जापान समाचार

प्रकाशित मिति:- 2014-07-18 02:17:02
टोकियो, साउन २ – थकाली सेवा समिती जापानले आगमी जुलाई २० तारिख आईतावारको दिन टोकियोस्थित युमेनोसिमा पार्कमा आयोजना गर्न गैरहेको समर बार्बेक्यु कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ। आयोजकको तर्फबाट कार्यक्रमका संयोजक अनिल भट्टचनले बिज्ञप्ति प्रकाशित गरि उक्त कुराको जानकारी गराएका हुन।
प्रकाशित मिति:- 2014-07-17 03:10:58
जापान सरकारले न्युन आय भएकाहरुलाई राहत स्वरुप रकम उपलब्ध गराउने भएको छ।सरकारले उपभोक्ता कर बढाएर ८ प्रतिशत बनाएको प्रसंगले न्युन आय भएकाहरुलाई तत्काल केही असहत परिस्थितिको सृजना हुन सक्ने भन्दै केही राहत स्वरुप बिशेष कल्याणकारी कोष अन्तर्गत सहयोग बितरण गर्न लागेको हो। आफ्नो आयमा कर नलागेका अर्थात हिकाजेई भएकाहरुलाई प्रतिब्यक्ति १ मान ऐन बितरण गर्ने जनाएको छ।
प्रकाशित मिति:- 2014-07-16 20:00:24
टोक्यो - काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. उद्धव प्याकुरलले समाज परिवर्तनमा डायस्पोरामा बस्ने नेपालीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन । उहाँले तुलनात्मकरुपमा मुलुकबाहिर बस्ने नेपालीहरुको आवाज सुनुवाई पनि हुने धारणा ब्यक्त गरेका थिए। टोक्योमा आयोजित एक अन्तर्क्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै समाजशाष्त्री डा. प्याकुरेलले कृषिप्रधान देश भनेर चिनिने मुलुक अब रेमिट्यान्स प्रधानतर्फ उन्मुख भईरहेकोमा चिन्ता पनि ब्यक्त गरेका छन। मुलुकभित्रै आकर्षक रोजगारीका अवसरहरु नहुँदा दैनिक २ हजार भन्दा बढि नेपाली युवाहरु बिदेश गईरहेको अवस्थामा राजनैतिक दल र तिनका नेताहरुले भने राजनैतिक संक्रमणकालको नाममा नेपाली समाजको रुपान्तरणमा बाधा पुरयाईरहेको बिचार ब्यक्त गरेका छन।
प्रकाशित मिति:- 2014-07-16 10:47:24
टोकियो । जापानको क्योटोमा इरानी नागरिकले आक्रमण गर्दा एक नेपाली व्यावसायीको मृत्यु भएको छ । इरानी नागरिकको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेका मेची नगरपालीका काकरभिट्टा घर भएका अशोक बुढा थोकीको उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-07-15 22:25:32
हाल जापानमा रहेका काठमाडौं विश्वविद्यालयका राजनीतिशाष्त्री सहप्राध्यापक डा. उद्धव प्याकुरेल, विश्वभाषा क्याम्पस काठमाडौंका पूर्व क्याम्पस प्रमुख तथा हाल पद्मकन्या क्याम्पसका सहप्राध्यापक धनप्रसाद पण्डित र अमेरिकामा प्राध्यापनरत प्राध्यापक डा. शोभा गुरुङ (हमाल) संग जापानको नेपाली समुदायले आज टोकियोमा अन्तर्क्रियात्मक भेटघाट कार्यक्रम गर्ने भएको हो ।
प्रकाशित मिति:- 2014-07-15 05:27:44
नेपाल जापान युथ क्लवले हरेक बर्ष आयोजना गर्दै आएको फूटबल प्रतियोगिता नेपाल फेडरेशन रनिङ फूटबल कपको चौथो संस्करण आगामी सेप्टेम्बेर १४ तारिख आईतवारको दिन हुने भएको छ । ‘एकता र मित्रताका लागि फुटबल"भन्ने नाराकासाथ हुन गईरहेको उक्त प्रतियोगिता बिगतका बर्षहरुमा हुने गरेको टोकियो बे फूटवल क्लव आनामोरी ईनारी (हानेदा) मा नै हुनेछ।
प्रकाशित मिति:- 2014-07-15 00:24:20
आगामी सेम्टेम्बरमा हुन गैरहेको नेपाल फेष्टिबलकको तयारी तिब्र गतिमा भैरहेको आयोजक सस्था एन आर एन जापानले जनाएको छ । पोस्टर,पम्प्लेट र होमपेजको काम अन्तिम चरणमा पुगेको छ' प्रचार प्रसार समितिका संयोजक नारायणी आचार्यले बताए ।
प्रकाशित मिति:- 2014-07-13 09:40:19
टोकियो – अघिल्लो वर्ष अर्थात सन् २०१३ मा टोकियोमा नेपाल फेष्टिवल आयोजना गरेको उमन कमिटीले उक्त फेष्टिवलको आय ब्यय हिसाब किताव आज सार्बजनिक गरेको छ
प्रकाशित मिति:- 2014-07-11 23:33:49
फुकुशिमा प्रान्तमा शनिबार बिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण सामान्य सुनामी आएको र कम्तिमा एक जना घाइते भएका छन् ।जापानी भूगर्भ विभागका अनुसार फुकुशिमालाई केन्द्र बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रकाशित मिति:- 2014-07-11 08:03:15
जापानी महिलालाई यौन दुर्ब्यवहार गरेको आरोपमा नेपाली कुक पक्राउ परेका छन । साईतामा प्रिफेक्चरको खावागोएमा बिहानै कार्यस्थल तर्फ जाने क्रममा झुक्किएर कुकको हात जापानी महिलाको छातीमा पुगेको पक्राउ परेका कुकका सहकर्मीले बताएका छन ।जापानी महिलाले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति:- 2014-07-08 09:12:14
टोकियो । जापानमा रेलको लिगमा परेकी एक महिलाको उद्दार गर्ने नेपाली युवा अनुजराजलाई जापान प्रहरीका प्रमुखले सम्मान गरेको छन् । आफ्नो जोखिम मोलेर उद्दार गरेकोमा अनुजराजको सहासिक काम प्रति प्रभावित हुँदै मंगलबार जापान प्रहरीका प्रमुख योनेदा सिओसीले अनुजको आफ्नै रेष्टुरेण्टमा प्रमाण-पत्र सहित सम्मान गरेका हुन् ।
प्रकाशित मिति:- 2014-07-07 23:24:48
जापानको मौसम एजेन्सीले हिजो सामेबार नै ओकिनावा क्षेत्रमा सामुद्रिक आँधी आउँनसक्ने भन्दै उच्च सतर्कता अपनाउँन चेतावनी जारी गरेको थियो । यस दशककै सबैभन्दा खतरनक हुनसक्ने अनुमान गरिएको यो आंधिलाई नियोगुरी नामाकरण गरिएको छ। २७० किलोमिटर प्रतिघण्टाका दरले आउने नियोगुरी आँधीबाट ठूलै धनजनको क्षति हुनसक्ने चेतावनी दिइएको छ । उक्त टापुमा अहिले १२ लाख जनजंख्याको बसोबास रहँदै आएको छ ।
प्रकाशित मिति:- 2014-07-03 21:45:48
जापानमा प्रशिक्षार्थी कामदार पठाउन समस्या हुने गरेको छ। कामदार पठाउनका लागि आवश्यक बजार व्यवस्थापन हुन नसक्दा कामदार जापान जानबाट बञ्चित भएका हुन्। इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउन नेपाल र जापानबीच सन् २००३ मा सहमति भएको थियो। उक्त सहमतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा म्यानपावरलाई कामदार पठाउन समस्या परेको हो।
प्रकाशित मिति:- 2014-07-02 21:04:52
भाषा बिनाको मानव जीवनमा कल्पनासम्म गर्न पनि सकिन्न।भाषाको महत्व कति हुन्छ भन्ने कुरा रोजगारीको लागि प्रवास भासेकाहरुले अनुभव गरेको हुन्छ।नेपामला नेपाली भाषा, ईन्डियमा ईन्डियन भाषा, जापानमा जापानी भाषा।भाषा बिनाको मुलुक छैन।मानिस जीबनयात्राको क्रममा को कहां पुग्नु पर्छ अनि कति देशमा भ्रमण, कामको सिलसिलामा बैदेशिक यात्रा गर्नु पर्छ।
प्रकाशित मिति:- 2014-07-01 08:51:51
टोक्यो,जापान। जापानको मन्त्रिपरिषदले रक्षा नीतिमा महत्वपूर्ण परिवर्तनको पक्षमा स्वीकृति प्रदान गरेको छ । यो स्वीकृतिसँगै जापानी सेना अब आक्रमणका लागि मुलुकबाहिर पनि जान सक्ने छन्
प्रकाशित मिति:- 2014-07-01 04:56:05
१ जुलाई, टोक्यो,जापान । नेपाल फेष्टिवल आयोजक समितिले आज जुलाई १ देखि स्टल बुकिङ खुल्ला गरेको छ । एनआरएन जापान मुख्य आयोजक र जापानमा रहेका विभिन्न संघसंस्थाहरुको सहकार्यमा आगामी सेप्टेम्वर २० र २१ मा टोकियोको उएनो पार्कमा हुन गईरहेको दुई दिवसीय नेपाल फेष्टिवलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ खुल्ला गरेको आयोजक समितिले जनाएको हो ।
प्रकाशित मिति:- 2014-07-01 04:34:31
नेपाल सन्देश डट कमका पत्रकार रबिन्द्र श्रेष्ठमाथि भएको भौतिक आक्रमणको घटनामा संस्थाको नाम मुछिएकोमा वि फर अलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाका अध्यक्ष सरोजकुमार खत्रीले आज एक बिज्ञप्ति प्रकाशित आपत्ति जनाएको हो।बिज्ञप्तिमा अध्यक्ष खत्रीले घटनाको सत्यतथ्य बुझेर मात्र लेख्न अग्राह गर्दै अगाडि भनिएको छ।
प्रकाशित मिति:- 2014-06-29 19:30:58
टोकियो,जापान। नेपाल सन्देश डटकमका अध्यक्ष एबं पत्रकार रबिन्द्र श्रेष्ठ माथि भौतिक आक्रमण भएको छ। आईतबार नेपाली कथानक चलचित्र कबड्डीको बिशेष प्रदर्शन हेरेर फर्कने क्रममा 'रबिन्द्र श्रेष्ठ भन्ने तैं होईनस' भनेर ९,१० जनाको समुहले आक्रमण गरेको पिडित पत्रकार श्रेष्ठले बताएका छन
प्रकाशित मिति:- 2014-06-29 01:03:10
मेई,जापान मेई केनमा रहेका जापानी भाषा सिक्न ईच्छुक नेपालीहरुले निःशुल्क जापानी भाषा प्रशिक्षण लिन पाउने भएका छन। निहोनगो ज्याया नामक संस्थाले जापानी स्वयंसेवकहरुको सहयोगमा सातैभरि बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म निःशुल्क कक्षा संचालन गर्न लागेको हो। कक्षा जुलाई १ देखि संचालन हुन लागेको संस्थाका सोम तामाङले बताए।
प्रकाशित मिति:- 2014-06-29 00:38:17
टोकियो,जापान वी फर अल टोक्यो, जापानले हरेक वर्षझैँ यो वर्ष पनि हिन्दु महिलाहरुको चाड हरितालिका तीजको उपलक्ष्यमा 'तीज महोत्सव २०१४' टोकियोमा गर्ने भएको छ ।कार्यक्रम अगस्ट २४ मा सिन्जुकु बुन्का सेन्टरमा हुन लागेको हो।
प्रकाशित मिति:- 2014-06-28 03:05:31
नेपालबाट आउनु अगाडी आफु जान लागेको स्कुलको बारेमा बुझ्न पनि जरुरी छ । जापान त पठाँउछन तर कुन र कस्तो ठाँउमा पठाउन लागेको त्यो चाँहि नभनि दिनाले यहाँ आईसकेपछि समस्या पर्ने गर्छ । त्यसैले आउनु पुर्व आफु कुन स्कुलमा जाँदै छु ? कस्तो ठाँउमा छ त्यो स्कुल ? स्कुलको वातावरण कस्तो छ ? त्यो एरिया तिर काम पाउने संभावना कत्तिको छ ? यो कुराहरु बुझ्न पनि आवश्यक छ ।अनि, जापानी भाषामा जति पोख्त भयो त्यति नै राम्रो र सजिलै काम पाउने भएकोले नेपालमै भाषाको अध्ययन राम्रारी गरेर आएमा जापान आएपछि आफुलाई नै सजिलो हुन्छ।
प्रकाशित मिति:- 2014-06-23 23:04:33
आर्थिक अपचलनको आरोप लागेपछि एनआरएन जापानका कोषाध्यक्ष तेज प्रसाद अर्यालले राजीनामा गरेका छन।तर राजीनामा पत्रमा भने उनले आफु ब्यबसायिक कामको लागि देश विदेश हिडिरहनु पर्ने र सस्थामा चाहेर पनि समय दिन नसकेकोले सस्थाको लक्ष्य अनुसार काम हुन नसकेको महसुस गर्दै आफ्नो पद बाट राजिनामा दिएको जनाएका छन् |
प्रकाशित मिति:- 2014-06-23 22:22:41
ठुला सपना देख्नु सायद ठुलो सफलताको पहिलो पाइला पनि हो । म पनि यो कुरालाइ हृदय देखी नै आत्मसाथ गर्दछु र साथै ठुला सपनाले दिन सक्ने ठुला समस्या , ठुलो चोटको लागि पनि मानसिक, शारिरीक रुपमा तयारी अबस्थामा रहनु पर्दछ ।सायदै बिदेशमा आएर संघर्ष बिना सफलता पाएका कोहि होलान। आजकल पत्रपत्रिका,अनलाईन, सामाजिक संजालहरुमा बिभिन्न किसिमका निराशाजनक लेख समाचारहरु आउन थालेका छन् ।
प्रकाशित मिति:- 2014-06-17 22:51:28
नेपाल शेर्पा संघ, जापानले अगामी सेप्टेम्बर १४ तारिखमा बार्बेक्यु क्यु कार्यक्रम गर्ने भएको छ।संघको हाले बसेको बैठकले सो निर्णय गरेको हो।जापानबासी शेर्पा लगायत नेपाली समुदायबीच भारचारा सम्बन्ध बढाउनको लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको संघका महासचिव छेवाङ जम्बु लामाले बताएका छन।
प्रकाशित मिति:- 2014-06-15 22:14:14
बिश्वकपमा एशियाली च्याम्पियन जापानले हिजो आईभोरीकोस्टको सामना गर्‍यो। स्टार फरवार्ड होन्दाको गोलले सुरुवाती अग्रता लिए पनि २ मिनेटको अन्तरमा २ गोल ब्यहोरेपछि २-१ गोल अन्तरले स्तब्ध भयो।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing