतबार हुँदैछ । समितिले सात वटै क्षेत्रमा बुथ स्थापना गरी निर्वाचन गर्ने तयारी पूरा भएको जनाएको छ । आज हुने मतदानमा कुल दुई सय ६२ मतदाता सहभागी हुनेछन । महाधिवेशनमा सबैभन्दा बढी कान्तोमा ७९ जना मतदाता छन् ।
प्रकाशित मिति:- 2014-05-24 00:49:44
नेपाली जनसम्पर्क समितिको कोषाध्यक्षमा पेम्बा लामा निर्बिरोध हुने लगभग पक्का भएको छ।। महाधिबेशनको एकदिन अगाडी कोषाध्यक्षका प्रत्यासीद्वय पेम्बा लामा र रामकृष्ण बम मल्ल सहमतिको नजिक पुगे पछि निर्बिरोध हुने संभावना बढेको हो।कोषाध्यक्षका प्रत्यासी पेम्बा लामाले आफ्नो फेसबुकमा मल्लले आफ्नो समर्थनमा उम्मेद्वारी फिर्ता लिने सहमति भएको जनाएका छन।
प्रकाशित मिति:- 2014-05-19 20:25:54
नेपाली जनसम्पर्क समिति जापानको यही २५ मे मा हुने पाँचौ अधिबेशनमा नयाँ कार्यसमितिको सभापतिको लागि पासाङ शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले एक अपिल प्रकाशित गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing